
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासमा राखिएको प्रतिनिधि टुक्का
बुझेर नि ! नसक्नु छ कलियुगको खेल
मिलेसम्म त मोजमस्ती कुरा बिग्रे जेल ।
वसन्त अनुभव

सहभागी टुक्काकारका टुक्काहरू-
[१]
कतिबेला के हुने हो ? छैन कुनै टुङ्गो
फसाउने पो हुन् कि बनाउने हुन् बुङ्गो ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[२]
विकृति र विसङ्गति फैलिँदैछ अति
स्वार्थमा नै लिप्त भए साथीहरू कति ?
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
गाह्रो होला कि तिर्खा खप्न टाढा पर्ला खोला
थुक्ने ठाउँ नि चुन्नुपर्छ, सम्झी राख्नुहोला ।
✍️ उमा दाहाल
शुन्दरहरैँचा – १० मोरङ
[४]
मौका परे ठूला माछा हातभरि पर्छन्
कुरो नमिले भित्रको दुलामा सर्छन् ।
✍️ रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर ।
[५]
कुरा नै नबुझी गन्जागोलमा पस्छन्
सानो कुरा नमिलेपछि आफैँ फस्छन् ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[६]
कुरा मिले सबथोक हुन्छ, नमिले लगाउँछन् आरोप यहाँ
बाँच्नलाई गाह्रो भो सरकार, हामी युवालाई हरेक जहाँ ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[७]
ठुला माछा देखाएर खेल्छन् धेरै खेल
कुराकानी नमिलेमा आफैँ पर्छन् जेल ।
✍️ बेदु न्यौपाने 🇳🇵
[८]
मिलेसम्म ग्वाम्मै खान्छु कसैलाई दिन्नँ भाग
हेर्दै जाऊ देशलाई कति सम्म पार्छु खाग ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[९]
जम्मा गर्न खोज्छन् पैसाका ठुलठुला धोक्रा,
बाहिर बोक्रा देखिए नि भित्रभित्रै खोक्रा ।
✍️ डम्बर थामी ‘अनुपम
कालिन्चोक गा. पा. -६, दोलखा ।
[१०]
मोजमस्ती चल्छ, प्रेमको सहमतिहरू चल्दाखेरि
थोरै चित्त बुझेन भने बलत्कारको आरोप फेरि ।
✍️ शंकर कार्की
[११]
यहाँ पैसासँग जीवनकाल आकर्षित देखाउने
खेलले फेल खाएपछि सम्पूर्ण कहानी लेखाउने ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[१२]
चिल्ला कुरा घस्दैँ लगाउँछन् मायामा करकाप
आराेप लागिसकेपछि हुन्छ जीवन धराप ।
✍️ केसर बाेहरा ” सङ्घर्ष “
सुदूरपश्चिम ” अछाम “
हाल ” भारतबाट ” ।
[१३]
मन मिले तयार मान्न भगवान पनि
नमिलेमा फसाइदिन्छन् यो दोषी छ भनी ।
✍️ सरिता सेढाइ धादिङ
[१४]
खेल खेल्न माहिर छन् , बुढा नेताहरू
आफू साँढे हुन राख्छन् आसेपासे बरु ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा
[१५]
सहमतिमा प्रेम प्रेमिका गर्छन् माेजमस्ती ठाउँ फेरि फेरि
साेचे जस्तो नभए बलत्कारकाे आराेप लाउँछन् मौका हेरि ।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१६]
मोजमस्ती गरी सारा, गल्ली गल्ली चोकमा
जिन्दगी नै बर्बाद, एकछिनको झोकमा ।
✍️ चन्द्रकली राना मगर
नौबहिनी ३ , प्युठान
[१७]
मन मिलेसम्म हिँड्छन् हाँसो मिसाएर
काम बिग्रिएपछि के गर्नु रिसाएर ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[१८]
मनमा पिर बोकेर सारा मानिस गएका
मातेर आज कलिका मान्छे के साह्रै भएका ।
✍️ आर्त अकुलीन
[१९]
खुसी हुने मन मिलेको बेलामा भगवान् भन्ने
चित्त नबुझ्दा आरोप प्रत्यारोपण खाल्डो खन्ने ।
✍️ भगवती दवाडी ,दमक, झापा
[२०]
चाहियो आजभोलि मुखमा रामराजा बगलिमा खाजा
छुस्स केही मनको नपुगेमा हेर बजाइदिन्छन् बाजा ।
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान
[२१]
भागबन्डा मिलुन्जेल पिरती नै यहाँ बसाउँछन् ,
नमिलेमा बखेडा झिकी दलदलमा फसाउँछन् ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[२२]
मोजमस्ती गर्नलाई होटलतिर जान्छन्
अदालतमा मुद्दा परे नाबालिग मान्छन्।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[२३]
पैसा उडाई कति खेल्छौ जालझेलको खेल,
पापको घडा जब फुट्छ अनि जाउला जेल ।
✍️ ध्रुव श्रेष्ठ
हाल,काठमाडौ ।
[२४]
मौकामा चौका हान्न आफैँ अघि सर्छन्
मस्ती ल्याएपछि लोभको झोली भर्छन् ।
✍️ प्रेम थापा “मन”बागलुङ
[२५]
सबैँ कुरा बिग्रेकाे नीतिशास्त्रकाे भएकाे अभाव
खुलेर आयाे हेर त जताततै विदेशी प्रभाव ।
✍️ प्रद्युम्न चालिसे
[२६]
पहिले लुकीछिपी अङ्गालो बेर्दै मस्त धोको फेर्छन् चोर
कुरो बिग्रेपछि छेर्दै लाज पचाउन लगाउँछन् जोर ।
✍️ विवश पारदर्शी
झापा,
[२७]
भाग्य तिम्रो त्यस्तै रहेछ पिरतीमा लाग्दा
समाई हाल्छ कानूनले जहाँ जता भाग्दा।
✍️ भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[२८]
टाठाबाठा एकै ठाउँमा छन् अनेकथरि खेल खेल्छन्
अरूलाई केटाकेटी सम्झेर सधैँभरि यहाँ पेल्छन् ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[२९]
सम्झौतानुसार, बाेलेकाे खै कसैले पनि पूरा गरेका छैनन् काम
नगर्नेकाे हुँदैन दाेष, ऊ ‘नकचराे’ अगुवाहरूकै जान्छ नाम ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[३०]
थाहा छैन यहाँ कस्ले कस्लाई फसायो
धनले न्याय जित्ने परिपाटी बसायो ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
[३१]
खै कस्को पो विश्वास गर्नु र पलपलमै कुरा गर्छ फेरिने
आफ्नो फाइदा हुँदासम्म मात्र राम्रो नत्र गलत नजर हेरिने ।
✍️ सुशीला शिखा
काठमाडौं कागेश्वरी
[३२]
दियो बलिरहने, थप्नुपर्छ तेल
खेलखेलमा पर्छ है, कहिले जेल ।
✍️ मोती सुब्बा
दार्जिलिङ भारत।
[३३]
स्वार्थका कुरा छाडौँ
दु:ख सबैको फाडौँ।
✍️ तेजप्रसाद खनाल
[३४]
सित्तैमा पाए अलकत्रा पनि खान्छन्
खाने मात्रै हाेइन झाेला भरि लान्छन् ।
✍️ नवराज भट्ट
कञ्चनपुर
[३५]
मोजमस्ती गरेकी छु पैसा टन्नै कमाउन
बैँसको सदुपयोग गरेकी छु रमाउन ।
समुद्र✍️✍️
जल्जला७गण्डकी
[३६]
बुझेर पनि नबुझ्ने, खेल हुन्छ यहाँ,
लज्जा पच्चाएको मान्छे बसेको छ जहाँ।
✍️ एवाइ प्रभात
धनकुटा
[३७]
नबुझेर मन बगाउँछन् आँसुका भेल,
आमाको सेवा गर्नेहरू नै पर्दैछन् जेल।
✍️ दीपा गुरुङ्ग (समभाव )
काठमाडौँ
[३८]
मन नमिल्दा आगो लाग्नु अनौठो हैन
असन्तोषको डढेलो सल्काउनु छैन ।
✍️नन्दलाल आचार्य
बेलका, सिद्धार्थटोल, उदयपुर, कोशी ।
[३९]
सहमती मै हुन्छ हजुर यहाँ सबै काम
फसाउने त अनि हुन नमिलेपछि दाम ।
✍️ अनिता भण्डारी ताप्लेजुङ
[४०]
मन मिले भन्छन् मेरो मनको राजा
मन नमिल्दा यहाँ बजाउँछन् बाजा ।
✍️ सरस्वती श्रेष्ठ इटहरी
[४१]
पैसा पाए बोली फेर्न लाउॅंदैनन् बेर
युगलाई दोष दिई बोल्छन् जतिखेर ।
✍️ पुष्पा सुवेदी
नेपालगंन्ज,बॅाके।
[४२]
तिमीलाई भेट्न भनेर यो गाउँमा धाउँदैछु ।
आरोप लाउनेको अगाडि उभिन आउँदैछु ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाण्डौ
[४३]
भाैतिक विलास मात्रै हैन हाम्राे जीन्दगी
गराैँ लाेककाे कल्याण नहोस् है जगजगी ।
✍️ हरिगाेपाल प्रधान
काभ्रेपलाञ्चाेक, बनेपा१४ साँगा
[४४]
माछो समात्दा हेर भ्यागुतो फस्यो
चतुरे उम्क्यो धूर्त दु्लोमा पस्यो ।
✍️ कमला देवकोटा, पाल्पा
[४५]
ठुलै भाग खोज्छन् सबैले कठिन रहेछ मिलाउन
गोजी भरिएपछि फेरि भन्छन् सोम रस पिलाउन ।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
[४६]
लाग्नुहुन्न लहैलहैमा जीवन जाला खेर,
बस्नुपर्ला सदा कुनामा रोइकराई धेर ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
[४७]
अनौठो दुनियाँमा देखिन्छ अनेक चाला,
राम्रो गर्दागर्दै फसाउँछन् भइन्छ हाला।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[४८]
स्वार्थ मिलेसम्म बन्छन् सबै महामानव
लोभ डाह बढेपछि हुन्छ उहीँ दानव ।
✍️ इमान सिंह के.सी.
व्यास ९ धनुवेसी,कलेस्ति, तनहुँ
हाल नागार्जुन २ सुन्दरवस्ति,काठमान्डौ
[४९]
यहाँ राम्रो काम गर्दा भइहाल्छ जलन
सोझालाई फसाउने चलेको छ चलन ।
✍️ हिमा आर सी
मेहेलकना सुर्खेत
[५०]
धेरै उम्लियो भने पोखिन्छ भन्छन्
हिजोआज सम्बन्ध पैसामा गन्छन् ।
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
[५१]
मनको जेल के साह्रो
अझ दिल झनै गाह्रो।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
[५२]
चन्द्र दाहिने रहुन्जेल कति खान्छौ खाऊ
ग्रहदशा बिग्रिएपछि मामा घर जाऊ ।
✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[५३]
कार्यान्वयन हैन नारा गर्ने रहेछन् चर्को
सुन्दा बहस यी नेतृत्वको लाग्न थाल्यो झर्काे ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[५४]
कहिल्यै नसकिने त्यही जुँगाको खेल
कतिसम्म सकेका हुन् गर्न जालझेल ।
✍️ गम्भीर दुवाडी
गजुरी-५,धादिङ्ग
[५५]
सबै कुरा बुझेकै छन्, विद्वान हुँ भन्नेले
उल्टो बाटो हिँडाइ दिन्छन् खाडल खन्नेले ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[५६]
लेख्नु थियो सुनौलो अक्षरमा नाम तर लेखेनँ
मस्त थिएँ म जवानीको जोसमा आँखा नै देखेनँ ।
✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल
[५७]
समय पनि कस्तो आयो बुझ्नु जताततै डर
आफ्नै सम्झेर नै मन खोल्यो हुन्न कसैको भर।
✍️ दुर्गा आचार्य
मोरङ
[५८]
नबुझ्या झैँ गर्छन् घाटामा कोही बुझ पचाएर,
दुनियाँ सामु कोकोहोलो गर्छन् स्वर मचाएर ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[५९]
हाम्रो जीवन रहेछ एउटा खेल
सलल बगेर जाने साउने भेल ।
✍️ बिके मुखिया
दार्जिलिङ भारत ।