
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११८ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११८औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
देशलाई नै चिरा चिरा पारिकन ताजा,
एकबाट अनेक भयौँ राजा महाराजा ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
बोकाऊ उति जतिसम्म धान्नसक्छ भार
तिमीलाई त मोजै छ जनतालाई मार ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
एकतामा बाँधेकाे देश फुटायाे नभन्नू
भाग पुर्याउन चिर्नुपर्यो दुष्ट नगन्नू ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
हाम्रो देशमा भएका छन् हजारौँ महाराजा
थाेत्रा भाषण दिदै बजाउँदै छन् बाजागाजा ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
[४]
पृथ्वीको पालादेखिकै हाम्रो देश एकताबद्ध
चिराचिरा पार्ने योजना सबै हामी पार्छौं रद्ध ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[५]
पहिला एउटा राजा पाल्न भयो भन्थे गाह्रो
अचेल गाउँ सहर राजा भएन कि साह्रो ?
✍️ गुणनिधि घिमिरे अमेरिका
[६]
बनाउ धेरै टुक्रा, जनता आनन्द हुन्छ
बिग्रेको मति तिम्रो, नेपाल विश्वमा रुन्छ ।
✍️ एवाइ प्रभात
धनकुटा छेन्ताङ
[७]
आमालाई भाग लाउने कस्तो आयो बेला ,
के लाग्छ र आफ्नै सन्तान भएपछि झेला ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
[८]
फेरि टुक्रा पार्न थाले यिनले हाम्रो देश
कसले टुक्रा पार्न सक्छ चलिरा'छ रेस ।
✍️
सरिता सेढाई धादिङ
[९]
नेताकाे मस्ती जनतालाई बाेकाई सधैँ ऋणको भार
विकासको दिन्छ नारा ,गाउँघरमा छैन बिजुली तार ।
✍️ राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
[१०]
नेता छानी जानी नजानी गल्ती गर्यौ कि भुलमा,
सुनाउँदैछन् भाषण राखेर भेडाको हुलमा ।
✍️ भुपेन्द्र राना मगर
धादिङ
[११]
जति सक्छौ गर जताततै तिमीहरू कै छ नि राज
शान्ति पाउने आशामा धर्ती माता रोइरहेछ आज ।
✍️ अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
[१२]
देशभक्ति त छँदैछैन, यिनको बुद्धिमा छ किरा
श्री पाँचबाट श्री चार भए, देशलाई पारे चिरा ।
✍️ पुष्पा सुवेदी
नेपालगंन्ज, बॅाके ।
[१३]
एउटा राजा के राजा, हजारौँ राजा चाहिँन्छ,
सुनौलो मौका यही हो, फेरि कहिले पाइन्छ ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१४]
आखिर के रहेछ र जीवन मरेपछि फर्कदैन
धोका, झेल कहिलेसम्म दुश्मन कहिले तर्कदैन ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[१५]
गणतन्त्र भजाएर बने हेर सयौँ राजा
लुटे देशलाई जनताको बजाएर बाजा।
✍️ नवशिला,
नवदेव मार्ग लालभित्ती,मोरङ।
[१६]
देश बनाउँ उदेश्य हैन जनताले त प्रष्ट बुझे कुरा झुकेन
सात प्रदेश बन्यो जातिय नारा लायौं दलिय स्वार्थ अझै लुकेन ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाण्डौ
[१७]
लुट्नु थियो देशलाई, पूरै नाङ्गेझार पारेर
सुपर हिरो बनियो हजारौँ हजार मारेर ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[१८]
देश लुटे महाराजाहरूले बनाए सबै खाेक्राे
गुदीजति आफू खाए जनतालाई केवल बाेक्राे ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१९]
काक्रा जस्तै चिरिचिरि सक्ने हुन् कि देश ?
कुम्भकर्ण कति बन्छाैँ व्युँझी हालाैँ केस ।
✍️ जी.वि.चिन्तन घाेराही, दाङ ।
२०८०/०९/२८ शनिवार बिहान ६:४१
[२०]
प्रजाले अधिकार पाएको छ, आफ्नो राजा आफैँ छान्ने
असल राजा चुनौंँ किन आफ्नै खुट्टामा बन्चरो हान्ने ?
✍️
बिके मुखिया
दार्जिलिङ भारत।
[२१]
देशको नाममा भुँडी भरियो
अब मर्ने बेला दुःख परियो ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ, भारत
[२२]
नेता राज चलेको छ सबै राजा हुन् लागेकाछन्,
ढाँटी छली देश, जनता लुटी खान पाएकाछन् ।
✍️ विवश पारदर्शी
झापा,
[२३]
अचम्म ! राजाको नियमको देख्नेले महाराजको लुट देखेनन्
अरूको जुम्राको टिप्पणी गर्नेले हात्तीले देश सकेको लेखेनन् ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
[२४]
गणतन्त्र पनि भएन राजतन्त्र भन्दा भिन्न,
सामन्तवादी चरित्रकै सानाठूला अवच्छिन्न ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२५]
सत्तामा शासन आफ्नो पारेर
देशका युवा ती सब मारेर ।
✍️ श्री कृष्ण धामी
बझाङ
[२६]
देश छाडी कतै जान्न नभन
चम्चा बन अरूलाई नगन ।
✍️ कमला देवकोटा, पाल्पा
[२७]
संघीयताकाे नाममा बने धेरै राजाहरू,
पूर्वबाटै देश बचाऊ, बज्दैछ बाजाहरू !
✍️ गाेपालकृष्ण डंगाेल
काठमाडौ, (हाल इटहरी)
[२८]
देशमा लगातार अस्थिरताको बीउ रोप्यौ अति
तिम्रो त मति सुध्रने छैन, व्यङ्ग्य गरे पनि जति ।
✍️ प्रेम थापा "मन"बागलुङ
[२९]
सुन्दर शान्त विशाल हाम्राे जन्मभूमि नेपाल
चिराचिरा पारी बनाए अग्रगामीले बेहाल ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[३०]
एउटै बगैँचा, हजाराैँ मालिक
राष्ट्रभक्त भन्दै ठड्याए सालिक ।
✍️ खुनराज काेईराला
सिद्दलेक-३ गैरीगाउँ,धादिङ
[३१]
जनताको नासो जनतामै फर्कियो जनता भाग्यमानी
सौताको रिसले पोइको नाक काट्ने नगरौँ यस्तो बानी ।
✍️ ध्रुव श्रेष्ठ
हाल काठमाडौँ ।
[३२]
जस्तो बाटो देखायो खुरुखुरु उस्तै बाटो हिन्ने
ए सोझा भेडा जनता कहिले भ्रष्ट नेता चिन्ने ?
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
[३३]
भनेर एक गरेको अर्कै गाउँ र सहर,
हिँडेको किन कुल्चेर सारा जनका रहर !
✍️ आर्त अकुलीन
[३४]
सात राज्यमा अब सातश्रीको हुनेभो जय
नयाँ नेपाल शायद हुनेछ आलोकमय ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३५]
बाँड अनि शासन गर गणतन्त्रको मूलमन्त्र
कर्तव्यदेखि भागेर, महसुस गर्छौं राजतन्त्र ।
✍️ मोती सुब्बा
दार्जिलिङ भारत।
[३६]
भेडा ठानेर जनतालाई सधैँ झुटो भ्रम छर्छौ
चिरा चिरा पारेर यो देशको रसास्वादन गर्छौ l
✍️ बाबुराम गौतम, गुल्मी
[३७]
चिन्ता छैन आनन्दले बस्ने कुर्सी पायौ
जनताको आँखा छली देश लुटी खायौ ।
✍️ हिमा आर सी
मेहेलकुना सुर्खेत
[३८]
कमाउनेले कमाएकै छन् धेरैले जमाएता पनि हुन्नन् चिर
बरू सक्नु नासाे सबै, जाेड्ने भन्दा नि सिध्याउने हुन्छ छाेरा वीर ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[३९]
राजा बन्न आफ्नै आमाको चोलो च्यात्दै गयौ
अर्धनग्न ती आमा देख्दा खुसी हुने भयौ ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला
[४०]
ढाँटेर छलेर पनि घर चलाउने मौका दिनुस्
उदाहरणको रुपमा यी नेताहरूलाई लिनुस् ।
✍️ बि.कुलुङ
दार्जिलिङ
[४१]
एउटा राजा हटाई, भयौँ हामी धेरै राजा
धेरै चुल्बुल भयो भने बजाउने हो बाजा ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[४२]
लायक सरकार नभएर हाम्रो
भएन देशमा कहिल्यै पनि राम्रो ।
✍️ सीमा कार्की समर्पण
[४३]
आज नेताविना देश हुने भयो चौपट
भएका छन् सबै टाउके नोटका लम्मट ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
[४४]
कति बाेकाउछाैँ नेताहरू हामीलाई भार
कदापि मान्दैनन् सच्चा जनताहरूले हार ।
✍️सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल
[४५]
अनेक फुलका एउटै माला यो हाम्रो देश,
किन गर्छौ विखण्डन ईज्जत् राख आफ्नो भेष।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[४५]
भ्याउँदिनँ कैले घरको कामले
पुगेन मलाई पुर्खाको नामले ।
✍️ बालाराम पोखरेल
[४६]
तिमी हौ नेता, अघिपछि भेडा भएसम्म
हेर्दै जाऊ, कार्यकर्ता फल्छन् र लटरम्म ।
✍️ म्यामराज राई, भोजपुर ।
[४७]
म त भन्छु फेरि पनि एक राजा नैं हुनुपर्छ, देशको महाराजा
अनेकौं राजाले त ! देश टाट पल्टिएको अवगत छदैँछ ताजा ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४८]
नेताको भाषण छ ठुलठुलो व्यवहार लपन छपन
सपूत होइनन् यिनीहरू विदेशीको टेकुवा र खकन ।
✍️ दीपा गुरुङ्ग (समभाव)
बुअपा-१२ काठमाडौँ
[४९]
नेतृत्वकाे भिख मागेर पदासिन भयाै,
पद दुरूपयाेग गरी देसै लुट्दै गयौ ।
✍️ हरिगाेपाल प्रधान
काभ्रे पलाञ्चाेक बनेपा१४ साँगा बजार ।