साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०५ सम्पन्न

  • ७ फाल्गुन २०८०, सोमबार १९:३३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको पाँचौ शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    ……………………………

    १,
    फुलिरहेको फूल देखेर
    म तिमीलाई सम्झन्छु
    उज्यालो भविष्य कल्पेर ।
    २,
    जहाज देख्छु गगनमा
    दिनहुँ देश खाली
    भतभती आगो मनमा ।
    ३,
    कोकिलकण्ठ सापटी पाए
    खुसीको रास बढ्थ्यो
    रतेउलीले वर्तमान सजाए ।

    • म्यामराज राई, भोजपुर

      १,
      इच्छा चाहना रोकेर
      खाडी छिरेँ बाध्यताले
      आँखामा सपना बोकेर !
      २,
      आमाको याद आउँछ ।
      जन्मभूमि त्यो गाउँघरको
      निकै मायाले सताउँछ
      ३,
      रातिमा सधैँ कल्पन्छु
      देख्छु वृद्ध बाआमा
      सन्ध्याको घाम सम्झन्छु ।
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      जतन गरेर राख्नू
      ओइलिएर झर्न सक्छ
      टप्प टिपी चाख्नू ।
      २,
      बिर्सेको यादले सतायो
      खरानी बनी डढेको
      आत्मकथा बनेर ततायो ।
      ३,
      हजारौँ हजार बाणले
      देश खोक्रो पार्नेको
      आन्द्रा कुहियोस् जाँडले ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      इच्छा चाहना थियो
      थिएन छाड्न मन
      पापीले खुसी लियो।
      २,
      कस्को पर्यो खेल?
      पापी ती आँखामा
      आएन आँसुको भेल।
      ३,
      मनै रहेछ ठुलो
      चित्त बुझाउन खोज्छु
      त्यतै पर्छ दुलो।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)

      १,
      जीवनमा सपना बोकेर
      बाध्यताले खाडी लागे
      आँखामा आँसु रोकेर ।
      २,
      सुन्दर फूल पाएँ
      कत्ति खुसी हुन्थेँ
      जिन्दगीमा तिमी आए ।
      ३,
      गरिदेऊ मुटुमा बास
      आनन्दले रमाउने थिएँ
      हर्ष, उमङ्गले खास ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल -भारत)

      १,
      लाहुरेको रहर पालेर
      गर्वसाथ छोडेको जन्मभूमि
      घरबारी धितो हालेर ।
      २,
      स्वाभिमानी हामी नेपाली
      आफैँलाई ढाँट्ने बहाना
      पराईको निम्ति गुलामी ।
      ३,
      इच्छाका अग्ला टाकुरा
      आफ्नालाई एक्लै पारेर
      बेचेको दह्रा पाखुरा ।
    • कमला पौडेल, भक्तपुर, चाँगुनारायण

      १,
      बढ्यो भ्रष्टाचारको मात्रा
      स्वार्थमा लिप्त सरकार
      सायद विडम्बनाको जात्रा ।
      २,
      मनमा भएन शान्ति
      घटना मात्र सुनिन्छ,
      हरायो अधरको कान्ति ।
      ३,
      केवल सतहमा रुझी
      आरोप लगाउछ्न हजुर
      आन्तरिक कुरा नबुझी ।
    • पृथक प्रकृति, झापा

      १,
      बलवान्ले निर्धो हेप्ने
      पाइन्न न्याय यहाँ ,
      दमन कति खेप्ने ?
      २,
      जन्मिन थाले दानव
      निर्धाका पीडा बुझ्ने
      छ‌ैन कोही मानव।
      ३,
      पवित्र होस् माया
      प्रेमको नाटक गर्दै
      कहिल्यै नगर्नु दायाँबायाँ ।
    • राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी – ५ संगम कोलोनी भक्तपुर ।

      १,
      दुखद स्वतन्त्रता दिवस
      फटाहालाई छ मोजमस्ती
      सोझा मर्न विवश ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      जग्गा जमिन बाँझा
      राख्नु हुन्न अब
      खेती गरौँ साझा ।
      २,
      खेती किसान गरे
      माड लाग्छ मुखमा
      भोको हुन्न भरे ।
      ३,
      गर्छु खेती किसान
      नपत्याए हेर यहाँ
      हातमा छ निसान ।
    • सरिता सेढाई, धादिङ

      १,
      जिन्दगी कस्तो कस्तो ?
      पत्याउँदैनन् यहाँ कोही
      भयो सारै सस्तो ।
      २,
      तिमीले पनि छोड्यो
      कठिन त्यो बाटोमा
      उसले पनि छोड्यो ।
      ३,
      निर्णय आफ्नै हुनेछ
      सबैसँग छ सोधनी
      आकाशको जून छुनेछ ।
    • नागेन्द्रप्रसाद यादव , दाङ

      १,
      अन्तरात्मा देख्ने यन्त्र ,
      विश्वमा बन्न सकेन,
      बढ्यो धेरै मनपरीतन्त्र ।
      २,
      देखिने भए मन,
      उसको कर्तुत छर्लङ्ग
      देखिन्थे लुकाएको धन।
      ३,
      नियतै साफ नभएपछि
      कालोलाई गोरो पार्ने
      सत्य छोड्दै गएपछि।
    • मनोहरी पौडेल, गैडाकोट १

      १,
      गाँठो पारेँ मन
      बोकेँ झोला अनि
      हिॅंडे कमाउन धन ।
      २,
      बिक्यो आफ्नै पाटो
      उठेन त्यसको ब्याज
      भत्कियो फर्किने बाटो।
      ३,
      पाउनसम्म धेरै पाएँ
      दुःख नै जीवनभरि
      तर चित्त बुझाएँ ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      यो हो कविता
      सुन्नु, गुन्नु तिमीले
      बुझेपछि हुनेछ रमिता ।
      २,
      टप्प टिपेर राख्नू
      बेला बेला सम्झदा
      जिब्रोले च्वाट्ट चाख्नू ।
      ३,
      नमानेर तिमी लाज
      आउनुस् मेरै मनमा
      लाजले पुग्दैन काज।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान

      १,
      हिलोमा फुल्छ कमल
      जिन्दगी भन्नु तलाउ
      फुलेर हुन्छ सफल ।
      २,
      दु:खको गरेर सामना
      फलोस् फुलोस् जीवन
      सबैमा मेरो कामना ।
      ३,
      हाँसेर सधैँ पिरमा
      आर्तको यस्तै कहानी
      जिन्दगी हुन्छ भिरमा ।
    • आर्त अकुलीन

      १,
      देशको हाल देखेर
      बिरक्तिन्छ मन नेपालीको
      पोख्छन् कविता लेखेर ।
      २,
      साधुको भेसमा आए
      देशलाई खोक्रो बनाई
      ढिकुटी सबै रित्याए ।
      ३,
      सुन्दर फूल फुलेको
      रङ्गीचङ्गी हेर त
      भॅंवरो किन डुलेको ?
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा

      १,
      सकिॅंदैन काम गर्न
      बुढेसकाल लागेर होला
      पानी पनि भर्न।
      २,
      खेतबारी बाँझै भए
      सन्तान जति सबै
      परदेशतिर नै गए।
      ३,
      पीडाको खात लागेको
      लाग्छ जिन्दगीले पनि
      मज्जाले लात हानेको ।
    • कला ढकाल, झापा दमक

      १,
      देखेर पनि नहुने
      कस्तो रहेछ जिन्दगी
      कसैको हृदयले नछुने ।
      २,
      भित्री मन गलेछ
      चाहेको कुरा नपुग्दा
      आफू स्वयंलाई छलेछ ।
      ३,
      एक दुई तीन
      छौ किन दोधारमा
      सोचाइ मात्र एकैछिन ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      समय तानेर लाने
      जता लैजान्छ लुरुलुरु
      हामी उतै जाने।
      २,
      सबैले गरौँ हातेमालो
      स्वदेश समृद्ध बनाउने
      अब हाम्रो पालो।
    • बिके मुखिया, दार्जिलिङ भारत।

      १,
      तन्त्रको नाम फेर्ने
      पालैपालो सत्तामा मस्ति
      सर्वसाधारणले टुलुटुलु हेर्ने ।
      २,
      कुरा उनीहरूकै ठुला
      ढलिमली पाउने समर्थक
      जनताले पाए मुला ।
      ३,
      काम कुरा एकातिर
      बनाए तन्त्रहरूले देश
      अहिले लाग्छ खातिर ।
    • रामप्रसाद पुरी, बादेल ,खाेटाङ ।

      १,
      ज्यान मेरो बिरामी
      ज्यादा के भन्नु
      तिमी रहेछौ हरामी ।
      २,
      मनभित्र नै पसेर
      भन केके गर्‍यो
      चिल्ला कुरा घसेर ।
      ३,
      चिप्ला कुरा बकेर
      लठ्ठ पार्‍यौ तिमीले
      मुटु माझ बसेर ।
    • प्रद्युम्न चालिसे

      १,
      प्रकृतिको अनुपम उपहार
      कोइलीको कुहुकुहु आवाजसँगै
      आयो वसन्तको बहार ।
    • मन्दिरा सेढाई, मलेखु,धादिङ

      १,
      सकेर सकिन्न अरे
      काम त्याग्नु हुन्न
      फल पाउनु भरे ।
      २,
      सधैँ योग गरौँ
      व्यस्त जीवन पारेर
      अनि निरोगी रहौँ।
      ३,
      लेखेपछि आउँछ भाइ
      अनुहार देखाएर निस्के
      देखेपछि बोलाउँछ दाइ ।
    • नन्दलाल आचार्य, बेलाका, सिद्धार्थटोल, उदयपुर, कोशी ।

      १,
      अदृश्य हतियार माया
      छिया छिया पारेर
      काट्यो मुटु दायाँबायाँ।
      २,
      विश्वासमा आगो लाग्यो
      डढेलोझैँ जताततै डढेर
      चैन जलाएर भाग्यो।
      ३,
      रुँदै मुख छोपी
      सम्झेर कति निष्ठुरीलाई
      बेकारमा नाम खोपी।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौ

      १,
      पहिले पिरती बसाए
      चुपचाप रहे नेपथ्यमा
      अहिले दलदलमा फसाए ।
      २,
      पापी पेटको सवाल
      कतै गुन्द्रुक ढिँडो
      कतै व्यञ्जन बबाल ।
      ३,
      सुनौलो त्यो जवानी
      सम्हालेर राख प्रिया
      बन्ला तितो कहानी ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा

      १,
      समय सदुपयोग गर्दैन
      सुकर्मबिना त यहाँ
      सांसारिक दुःख टर्दैन ।
      २,
      सहनशीलता गुण असल
      आउॅंछ, जान्छ विपत्ति
      कर्मरत आखिरमा सफल ।
      ३,
      एक्कासी आत्तिनु पर्दैन
      हावा चल्दैमा रुखका
      सबै पात झर्दैन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      कुरा गर्छ डोको
      इलम सुका छैन
      ठुलै रहेछ धोको ।
      २,
      जति तान्यो छोटो
      ठुटो हुँदा फ्याँक्ने
      बाँकी बस्यो भोटो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      सपनाभित्र हराउने देश
      कसरी भनूँ, रमाउनू
      छैन कुनै भेष ।
      २,
      बस्ने मन जहाँ
      आफ्नो माइतीलाई भेटेर
      रमाइलो छ त्यहाँ।
      ३,
      कान्छी मनको माया
      दुनियाँको रमझममा रहन्छ
      जून रहन्छ छायाँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      देशको अवस्था देखेर
      लौ ! उकुसमुकुस भएँ
      पिताश्रीको निर्णय सुनेर ।
      २,
      माया गर्नु किन ?
      म त जान्छु
      मिठाई चकलेट लिन।
      ३,
      भावना हत्या गरेर,
      माया गर्छु भन्दै
      हिॅंड्यो बिगुल फुकेर।
    • दीपा गुरुङ्ग (समभाव), काठमाडौ

      १,
      घर छाड्नेलाई लाहुरे
      उ बेलाको माहोल
      अहिले भन्छन् चाउरे ।
      २,
      पहिला पहिलाको खबर
      धागोले बाँधेको चिठ्ठी
      आफ्ना नहून् बेखबर ।
      ३,
      जमाना अनुसारको चलन
      अहिले जस्तो थिएन
      सहरका मान्छेमा जलन ।
    • चुडामणी देबकोटा, चनपा १३ काठमाडौ

      १,
      आस्थाको दीप बालिन्छ
      कतै पुजनीय मनहरू
      ढुङ्गा सम्झी फालिन्छ।
      २,
      बुझे फूलको थुङ्गा
      नबुझ्नेलाई आखिर जीवन
      बगरमा पन्छिएको ढुङ्गा।
      ३,
      परिश्रममा आफैँ जली
      धरती सिॅंचाइ पसिनाले
      कर्म लेख्छन् हली।
    • अनमोल चन्द्र “नेचाली” राई, लेबोङ, दार्जिलिङ

      १,
      गाउँबेँसी हुँदै सहर
      पूरा भएन कहिल्यै
      यो मनको रहर।
      २,
      सहमतिमा हुन्छ काम
      अनि फसाउॅंछन् फेरि
      प्राय: नमिलेपछि दाम ।
      ३,
      मनमा छ डर
      नछोड है माया
      तिम्रै लाग्छ भर।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      जीवन अनौठो कलाले
      गीतभित्र छ विचित्र
      स्वर मिठो गलाले ।
      २,
      नजाऊ मित्र छोडेर
      सधैँ मन तड्पाएर
      जुटेको मुटु तोडेर ।
    • इन्दिरा देवकोटा, कपिलस्तु न पा ३

      १,
      जिन्दगीको यात्रामा
      भन्नलाई पनि अफ्ठ्यारो
      परेँ म जात्रामा।
      २,
      बहकाउमा लागेर
      अफ्ठ्यारोमा पर्यो जिन्दगी
      मृगतृष्णा हो जागेर।
      ३,
      दोष नदिऔॅं कसैलाई
      खाडलमा आफैँ परिएला
      भन्न हुन्न सबैलाई।
    • सरस्वती श्रेष्ठ, इटहरी

      १,
      शक्तिको कुरा किन
      नचाहेको मात्र मैले
      सक्थे जवाफ दिन।
      २,
      पदले ठुलो हुँदैन
      मन सङ्कुचित राखे
      चिप्ला कुराले छुॅंदैन।
      ३,
      राजनीति किन खेलेको
      मूर्ख छैन कोही
      सहन्न कसैले पेलेको।
    • दीपा तिम्सना पौडेल, ईलाम

      १,
      हाइकु जापानले ल्यायो
      नेपाली माटोमा हेर
      झिल्का कविता आयो ।
      २,
      फुल्छ कोपिला फूलको
      यही माटोमा फक्रिन्छ
      झिल्का कविता साहित्यको ।
      ३,
      देशको माया गर्नेहरू
      परदेश जान्छन् कमाउन
      विचित्रका यहाँ मान्छेहरू ।
    • योगप्रसाद उपाध्याय चापागाईं, गोठाटार काठमाण्डौं

      १,
      देश भिरको बाटोमा
      नेताहरूले गरेनन् सही
      हामी हुँदै घाटामा ।
      २,
      व्यवस्था थियो ठिक
      सुध्रिएन किन अवस्था
      राज्य प्रणाली बेठिक ।
      ३,
      काम नगरौँ हतारमा
      स्वदेशमै बस्न पाए
      नजाउँ कोही कतारमा ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि

      १,
      जाने गन्तव्य देखिँदैन,
      आजको दिन बितिसक्यो
      ठाउँ ठेगाना भेटिँदैन।
      २,
      दिल दुखेर जाओस्
      मायाको देउराली बस्ने
      सितलु छायाँ आओस्।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी ।

      १,
      मेरो हात समाऊ
      तिमीलाई नजर लाग्ला ,
      अरूले दिएको नखाऊ ।
      २,
      सुन्दर बनाऔॅं संसार
      हामी एक भई
      जोड्नु छ घरबार ।
      ३,
      सारा पीडा भुलाई
      बस्छु तिम्रो समीप,
      परदेशबाट फर्केर आई ।
    • सीमा कार्की समर्पण, पर्सा जिल्ला, ठोरी गाउँपालिका -४, मेलचोक

      १,
      तिमी म बाँचौँ
      धरतीमा फूल जस्तै
      मिठो माया साँचौँ।
      २,
      जय ! श्री राम
      अयोध्यमा मन्दिर निर्माण
      राम जन्मभूमिको नाम ।
      ३,
      धर्म अन्धोपन नबन्नू
      सबै धर्मको सार
      नराम्रो कहिले नहुनू ।
    • दिल ठकुरी, टिस्टा भेल्ली, दार्जिलिङ

      १,
      नबुनौँ धेरै जाल
      बनौँ हामी सदाचारी
      आफू आफैँ सम्हाल ।
      २,
      नाम दामी राख्नू
      नबनौँ कोही बदमासी
      तिमी हामी मिल्नू ।
    • हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक बनेपा – १४, साँगा

      १,
      आशाको दियो बालिन्छ
      उप्केको ठाउँ लिपेर
      भत्केको मन टालिन्छ।
      २,
      सपना, रहरहरू पालिन्छ
      विश्वास लर्खराए कतै
      उर्लेको उमङ्ग फालिन्छ।
      ३,
      मनमा मन चालिन्छ
      स्वार्थपनको निहुँ पाएँ
      नौलो परिपाटी थालिन्छ।
    • मोती सुब्बा, दार्जिलिङ, भारत

      १,
      हाँसो यसरी रित्तिन्छ
      उपहारस्वरूप दिनेले जब
      केवल चोट दिन्छ ।
      २,
      सहनु मुटुले सह्यो
      तितामीठा ती पलहरू
      सम्झना बनेर रह्यो।
      ३,
      व्यर्थैमा रहर गरे
      बाँचिन्छ, बाँचिन्न साथी
      परदेशको चपेटामा परे।
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल

      १,
      मनमा माया राखेर
      छुटौँला सॅंगसगैँ भेटौँला
      रचना साथ राखेर
      २,
      जिन्दगी मेरो हरेको
      मान्छेको जातै आरिसे
      आसक्ति अल्छी जलेको
      ३,
      बजार अहिले बलेको
      मेला लगाएर वाणिज्यले
      स्यालको हुइयाँ चलेको
    • भगवती दवाडी, दमक, झापा

      १,
      हरियो सल्लेरीको वन
      भुल्न खोज्दा तिमीलाई
      सम्झना आयो झन् ।
      २,
      तिमी कता गयौ
      अत्तोपत्तो कतै भएन
      जब निष्ठुरी भयौ ।
      ३,
      नदेख्दा कुनै पल
      मन दुख्छ मेरो
      नगर कुनै छल ।
    • उर्मिला के.शी., धनकुटा

      १,
      पैसा कमाउने रहरमा
      भिडभित्र म हराएँ
      आफै अन्जान सहरमा ।
      २,
      बित्छ जिन्दगी आसमा
      आखिर मरेपछि त
      वस्त्र रहँदैन लासमा ।
      ३,
      सबै दाउमा बस्छन्
      पराईले होइन हजुर
      आफ्नैले आफ्नैलाई डस्छन् ।
    • भिम लिम्बू प्रयास, रिमबीक दार्जिलिङ

      १,
      नयाँ उत्सव छायो
      फुलेर फूल ढकमक्क
      आहा वसन्त आयो।
      २,
      हिमाली हावाको सङ्गत
      उत्साह उमङ्ग मनमा
      खुसीले रमाउछन् जगत् ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

      १,
      माया तिम्रो लागि
      खुसी भई हाँस
      देवीदेउता छन् सहभागी ।
      २,
      साथीको बिहेमा गएको
      होस उड्यो देखेर
      प्रेमी बेहुला भएको ।
      ३,
      जान्न म अन्त
      निम्तो जसको आओस्
      अबदेखि त जन्त ।
    • शशी आचार्य

      १,
      माया लाग्छ काली
      पराई भयो भन्छौ,
      समय मिल्दैन खाली।
      २,
      चाहेर पनि अभाव
      निष्ठुरी समय सधैँभरि,
      अर्काको पर्‍यो दबाब।
      ३,
      रहरहरू धेरै थिए
      मनमै सिमित भयो,
      सपनालाई पठाई दिएँ ।
    • शंकर कार्की

      १,
      आँसु झर्‍यो हेर
      खुसी हुँदा पनि
      चिन्ता छ जतिखेर ।
      २,
      मायाको परिभाषा कति
      गर्छौ धरामा सबैलाई
      नबिगार्नुस् है मति ।
      ३,
      कर्मको अधिकार हुन्छ
      मनुष्य जातिलाई यहाँ
      फलको आशामा रुन्छ ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४ बिगारे जुम्ला

      १,
      काम गर्नु रोज
      बेला बेला आउँछ
      दामको त खोज ।
      २,
      आमाबुबा हुन् भगवान्
      आमाबुबाबाट जन्म लिए ,
      छोराछोरी ईश्वरका वरदान ।
      ३,
      उपहारमा गुलाफको फूल
      कसैलाई पनि नहोस् ,
      मायाजालमा त भुल ।
    • श्री कृष्ण धामी, बझाङ

      १,
      कहिलेकाहीँ अलमल पर्छु
      चढ्दाचढ्दै जीवनको उकालो
      समतल भूभागमा झर्छु ।
      २,
      झर्ने चढ्ने क्रम
      मानवको चलिरहन्छ यहाँ,
      जीवन एक श्रम ।
      ३,
      जीवन अनेक कला
      नाटक रूपी रङ्गमञ्च
      चल्न सकेमा भला ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      बदलियो भाषा भेष
      विदेश पलायन युवा
      नेताले खाए देश ।
      २,
      चसक्क मुटु चस्कन्छ
      मातृभूमिको त्यो मायाले
      आँखामा आँसु पस्कन्छ ।
      ३,
      परिवारको सपना लिएर
      विदेशी भूमि प्यारो
      रगत पसिना दिएर।
    • कोपिला अधिकारी, गोरखा ,सिरानचोक

      १,
      राष्ट्रियता मैलियो आज
      धोई पखालेर उजिल्याऔॅं
      झिल्का साहित्य समाज।
      २,
      बदनाम गरे नाममा
      मान प्रतिष्ठा गुमाए
      देश लुट्ने काममा।
      ३,
      मौका पनि हेरियो
      स्वार्थ पूरा गराउदै
      धोको सबै फेरियो ।
    • विवश पारदर्शी, झापा

      १,
      किन बन्छौ चुलबुल?
      स्वचालित हुन्छ माया,
      चाहिॅंदैन चलाउन रुल l
      २,
      जानु पर्दैन स्कूल
      छोयो भने अन्तर्मनले
      हेरिन्न कुल अकुल l
      ३,
      स्वरूपमा आँखा चर्छ
      नजरको बाटो हुँदै
      हृदयमा बास गर्छ l
    • बाबुराम गौतम, गुल्मी

      १,
      कसले लाइदिने बुजो ?
      नेता सबै उस्तै
      राष्ट्र भइसक्यो कुँजो ।
      २,
      मुखसिद्धि चाहिने रे
      प्रवृत्ति नै हाकिमको
      नहुने रे मसलाले।
      ३,
      भन्छ्यौ तिमी पियारो
      पूरा हुन्छ स्वार्थ
      रङ्ग फेर्ने छेपारो ।
    • नेत्र घिमिरे, सूर्यविनायक भक्तपुर ।

      १,
      फूलाऔँ गोडमेल गरेर
      जीवनलाई उपहार सम्झौँ
      खुसी उमङ्गले भरेर।
      २,
      जीवन अमूल्य धन
      कठिन छ यात्रा
      बरालिन्छ घरी मन।
    • तेजप्रसाद खनाल

      १,
      जसको आवाज सुनेर
      दिनै उज्यालो हुन्थ्यो
      मायाप्रीति मिठो बुनेर ।
      २,
      समयसँग चल्नु पर्छ
      नचल्दाखेरि त यहाँ
      मानसम्मान आफैँ झर्छ ।
      ३,
      पिरोले राखेर मनमा
      अगाडि नबढे हुन्छ
      आशक्त हुँदै धनमा !
      -अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      सक्नुपर्छ समयसँगै घुम्न
      चपाएर हजारौँ हारहरू
      विजयको मन्जिल चुम्न ।
      २,
      जिन्दगी जाओस् गलेर
      दिनुपर्छ समाजलाई उज्यालो
      मैनबत्ती जस्तै जलेर ।
      ३,
      जति हुन्छौँ टाढा
      जिन्दगीमा यो एकबारको
      माया हुन्छ गाढा ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ….
      १,
      बगैँचामा ढकमक फूल
      भ्रमरले चुम्दै हेर्‍यो
      उ गर्दैन भुल ।
      २,
      अख्तियार बोल्दैन, लाग्छ
      छैन खानपिन केही
      सत्यतथ्यमा सरकार जाग्छ ?
      ३,
      मलाई छैन मन
      तातो खान खाडीको
      नभए पनि धन ।
    • बेदु न्यौपाने

      १,
      अन्यायमा हुँदैन पार्नु
      पुछ्न एउटाको आँसु
      सयौँलाई किन मार्नु ?
      २,
      पैसा धेरै कमायौ
      इज्जत इमान सकियो
      सर्वनाशको बाटो समायौ ।
      ३,
      देश रोएको देखेर
      मन त्यसै बरालिन्छ
      सकिँदैन वेदना लेखेर ।
    • ऋजु दिल्पाली, ईटहरी – १, हलगडा

      १,
      चोखो माया भुलेर
      अरूले के भन्छन्
      नहिँड यसरी डुलेर।
      २,
      सोच आफ्नै ठानी
      तब मन जितिन्छ
      भएर आफैँमा ज्ञानी।
      ३,
      हुन्छ उसैको जित
      जसले भलो चिताइ
      गर्छ सबैको हित ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा -६ सङ्खुवासभा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply