साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४०

  • १५ माघ २०८०, सोमबार ११:४७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला- १४० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    चितुवा
    हिमाली काख
    सधैँ आहार अभाव !
    - आर्त अकुलीन
    [२]
    हिमाल
    देशको मुटु
    पग्लिँदै सुटु सुटु !
    - सुरेशकुमार पाण्डे 
    दाङ, घोराही-१८
    [३]
    नेपाल
    दुनियाँमा कमाल
    सुन्दर शान्त विशाल !
    - नवराज भट्ट, कञ्चनपुर
    [४]
    चितुवा
    हिमाली पशु
    छैन देशमा आहार ।
    - डुकछिरिङ लेप्चा
     मिरिक बस्ती, भारत
    [५]
    हिमाल
    सेती सुन्दरी
    बगाउँछिन् गण्डकी कोशी ! 
    - सविता के.सी.
    [६]
    हिमचितुवा
    दुर्लभ पशु    
    हिमालकाे काखमा बास !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५,  संगम काेलाेनी, भक्तपुर 
    [७]
    भौतारिँदै
    हिमाली चितुवा
    नपाई सुरक्षित बास !
    - गोपाल प्रसाद पौड्याल
    [८]
    हिमाल 
    टल्केकाे देश
    हाम्रो छुट्टै परिवेश !
    - रवि पाैडेल 
    दक्षिण भारत, पाण्डेचरी
    [९]
    हिमाल
    पहाड तराई
    कोही छैनन् पराई !
    - अम्विका अधिकारी
    झापा, बिर्तामोड
    [१०]
    हिमखण्ड
    छुट्टै परिवेश
    आनन्दको अहिले अनुभव !
    - एवाइ प्रभात
    सहिदभुमि-३, छेन्ताङ, धनकुटा
    [११]
    शिखर
    हिउँ चितुवा 
    प्राकृतिक सुन्दरता अवलोकन !
    - दुर्गा अधिकारी भमरकोटे
    कपन, काठमाडौँ
    [१२]
    हिमचितुवा
    वातावरण बिग्रिनाले
    आजकल तराई झरूवा !
    - घनश्याम पौडेल, पोखरा
    [१३]
    हिमालय
    कालो डाँडो 
    नदी बगरमा परिणत !
    - सोमनाथ लुइटेल 'रवि पाल्पाली'
    [१४]
    चितुवा 
    दृश्य हिमालको
    देखियो सुन्दर मिलनको !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा, संखुवासभा 
    [१५]
    चितुवा 
    आहारा खोजी
    चुचुरोबाट दूर दृष्टि !
    - घनश्याम पौडेल
    गौरीगङ्गा नपा-९, कैलाली
    [१६]
    मातृभूमि
    राजनीति हस्तक्षेप
    बिस्तारै अस्तित्व मेटिँदै !
    - शंकर कार्की, मकवानपुर
    [१७]
    हिमाल
    देशको पहिचान
    विश्वले गाउँछन् गुणगान !
    - पृथक प्रकृति, झापा
    [१९]
    जनावर
    आरक्षण क्षेत्र 
    मासिँदै गाउँ प्रवेसिँदै !
    - चूडामणि देवकोटा
    चनपा-१३, काठमाडौँ
    [२०]
    हिमचितुवा
    हिमालमा रमाउने 
    संरक्षणको अभावमा हराउने !
    - दीपा समभाव
    दुबेकोल, खोटाङ्ग
    हाल: बुनपा काठमाडौ
    [२१]
    तराई 
    पहाड हिमाल 
    हाम्रो प्यारो नेपाल !
    - अनिता भण्डारी, ताप्लेजुङ
    [२२]
    हिमाल
    वन्यजन्तुको आवास
    विलुप्तको संघारमा हिमचितुवा!
    - राजाराम रत्गैंया, अमौरा, कैलाली
    [२३]
    हिउँ 
    खाली हिमाल 
    चितुवा बेचेर मालामल !
    - बुद्धिप्रसाद लामिछाने, कैलाली
    [२४]
    गहना
    धर्तीको उपहार
    रोकौँ वन्यजन्तुको शिकार !
    - हिमाल अम्मै, घोडाघोडी, कैलाली
    [२५]
    हिमचितुवा
    संसार आफ्नै
    आत्मसम्मानको लागि सङ्घर्ष !
    - प्रेम थापा 'मन', बागलुङ
    [२६]
    हिमाल
    सुन्दर शान्त
    जहाँ चितुबा बसेको !
    - दीपा तिम्सिना पौडेल,ईलाम
    [२७]
    गरिमा 
    आफ़नो हिमालको
    मितुवा चितुवा नेपालको  !
    - मधुसूदन शर्मा, रोल्पा
    [२८]
    हिमाल
    नेपालीको सान
    गर्नुपर्छ यसलाई सम्मान !
    - दुर्गा आचार्य, मोरङ
    [२९]
    हिमचितुवा 
    प्रकृतिको रक्षक
    हिमालको ममतामयी काख !
    - लक्ष्मी अर्याल, काठमाडौँ
    [३०]
    हिमाल
    चितुवाको बास
    सधैँ खेप्नुपर्ने सास्ती !
    - धनमाया चौधरी, कैलाली
    [३१]
    देश
    माेहिनी परिवेश
    उज्ज्वल नक्षत्र रङ्ग !
    - राेशन पराजुली, धरान
    [३३]
    हिमाल
    बाघको काख
    मिलेन समान भाग !
    - कमला देवकोटा, काठमाडौँ
    [३४]
    चितुवा
    भौतारिँदै हिमालमा
    आहार छैन त्यहाँ !
    - चक्र शाही, लम्की, कैलाली
    [३५]
    हिमचितुवा
    दुर्लभ वन्यजन्तु 
    विश्व पर्यावरणमा प्रभाव !
    - पशपती राई, खोटाङ 
    [३६]
    चितुवा
    गर्दछ पुकार
    कस्ले सुन्दछ गुहार ?
    - कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३७]
    हिमाल
    हिम चितुवा
    नेपाल आफैमा विशाल !
    - कविता आचार्य, कैलाली
    [३८]
    चितुवा
    मासेर मान्छेहरू
    केवल बचाउने स्वाँग !
    - ध्रुव श्रेष्ठ
    [३९]
    हिमाल
    सर्बोच्च शिखर
    पुग्ने सुन्दर उद्देश्य !
    - तिला लेकाली
    बेलबारी, मोरङ
    [४०]
    चितुवा
    भौतारिँदै चारैतिर 
    आहार नपाउने पिर !
    - सुरेश न्यौपाने
    [४१]
    हिमाल
    हिमचितुवाकाे खानी
    नेपालमा राजा रानी !
    - श्री कृष्ण धामी
    [४२]
    चुचुरो
    चुचुरोमाथि चितुवा 
    अग्लो हुनुको आभाष !
    - गोपेन्द्र रिजाल, पाँचथर
    [४३]
    प्रकृति
    निहार्दै चितुवा 
     पाउने शिकारको आसमा !
    - धर्मी शाक्य, बुटवल 
    [४४]
    चितुवा
    आहार खोजीमा
    हिमाल चुचुरोमाथि बास !
    - बेदु न्यौपाने
    [४५]
    हिमाल
    सेतै देखियो
    आहा सुन्दरताको प्रतीक !
    - नारायण कोइराला
       तानसेन, पाल्पा
    [४६]
    हिमाल  
    हिम चितुवा 
    प्रकृतिको सौन्दर्यमा लिप्त !
    - टिकाराम पुन एटम
    [४७]
    सगरमाथा 
    सेताम्मे हिउँ
    चितुवाको देखिँदैन सिकार !
    - होम प्रसाद नेउपाने
       धरान, सुनसरी
    [४८]
    हिमचितुवा 
    प्रकृतिको क्षेत्र 
    संरक्षणको सधैँ अलपत्र !
    - दुर्गा भट्टराई, मोरङ
    [४९]
    हिमाल
    नेपालको  आन
    हिम चितुवाको सान !
    - सरस्वती श्रेष्ठ 
    रुपन्देही, बुटवल
    [५०]
    घुम्टो 
    बादल कहर 
    हिमचितुवा शीत लहर !
    - जमुना कायस्थ, पोखरा
    [५१]
    हिमचितुवा
    हिउँमा बास
    छैन कसैको त्रास !
     - देबकी के.सी.
    [५२]
    प्रकृति
    अटल हिमाल
    सुन्दर घुँगी चिमाल !
    - धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका-४, बिगारे, जुम्ला
    [५३]
    चितुवा 
    हिमालको टाकुरा
    खोज्न कठिन आहारा !
    - सरस्वती वली
    [५४]
    हिमाल
    सगरमाथाको देश
    एउटा  छुट्टै परिवेश !
    - कला ढकाल
    झापा, दमक
    [५५]
    हिमाल
    सुन्दर प्रकृति
    सेताम्य हिमालको हिम !
    - सहयात्री शोभा अर्याल 
         बुटवल, रुपन्देही
    [५६]
    हिमाल
    चाँदीकाे हार
    मुसुक्क मुस्कुराएकाे धरती !
    - भवानी घिमिरेे, सर्लाही 
    [५७]
    चितुवा 
    बुझ्दैनन् भाव
    वन जङ्गलको अभाव !
    - बृन्दा बगाले, काठमाडौँ
    [५८]
    सिकारी
    लाेभी नाेटका
    शत्रु हिउँ चितुवाका !
    - टीकाराम जाेशी, इमाडाेल
    [५९]
    ताज
    आ-आफ्नो काज
    उसको त्यहाँ राज !
    - रामप्रसाद पुरी, बादेल, खाेटाङ 
    [६०]
    हिमचितुवा 
    दुर्लभ प्राणी 
    सबैको आँखाको नानी !
    - डम्बर थामी 'अनुपम' 
     कालिन्चोक गा. पा.-६, दोलखा 
    [६१]
    आवास 
    हिमचितुवा बस्ने
    हिमाली कन्दरा खास !
    - विवश पारदर्शी, झापा
    [६२]
    हिउँचितुवा
    हिउँचुलीमा बास 
    प्राकृतिक साैन्दर्यकाे माझ !
    - श्रद्धा आचार्य, पोखरा
    [६३]
    हिमचितुवा 
    सेताम्य हिमाल 
    मनमोहक सुन्दर नेपाल !
    - बाबुराम आचार्य 
      धनगढी, कैलाली
    [६४]
    चितुवा
    हिंस्रक ज्यान
    सिकारी बन्ने ध्यान !
     - म्यामराज राई
    [६५]
    हिमाल
    प्रकृतिको उपहार
    पवित्रताको गहकिलो सन्देश !
    - अच्युत घिमिरे, सर्पाङ, भुटान
    [६६]
    दुर्लभ 
    हिउँ चितुवा 
    गर्दैछ सङ्घर्ष अस्तित्वको !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [६७]
    नेपाल
    सगरमाथाकाे काखमा
    सुन्दर शान्त विशाल !
    - प्रद्युम्न चालिसे, भक्तपुर

    2 thoughts on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४०

    1. Thanks I have recently been looking for info about this subject for a while and yours is the greatest I have discovered so far However what in regards to the bottom line Are you certain in regards to the supply

    Leave a Reply