
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला- १४२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
विकास
समृद्धी हेर
बाटोमै ट्राइल सेन्टर !
- वसन्त अनुभव
[२]
सडक
अनौठो व्यस्तता
नितान्त अँध्यारो भविष्य ! - आर्त अकुलीन
[३]
समृद्धि
ल्याइयाे सडकमा
पाैडी खेल्दै यात्रा । - ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
समृद्धि
आयो यात्रामा
सबै पौडिने जात्रामा ! - बेदु न्यौपाने
[५]
विकास
यत्रतत्र सडकमा
सागरकाे यात्रा थालनी ! - केसर बाेहरा ‘सङ्घर्ष ‘
अछाम, हाल: भारत
[६]
विकास
लोकतन्त्रको मार्ग
हिले सडकमा समृद्धि ! - पशपती राई, खोटाङ
[७]
बाटो
पोखरी बन्यो
सरकारले समृद्धि भन्यो ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[८]
सडक
दुई प्वाल
लडिन्छ आफूलाई समाल ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[९]
लोकतन्त्र
मनहरू टुक्राउँदै
बर्बाद पार्यो अर्थतन्त्र !
डा. देवी पन्थी
[१०]
नेता
ओढ्ने खाेल
सडककाे अवस्था भद्रगााेल ! - भवानी घिमिरे, सर्लाही
[११]
सडकमा
हेर जात्रा
जोखिमपूर्ण भयो यात्रा ! - सरिता सेढाई, धादिङ
[१२]
उन्नति
बाटोको दुर्गति
यहि रहेछ समृद्धि ? - सोमनाथ लुइटेल “रवि पाल्पाली”
[१३]
खाडल
भ्रष्टाचारको भाँडो
यात्रुलाई यात्रा घाँडो ! - अगस्टीन राई, भारत
[१४]
सडक
विकासकाे आधार
खाल्डाखुल्डी सरकारकाे चमत्कार ! - नवराज भट्ट, कञ्चनपुर
[१५]
सडक
विदेशमा विकास
स्वदेशमा छैन निकास ! - अमृत सुवेदी, रूपा सात, कास्की
[१६]
सडक
सहरको विकास
कहिले होला निकास ! - कला ढकाल
[१७]
बाटो
समस्या उत्कट
केवल जनतालाई सकस ! - पृथक प्रकृति, झापा
[१९]
विकास
धेरै बिनास
जता पनि सत्यनास ! - घनश्याम पौडेल, पोखरा
[२०]
विकास
सुस्त गति
देखिँदै जताततै कुमति ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२१]
दह
बाटोको आँसुकै
विकासको कहानी सुनाउँदै ! - युगल त्रिन
[२२]
राजनीति
उल्टो पाल्टो
बाटोमा खाल्टै खाल्टो ! - चक्र शाही, लम्की, कैलाली
[२३]
समृद्धि
सडकमा पोखरी
सरकारको नयाँ नोकरी ! - दीपा समभाव, काठमाडौँ
[२४]
विकास
बुर्थैको तामझाम
छैन कुनै निकास ! - सरस्वती श्रेष्ठ, इटहरी
[२५]
सडक
बाटोको हाल
परेछ गहिरो खाल ! - धनमाया चौधरी, कैलाली
[२६]
बाटो
हेर कस्तो
भैसि आल जस्तो - दीपा तिम्सिना, ईलाम
[२७]
सडक
बेजोग एकातिर
कुरीकुरी लाजमर्दो अर्कोतिर ! - प्रेम थापा ‘मन’, बागलुङ
[२८]
खै
कताबाट गुड्छन
यताबाट गाडी अब ! - पुष्पा शायरा, विराटनगर
[२९]
विकास
कस्तो अनौठो
देशले पाएनन् निकास ! - वि.वि. याक्खा
पाँचखपन नगरपालिका-६,संखुवासभा
[३०]
सडक
देख्दै विचित्र
सरकारकाे असल चरित्र ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[३१]
विकास
सडकको दुर्गति
पानीजहाज कुद्ने जस्तो ! - एवाइ प्रभात, सहिदभूमि
[३३]
जिम्मेवारी
सडकमा खाल्डो
विकासमा सम्बृद्धि यात्रा ! - नारायणप्रसाद उपाध्याय, कैलाली
[३४]
सहर
अव्यवस्थित सडक
डुबानकाे समस्याले आक्रान्त ! - श्रद्धा आचार्य, पोखरा
[३५]
पुरौँ
बाटोको खाडल
यात्री सारा मिलेर ! - सुस्मिता अधिकारी, काठमाडौँ
[३५]
विकाश
भएन आश
सिहंदरबार भ्रष्टाचारमा बिन्दास ! - टीकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका-२, सल्यान
[३७]
सडक
भत्केको पथ
नपाएको सरकारको साथ ! - सविता के.सी.
[३८]
आत्मिक
चित्त बुझ्दो
एउटा असल काम ! - केन्द्रप्रकाश बराल, इलाम
[३९]
विकास
हुँदैन कहिल्यै
भाषण ठुला जहिल्यै ! - अनिता भण्डारी, ताप्लेजुङ
[४०]
सडक
बिचमा समुद्र
संसारकै सामान्य आश्चर्य ! - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
[४१]
विकस
गाउँ रोज्छ
सडक नाउ खोज्छ ! - विवश पारदर्शी, झापा
[४२]
विकास
यातायातमा अवरोध
नारा समृद्धि निकास ! - कमला देवकोटा, पाल्पा
[४३]
विकास
केवल नारा
यस्ताेछ सडककाे पारा ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटञ्जे
[४४]
शहर
कहिले धुलोको
कहिले आहालको किनारमा ! - ध्रुव श्रेष्ठ
[४५]
सम्बृद्धि
जोखिमपूर्ण यात्रा
बाटो निर्माणको व्यवस्था ! - रमा पन्त, पाल्पा
[४६]
राेड
धान राेपाैझैँ
के बाेल्नु अरू ! - काेपिला शर्मा, धनगढी
[४७]
देश
मुढ बुद्धि
यस्तै हुनेअवशेष ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[४८]
बाटो
विदेशी अनुदान
नेपाली भए बेइमान ! - बि के बिरही, टीकापुर, कैलाली
[४९]
धरणी
धर्यताकाे सुवास
अगाँल्दै समृद्धिकाे निकास ! - राेशन पराजुली, धरान
[५०]
सडक
विकासमा खाल्डाे
जनतालाई विनाशको भारी ! - श्रीकृष्ण धामी, बझाङ
[५१]
समृद्धि
फैलाउनु विकास
निकालौँ मिलेर निकास ! - अम्विका अधिकारी
झापा, बिर्तामोड
[५२]
ताल
सडकमा भ्वाङ
निर्माणमा सधैँ जालझेल ! - शारदा गौतम, आचार्य
[५३]
सडक
आधुनिक विकास
देखिदैन खास सम्भार ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५४]
उन्नयन
हेरेर विकास
हुँदैन मनमा चयन ! - नागेन्द्रप्रसाद यादव
[५५]
आमा
छोराको भरमा
कसरी पुग्ने घरमा ! - सुरेश न्यौपाने, लम्की, कैलाली
[५६]
सडक
पानीको आहाल
राज्यको वेवास्ता विकास ! - घनश्याम पौडेल
गौरीगंगा नपा-९, कैलाली
[५७]
विकास
सुध्रिएन कतै
चौतर्फी दुर्गति मात्र ! - शोभा आचार्य गौतम, काठमाडौँ
[५८]
बेथिति
कानुन मिच्ने
सक्नेले सबैलाई थिच्ने ! - गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[५९]
विकास
जताततै निकास
जनता सत्ताधारीका दास ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[६०]
विकास
नहुँदा निकास
धोका भो विश्वास ! - गोपेन्द्र रिजाल, पाँचथर
[६१]
देश
विकासको नीति
बिग्रँदो सडकको स्थिति ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[६२]
विकास
नारामा सिमित
छैन जन हित ! - तेजप्रसाद खनाल, दाङ
[६३]
विकास
हेर यता
देशमा घरघर नेता ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[६४]
नेतृत्व
गएको खेर
धेरै विवेकी भएर ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[६५]
समृद्ध
भएको जात्रा
जोखिमपूर्ण अनेक यात्रा ! - बेदु न्यौपाने
[६६]
खाल्डो
जताततै देखिने
जीवनको बाटो अस्थिर ! - रचना शर्मा ‘प्रतीक्षा’
[६७]
विकास
समवृद्वि गतिमा
बजेट नेताको खल्तीमा ! - भगवती दवाडी, दमक, झापा
[६८]
सडक
भएन सुधार
बोलीमा अनेकौँ धार ! - समुन्द्रा शर्मा, सुनसरी
[६९]
विकास
सास्तीको गोरेटो
गर्दछन। बजेटको विनाश ! - सरस्वती वली, बर्दिया
[७०]
सहर
तलाउ भएपछि
पूरा भयो रहर ! - लक्ष्मी रिजाल आचार्य
कञ्चनरुप-१२, रुपनगर, सप्तरी
[७१]
खाडल
शहरको बिचमा
गाडीले ठोक्छ मादल ! - जमुना कायस्थ, पोखरा
[७२]
देश
झन बिग्रदो
भैसक्यो अब शेष ! - दुर्गा आचार्य, मोरङ
[७३]
कास
हिलाम्य सडक
संघीयताको तडक भडक ! - बाबुराम आचार्य
धनगढी, कैलाली
[७४]
विकास
उधो गतिले
दिएन यहाँ निकास ! - दुर्गा भट्टराई, मोरङ
[७५]
कठै
नेपालको विकास
धोका भयो विश्वास ! - पं ज्यो. तोयनाथ सुवेदी, हेटौडा -८
[७६]
सडक
विकासको धार
चौतर्फी पानीको ताल ! - कविता आचार्य, कैलाली
[७७]
विकास
कमिसनको होड
देख्यौ बाटोको बिजोग ! - मङ्गला उपाध्याय