साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२०

  • २१ माघ २०८०, आईतवार १०:४२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    घरले भन्छ जा जा आइज नै भन्छ वनले
    त्यागौँ भन्छु लोभ मोह तर मान्दैन मनले ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    लिएर के आएका थियौ जान्छौ के लिएर
    खाली हात जाने सबै गंगाजल पिएर ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    उमेर ढल्किदै जाँदा पनि लोभी पापी भए
    त्यही भएर विलाप गर्दै मामाघर गए ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३]
    उमेरले नेटाे काट्याे उस्तै छ व्यथा बल्झिएकाे
    मन बाँध्न नसकेर लाेभ माेहमा अल्झिएकाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [४]
    आखिर घमण्ड केका लागि एकदिन छ मर्नु
    सम्पूर्णमा सत्मार्गमा चल्दै दिव्य ज्ञान छ छर्नु ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    [५]
    मान्छेको मन लोभी पापी अहङ्कारी भयो
    काम क्रोध मोह हुँदा आफ्नै हुर्मत गयो ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [६]
    बुढेसकालमा छैनन् कोही साहारा
    छोराछोरी भए विदेशीको आहारा।
    ✍️ तेजप्रसाद खनाल दाङ।
    [७]
    पापको भाडो भरिएन है दिदीबहिनी दाजुभाइ,
    लोभ लालचले कहिल्यै पनि नछोड्ने भो हामीलाई ।
    ✍️ नवशिला,
    नवदेव मार्ग, लालभित्ती, मोरङ।
    [८]
    जति कमाए नि आखिर घाटमै हो जाने
    सुनाम कमाऔँ केही छैन नि मर्दा लाने ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [९]
    नाङ्गै आयौ नाङ्गै जान्छौ आखिर लोभ किन
    लोभ मोह नत्यागे होला मरण कठिन ।
    ✍️ सरिता सेढाई धादिङ
    [१०]
    जति यो उमेर जान्छ उति लाेभ लाग्ने
    इज्जत सबै फाली भिखारी बनी माग्ने ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [११]
    उमेरमा सङ्घर्ष मात्र बुढेसकालमा दुःख पाइयो
    छोराछोरी विदेशमा लाठी टेकेर अस्पताल धाइयो ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१२]
    सहनुपर्छ घाम र पानी कर्म यो गरेर
    जीवन भन्नु आखिर यस्तै जानु छ मरेर !
    ✍️ आर्त अकुलीन
    [१३]
    निहुँ खोज्छ जिउले मनले भिरको बाटो रोज्दैछ
    खान लाउन नपुगेर अरूको कमाइ खोज्दैछ ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१४]
    झरेको दाँत कमजोर आँत अस्पष्ट वात
    खोज्छ सधैँ खुसीको रात अनि पैसाको खात ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल काठमाडौ ।
    [१५]
    मान्छे सारै लोभी भयो, आजकल किन ?
    सक्छौ दाम हैन नाम कमाएर हिन ।
    ✍️ शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [१६]
    उमेर हुँदा हुन्न हाेस जाेसमा के के गर्ने ?
    बुढाे भयाे उमेर गयाे पछुताई भो मर्ने ।
    ✍️ जी.वि.चिन्तन घाेराही-१४ दाङ
    २०८०/१०/२० बिहान ६:१५
    [१७]
    लोभको घैँटो भर्नलाई भयो हानथाप
    अहिले आएर लाग्यो मलाई ठूलो पाप ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा.-५, काभ्रे ।
    [१८]
    मनले भन्छ गरौँ गरौँ तर तनले सकेन गर्न
    बुढेसकाल लागे पनि सकिएन कसैगरी मर्न ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [१९]
    खै के कुरा गर्नु र अब मरिजाने तनको
    छोडिदिनुहोस् लोभ मोह नासिजाने धनको ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२०]
    कुकुर भन्छ सन्तान बढुन् बिरालाे भन्छ याे घरका जति सबै मरून्
    विचरा अग्रगामीहरू जीवनभर सत्तामा नबसेर के पाे गरून् ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२१]
    लाेभ र रागले दिदैन आनन्द र चैन
    जीवन निरन्तर जल्दैछ बनेर मैन ।
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [२२]
    उमेर बुढो भए नि जवान हुने मन
    लोभी नयन युवतिकै पछि लाग्छ तन !
    ✍️ इन्दिरा देवकोटा
    [२३]
    हिजोभन्दा त आज झनझन बढ्दै छ सास
    साच्चै अब बाँचुला भन्ने पनि कमै छ आस ।
    ✍️ गणेश नेपाली
    बगनासकाली-१,बगनास,पाल्पा।
    [२४]
    सचेत ती मान्छेले पाएको यति हो ज्ञान
    लोभकै पछाडि दौड्दा दौड्दै सकियो ज्यान !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [२५]
    त्यागौँ सबले रिसराग र लोभ मनबाट
    अनि मात्र मुक्ति मिल्छ लौकिक जीवनबाट ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [२६]
    काम, क्रोध, लोभ एकै परिवारका दाइभाइ,
    जति सङ्घर्षले जोगायो उति खर्चिने कमाइ ।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    [२७]
    उमेरसँगै लाेभ ,माेह चुलिएर जान्छ
    तेराेमेराे भन्दाभन्दै यमराजले तान्छ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [२८]
    जीवनले आखिरमा पुर्‍याउँछ कहाँ ?
    भावीले नै लेखेकोमा पुर्‍याउने त्यहाँ ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२९]
    मनभित्र काम लोभ मोह र तृष्णा हुन्छ
    निस्काम कर्म गर्नेले वैकुण्ठ लोक छुन्छ !
    ✍️ समुद्र
    जल्जला७गण्डकी
    [३०]
    यताउता गरि राख्छु परिवार पाल्न
    कसै गरी सकिएन चुहिएको टाल्न ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी आठ।
    [३१]
    घर अनि सन्तानको कति धेरै माया
    जीवनको अन्तिममा हुन्छ दायाँबायाँ ।
    ✍️ विवश पारदर्शी
    झापा,
    [३२]
    कुराले टिपेर दिन्छन् सहजै आकाशको तारा,
    सधैँको भोलि थपाथप भाखा कुरौटेको पारा ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३३]
    पहिले त्यो लोभी भई सोर्‍यौ पुस्तौँ धन
    बुढो भयौ हार खायौ पछुतायो मन ।
    ✍️ बेदु न्यौपाने 🇳🇵
    [३४]
    मनले जे भनोस् तनले खोजेको गर्छु
    मुखको गाँस छिनाई भड्खारामा पर्छु ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [३५]
    आफूलाई सम्पत्तिले बनाए जस्तै ठान्छ
    दुख्ने गरी बन्चराले आफ्नै खुट्टामा हान्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [३६]
    उमेरले नेटो काट्दा, कपाल हुन्छ फुली सेतै
    जता लोभ मोह पाप , अझै नजर जान्छ तेतै ।
    ✍️ यामनाथ आचार्य
    पर्वत
    [३७]
    जति गरे नि मन मान्दैन
    लोभ बाहेक अरू जान्दैन ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३८]
    वृद्ध अवस्थाले सतायो कि क्या हो खोजिरहेछौ तातो घाम,
    लोभ मोह सब त्यागेर जप्नु बरु हरे कृष्ण हरे राम ।
    ✍️ भगवती दवाडी
    दमक,झापा
    [३९]
    जति उमेर बढ्दै जान्छ, उति लोभ नै लाल्चा,
    मनलाई पनि जान्नुपर्छ लगाउन ताल्चा ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४०]
    मेरो पनि त्यही हाल छ, मनको कुरा खोलेँ
    केही पनि भन्दिनँ आज, तिम्रै पक्षमा बोलेँ ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [४१]
    समयसँगै बदलिनु पर्‍यो कहाँ जान्छ कली वनमा
    खुसी उनै छ कली बखतमा लोभ मोह जस मनमा ।
    ✍️ मुक्ति काफ्ले
    कोक्राझार, असम, भारत।
    [४२]
    गरिबी अभावमा जीवन सकियो
    जीउँदै मरेको आभासमा परियो ।
    ✍️ कला ढकाल
    झापा दमक
    [४३]
    उमेरले नेटाे काटिसक्यो केही धान्दैन याे तनले
    आँखा लोभी देखेजति आफ्नै बनाउँ भन्छ यो मनले ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [४४]
    घरबारी र परिवारको माया अपार
    छुट्दैन लोभ मोह तृष्णा जाग्दैछ सपार ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [४५]
    उमेर हुँदा नै कमाऊ, झल्केर वा सल्केर
    इच्छा भएर के गर्नु ? गयो जोबन ढल्केर ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ, भारत।
    [४६]
    पापको घैँटो भरिसक्यो प्रभु, चाँडै लैजाउ माथि
    तिम्रो कर्तुत देख्दाखेरि लानुपर्ने तिम्लाई साथी।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४७]
    मन हुन्छ सदा लोभी, कुरा कहॅा मान्छ
    मान्छेको जातै त्यस्तै, भेटेको सबै खान्छ ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४८]
    वनले बोलाउँछ मात्र सिकाउँदैन त्याग्न मोह
    कसरी बिती जान्छ जीवन गर्दैमा धनको जोह।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [४९]
    काेपिलामै हुन्छ हेर्नुहोस् वयस्क बोट
    परिश्रम गरेमा मिल्छ हजुर नोट !
    ✍️ श्री कृष्ण धामी – बझाङ
    [५०]
    पाल्नेले फाल्न खोज्छन् किन बुढेसकालैमा
    माया होइन डुब्नै पर्ने आँसुको खालैमा ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [५१]
    लोभको भाँडो भरिँदैन पुग्दैन हेर धनले
    आखिर जानैपर्छ छाडी नमाने पनि मनले ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [५२]
    लाेभी मन, पापी आँखा हरे ! भन्छ संसार मेरै भए
    भन्दाभन्दै जानै छ एकदिन, सबैले छाडेरै गए ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५३]
    काशी जानेबेला भैसक्यो, मोह माया गर्छौ कति
    भजन कीर्तन गर्दै बस्ने बेला बिग्रेछ मति ।
    ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५४]
    आँखा लोभी र मन पापी संसार यस्तै होला
    बुढेसकालमा पेट पाल्न बोक्नुपर्छ झोला ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    [५५]
    बाँचुन्जेल तेरोमेरो मरे के पो छ र
    दुई दिनको जिन्दगी छैन केही भर ।
    ✍️ दीपा तिम्सिना -ईलाम
    [५६]
    जति बुढेसकाल लाग्याे उति लाेभ लाग्ने
    बाउ बाजेको इज्जत फाली भए नि माग्ने ।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    [५७]
    छाेडी जाने चाेला याे लाेभ लाग्छ किन धेर ?
    नेत्र बल्छन् त्यत्तिँकै अरूकाे धन देखेर ?
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक बनेपा १४ सँगा धजार

    One thought on “साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२०

    Leave a Reply