
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
चलेकै छ कुराले देश, युगौँयुग चल्छ
छक्क पर्छु केवल तिम्रो, मन किन जल्छ ?
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
अबुझ छन् सारा जनता, कुरै बुझ्दैनन्
हजुरको महान् वाणी सुन्ने कोही भैनन् ।
✍️वसन्त अनुभव
घोराही, दाङ
[२]
भाषणले नै सरकार भित्र विकास चल्दैछ
दङ्ग सबै गठबन्धनमा प्रतिपक्ष जल्दैछ ।
✍️ ताराप्राद चापागाईँ
धुनिबेसी
[३]
गठबन्धनमा सबैले मिलेर खाने
अर्को चुनावमा गठबन्धनमै जाने।
✍️प्रदीप के रिमाल।
[४]
गर्नुपर्छ हामी सबैले देश लुट्ने ,भुँडी भर्ने काम
रेमिटेन्सले देशमा भित्रेकाे नै छ कराेडाैँकाे दाम ।
✍️केसर बाेहरा “सङ्घर्ष”
सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट ।
[५]
सत्ताको मोहले बाहिर निस्कन कस्लाई हुन्छ मन
कमाएका छन् जालझेल गरी पुस्तौंपुस्तालाई धन ।
✍️अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[६]
हाम्रो देशमा चल्ने भनेको नै कुराले हो सारा
अर्को चुनाव आएर पनि उस्तै हुनेछ पारा ।
✍️बेदु न्यौपाने 🇳🇵
[७]
एउटाले देश बनाउन खोज्छ अर्काले खुट्टा तान्छ
कुर्सीको लडाइँमा त पाँच वर्ष त यत्तिँकैमा जान्छ ।
✍️अम्बिका अधिकारी
झापा बिर्तामोड
[८]
कुरा नै त रहेछ मानव जिवनको भविष्य मित्र
काम कार्बाहीको त सधैँ अनिकाल हुन्छ देशभित्र।
✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
[९]
त्यही त भन्या छक्क परेको छु म पनि आजभोलि तिमीलाई देखेर
यसो समय मिले आँखा लगाउनु पठाएको छु एक टुक्का लेखेर।
✍️अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[१०]
भाषण अनि आश्वासनमा देश चल्दैछ
पाउनेले भुँडी भरे नपाउने जल्दैछ।
✍️बिके मुखिया
दार्जिलिङ भारत
[११]
लुटेराहरूको बढ्दैछ चलखेल
नेपालको अर्थतन्त्र बन्दैछ फेल ।
✍️कला ढकाल
झापा
[१२]
नेताहरूको कुकृत्य झन बढ्दैछ
देशमा भ्रष्टाचार उकालो चढ्दैछ।
✍️सरस्वती श्रेष्ठ इटहरी
[१३]
पेशा केही छैन यिनको झुटको राजनीतिभन्दा
तर पनि राम्रै चलेको छ, लुटाहाहरूको धन्दा ।
✍️शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर
[१४]
कसैलाई प्रेम दिवस रे कसैलाई खान लुट्नको चटारो
भ्रष्टाचारी भूमाफिया अदालतलाई निर्दोष भन्न हतारो ।
✍️चुडामणी देवकोटा
[१५]
जमायाै आसन चलायाै शासन केवल मन जलायाै
देखायाै लालच कमायाै दाैलत सर्वत्र भ्रष्ट फलायाै ।
✍️त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१६]
छैनौ मरेका ! छरेकै छ चारो नहान झटारो
ठुङ्दा यी भालेहरूले किन मान्नु गाह्रो चटारो ?
✍️विवश पारदर्शी
झापा,
[१७]
झन अस्थिरता आज, अस्ति हिजोभन्दा
अचम्मको चलेको छ तिम्रो भ्रष्ट धन्दा ।
✍️प्रेम थापा “मन”बागलुङ
[१८]
कुराले नै बनाउँछन् नेता नेपाललाई जापान टाेकियो
साच्चै नेपाल विकसित भए ठगि धन्दा यिनको रोकियो ।
✍️सुशीला शिखा
काठमाडौं कागेश्वरी
[१९]
देशको लागि गर्छु भने, भ्रष्टाचारको काममा
बेचिखाए खोला र नाला,विदेशीको नै नाममा।
✍️एवाइ प्रभात
सहिदभुमि धनकुटा
[२०]
नगर मेरो रिस सके तिमी पनि लुट
बाँड अलिकति घुस पाइनेछ है छुट।
✍️सुस्मिता अधिकारी ,काठमाडौँ
[२१]
चलोस् देश कुराले, नचलोस् तिखा धारिला छुरा
मन जले जलोस्, नजलोस् वसन्त, कपना, भूरा ।
✍️मोती सुब्बा
दार्जिलिङ भारत।
[२२]
जल्नेहरू खरानी बन्छन् अस्तित्व पनि फेरिन्छ
यस्तै हो यहाँको चलन सन्सारलाई हेरिन्छ ।
✍️दीपा गुरुङ्ग (समभाव)
काठमाडौ
[२३]
जस्तालाई तस्तै मिले खुसीयालीले प्रफुल्ल हुने
राजनीति विकृति डुङ्डुङ्ती गन्हाउँदा मन रुँने ।
✍️प्रद्युम्न चालिसे
[२४]
मेरो तिम्रो भन्नुभन्दा हाम्रो भन्नुपर्दछ
स्वयम् हाम्रो उन्नति अघि अघि नै सर्दछ ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[२५]
मेरो देश मेरो धर्ती मलाई प्यारो लाग्छ
सबै मिले यस देशको बैँरी आफैँ भाग्छ ।
✍️नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
[२६]
हेर्दाहेर्दै सिङ्गो देशलाई मज्जाले नै निल्यो
नेताहरूलाई अजिङ्गर भने ठ्याक्कै मिल्यो।
✍️बि.कुलङ
दार्जिलिङ रंगबुल्
[२७]
इमानी भई काम गर्न कहाँ मन मान्छ उसको ?
अरूका महल देख्दा मन पुग्छ फन्दामा घुसको ।
✍️कमला देवकोटा, पाल्पा
[२८]
तिम्रो गफको साम्राज्य अब धेरै टिक्तैन
तिम्रो झुटो आश्वासन अब बिक्तै बिक्तैन ।
✍️नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
[२९]
उसको यादले घरी घरी सधैँ मन पाेल्छ
नचिनेको मान्छेले पनि त सधैँ राम्रो बोल्छ !
✍️श्री कृष्ण धामी – बझाङ
[३०]
बोल्दाबोल्दै वृद्ध भयौ भूमिमा झर्छौ अब
तिम्रो कुरा चल्दै हुन्छ देश रोकिन्छ तब ।
✍️धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला
[३१]
खै कताकता बस्यौ र तिमी पुग्यौ सत्तामा
मूल एजेन्डा बसेको हुन्छ आफ्नै भत्तामा ।
✍️दीपा तिम्सना-ईलाम
[३२]
जसरी नि दलमा लुटतन्त्र फस्टाएकै हुन्छ
नेपाली हामी कराउने मात्र हो कसले सुन्छ ।
✍️टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान
[३३]
बिक्छ पिठो यहाँ ,जसले गर्छ मिठा कुरा
स्वार्थ सिद्ध भएपछि रोप्छन् पिठमा छुरा ।
✍️शुक्रराज कुँवर
धरान १०
[३४]
भएभर रित्याएर तिमी खाने गर्छाै
अब ज्यादा खायौ भने भुँडी फुटी मर्छाै ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[३५]
देश चलाउने हिँडेका छन् दलालकाे भर
ठगी धन्दा गरी बनाएका छन् ठुल्ठुला घर।
✍️राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[३६]
अनेक तारतम्य मिलाएर देश चलेकै छ त भन्छौ कुराले
टिक्न नसकेर युवा विदेशिए, के पत्याउनु बुढा र भुराले !
✍️प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[३७]
कुर्सीमा बस्छौ झार्ने होइन धुलो
यी नेताहरूको कुरा मात्रै ठुलो ।
✍️हिमा आर सी
मेहेलकुना सुर्खेत
[३८]
हुँदैन उन्नयन, हुँदैन विकास
दलालले खाए, छैन यहाँ निकास ।
✍️नागेन्द्रप्रसाद यादव
[३९]
देशकाे सिमानाभित्र कसरी भित्रियाे सय किलाे सुन ?
साह्रै नै लगाएका रहेछाै ती दुई नम्बरीलाई गुन ।
✍️अनिता भण्डारी ताप्लेजुङ
[४०]
कुराले नै बाठाटाठा जताततै धेरै छन् खाने
इमानदार निराश भई ओइलाएर जाने ।
✍️गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[४१]
कुरै कुराले बन्ने भए राष्ट्र किन जनता रुन्थे
युवाहरू खुसीसाथ अहिले आफ्नै देशमा हुन्थे ।
✍️शोभा आचार्य गौतम
काठमाडौँ
[४२]
बाहिर एक अनेकभित्र कालो छ मुहार
कालैले आज चम्किलो हुन खोज्दै छ जुहार !
✍️आर्त अकुलीन
[४३]
सास चलेर मात्र के गर्नु चाहिँदो ठाउँमा बोल्दैन भने,
सेवक हुँ म भनेर आएका पदमा पुग्दा मालिक बने ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[४४]
थाहै भए पनि कार्बाही गर्दैनन् स-प्रमाण हुँदा प्रष्ट,
नामैका लागि त ठुलाले गरेका हाेलान् नि पथमा भ्रष्ट ।
✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ
[४५]
पृथ्वीनारायण शाहले बनाएको देश सम्हाल्न सकेनौ
देश बनाउँछु भन्दै थोत्रा भाषण तिमी यति त बकेनौ।
✍️तेजप्रसाद खनाल दाङ।
[४६]
ख्याल गर्नु चलाउँदा अब देश कुरै कुराले?
चियो गर्न थालेका छन् अचेल सचेत भुराले l
✍️बाबुराम गौतम, गुल्मी
[४७]
ज्यान कसले दिने हो र देश विकास भनी
मौका पर्दा भकारी भर्ने हो पैसा गनि गनि ।
✍️राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[४८]
सबै देश बनेर जाँदा हाम्रो मात्र सधैँभरि किन बिग्रन्छ
भोट हाल्ने भोकभोकै तर राष्ट्रको धन नेता कहाँ थिग्रन्छ !
✍️पवन कुमार बुढाथोकी
काठमाडौँ
[४९]
सफलता मिलेकै छ कालो धनलाई सेतो बनाउने,
भन्नेले जेसुकै भनुन् तिनकै मुख नमिठो गनाउने ।
✍️होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[५०]
लुटेराको हातमा देश सुम्पेपछि त्यस्तै हुन्छ
जनता सबै भेडा नेता बहिरा कसले सुन्छ ।
✍️यामनाथ आचार्य
पर्वत
[५१]
नेता कामले माखो मार्ने होइनन् दुनो सोझ्याउँदै ठिक्क
पढेका युवाहरू देशमा बस्नै मान्दैनन् म भए दिक्क ।
✍️भगवती दवाडी
दमक, झापा
[५२]
बुढाहरूको दिन गए, अब चलाउनुपर्छ देश युवाले
भ्रष्टाचार नियन्त्रण गर्यो भनेपनि, सुख पाउँछौँ साराले ।
✍️कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[५३]
चल्ने मात्र कुरा गर्छौ,तिमी हौ पराइ भक्ति
एकमुठी सास बाँकी रह्यो,छैन उठ्ने शक्ति ।
✍️मन्दिरा सेढाई
मलेखु,धादिङ
[५४]
हाम्रो देश गुज्रिरहेकाे भ्रष्ट अनि दलालहरूकाे परेर भर
भ्रष्टाचार गरि जनतालाई रुवाई ठाउँ ठाउँमा बनाए घर।।
✍️सहयात्री शोभा अर्याल
रुपन्देही
[५५]
भाषणलेनै जम्छ आसन भने किन गर्नु राम्रो कर्म
पापलेनै चल्छ जीवन गजब भने किन गर्नु धर्म ।
✍️ध्रुव श्रेष्ठ
हाल काठमाडौँ
[५६]
कुराले मात्रै हुँदैन नि विकास याे हाम्राे गाउँ
नगराैँ सधैँ भ्रमकाे खेती सम्हालाैँ आफ्नै ठाउँ ।
✍️हरिगाेपाल प्रधान
काभ्रे पलाञ्चाेक, बनेपा १४
साँगा बजार ।
[५७]
नेता दलाल, जनता भेडा नेपाल खुला बजार
दलाली मै मोलमोलाइ छ देशको मूल्य हजार ।
✍️पद्मा काश्यप पाण्डे, मोरङ
[५८]
मख्ख छन् दुनियाँ ती, चिल्लो बोलेर
जान्छन् फेरि त्यही, चिल्लोले पोलेर ।
✍️चन्द्रकली राना मगर
नौबहिनी ३, प्युठान
[५९]
तछाड मछाड केको सधैँ न सकेको देशको मुहार फेर्न
गर देशमा रजाइँ जनता बसेका छन् तिम्रो रमित हेर्न।
✍️दुर्गा आचार्य
मोरङ
[६०]
चारैतिर टलक्कै सेतै हिमाल हाँसेको
सलल बग्ने नदीलाई देख्दैछु मासेको ।
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back
helloI like your writing very so much proportion we keep up a correspondence extra approximately your post on AOL I need an expert in this space to unravel my problem May be that is you Taking a look forward to see you
Magnificent beat I would like to apprentice while you amend your site how can i subscribe for a blog web site The account helped me a acceptable deal I had been a little bit acquainted of this your broadcast offered bright clear idea