नेपालको राष्ट्रिय महिला फुटबल टोली “वाफ महिला च्याम्पियनसिप” खेल्न शनिबार साउदी आइपुग्ने ।

  • ५ फाल्गुन २०८०, शनिबार ००:०८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब !! साउदी अरेबियाको जेद्दाह शहरमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने नेपालको राष्ट्रिय महिला फुटबल टोली शुक्रबार नेपाल बाट  साउदी अरब हिडिसकेको र  शनिबार बिहान जेद्दाह आइपुग्ने भएको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन जेद्दा एयरपोर्ट आइपुग्ने राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा केहि समाजसेवीहरुले एयरपोर्टमा स्वागत गर्नुहुने छ ।

    किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप तर्फ समूह बी परेको नेपालले सिरिया, इराकसँग, प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरीका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए को  लेबनान र गुआम  तथा आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन बिच हुनेछन् । ।

    Leave a Reply