साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला- १४१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
यात्रा
हेर जोखिमको
अनिश्चित गन्तव्य पो !
- वसन्त अनुभव
[२]
जनसंख्या
बढ्दो देशमा
गन्तव्य हुनेभयो अवशेषमा !
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३]
सवारी
जोखिमपूर्ण यात्रा
देखियो हाँडीगाउँको जात्रा !
- डम्बर थामी 'अनुपम'
कालिन्चोक गा. पा.-६, दोलखा
[४]
देश
जनसंख्याको भारी
यात्रा अनिश्चित भविष्यको !
- डुकछिरिङ लेप्चा
मिरिक, भारत
[५]
मानव
जोखिम यात्रा
देखाए बसमाथिको जात्रा !
- बेदु न्यौपाने
[६]
बाटो
होसियारीको चेतना
प्रायोजित समयको साटो !
- गुणनिधि घिमिरे, अमेरिका
[७]
यात्रा
जाेखिमपूर्ण सवारी
दुर्घटनाको अनेकन भारी !
- केसर बाेहरा 'सङ्घर्ष'
अछाम, हाल: भारत
[८]
यात्रा
घुम्ति पाखा
बहादुर चालकको कथा !
- ध्रुव श्रेष्ठ
हाल: काठमाडौ
[९]
जाेखिम
भिडकाे यात्रा
सङ्घर्षपूर्ण छ जीवन !
- ताराप्रसाद चापागाईँ
धुनिबेसी
[१०]
यात्रा
सधै जोखिमपूर्ण
भाषणमा विकास भरिपूर्ण !
- रमा पन्त, पाल्पा
[११]
गन्तव्य
अङ्गुरको झुप्पो
फेद न टुप्पो !
- गोपेन्द्र रिजाल, पाँचथर
[१२]
यात्रा
अति जोखिम
तर पनि वाध्यता !
- घनश्याम पौडेल, पोखरा
[१३]
बाध्यता
रहर कतै
कसैले बेहोर्ने सास्ती !
- निर्मला सुबेदी
[१४]
यात्रा
बाध्यतामा मानव
जोखिमपूर्ण छ गन्तव्य !
- दुर्गा भट्टराई
[१५]
लापरवाही
मानवीय खतरा
ट्राफिक बनोस् कडा !
- तेजप्रसाद खनाल, लमही, दाङ
[१६]
जीवन
एउटा गोरेटो
यात्रामा अनेक जात्रा !
- आर्त अकुलीन
[१७]
जनहरू
चढ्दैछन् गाडी
ज्यान जोखिममा पारी !
- सरिता सेढाइ, धादिङ
[१९]
जित्ने
हताराे गर्दैछ
सबै छाेडेर मर्दैछ !
- निरज कोइराला, इटहरी -१६
[२०]
यात्रा
देखाउदै जात्रा
ज्यानलाई जाेखिममा राखेर !
- राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
मध्यपुर ठिमी-५,संगम काेलाेनी, भक्तपुर
[२१]
गन्तव्य
टुङ्गो हुँदैन
सहज यात्रा छैन !
- भुपेन्द्र राना मगर, धादिङ
[२२]
बाध्यता
जोखिमपूर्ण यात्रा
कसैमा चेतनाको कमी ।
- सीता पाण्डेय मरासिनी
उपल्लो तम्घास, गुल्मी
[२३]
सफर
जनताको बाध्यता
व्यवस्थाको भयो रहर !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[२४]
सङ्घर्ष
जीवनको यात्रा
गर्दै चुनौतीलाई स्पर्श !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२५]
विवशता
जोखिमपूर्ण यात्रा
अविरल जीवन गाथा !
- राजाराम रत्गैंया, अमौरा, कैलाली
[२६]
यात्रा
जोखिम मोलेर
ज्यानको बाजि राखेर !
- कला ढकाल, झापा
[२७]
यात्रा
जोखिममा सवारी
देशमा बढ्दो बेरोजगारी !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[२८]
यात्रा
नेपालको यातायात
साइत यमलोकको तयारी !
- सोमनाथ लुइटेल 'रवि पाल्पाली', बर्दिया
[२९]
मान्छे
हुँदैन कार्वाही
कति हो लापरबाही ?
- नागेन्द्रप्रसाद यादव
[३०]
बाध्यता
भिडको यात्रा
जीवन कर्कलाको पानी !
- सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[३१]
यात्रा
जोखिम बसमा
भिरको सडकमा कुद्दै !
- एवाइ प्रभात
सहिदभूमि, धनकुटा
[३३]
कुप्रणाली
अव्यवस्थापनको खाडल
कहिले होला सुधार ?
प्रेम थापा 'मन', बागलुङ
[३४]
समस्या
जनताको बाध्यता
सरकारको नाङ्गो अकर्मण्यता !
- ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[३५]
यात्रा
सबैलाई हतार
हाेला मृत्युको सिकार !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३५]
नगुमोस्
यसरी होश
यात्रामा हुने कन्तबिजोग !
- केन्द्रप्रकाश बराल, इलाम
[३७]
अनभिज्ञता
आफ्नै दोष
कसैको विपत्ति नहोस् !
- अगस्टीन राई, भारत
[३८]
यात्रा
निकै कठिन
मोल्नु पर्दछ जोखिम !
- पूर्णबहादुर श्रेष्ठ 'हृदयङकृत'
पनौती न.पा.-३, काभ्रे
[३९]
यात्री
अचेतनशील जस्तो
सोच्दैछन् जीवन सस्तो !
- पृथक प्रकृति, झापा
[४०]
यात्री
असहज यात्रामा
जोखिम उठाउन बाध्य !
- समुन्द्रा शर्मा, सुनसरी
[४१]
भिड
अन्तिम विकल्प
त्यसैले चढ्न बााध्य !
- दीपा गुरुङ्ग 'समभाव'
[४२]
सिमित
बस धेरै
छैन कस्तो जात्रा !
- चक्र शाही, लम्की, कैलाली
[४३]
यात्रा
साधनको दुरुपयोग
देखिन्छ खतरा मात्र !
- दुर्गा अधिकारी भमरकोटे, कपन
[४४]
बस
मान्छे खचाखच
देख्नेलाई भयाे अपच !
- नवराज भट्ट, कञ्चनपुर
[४५]
महाजात्रा
गन्तव्यको तयारी
खुसीले यमलोकको यात्रा !
- राजेन्द्रकुमार बज्राचार्य, काभ्रे
[४६]
यात्रा
दलालीको बात्रा
विदेश ओईरिनेको जात्रा !
- टिकाराम पुन पुकार
सल्यान, छत्रेश्वरी गाउँपालिका -२
[४७]
यात्रा
मानवीय लहर
गन्तव्यहिन यात्राको रहर !
- कमला देवकोटा, पाल्पा
[४८]
यात्रा
एकापसमा ठेलाठेल
नगरी नहुने पेलापेल !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा-६, संखुवासभा
[४९]
यात्रा
आशाका दिन
हुने कति छिन !
- ढकाल कविदत्त
[५०]
जोखिम
यात्राको क्रममा
अटाएनन् यात्रु बसमा !
- रिता खराल, रूपन्देही
[५१]
ज्यान
जोखिममा पारी
यो कस्तो सवारी ?
- बिके विरही, टीकापुर
[५२]
यातायात
जनसङ्ख्या धेर
दुर्घटनाको अधिक डर !
- दीपा तिम्सिना, ईलाम
[५३]
व्यवस्थापन
फितलो कानून
स्वयम् आफैं जानून् !
- शारदा गौतम आचार्य, ललितपुर
[५४]
बाध्यता
देशको हालत
जोखिमपूर्ण भयो गन्तव्य !
- सुरेश न्यौपाने
[५५]
जिउधन
जोखिम यात्रा
फर्कने छैन भरोसा !
- जमुना कायस्थ, पोखरा
[५६]
जानैपर्ने
रहर होइन
बाध्यता ठानेँ खाँदिनुपर्ने !
- नन्दलाल आचार्य, बेलका-२, उदयपुर
[५७]
जात्रैजात्रा
अप्रयाप्त सवारी
बाध्यताको जटिल यात्रा !
- विवश पारदर्शी, झापा
[५८]
यात्रा
सङ्घर्ष गन्तव्यको
सवारीसाधनमा मानवको जात्रा !
- सरस्वती वली
बर्दिया, नेपाल
[५९]
यात्रा
नगरौँ हतार
तँछाड अनि मछाड !
- धनमाया चौधरी, कैलाली
[६०]
यात्रा
सधैंको हतार
भइन्छ मृत्युको सिकार !
- सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल
[६१]
यात्रा
जोखिमपूर्ण भयो
जनसंख्या वृद्धिमा गयो ।
- शोभा आचार्य गौतम
काठमाडौँ
[६२]
यात्रा
भेडाको बथान ,
देश निर्लज्जताको शिकार !
- त्रिलोक रामदाम
सि.न.पा.-८, भैरहवा
[६३]
जाेखिम
ज्यानकाे बाजी
युवा शक्तिको पहिचान!
- टीकाराम जाेशी, इमाडोल।
[६४]
यात्रा
नपुग्दै ठाउँमा
सन्त्रास छाउला गाउँमा !
- भगवती दवाडी, दमक, झापा
[६५]
यात्रा
साधनकाे अभाव
आखिर जानैपर्ने दबाब !
- बलराज गिरी
[६६]उदक
यात्रा
जोखिमको भो
रहरहोइन बाध्यता हो !
- अनिता भण्डारी, ताप्लेजु
[६७]
यात्रा
गर्नैपर्ने जीवनमा
कहिले समाप्ति टुङ्गोविहिन !
- योगेन्द्र भट्टाराई, खोटाङ
[६८]
जोखिम
नजान्ने मान्छे
सम्झाउदा पनि नमान्ने !
- जिज्ञासु पन्त, लमजुङ
[६९]
जोखिमपूर्ण
यात्रा अनिश्चित
गन्तव्यको सम्भावना न्युन !
- सावित्री अधिकारी, काठमाडौँ
[७०]
यात्रा
जाेखिम माेलेर
नदेखाउ है जात्रा !
- राेशन पराजुली, धरान
[७१]
यात्रा
जोखिम मोलेर
पुग्न सकिएला टुङ्गोमा ?
- शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[७२]
अचम्म
समय परिस्थिति
जोखिममा यात्रा नगरौँ !
- नारायण कोइराला
तानसेन, पाल्पा
[७३]
यात्रा
भार थपी
निम्त्याउँछौ जोखिम आफैमा !
- सुस्मिता अधिकारी, काठमाडौँ
[७४]
यात्रा
सम्झेर तिर्थालु
गन्तव्य पवित्र यात्रा !
- खुनराज काेईराला
सिद्दलेक-३, गैरीगाउँ, धादिङ
[७५]
यात्रा
सवारीबाट भाँडा
देशको गति छाडा !
- श्री कृष्ण धामी, बझाङ
[७६]
गन्तव्य
पहाडको यात्रा
आउन सक्ने भवितव्य !
- कविता आचार्य, कैलाली
[७७]
ड्राइभर
राष्ट्रियताकाे परिचालन
राजनीतिमा कार्यकर्ता भनाभन !
- मनाेज थापा, कैलाली
[७८]
यात्री
सवार हतारमा
जाेखिमपूर्ण यात्रा बसमा !
- श्रद्धा आचार्य, पोखरा
[७९]
हतार
जोखिम झेलेरै
समयमा पग्नुपर्ने विवसता !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[८०]
सवारी
कानुनको बाहिर
लक्ष्य सफल जोखिममा !
- सन्तु खत्री
[८१]
लडिन्छ
पर्खिएर हिँड्नुहोस्
अरु गाडी आउँछन् !
- पुष्पा शायरा, विराटनगर
[८२]
यात्रा
गन्तव्य आआफ्नो
पुग्न हतार सबैमा !
- राम न्यौपाने, कैलाली