
साताका उत्कृष्ट झिल्का कविताको चौथो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ४ का लागि झिल्काकार त्रय गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे र सीमा कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१.
झिल्का साहित्यको जय
झट्का हानौँ कुरीतिहरूलाई
नरहोस् कसैको भय !
२.
निरन्तरता रहोस् सधैंभरी
सजिलो तरिकाले सधैँ
लेखिरहनु होला यसैगरी !
३.
नौँ शब्दको कविता
चम्किरहोस् ज्योतिर्मय बनेर
जबसम्म रहन्छन् सविता ।
✍️
गुणनिधि घिमिरे, अमेरिका~~<•>~~
१.
साहित्यमा उदायाे झिल्का
व्यङ्ग्य हैन यथार्थ
भ्रष्टलाई टिपेर मिल्का !
२.
राजनीति देशकाे सेवा
झुठो खेती फगत
रगतको आहालमा मेवा !
३.
जीवन आशाकाे बाटाेमा
हामी जिउने गर्दछौँ
आफ्नाे जन्मभूमिकाे माटाेमा !
✍️
प्रधुम्न चालिसे~~<•>~~
१.
राम्रो देखिने कोट
इमानदारी मान्छेलाई मात्र
सबैले पुर्याउने चोट ।
२.
इमानदार सधैँ लडे
बढेर घुसखोरी यहाँ
कालाबजारी सर्वत्र बढे !
३.
बोली भएन पूरा
आफ्नै स्वार्थ हेरी
विकास सबै अधुरा !
✍️
सीमा कार्की~~<•>~~
