साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११९

  • ८ माघ २०८०, सोमबार १८:२२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११९औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    घरमा सधैँको किचकिच, हारथाक खाएँ
    समाधान हेतु बाआमा, आश्रम छोडी आएँ ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    फर्केला पालाको पैँचो आउँला तिम्रो नि दिन
    व्याज  र  हर्जाना सहित,  तिर्ला छोराले रिन ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    बाबा आमाको सेवा गर आफ्नै देउता मानी
    पालो आउला छोरो होला भन्ने आफैँले जानी ।
    ✍️समुद्र आचार्य
    [३]
    हतारमा कहिल्यै नगर्नु निर्णय त्यसले ज्यान लिन्छ 
    घरको के कुरा गर्छौ सहरमा पसी दलालीले किन्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    बुबाआमालाई वृद्धाश्रम पुर्‍याउनु नै घोर अपराध मानिन्छ
    फर्केर आउँदाखेरि अब त खुशी साटासाट व्यक्त गर्न जानिन्छ ।
    ✍️कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५]
    बुढाबुढी बाआमा झर्को लाग्यो घरमा 
    खुशी छु छोडी आएँ आश्रमको भरमा ।
    ✍️डम्बर थामी 'अनुपम '
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६]
    बाआमालाई पुज्ने गर भगवान ठान 
    तिनै लाेकमा पाउनेछाैँ तिमीले सम्मान ।
    ✍️केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    [७]
    बालाई फ्याँके  पनि  डोको राख्नुपर्छ भन्छ छोरो 
    किन भन्दा तिमीलाई फ्याँक्न चाहिन्छ भन्छ मोरो ।
    ✍️गुणनिधि घिमिरे, अमेरिका
    [८]
    बाआमाको  सेवा  गर तिम्रो पनि  आउॅंछ पालो
    आश्रममा छोडी नफर्क आफैँ बन्छौ निलोकालो ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]️
    रातदिन घरमा बसेर, इज्जत धेरै पाएँ,
    आँखा छलेर श्रीमानज्यूको माइत भागी आएँ ।
    ✍️होम प्रसाद नेउपानेे
    धरान,सुनसरी
    [१०]
    छोरी जन्मिई भनेर बाबा दु:खी हुन्छन्
    अहिले  गलत  रहेछु  भन्दै पो रुन्छन् ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [११]
    जिन्दगी दिने जिउँदो परमात्मालाई चिन
    तिमीले  तिर्नुपर्छ  जसरी नि  उनको रिन ।
    ✍️रतन पाण्डे, 'पारतन',दार्जीलिङ।
    [१२]
    उसको पनि रापिलो घाम तुवाँलोले छेक्ला
    आफैँले दु:ख  पाएपछि काँडे महल टेक्ला ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी -८
    [१३]
    ईश्वर समान बाआमा ति हुन्छन् धेरै घाँडाे 
    के स्वार्थ हाे ? सन्तानले नै भुल्छन् कर्तव्य चाँडाे । 
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [१४]
    बाबाआमा  जिउँदा  भगवान  रहेछन्  नामका
    बुढेसकालले  छोएपछि  छैनन्  कुनै  कामका ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१५]
    स्वास्नीकाे  कुरा  सुनेर बाबुआमालाई डाँडै कटायाे
    कुम्ल्याई सबै सम्पत्ति जति गई बल्ल धुलाे चटायाे ।
    ✍️भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर  कपिलवस्तु
    [१६]
    पृथ्वी गोलो छ भन्छन् आउँनेछ घुमेर 
    पालो  पक्कै  आउँला  गएपछि  उमेर ।
    ✍️चन्द्रकली राना मगर 
    प्युठान
    [१७]
    हतारको निर्णय सक्छ गलत हुन
    बेलैमा  सचेत  भए  पर्नेछैन रुन ।
    ✍️सरिता सेढाई धादिङ
    [१८]
    पैसा नहुने र बुढाेलाई नगन्ने रहेछन्
    बुढेसकालमा वृद्धहरू आश्रम गएछ्न् । 
    ✍️भाेलामान बर्देवा धरान ८ सुनसरी
    [१९]
    ईश्वर खाेज्छौ गुम्वा, चर्च, मन्दिर, मुर्तीसँग किन ?
    मानव, दानव, देव के हाै ? कर्मवीर भई चिन ।
    ✍️जी.वि.चिन्तन घाेराही-१४ दाङ ।
    २०८०/१०/०६ बिहान ४:४८
    [२०]
    साहस कस्तो हुन्छ भनेर थाहा हुन्छ बल्ल खोला तरेपछि
    अहिले खिस्स हाँस्दै गर, चाल पाउँछौ आफैँलाई परेपछि । 
    ✍️अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [२१]
    बाआमा आश्रम छोडी घरमा कुकुर पाल्छन् 
    देउता नचिन्नेले मन्दिर गई दियो बाल्छन् ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत
    [२२]
    असल साथी त्यो हो जो दु:ख पर्दा 
    साथ
    राख्न सकुँ उसैलाई सधै मेरो माथ ।
    ✍️देव मगर
    तिनाउ-१, कचल,पाल्पा
    [२३]
    वृद्ध आमाबाबुलाई  जसले गर्छ हेला
    अखिरमा उमेर काटेपछि पर्छ फेला ।
    ✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
      मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [२४]
    स्वार्थ खातिर सन्तान आज बाबुआमा नै भुल्छ्न् ,
    भगवान् राखी वृद्धाश्रममा मन्दिर खाेजी डुल्छन् ।
    ✍️त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [२५]
    बाआमालाई लगेर आश्रम फाल्न मन कसरी मानेको
    आखिर सन्तान हुर्कँदैछ गर्ला अवश्य देखेको जानेको ।
    ✍️दीपा तिम्सना पौडेल-ईलाम
    [२६] 
    घरमा अचेल चल्ने गर्छ  सधैँ नै जुहारी
    कहिले सासू उफ्रने कहिले चाहिँ बुहारी ।
    ✍️ बाबुराम पाण्डे 
    अर्घाखाँची
    [२७]
    पछिसम्मको सहारा बन्छु भनेर अहिले मोड्यौ
    श्रीमतीको कुरा सुनी बा आमालाई आश्रम छोड्यौ ।
    ✍️हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [२८]
    सम्झेर बाेझ बाआमा कुटीमा छाेडेर आएँ
    घर  फर्किआउँदा  रित्ताे र सुनसान पाएँ ।
    ✍️खुनराज काेईराला
     सिद्दलेक-३, गैरीगाउँ धादिङ
    [२९]
    छोराछोरीको अमेरिका जाने भिसा आयो
    वृद्ध बाआमा वृद्धआश्रमको जिम्मा लायो ।
    ✍️चुडामणी देबकोटा 
    चनपा १३ काठमाडौँ
    [३०]
    सवारी के थियो पुर्‍याउँने आश्रम जाँदाखेरि
    छोराले खै भनी सोध्न सक्छ, तिम्लाई लाँन फेरि ।
    ✍️निलहरि काफ्ले
    [३१]
    जोइटिङ्ग्रे भएपछि यस्तै त हुन्छ
    कुरा सुन्दा मात्रै नि मन मेरो रुन्छ ।
    ✍️गंगा खड्का 
    बूढानीलकण्ठ, काठमाडौँ
    [३२]
    आफू पो बुढो हुन्छु हुन्न थाहा छैन अहिले 
    वृद्धाश्रम छोडी आउँछु  बाबुआमा पहिले ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [३३]
    हटाउनु पर्छ भन्छन् सबैले मनकाे विकार
    अनि बल्ल आउने छ जीवनमा राम्राे निखार ।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    [३४]
    परदेश आएपछि हुँदैन बाबाआमा भुल्नू
    पैसा कमाउने उमेरमा यताउता नडुल्नू ।
    ✍️ श्री कृष्ण  धामी - बझाङ
    [३५]
    भगवान भन्नू नै हुन्  बाबाआमा
    मन्दिर किन जान्छौ, हेर त मामा ।
    ✍️एवाइ प्रभात
    धनकुटा
    [३६]
    मनलाई सम्झाएर फेरि आएँ
    तर पनि यहाँ खै पो मैले पाएँ ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३७]
    चारधाम  लैजाउँला  भनेर  बुढाबुढी  फुरफुर पारे,
    धर्मकर्मको बहानामा सुटुक्क लगेर वृद्धाश्रम झारे ।
    ✍️ कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    [३८] 
    वृद्ध  बाआमाको  किचकिच  सुनेर दुवै हात जोडी,
    बुहारीको सल्लाहमा छोरा आयो वृद्धआश्रम छोडी ।
    ✍️विवश पारदर्शी 
    झापा
    [३९]
    जुन दिन आमाबाबालाई वृद्धाश्रममा लग्यौ
    त्यही दिनदेखि तिमी आफूले आफैँलाई ठग्यौ ।
    ✍️प्रेम थापा "मन"बागलुङ
    [४०]
    बाबा आमा ईश्वरको रूप, भुलिसके आज
    पुत्र सुन्छन् कुरा श्रीमतीको, पचाएर लाज ।
    ✍️दीपा गुरुङ्ग (समभाव)
    बुनपा-१२ काठमाडौ
    [४१]
    देखाएर ङिच्च दाँत बुवाआमालाई गर्छन् घातैघात
    खान नै दिँदैनन् राम्रो मुखले लगाएर नमिठो बात ।
    ✍️टिकाराम पुन एटम
    सल्यान, छत्रेश्वरी गाउँपालिका  २
    [४२]
    भएजति तागतलाई  थुतुनोमा सारे
    अतएव वृद्धाश्रममा राख्न बाध्य पारे l
    ✍️बाबुराम गौतम, गुल्मी
    [४३]
    जिउँदा भगवान बुबाआमा नगर्नू कहिल्यै हेला
    कुमालेको चर्खा हो हाम्रो यो जीवन भोलि पर्छौ फेला ।
    ✍️दुर्गा आचार्य 
    मोरङ
    [४४]
    बाआमालाई वृद्धाश्रम पुर्‍यायौ, स्वास्नीको कुरा सुनेर
    राख मोराहरू  घरबार सबै, ताला लगाई थुनेर ।
    ✍️मोती सुब्बा
    दार्जिलिङ भारत।
    [४५]
    बल हुँदा बैँस हुँदा केही थिएन गाह्रो
    उमेर ढल्दै जीर्ण बन्दा बाँच्न भयो साह्रो । 
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [४६]
    याद गर जस्ताे राेपेकाे छ त्यस्तै लाग्ने हाे फल 
    आमाबाबा नै ईश्वर हुन्  बग्ला आँखाबाट भल ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [४७]
    सबैको दिन आँउछ एक दिन वृद्ध हुने
    एकदिन जानैपर्छ सम्झी सम्झी किन रुने ?
    ✍️ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ
    [४८]
    बाआमाको  मन हुन्छ  सधैँ  छोराछोरीलाई
    छोराछोरी बुझ्ने हुन्छन् बल्ल आफ्नो पालो आई ।
    ✍️पुष्पा राई, खाेटाङ
    [४९]
    तान्दै घिसार्दै वृद्धाश्रम लैजाऊ छोरा भाइ
    छोरा चाहियो भन्दै छोरी गर्भैमा  मार्नेलाई ।
    ✍️पुष्पा सुवेदी
    नेपालगंन्ज, बॅाके।
    [५०]
    शान्त म जति छु, उति भन्छन् कचकचे
     बोलेर केही हुँदैन  अङ्ग   थला   बसे ।
    ✍️मनोहरी पौडेल 
    गैडाकोट १
    २०८०/१०/६
    [५१]
    अग्रजलाई उच्च स्थानमा राख्दा कलह  गर्छौ,
     हुर्काएका पसिनाको मूल्य तिमी कसरी भर्छौ ?
    ✍️शोभा आचार्य गौतम 
    काठमाडौँ
    [५२]
    कमाई गर्न नसक्नेलाई किन गर्ने माया ?
    अगति परिन्छ होला परेमा तिनको छाया ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [५३]
    कसरी हुर्किएँ सम्झिन्नँ आफू चाहन्छु डुल्न 
    घरको  स्वर्ग  बिगारेर  देखावटीमा  भुल्न । 
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    [५४]
    अस्तायो घाम अँध्यारो भयो गाउँ र सहर 
    बुढेसकाल लागेर होला छैन नि रहर ।
    ✍️आर्त अकुलीन
    [५५]
    छोरो भने दुलही ल्याए हुन्छ हेर न पराई
    बुढेसकालमा बाबाआमा बस्छन् रोइकराई ।
    ✍️ईन्दु श्रेष्ठ 
    चितवन
    [५६]
    बुढो भयो सब रङ्ग गयो आँगन परदेश हुने बेलामा
    घरमा देखि नसहेर पुर्‍यायौ आश्रम आज भए हेलामा ।
    ✍️भगवती दवाडी, झापा
    [५७]
    अर्धनग्न कपडा लगाउँदा हुने भयो सस्तो
    जाडोमा पनि स्यान्डो लगाउने भन तिमी कस्तो ।
    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [५८]
    स्वास्नीको कुरा सुनी बाबुआमा पारे पर 
    तिनका आँसुले पोल्ला महोदय होस् गर ।
    ✍️दुर्गा भट्टराई 
    मोरङ
    [५९]
    आफ्ना ती सबै पराई भए
    हेलाले मस्तिष्क गल्दै गए ।
    ✍️गम्भीर दुवाडी
    गजुरी-५, धादिङ्ग
    [६०]
    बल बैँस हुँदा बाबाआमालाई हेला गर्ने
    घुमीफिरी समय आउँदा आफैँ फेला पर्ने ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [६१]
    सानो छँदा पाल्छु भन्ने ठुलेा भएपछि विदेश नै पो गयो
    नेताले विकासको बत्ती निभाई दिएर अन्धकार भयो ।
    ✍️पवन कुमार बुढाथेाकी
        काठमाडौँ
    [६२]
    जन्माउने हुर्काउनेको व्यर्थको दु:ख पाइयो
    बुढेसकालको सहारामा आश्रम पो आइयो ।
    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक
    [६३]
    'मारे पाप पाले पुण्य' छोरी दिएँ तिम्रै भरमा
    भनी दियौ नि बाबा मलाई पराइको घरमा ।
    ✍️उमा दाहाल 
    शुन्दर हरैँचा -१० मोरङ
    [६४]
    अलकापुरीमा बस्ने हुतीहारा भनी कसलाई ठान्नु ? 
    कामधाम लात मारी अधोगति यात्रा गर्नेलाई मान्नु ।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [६५]
    बाआमा बोझ सम्झनेले कहाँ शान्ति पाउँछ ?
    सम्झिराख तिमी भोलि तिम्रो नि पालो आउँछ ।
    ✍️मन्दिरा सेढाई 
         मलेखु,धादिङ
    [६६]
    वृद्धाश्रम बनाएर, धाकधक्कु गरे जब
    बाबुआमा भए घाँडो,  मर्‍यो मानवता तब।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [६७]
    बुढेसकालको सहारा भन्नु बेकार छ छोरा
    हामी बुढाबुढीलाई हेपिस् नि आज तैँले मोरा ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [६८]
    कहिले होला स्वदेशमै रोजगारीको व्यवस्था ?
    जति सरकार फेरिए पनि उस्तै छ अवस्था ।
    ✍️पद्मा काश्यप पाण्डे, मोरङ
    [६९]
    आमाबाबुलाई वृद्धाश्रममा राखेको 
    समाजको भनाइ खाएर त थाकेको ।
    ✍️सहयात्री शोभा अर्याल 
    रुपन्देही , बुटवल
    [७०]
    घरमा   बुबाआमालाई  जसले रुवाउॅंछ
    उही मन्दिरमा देवता पूज्न किन धाउॅंछ ?
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७१]
    छाेडेर आमाबुबा अरू कसको गराैँ सेवा ?
    दुर्बललाई  बेलैमा   दिनुपर्ने  थियोे  टेवा ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक, बनेपा १४, साँगा बजार ।
    

    One thought on “साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११९

    1. Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

    Leave a Reply