
साप्ताहिक झिल्का लेखन अभ्यासको चौथो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
……………………………
१,
तिमी चाँदनी हौ
जगत् झलमल पार्ने
वरिपरि बेदाग छौ ।
२,
आयो मायाको याम
खुलेर प्रेम गरौँ
राम नबनोस् हराम ।
३,
मनदेखि मनसम्मको यात्रा
जुग गाल्ने कसम
कस्तो होला आहा !
- म्यामराज राई, भोजपुर
……………………………
१,
कोही छैन अजम्मरी
एकदिन सबै जानुपर्छ
आखिर भवसागर तरी !
२,
जिन्दगी दुईदिने मेला
पर्दा उठ्छ रङ्गमञ्चको
थाहा हुँदैन कतिबेला ! - वसन्त अनुभव, घोराही, दाङ
……………………………
१.
जिउँदै झिनो आशमा
उत्कृष्ट जिजीविषा बोकेर,
कुल्चेर जिउँदो लासमा।
२.
बचाऔॅं मौलिक परम्परा
अतिक्रमणको सिकार नहोस्,
हाम्रो कुनै धरा।
३.
आयातित चिजबिज मौलियो
विदेशीका उपभोक्ता भयौँ
एकदम आलस्य बौरियो। - पृथक प्रकृति, झापा
……………………………
१,
अनुहार रातो पारेर
दुई पैसाका दाँतबाट
पसिना तरर झारेर ।
२,
दैवलीला छ अपरम्पार
गरिबको जिन्दगी पर्यो
दुःखीलाई दैव नटार ।
३,
साँझको बेलामा भाग्यो
परिवार धान्न गाह्रो
बाध्यता परदेश लाग्यो । - अम्बिका अधिकारी
……………………………
१,
मायामा नगरी गन्थन
सुगन्ध फैलाऊ चारतिरै
बनेर घोटिँदै चन्दन ।
२,
परदेशीको पीडा छातीमा
सम्झेर साहुको ऋण
ऐँठन हुन्छ रातिमा ।
३,
मिठास सम्झनाका तरेलीहरूमा
वर्तमानमा परीक्षण हुँदैछ
टिल्पिलाउँछन् अश्रु परेलीहरूमा । - सरस्वती भट्ट, सिराञ्चोक-५, गोरखा (हाल – राइनास १, लमजुङ)
……………………………
१,
जब साँझ पर्छ
दिनको दुख बिसाउँदै
रात अघि सर्छ।
२,
छल्दै हिँडे जूनलाई
सकिएन कसै गरी
यादकी प्यारी उनलाई ।
३,
बिहानीको नरम घाम
जिन्दगीको हिॅंड्ने बाटो
शुरवात गर्नु काम। - होम प्रसाद नेउपाने, धरान, सुनसरी
……………………………
१,
प्रणयको दिवस आयो
प्रेमी प्रेमीका बीचमा
हर्ष उल्लास छायो।
२,
यौवन रङ्ग बर्साउँछ
प्रणय ऋतुमा सुखको
आनन्द विभोर दर्साउँछ।
३,
आयो निकट फागुन
प्रेमी छिन् विनयसाथ
सुन्दर उपहार मागून् । - विवश पारदर्शी, झापा
……………………………
१,
न्याय किनबेचको पसल
गोजीमा पैसा भएपछि
सरकार कानुनविद् कमसल ।
२,
भ्रष्टाचारी फटाहाको पाइन
गरिबको निसाफ हरायो
निर्दोषहरू झ्यालखानमा लाइन ।
३,
प्रेम दिवस आयो
पश्चिमा संस्कृति नक्कल
नेपाली युवायुवतीमा छायो । - चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
……………………………
१,
बाटो हेर्ने पारेछ
हेर आज निष्ठुरीले
घरबार अन्तै सारेछ।
२,
गाउँघर नै राम्रो
चारैतिर हरियो
हेर गाउँ हाम्रो ।
३,
मेहनती मान्छे भेटिन्छ
गाउँ घरतिर नै
अनुहारमा चमक देखिन्छ । - कला ढकाल, झापा
……………………………
१,
माया प्रेम प्यारले
बाडुली लाग्दैछ आज
सम्झियो कि यारले ।
२,
हिजो उनैले ढलाए
सोच फेरिएछ आज
मिलेर शिर उठाए ।
३,
जाडो जानै आँट्यो
देखाएर बिहेको प्रलोभन
उसले सतचुर्ण ढाँट्यो । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
……………………………
१,
तिमीसॅंग जिउने चाहना
सेलाउॅंदै गए मेरा,
नानाथरी लायौ बहाना ।
२,
प्रतीक्षाको सिमा नाघ्यो
जुन विश्वास थियो,
सबै भ्रम लाग्यो ।
३,
तिम्रै खुसी अब
जेसुकै गरे हुन्छ,
गर्दिन आस अब। - शंकर कार्की, थाहा नगरपालिका – ३, मकवानपुर
……………………………
१,
रातपछि आउने दिनमा
सुखको माना खाई
दिनभरि अर्थ हिसाबमा ।
२,
प्रणय दिवस आयो
रमाए प्रेमी प्रेमिका
लग्नको चमत्कार छायो ।
३,
पवित्र छ सम्बन्ध
देखाउॅंछौ सबै तिमीले
धेरै भयो दुर्गन्ध । - एवाइ प्रभात, सहिदभुमि-छेन्ताङ धनकुटा
……………………………
१,
कुन कुरा गर्छौ
ढाँटको बीउ रोपेर
कुन झोली भर्छौ ?
२,
ठुलेले देश चुस्तै
माइलो दाउ हेर्छ
कान्छो पनि दुरुस्तै ।
३,
पैसाको खेलमा दौडियौ
सकेनौ अरू गर्न
जनताको पसिनामा पौडियौ । - प्रेम थापा “मन”, बागलुङ
……………………………
१,
मनको तिमी मेरो
आत्मादेखि स्वीकार गर्छु
खोज्दा पाइॅंदैन सेरोफेरो।
२,
छोडेर जान्न टाढा
एक्लै पार्दै तिमीलाई
माया बस्यो गाढा।
३,
देख्दा गर्लान् डाहा
सबैको उदाहरण बनौँ
कसैलाई हुन्न थाहा। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका, बोस्टन)
……………………………
१,
मनमा माया साँचिन्छ
मायाकै भरमा हेर
वंश परम्परा धानिन्छ।
२,
बृहत् मायाको फ्रेम,
सम्पूर्ण प्राणी प्रकृतिमा
करुणा मैत्री प्रेम।
३,
नदुखाउन परोस् मन,
सबैसँग रमाउन पाए
यही ठुलो धन! - दीपा गुरुङ्ग (समभाव), काठमाडौ
……………………………
१,
छैन मन शान्त
आँखाबाट आँसु रसायो
मन भयो भ्रान्त।
२,
उर्लेछ खहरे खोला
प्रेमिका परेछन् स्वार्थी
खोज्छन् धनको झोला।
३,
तीर होइन हानेको
तिमीलाई सुख दिउँला
सधैँ आफ्नै ठानेको । - राज कुमार राजभण्डारी “खोटाङ्गे”, मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर
……………………………
१,
रिस डाहको साटो
मनमा राखौँ सबैले
छातीमा देशको माटो ।
२,
देखेर तिम्रो रूप
आज लठ्ठ भयो
मेरो ज्यान खुब । - बाबुराम पाण्डे, अर्घाखाँची
……………………………
१,
रहर परदेश जाने
हुन सक्दैन कसैको
दुखेसो लगाउने खाने।
२,
विकासको श्रोत प्रशस्तै
तर निर्यात शून्य
आयात भयो मस्तै।
३,
भ्रष्टाचारको जग पुँजीवाद
कुटामार भाइ भाइमा
कसलाई हुन्छ याद। - सुरेशकुमार पाण्डे, दाङ घोराही – १८
……………………………
१,
मिर्मिरेमै झुलुक्क झुल्कन्छ
लायक बन्दै जाँदा छोटै समयमा चम्कन्छ ।
२,
माइतीले आजै बोलाए
पतिदेवले दिनभरिको काम
एकैछिनमा सक्न अह्राए ।
३,
किन दुब्लाइस् नानी
असन्तोषी बनिस् क्यारे
सन्तोषले मोटायौं हामी । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
……………………………
१,
झिलिमिली त्यो सहर
हेर्न मन थियो
पुगेन कहिल्यै रहर।
२,
दुस्मनले आँखा तर्ने
खै कहाँ जाउँ
भोकभोकै मर्नु पर्ने।
३,
छैन पानी धारा
विस्वासमा घात लाग्यो
देखेर उनको पारा। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
……………………………
१,
आकाङ्क्षा सिङ्गापुर सहर
तिलस्मी कुरा रहेछ
फगत महलको रहर ।
२ ,
नरसंहार अपराध जघन्य
आखिर व्यापार भयो
सत्ता शताङ्क जन्य ।
३,
व्यापार सदनदेखि सडक
सबै फाइँफुट्टी मात्र
नाट्य जस्तै तडकभडक । - प्रद्युम्न चालिसे
……………………………
१,
कविता हाम्रो झिल्का
गासौँ हारमा मिलाई
उनेर पातमा सिन्का ।
२,
सुनेर बुझेर लागौँ
एक दुई हैन
अब पूरै जागौँ ।
३,
फुर्सद भएको बेला
लेखौ व्यथा केही
सुकाउँदै पसिनाको ठेला । - टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान
……………………………
१,
उज्यालो नखोज आकाशमा
जाँउ हिँड आर्यघाट
रेमिट्यान्स आँउदैछ बाकसमा ।
२,
झुल्कियो मलिलो घाम
रापिलो छैन भने
ताप्नुको के काम ?
३,
उसको मिठो भाषण
उस्कै भाग्य कोर्दै
अहिले जमायो आसन । - ध्रुव श्रेष्ठ हाल काठमाडौ ।
……………………………
१.
सपना साकार गर्न
खुकुरीको धारमा तिमी
जिन्दगीमा अघि सर्न।
२.
हार पछि जीत
सङ्घर्षको यो बाटोमा
सफलता पाउने रीत।
३.
दुःख पाउनु पर्छ
सुख पाउनको लागि
सफलतामा पाइला सर्छ। - धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला
……………………………
१,
यसरी माया गरौँ
समृद्धि होस् जगत्मा
सकेसम्म भाइचारा छरौँ ।
२,
परायाको यो चाडपर्व
विकृतिहरू छरेर यहाँ
नगर्नु है गर्व ।
३,
सत्यताले पाउनेछ जस
ह्रदयबाटै गरिएमा माया
हरदिन प्रणय दिवस । - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
……………………………
१,
गरौँ मेहनत कडा
फल राम्रो हुन्छ
विकास गरा बडाबडा ।
२,
बिग्रॅंदै गयो देश
जाग युवा हो
उठौँ, बदलौँ परिवेश ।
३,
हावा वायुमण्डलमा स्वच्छ
हाम्रो बाँच्ने सहारा
प्राणीको जीवन बच्छ । - रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
……………………………
१,
ठुला भाषण गर्छन्
देशको विकास गर्नलाई
विदेशकै भर पर्छन् ।
२,
बाठा अघि सर्छन्
सोझा जनता हजुर
यहाँ भोकभोकै मर्छन् ।
३,
कसको पर्नु भर
अब आफ्नो लागि
आफैँ केही गर । - अनिता भण्डारी, ताप्लेजुङ
……………………………
१,
काम मोबाइलको खेती
छैन कसैलाई फुर्सद
समयको मात्र क्षति
२,
समय भयो सोखिन
छैन काम धन्दा
जता गयो जोखिम ।
३,
नारीको छुट्टै कथा
घरमा सधैं कचकच
अव्यक्त रह्यो व्यथा । - लक्ष्मी काफ्ले, लामाचौर, पोखरा
……………………………
१,
बारीमा फुल्यो गुलाफ
ढकमक आज फुल्यो
चौतर्फी चल्यो सुवास !
२,
जिन्दगी खोली बगर
शिखर चुमे भन्दैमा
खुसीले हल्ला नगर !
३,
तराई हरियो जङ्गल
मिलेर बचाउन सकेमा
सबैमा हुन्छ मङ्गल ! - आर्त अकुलीन
……………………………
१,
बिहानीको प्यारो घाम,
कठ्याङ्ग्रिने चिसो कति,
लाग्दछ ईश्वर धाम।
२,
चिसो भन्दा भन्दै
जान लाग्यो शिशिर
दिन गन्दा गन्दै।
३,
आजभोलिको समय भन्दै
आफ्नै दिन जान्छ
समय ऋतु गन्दै। - शोभा आचार्य गौतम, काठमाडौँ
……………………………
१,
कोही सहँदैनन् बदनाम
‘राम’ चाहियो बुझिदेऊ
हुन चाहँदैनन् हराम !
२,
दिमाग जनताको नभुटौँ
भनेको केही होइन
मात्रै मातृभूमि नलुटौँ।
३,
फेदैमा सार्यो डेरा
ताछेर खाऊ भनेको
बोक्रैसँग खायौ केरा । - रामप्रसाद पुरी, बादेल, खोटाङ ।
……………………………
१,
नहटाउदा पन्चायत काल
परिवारमा रमाउन खोज्दा,
निकाल्थे शरिरको खाल ।
२,
पचायतको खम्बा ढालेर
ल्याए प्रजातन्त्र सहिदले ,
आफ्नै शरीर गालेर ।
३,
देश सहिदले सजाएको
पन्चायत भङ्ग गराई ,
स्वतन्त्रताको शिर उठाएको । - सीमा कार्की समर्पण, ठोरी – ४, मेलचोक, पर्सा
……………………………
१,
डुब्न लागेको बेला
उपकार भन्दा पनि
गर्दा रहेछन् हेला ।
२,
विकृत नगरौँ रित
ढाँट छलकपट गरेर
हुँदैन देशको हित । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
……………………………
१,
तिम्रो चोखो माया
हराएपछि यहाँ म
चिनिनॅं आफ्नै छायाँ ।
२,
थाके याहाँ चोटले
बदले पछि तिमी
पैसै पैसाको नोटले ।
३,
खुशीहरू सबै टुटेपछि
बाँच्न गाह्रो भयो
प्रिय सम्बन्धहरू छुटेपछि । - भिम लिम्बू प्रयास, रिमबिक दार्जिलिङ
……………………………
१,
तिम्रै यादले सतायो
बिर्सन कहाँ सक्छु
झनै देह ततायो ।
२,
सुन मेरो कुरा
कर्तव्य भुल्नु हुँदैन
हुनेछ सपना पुरा !
३,
भगवानको भक्ति गर
धर्मले शान्ति मिल्छ
पाप कर्ममा नपर! - मन्दिरा सेढाई, मलेखु, धादिङ
……………………………
१,
छैन जाँगर हातमा
देखेर देशको अवस्था
लाग्दैन निन्द्रा रातमा ।
२,
रोजगार पाउने आसमा
बसेका युवा जमात
गाडिए विदेशको भासमा । - पद्मा काश्यप पाण्डे, मोरङ
……………………………
१,
साहित्य रच्ने चाहाना
निराश यो जीवनको
दु:ख भुल्ने बहाना ।
२,
बस्ने छैन आरामले
चलेसम्म यो देह
सक्रिय सधैँ कामले । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
……………………………
१,
राजनीतिको हुन्छ दल
नेताहरू मिलेर सधैँ
समस्याको पूरा हल !
२,
काममा छैन चाल
परदेशी जिवनमा नसोध्नु ,
आमा मेरो हाल !
……………………………
३,
परिश्रम अनुसारको फल
गर्नुपर्ने हामीले सधैँ
मेहनतीमा निरन्तर बल ! - श्री कृष्ण धामी, सुन्दर सुदूरपश्चिम – बझाङ
……………………………
१,
दार्चुलाका सुरम्य पाखाहरू
हिजोआज किन होला,
सुनिॅंदैन हाक्पारे भाकाहरू।
२,
तिखो वचनको गोलीले,
लथालिङ्गै पार्छ सम्बन्धहरू,
नसोची बोलेका बोलीले।
३,
तरकारी मिठो नुनले,
सधैँ ख्याल राख्ने,
वैरी जित्नु गुणले। - अनमोल राई
……………………………
१,
सुनौलो छ सन्सार
मायाको जालले जेलेको
चल्नु त्यसै अन्सार ।
२,
प्रणय दिवस आयो
अनुनय विनय गरेर
माया पिरती लायो ।
३,
प्रणय रहोस् सधैँभरि
वर्षमा एकदिन होइन
माया होओस् यसैगरी । - गुणनिधि घिमिरे, अमेरिका
……………………………
१,
बढ्यो झिल्का लहर
स्रष्टा अनि पाठकले
पुर्याऔँ गाउँ सहर l
२,
रमाउन आएको सहर
हार्दिकता जीवित नदेख्दा
हरायो भएभरको रहर l
३,
याचकप्रति देखाउछन् दाँत
कसैले देख्दैन सहरमा
निमुखा जनको आँत l - बाबुराम गौतम, गुल्मी
……………………………
१,
साहित्य सिर्जनाको धरा
विभिन्न विधामा उब्जाउनु
साहित्यकार कुना कन्दरा
२,
साहित्यमा नशा लागेको
मनका भावना अनेकौँ
बाहिर निस्कन चाहेको
३,
जिन्दगीको बेफूर्सद हुँदा
देशमा रहेको विकृति
विसङ्गति मनमा छुँदा । - भगवती दवाडी, दमक,झापा
……………………………
१,
साहित्य सिर्जना हाम्रो
विभिन्न साहित्यकार मिली
जगेर्ना गरौँ राम्रो।
२,
लेख्दैछु झिल्का म पनि
अग्रजहरूको कविता पढ्दै
जानी नजानी भए नि ।
३,
कसो भो जानकारी पाऊँ
गल्ती औंल्याई दिनु होला
लेख्नलाई धेरै छन् ठाउँ। - सरस्वती श्रेष्ठ, इटहरी
……………………………
१,
जीवन फूलरूपी काँडा
मेहनत गर तिमी
लक्ष्य छैन टाढा ।
२,
अनेकौं शक्ति धाम
यो सुन्दर देश
नेपाल हो नाम ।
३,
काँधमा छ जिम्मेवारी
बाबा मेरो धरोहर
एक्लै बोक्छन् भारी । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौं
……………………………
१,
समय नफाल खेर
रिसले खान्छ आफुलाई
अटेर नगर धेर ।
२,
बनेर ज्ञानी जन
बस तिमी समाजमा
देखाऊ न सहयोगीपन ।
३,
नराख पाप मनमा
अर्को जन्ममा होइन
पाइन्छ यही जन्ममा । - सरिता सेढाई, धादिङ
……………………………
१,
पकाईयो पिरो चुसुक्क
खाइयो तिमी आएनौ
बाडुल्की लाग्यो कुटुक्क ।
२,
मुटु थर्किने हल्लाले
आफ्नोलाई फकाउने अर्कीलाई
हिर्काउनु पर्ला डल्लाले ।
३,
घरकी लक्ष्मी घरैमा
भागेर पुग्ला कतिन्जेल
समाज जहानको डरैमा । - कमला पौडेल, चा न पा भक्तपुर
……………………………
१,
विश्वास नगर्नु मायाको
यथार्थ विपरित भए
अनर्थ हुन्छ कायाको।
२,
प्रेमको भाका भोला
जिन्दगीको सार, फेरि
पाउँदैन मानव चोला।
३,
मौसम आयो प्रेमरोगीको
गुलाफ फूल बोकेर
तमासा हेर्नु जोगीको। - मोती सुब्बा, दार्जिलिङ, भारत
……………………………
१,
जीवन सार्थक मायाले
एक अर्काका सहारा
सितल पिपल छायाले।
२,
नघुलोस् स्वार्थको भेल
बन्नेछ सुन्दर घर
निष्कपट आपसी मेल।
३,
सुन्दर परेवा जोडी
जीवनमा शान्ति छर्दछन्
जाँदैनन् माया तोडी। - सुस्मिता अधिकारी, काठमाडौँ
……………………………
१,
नगरौँ कसैले हेला।
पौरख गरि खानेको
हातमा हुन्छ ठेला ।
२,
पेटलाई चाहिन्छ माम
जीवन चलाउन सबैले
गर्नुपर्छ केही काम ।
३,
गर्नहुन्न कसैले चोरी
सुन्दर हुन्छ पौरखी
बुझ यति छोराछोरी । - रुना कर्माचार्य दाहाल, चितवन
……………………………
१,
घुम्तीमै मोटर अड्कियो
सँगै जान्छु भन्थे
यात्रा विचमै टुँगियो ।
२,
बह पोख्न पाइएन
भए वर पर
तैपनि विरही गाइएन । - हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक, बनेपा – १४, साँगा
……………………………
१,
गुलाब फूल फुलेको
प्रेम सप्ताह चलाई
संस्कृति आफ्नो भुलेको।
२,
बाँधिए झुठो वाचाले
वास्तविक जीवन बुझ्दैनन्
आजका आला काँचाले।
३,
पश्चिमी भेल संस्कृति
अॅंगाल्दै विकृति फोहोर
चुर्लुम्म डुबे नेपाली । - सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
……………………………
१,
हिमाल पहाड तराई
एउटै हामी नेपाली
कोही हुन्न पराई ।
२,
साझा फूलबारी हाम्रो
रङ्गीचङ्गी फूलहरु फुलेका
आहा कति राम्रो । - बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
……………………………
१,
समान हामी भएर
झिल्का काव्य लेखन
झिल्का काव्यशाला गएर ।
२,
नपार्नु मुखले ठिक्क
लेख्दै जाऊँ सलल
नहुनू है दिक्क ।
३,
नमस्ते सबैमा गर्दछु
झिल्का समाज हामीमा
झिल्का कविता भर्दछु । - बेदु न्यौपाने
……………………………
१,
गर्छौ मीठा कुरा
भित्रभित्रै चलाई दिन्छौ
धारिलो त्यो छुरा
२,
देउरालीमा पाती भाकेर
हिॅंड्छु म जीवनभरि
देशलाई शिरमा राखेर
३,
मझेरीमा दियो जलेन
श्रम सीप चल्यो
पानी किन चलेन ? - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
……………………………
१,
मिठाई दिई भुल्याइ
सुटुक्क कहाँ लुक्छौ
कति जानेको छुल्याइ ।
२,
रमाऊ तिमी रमाऊ
सबलाई झुक्याएर अझै
कमाऊ तिमी कमाऊ ।
३,
मुसो बनी पसेर
हात्ती बनेर निस्कन्छ
खान्छ घुँडा धसेर । - रचना प्रतीक्षा , ललितपुर
::::::::जय झिल्का साहित्य ! ::::::::::
