नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

  • ५ फाल्गुन २०८०, शनिबार २०:२७ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! अगामी १९ फेब्रुअरी २०२४ सोमबार का दिन देखि साउदी अरेबियाको किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप खेल्न  शनिबार बिहान जेद्दा  आइपुगेको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई  नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसि जेद्दाले जेद्दा एयरपोर्टमा भब्य स्वागत गरेको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन बिहान जेद्दा एयरपोर्टमा आइपुगेका नेपाली  राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली कन्सुलेट जेद्दाका श्रम सहचारी ताम्रराज काफ्ले,एनआरएनए साउदी अरबका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला संयोजक लक्ष्मि थापा मगर, युवा संयोजक बिष्णु रावल, एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरन्जिबि बस्नेत, सचिव देवराज अर्याल, कोषाध्यक्ष राजेस काफ्ले, त्यसैगरि जेद्दामा कार्यरत समाजसेवि सम्पुर्ण केसि, श्याम भण्डारी, हनि शर्मा रामप्रसाद लम्साल र सुजन भट्टराई लगायत सरहरुले खादा ओढाइ स्वागत गरिएको कुरा एनआरएनए साउदीका युवा संयोजक बिष्णु रावलले जानकारी गराए ।

    खेलको समूह बी मा परेको नेपालले सिरिया, इराक, र प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरी मंगलबारका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए मा  लेबनान र गुआम  तथा आयोजक साउदी अरब र जोर्डन बिच हुनेछन् ।

    Leave a Reply