
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर:

उदक अभ्यास शृङ्खला- १४३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
अक्कर
धतापमा जिन्दगी
हेर्दैमा लाग्ने चक्कर !
- वसन्त अनुभव
[२]
चुनौती
अप्ठ्यारो बाटो
जीवन मृत्यु दोसाँध - जमुना कायस्थ, पोखरा
[३]
जिन्दगी
सङ्घर्षको बाटो
बाँचुन्जेल यात्रा चलिरहने ! - पशपती राई, खोटाङ
[४]
भिरमा
जिन्दगी बिताउने
सार्है नै पिरमा ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[५]
फसिँने
नबिचारी हिँड्दा
कहालिने गहिराइ अगाडि ! - रचना शर्मा प्रतीक्षा, ललितपुर
[६]
बाँच्नु
सङ्घर्षको बाटो
जिन्दगी अक्करको पाटो ! - बेदु न्यौपाने
[७]
आयुष्य
स्थानै दुश्मन
निश्चलले पातमाथि जिन्दगी ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[८]
शिखर
कठिन परिस्थिति
साहस सामर्थ्यकाे प्रमिति ! - ताराप्रसाद चापागाईँ
नधुनिबेसी
[९]
पहाड
जाेखिमपूर्ण यात्रा
जिन्दगी छ धरापमा ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल: भारतबाट
[१०]
जीवन
पर्यो दोसाँधमा
मर्नु न बाँच्नु ! - रमा पन्त, पाल्पा
[११]
यात्रा
भिरकाे बाटोमा
जिन्दगी बिचलित अवस्थामा ! - राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१२]
पेट
भर्ने आस
नरहन सक्छ सास ! - सरिता सेढाई, धादिङ
[१३]
अप्ठ्यारो
भिरको बाटो
फर्किदा गयो सातो ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१४]
जीवन
जोखिमपूर्ण यात्रा
बढ्यो सङ्घर्षको मात्रा - पृथक प्रकृति, ,झापा
[१५]
बाटाहरू
छन् थरीथरीका
जिउने आफ्नै तरिका ! - नागेन्द्रप्रसाद यादव
[१६]
विधाता
भाग्य लेखन
नसकिने गर्न लेपन ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[१७]
सङ्कट
चारैतिर उस्तै
समस्यै समस्याको थुप्रो ! - घनश्याम पौडेल, पोखरा
[१९]
जाल
निर्दोषलाई छोप्ला
झुक्याएर निर्मोही कालले ! - गङ्गा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[२०]
भिर
नाघौँ कसरी
भन्ने छ पिर ! - राजकुमार कार्की
[२१]
जिन्दगी
कठिन वर्तमान
चिन्ता अनिश्चित भविष्यको ! - प्रभादेवी पौडेल
चितवन
[२२]
पिरलो
भिरको बाटो
उकालो कहिले ओरालो ! - आर्त अकुलीन
[२३]
जिन्दगी
सबैको एकैनास
दुःख र त्रास ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[२४]
भिर
बाटो जटिल
हिँड्नुपर्छ सदा गम्भीर ! - भगवती दवाडी, दमक, झापा
[२५]
अक्कर
चाँदे पहर
बस्नुपर्ने सधैँको कहर ! - टीकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका-२, सल्यान
[२६]
भिर
लाग्छ मलाई
जिन्दगीको अति पिर ! - कला ढकाल, झापा
[२७]
साहस
सफलताको सार
सङ्घर्षमय जीवनको गोरेटो ! - राजाराम रत्गैंया, अमौरा, कैलाली
[२८]
उचाइ
साँघुरो बाटो
सङ्घर्षमय जीवनको पाटो ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२९]
भिर
कठिन यात्रा
लाग्छ धेरै पिर ! - धनमाया चौधरी, कैलाली
[३०]
सङ्घर्ष
जिन्दगीको गोरेटो
असहजको त्रासमा मात्र !
प्रेम थापा “मन”, बागलुङ
[३१]
यात्रा
कहालिलाग्दो भिर
गन्तव्यमा पुग्न मुस्किल ! - श्रद्धा आचार्य, पोखरा
[३३]
जिन्दगी
घुमाउने कसरी
नजान्दा फसिन्छ यसरी ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[३४]
अक्कर
अभागी खप्पर
लाग्दो होला चक्कर ! - गोपेन्द्र रिजाल, पाँचथर
[३५]
जीवनपथ
जोखिम सत्य
चल्नु मेरो कर्तव्य - मधुसूदन, रोल्पा
[३५]
जिन्दगी
चुनौतिको जात्रा
विवेकहीन कुबेलाको यात्रा ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[३७]
अनायास
यात्रामा अवरोध
सफलता गरेमा प्रयास ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३८]
सत्य
सुन्दर जीवन
बाँच्न पहरामा बास ! - घनश्याम पौडेल
गौरीगङ्गा नपा -९, कैलाली
[३९]
भिर
अक्करको बाटो
हिँड्नु राखेर थिर ! - विवश पारदर्शी, झापा
[४०]
कहालीलाग्दो
अप्ठ्यारो बाटो
प्रतिविम्ब अहिलेका नेपालीको ! - दुर्गा अधिकारी भमरकोटे
[४१]
सोच्दै
चढे उकालो
झर्नुपर्ने फेरि ओरालो ! - सुस्मिता अधिकारी, काठमाडौँ
[४२]
चुनौती
जटिल परिस्थिति
नियति कहालीलाग्दो जीवनको ! - तेजप्रसाद खनाल, दाङ
[४३]
सङ्घर्षपूर्ण
जिन्दगीको यात्रा
नजाने बढ्दछ खतरा ! - सुरेश न्यौपाने
[४४]
जीवन
कठिन चुनाैती
प्रयास सफलताकाे सिँढी ! - टीकाराम जाेशी, टीकापुर
[४५]
जीवन
बाँच्नै कठिन
साेचभन्दा पनि पर ! - राेशन पराजुली, धरान
[४६]
चारो
नखोज भिरमा
तात्यो मेरो पारो ! - नन्दलाल आचार्य
बेलाका, सिद्धार्थटोल, उदयपुर
[४७]
यात्रा
कठिन मोडमा
पर्यो जीवन दोधारमा ! - इन्दिरा देवकोटा, कपिलवस्तु
[४८]
उकालो
जिन्दगीको यात्रा
थपिँदै जाेखिमकाे मात्रा ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४९]
चुनौती
अपूरो बाटो
सङ्घर्षशील जीवन काटो ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[५०]
खतरा
बाँच्ने चाहाना
भोक भोकै मृत्यु ! - धड्कन
[५१]
हरिण
भिरको चिण्डो
उधाे न उभाे ! - दीपा गुरुङ्ग, काठमाडौँ
[५२]
यात्रा
गन्तव्य नबुझ्दा
हुन सक्छ खतरा ! - दीपा तिम्सिना पौडेल, ईलाम
[५३]
हिम्मत
नहार्नु कसैले
गन्तव्यमा अवश्य पुगिने ! - अनिता भण्डारी, ताप्लेजुङ
[५४]
बाध्यता
भाेकाे पेट
जाेखिमसँग सधैँ भेट ! - नवराज भट्ट, कञ्चनपुर
[५५]
धराप
सतीको सराप
जता हेर्यो मृत्यु ! - लक्ष्मी स्मृति
[५६]
अचम्म !
पुग्यो कसरी ?
उम्किन्छ दरिलो मुटु । - ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौँ
[५७]
चुनौती
जीवन जिउन
गर्नेैपर्ने अप्ठयारो सास्ती ! - सरस्वती वली
[५८]
दु:खद
गन्तव्य कहालिलाग्दो
अन्योल वर्तमान परिस्थिति !
कमला देवकोटा, पाल्पा
[५९]
बाटो
भिर पखेरो
धरापमा जिन्दगी मेरो ! - बि के विरही
टीकापुर, कैलाली
[६०]
सङ्कट
कहाली लाग्दाे
अलपत्र परेकाे अवस्था ! - सुरेश चन्द्र घिमिरे
कपन, काठमाडौँ
[६१]
प्रकृति
बाँच्ने आधार
अप्ठेरोमा दिन्छ सम्भार ! - अमृत सुवेदी
रूपा सात, कास्की
[६२]
गन्तव्य
नहिँडेकाे बाटो
यात्रापूर्वकाे साेचनिय पाटाे । - नारायण प्रसाद उपाध्याय, कैलाली
[६३]
जिन्दगी
भिरको बाटो
देखिन्थ्यो हरियो बुटो ! - मङ्गला उपाध्याय
[६४]
भिर
सङ्कटपूर्ण बाटो
अथाह जीवनको पिर ! - कविता आचार्य, कैलाली
[६५]
चित्र
जिन्दगीको यात्रा
वरिपरि अति विचित्र ! - सरस्वती श्रेष्ठ, इटहरी
[६६]
जीवन
सङ्घर्ष चुनौती
आक्रमक कठै दुश्मन ! - शारदा गौतम आचार्य, ललितपुर
[६७]
धराप
ज्यान जोखिममा
बाँच्ने आधार नदेखिने !
-:धर्मी शाक्य, बुटबल, रुपन्देही
[६८]
भिरघोरल
प्रकृतिप्रदत्त आवास
विकट बाँच्न सुरक्षित ! - कण्ठराज गिरी, टीकापुर, कैलाली
[६९]
जिन्दगी
पहराको बाटो
अगाडि न पछाडि ! - होम प्रसाद नेउपाने
धरान, सुनसरी
[७०]
जीवन
कठिनाई भोग्दै
जोखिमपूर्ण यात्रा गर्दै ! - समुन्द्रा शर्मा, सुनसरी
[७१]
जीवन
मर्न बाँच्न
बिचमा दोधार बनेको ! - शोभा आचार्य गौतम, काठमाडौँ
[७२]
हिँड्दै
अक्कर पुगिन्छ
खाना पनि खोजिन्छ ! - पं ज्यो. तोयनाथ सुवेदी
हेटौंडा -८, कमाने
[७३]
भाग्य
आफ्नै हात
दुर्भाग्य या सौभाग्य ! - म्यामराज राई, भोजपुर
[७४]
यात्रा
अप्ठ्यारो बाटाे
जीवन एक जात्रा ! - उर्मिला के.सी., धनकुटा
[७५]
जीवन
कठिन यात्रा
अनेक अप्ठ्यारा बाटाहरू ! - दुर्गा आचार्य, मोरङ
[७६]
यात्रा
अन्यौलको गन्तव्य
मौन छैन मन्तव्य ! - सविता के.सी.
[७७]
पहरा
धरापमा जिन्दगी
बाँच्नुपर्ने अनेक बाध्यता ! - रघु थापा, सु.न.पा.१