
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

उदक अभ्यास शृङ्खला- १४४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१]
अवस्था
दयनिय साह्रो
त्योभन्दा निद प्यारो !
- वसन्त अनुभव
[२]
तस्बिर
वास्तविकता पर
यथार्थतामा नपत्याउँदो घर ! - गुणनिधि घिमिरे, अमेरिका
[३]
लोकतन्त्र
नया नेपाल
गरिबलाई चुहिने पाल ! - पशपती राई, खोटाङ
[४]
गरिबी
नहोस् कसैलाई
खान बस्नको पिर ! - चक्र शाही, लम्की, कैलाली
[५]
कठै
गरिबको पारा
भगवान् बनिदेउ सहारा ! - सरिता सेढाई, धादिङ
[६]
सन्तान
देख्दा अवस्था
नफाली नहुने व्यवस्था ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[७]
भगवान्
धनी सुखमा
गरिब किन दुःखमा ? - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[८]
गरिबी
असुरक्षित बसाइँ
लग्यो प्राण बाढीले ! - तेजप्रसाद खनाल, दाङ
[९]
जीवन
वास्तविक भोगाइ
हाम्रो आफ्नो सोचाइ ! - सविता के.सी.
[१०]
जिन्दगी
प्रकोपमा पनि
बाध्यताको मस्त निद - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[११]
जीवन
भावीको लेखान्तर
गरिब धनीमा अन्तर ! - प्रभादेवी पौडेल, चितवन
[१२]
निन्द्रा
प्यारो हुने
चाहिंदैन फाइबरको डसना ! - धनमाया चौधरी, कैलाली
[१३]
समाजवादोन्मुख
शासन व्यवस्था
कठै नानीहरुको अवस्था ! - केन्द्रप्रकाश बराल, इलाम
[१४]
आगो
काँचो नभन्ने
निदले पानी नजान्ने ! - अमृत सुवेदी
रूपा सात, कास्की
[१५]
जिन्दगी
दयनीय अवस्था
नहुँदा घरको ब्यवस्था ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१६]
बेहाल
दुनियाँका हाल
बिछ्यौना पानीको आहाल - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[१७]
दयनीय
गरिबीको अवस्था
रक्षा गर परमात्मा ! - सुधा बाँस्कोटा ढकाल
[१९]
नियति
गरिबीको पीडा
मौन बस्छ सरकार ! - सीता पाण्डेय मरासिनी
तम्घास, गुल्मी
[२०]
निदान
कस्तो विधान
उध्दार गर सन्तान ! - गोपेन्द्र रिजाल, पाँचथर
[२१]
कहर
गरीबको कठै
बाध्यात्मक परिस्थिति प्रहर ! - विके माकजू, भक्तपुर
[२२]
अवस्था
दयनीय जीवन
जिउन झन् गाह्रो ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[२३]
पाल
साना लालाबाला
बाध्य बन्दी जीवन ! - सोमनाथ लुइटेल “रवि पाल्पाली”
[२४]
दुःख
पीडाकाे अनुभूति
बिर्सेर मस्त आनन्दमा ! - राेशन पराजुली, धरान
[२५]
गरिबी
पृथ्वी बिस्तरा
अकास ओढ्ने सहारा ! - बाल कृष्ण खनाल, टीकापुर
[२६]
अवस्था
गरिबीको गर्त
गरेर हुन्न अन्दाज ! - प्रेम थापा “मन”बागलुङ
[२७]
पहिलो
भोक मीठो
दोस्रो निन्द्रा मीठो । - होम प्रसाद नेउपाने
धरान, सुनसरी
[२८]
प्ररिस्थिती
दयनिय अवस्था
देखाएर सकिदैन व्यथा ! - टीकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका-२, सल्यान
[२९]
भगवान्
गरिबको दिन
अझै बिग्रियो किन - भगवती दवाडी ,झापा
[३०]
बाध्यता
अन्धाे विधाता
गरिबलाई त्रिपालकाे हता ! - नवराज भट्ट, कञ्चनपुर
[३१]
गरिब
कन्त बिजाेग
अति दयनिय अवस्था ! - सुरेश चन्द्र घिमिरे
[३३]
बिजोक
सुनेन सरकार
गरिबको झुपडीको चित्कार ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३४]
जीन्दगी
निकै प्यारो
जिउन सार्है गारो ! - प्रयासी प्रविना, ओखलढुङ्गा
[३५]
निन्द्रा
थकाईको बाध्यता
भविष्यविहिन मानव आकृति ! - ध्रुव श्रेष्ठ
हाल: काठमाडौ ।
[३५]
जिन्दगी
प्रकोपमा पनि
बाध्यताको मस्त निद ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[३७]
उल्झन
मिठो सपना
तितो कारुणिक विपना ! - संगीता खरेल
चन्द्रागिरी-८, काठमाडौँ
[३८]
देश
यस्तै हाल
हेर कस्तो बेहाल ! - अनिता भण्डारी, ताप्लेजुङ
[३९]
निदरी
आउँछ त्यतिकै
चाहिॅदैन राम्रो चुनरी ! - घनश्याम पौडेल, पोखरा
[४०]
बाध्यता
निन्द्रा प्यारो
गरीबलाई बाँच्न गारो ! - सुरेश न्यौपाने
[४१]
बिपत्ति
ओहो बेहाल
कसले बुझ्छन् हाल ! - शोभा गौतम
[४२]
पानी
डुबेको जिन्दगानी
भिजेको बिछ्यौना सिरानी ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४३]
व्यवस्था
दलालको भत्ता
गरीबको विकराल अवस्था ! - शिव कुमार रेग्मी
[४४]
बिजोग
हेर्नु कसरी
झर्यो आँसु बर्बरी ! - दीपा समभाव, काठमाडौँ
[४५]
जिन्दगी
दाह्रे भिर
बाध्यता अनि पीर ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[४६]
गरिबी
देशकाे स्थिति
प्रभावित बालक अशक्त ! - भवानी घिमिरे, सर्लाही
[४७]
परिस्थिति
दु:खी सर्वहारा
संघियताले बनायो बेसहारा ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[४८]
नियति
भाग्यकाे लेखा
पीडा वा मुक्ति ! - टीकाराम जाेशी, टीकापुर
[४९]
गरिबी
नाङो सरकार
देशको दयनिय चित्र ! - रघु थापा, सु न पा
[५०]
गरिबी
खुला आकाश
छाप्रोको अनुपम अनुभव ! - आर्त अकुलीन
[५१]
दयनिय
अवस्था देखिने
हिलोमा अलपत्र व्यवस्था ! - बेदु न्यौपाने
[५२]
दैव
तिम्रो कलम
धनीलाई मात्र मलम ! - मङ्गला उपाध्याय
[५३]
कन्तबिजोक
चिहिलविहिल अवस्थामा
दयाहिन सरोकारवाला सम्राट् ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[५४]
दुर्दशा
बडो मार्मिक
जनता भगवान् भरोसा ! - म्यामराज राई, भोजपुर
[५५]
गरिब
सुतेको माटोमा
ठेस लाग्छ बाटोमा ! - श्री कृष्ण धामी, बझाङ
[५६]
निद्रा
पानीमा मस्त
वाध्यताले बनायो अभ्यस्त ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[५७]
धिक्कार
सुन्दैन सरकार
गरिबी जनताको पुकार ! - विवश पारदर्शी, झापा
[५८]
अवस्था
गरिब बिचरा
को हेर्ने दुर्दशा ? - बुद्धिप्रसाद लामिछाने, कैलाली
[५९]
निन्द्रा
मिठो सपनी
बिना मलमल गद्दा ! - शारदा गौतम आचार्य, ललितपुर
[६०]
गरिब
झुपडीको बास
जीवन सङ्घर्षमयको आस ! - सरस्वती वली
[६१]
गरिबी
कस्ले हटाउला
थपिदिन्छिन् प्रकृतिले पनि ! - सुस्मिता अधिकारी, काठमाडौँ
[६२]
बर्खा
त्रिपालमुनी बास
गरिबहहरूकाे बिजाेग हाल ! - श्रद्धा आचार्य , पोखरा
[६३]
थकान
निद्रा खोज्छ
खोज्दैन आरामदायी बिछ्यौना ! - गोपालप्रसाद पौड्याल
[६४]
दृश्य
गरिबीको पीडा
मुटु दुख्ने व्यथा ! - पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे
[६५]
गरिबी
नियतिले बनायो
सरकारले लाचारी जनायो ! - दुर्गा आचार्य, मोरङ
[६६]
बेहाल
बालबालिका सडकमा
धनीमानी छन् तडकभडकमा ।! - रिता खराल, रूपन्देही
[६७]
प्राकृतिक
प्रकाेपकाे मारमा
निम्छराे जनताकाे भागमा । - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[६८]
निन्द्रा
पालको छानो
छैन ओछ्यान ओभानो ! - बाबुराम आचार्य
धनगढी, कैलाली
[६९]
निन्द्रा
छोडेन बालख
ऊ निदाउनुपर्ने बेलामा ! - पुष्पा शायरा, विराटनगर
[७०]
निद्रा
आउंदैन ओछ्यानमा
बाध्यतामा आउँछ रछ्यानमा ! - कमला देवकोटा, पाल्पा
[७१]
त्रिपाल
गरिबको छानो
अभावमा खाने मानो ! - कविता आचार्य, कैलाली
I have read some excellent stuff here Definitely value bookmarking for revisiting I wonder how much effort you put to make the sort of excellent informative website
This post hits close to home for me and I am grateful for your insight and understanding on this topic Keep doing what you do
Your writing style is so engaging and easy to follow I find myself reading through each post without even realizing I’ve reached the end