
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०१ गत आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाजको आयोजनामा यो शृङ्खला सञ्चालन भएको हो । साप्ताहिक झिल्का कविता लेखन अभ्यासको पहिलो शृङ्खलामै निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४ दर्जन बढी (५१ जना)साहित्यकारज्यूहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
~~~
१,
हेमन्तले बोकेको घाम
कलिलो हुन्छ धेरै
बाक्लो लुगाको याम।
२,
हरेक प्रेमिल बात
जीवन सुखको बाटो
पर्खाइ चाँदनी रात।
३,
युवाको विदेशिने पाइलो
देशको अधोगति सङ्केत
योजना चाहिन्छ दर्बिलो
- म्यामराज राई, भोजपुर
…………………………..
१)
पुस माघको रात
उन्मत्त बैँस ठन्डीको
हुस्सु बहुलायो उत्पात ।
२)
बडो गजबको खेल
बिरालो ढुक्दैछ मुसा
गरेर अनेकन् झेल ।
३)
आँसु रित्तिए झरेर
छोडेर गएदेखि तिमीले
गए रहरहरू मरेर । - वसन्त अनुभव, घोराही, दाङ
…………………………..
१
नेपालमा नेपालीको धन
थापेर सुनको कचौरा
परदेशमा जाँदैछ जन।
२.
आँखामा माया बोकेर,
फर्किन्छ साहिॅंलो साँझमा
दुःखको जलपान धोकेर।
३.
गरिबी अचार अमिलो
गरेर खाने दिनमा
पसिना हुँदैछ धमिलो । - होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
…………………………..
१.
देशका युवा जति
काम खोज्न भनेर
खोज्दैछन् जान कति।
२.
देशको माया बोकेर
बाध्यता भयो तिनको
मुटुमा किला ठोकेर।
३.
सरकार मौन जहिल्यै
चुनावमा चर्का नारा
नीति नल्याउने कहिल्यै। - अर्जुन प्रसाद चौलागाई
रामेछापः-अमेरिका,बोस्टन।
…………………………..
१.
विदेशमा हुन्छन् ढेर
ती कलिला मुना
बाह्र पास गरेर ।
२.
छलछाल कि करकाप
हेर भविष्यले पिरोल्दा
हुन्छन् विदेश टाप ।
३.
घर रित्तो पार्दै
ऋण सार्दै हिँडे
विदेश आँसु झार्दै । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ
…………………………..
१,
गरौँ रमाइलो आज
पन्चेबाजामा गर्दै रत्यौली
नमानी केही लाज । - डिल्ली राज घिमिरे, अर्घाखाँची
…………………………..
१.
टाढियो आफन्त छोडेर
सम्हाल्न युद्धको मोर्चा
मृत्यको खोल ओढेर ।
२.
पसिना बेच्न हिँडेको
घर परिवार छोडेर
आफैँलाई बेच्न भिडेको । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…………………………..
१,
सिमा मेरो नाउॅं
सुन्दरताले भरिएको छ ,
मेलचोक मेरो गाउँ ।
२,
व्यावहारिक बन्धनले घेर्यो
पसिनाको सिॅंचाई गरी,
फुलाउॅंछु मैले सेरोफेरो ।
३,
छेपारोको रङ्ग देखाउनेलाई
जस्तालाई त्यस्तै गर्छु
मसॅंग जुध्न आउनेलाई । - सीमा कार्की समर्पण
…………………………..
(१)
राहदानी हातमा समाई
देख्दैछु महलको सपना
परदेशमा धन कमाइ ।
(२)
ढल्केर गयो उमेर
खोज्दैछु लठ्ठीको सहारा
सन्तानले हात झिकेर ।
(३)
प्राकृतिक रमणीय परिवेश
भित्रभित्रै खोक्रो बनायो
राजनीतिले मेरो देश । - भुपेन्द्र राना मगर, धादिङ
…………………………..
१,
स्वार्थमा लगाएको मित
जित हु्न्छ आफन्तबिनाको
खोलामा गाएको गीत ।
२
कुर्सीको निम्ति झगडा
चाल खहरे खोलाको
हुने अनेकन लफडा । - भवानी घिमिरे, सर्लाही
…………………………..
१
हिॅंडियो बाध्यताको बाटो
छाडेर आफ्नो देश
जिउन कालको साटो।
२
पसिनाको बिक्री गर्न
काम, दाम उसैको
परिवारको पेट भर्न।
३
श्रोत भेटिन्छ देशैभरि
सरकार छ खोटो
उखान घरी घरी। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…………………………..
१
हुन्छ आत्माको जित
मात्र परोपकारी भावना
हुन्छ सबैको हित ।
२
जीवन यथार्थ भोगाइ
सदाचारी बन्नु पर्ला
मनमा राखौँ सोचाइ।
३
हुन्छन् प्रभु मित
सुकर्म गर्ने प्रेरणा
गाऔँ मिलन गीत । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…………………………..
१,
कान्छा! अगुल्टा मिल्का
उफ्रिदैछन् झर्झर झर्झर
झिल्के साहित्यिक झिल्का ।
२,
अगुल्टा ठोस्नु जसोतसो
उड्छन् हराउँछन् झिल्का
आगो झोस्नु कसो ? - कमला पौडेल
…………………………..
१,
परिश्रम बेचेर बाँचिन्छ
आजकल युगको स्थिति
इसाराको भरमा नाचिन्छ । - गुणनिधि घिमिरे
…………………………..
१
कालो न कालो
सृष्टिको एक जीव
बाँदरको हो सालो ।
२
कुकरले अत्याचार गरेको
जीवनको त्यो मूलबाटोमा
आखिरी अलपत्र परेको ।
३
घाम लाग्छ कहिले
यो धरती आकाश
बादल फाट्छ जहिले । - आर्त अकुलीन
…………………………..
१
स्वदेशमा गरेर काम
हामी सफल बन्नेछौँ
यदि घुमे चारधाम ।
२
हिमाल, पहाड, तराई
हाम्रो साझा नेपाल
कोही छैन पराई ।
३
पानी मिठो मूलको
लाग्छ राम्रो रहनसहन
हाम्रै नेपाली कुलको । - दिपा तिम्सना पौडेल, ईलाम
…………………………..
१
राजनीति फोहोरी खेल
सत्ता प्राप्तिको लागि
नेताले गर्छन् झेल ।
२
आलस्य शरीरले भन्यो
असहज परिस्थितिले आज
सपना सपनै बन्यो ।
३
माघको मधुरो घाम
आकाशमा बादल लागेको
हातले गरेन काम । - राज कुमार राजभण्डारी “खोटाङ्गे”
मध्यपुर ठिमी – ५, संगम कोलानी भक्तपुर।
…………………………..
१.
माघको मधुरो घाम
हरेक बिहानीपख सबैले
जपौँ हरिको नाम ।
२.
योग, ध्यान गरेर
स्वस्थ बनौँ सबै
जीवनमा अघि सरेर । - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
…………………………..
१
देखेर शासकको मति
दिक्दार लाग्छ मलाई
बिग्रँदा देशको गति ।
२
मुखले भन्छ साथी
प्रहार गर्दछ उसले
छुरा सधैँ ममाथि । - बाबुराम पाण्डे, अर्घाखाँची
…………………………..
१
लजालु आँखाले हेरेर
मुसुक्क मुस्कुराइन् उनी
लामो सास फेरेर ।
२
ठोसेपछि दन्दन आगो
भाग्न बाध्य भएछन्
अरिङ्गाल र खागो ।
३
फेरि झिल्का लेखौँला
मनको बह कहेर
काव्यको तिर्सना मेटौँला - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…………………………..
१
खेतबारी बन्यो झाडी
युवा युवती हिॅंडेका
रोजगारी खोज्दै खाडी ।
२
समृद्धिको खोक्रा नारा
दिनदिनै बढ्दैछ ऋण
अद्भुत नेतृत्वको पारा ।
३
हरेक मान्छेको मन
नाचिरहन्छ हरक्षण यहाँ
कमाउने धुनमा धन । - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
…………………………..
१,
जाडोमा नुहाई आइयो
शब्दको दुनियाँ छॅंदैछ
झिल्काको नगर पाइयो ।
२,
नबोली भागेर नबस
सुस्तरी हावाको झोकले
कुनामा रिसाई नपस ।
३,
आएका स्वागत मिलायो
पार्टीको निहुँमा कसोरी
गिलास भरेर पिलायौ । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…………………………..
१.
भ्रम थुप्रै छरेछौ
जनताको पसिनासँग खेलेर
खल्ती पनि भरेछौ ।
२.
बुझियो तिम्रो चालबाजी
भ्रष्टमा रहेछौ राजी
खबरदार दुईजिब्रे काजी । - प्रेम थापा “मन”, बागलुङ
…………………………..
१,
देश छोडेर जान्छ
आमाको माया बोकी
सुखमा परिवार खान्छ ।
२,
दाजुभाइ सधैँ लडेर
जित हुन्छ कसको
जिते पनि हारेर ।
३,
रुमाल दिएर गयौ
आँशु आएको छैन
तिमी निष्ठुरी भयौ । - एवाइ प्रभात, सहिदभूमि-३,धनकुटा
…………………………..
१
घरभित्रको त्यो बन्दीमा
बसेका छन् नारी,
झुकेर सधैँ सन्धिमा।
२
जीवन बाढीको भेल
कसैको सुख दुःखको
हारजितको न खेल । - कला ढकाल, दमक, झापा
…………………………..
१
माघको लागे घाम
चिसो चाहिॅं हटेपछि
सबैले गरे काम ।
२.
घाम लाग्ने बेला
काम गर्नेको हातभरि
अवश्य हुन्छ ठेला । - श्री कृष्ण धामी, बझाङ
…………………………..
१/
कति भएको चिसो
कपडा धुन नपाई ,
भएको छु लिसो।
२/
जाडोमा ठन्डा पानी।
तिम्रो कर्म त्यस्तो,
दुःख नमाने नानी।
३/
घरायसी माखेसाँङ्लोको पिर
उखरमौलो गर्छ्यौ आउँदा,
मार्छु रोपेर झिर । - टिकाराम पुन एटम, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
…………………………..
१/
आच्छु ! कस्तो जाडो
माघैमा गर्नु पर्ला
तातोको चाँजो चाँडो ।
२/
हुस्सु शीतलहर चल्दा
जीवजन्तु मर्न थाले
चिसोले कठ्याङ्ग्रिएर गल्दा ।
३/
छैनन् लुगा ताता
गरिबी कस्तो जुनी
हे ! दैव विधाता । - विवश पारदर्शी, झापा
…………………………..
१.
मेरो सहरमा आयौ
एक्लो जीवनमा फेरि,
चोखो माया लायौ।
२.
हरेक पल रमाउनु
लड्न खोजेँ भने,
मेरो हात समाउनु।
३.
तिम्रो तस्विर नयनमा
सजाएर राखि सकेँ,
सधैँ आउनु सयनमा। - पुष्पा राई, खोटाङ ।
…………………………..
१.
भन्ने बेला उँभोतिर
हताश गरेर मनुवा
खोजी जान्छ भिर ।
२.
छोड धक्कु सहरको
अस्तव्यस्त देख्यौ भने
सातो जान्छ रहरको ।
३.
नपारौँ सभ्यता खण्डहर
पुर्खाले सिर्जेका सम्पत्ति
दुरुस्त राख्नुपर्छ वरपर । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…………………………..
१
घरलाई मन्दिर बनाऊ
ए ! मान्छे हो
बा, आमालाई सजाऊ ।
२
बा, आमा जहाँ
बुझ है मान्छे
भगवान् हुन्छन् त्यहाँ ।
३
वृद्धाश्रम बेकाम हजुर
घर मन्दिर हो
बा, आमा गजुर । - बिके माकजू, भक्तपुर ।
…………………………..
१.
माया गरेर छाडिन्
सबैलाई एउटा पोको
दयालु बनेर बाँडिन्।
२.
रहस्य बन्यो पोको
सबैले मिलेर खोले
पूरा भए धोको ।
- अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा- ६, संखुवासभा ।
…………………………..
झिल्काले झण्डै झुक्यायो
सिक्ने कुरा नछोडेर
बेरोजगार पारेर झकझकायो । - लक्ष्मी रिजाल, सप्तरी ।
…………………………..
१
झिल्का आगो बनोस्
परालको धुवाँ हैन
भ्रष्टाचारीको खोइरो खनोस् ।
२
नौ शब्दमा भन्नुपर्छ
झिल्का ज्वाला बनोस्
भ्रष्टहरूको चिहान बन्नुपर्छ ।
३
दयामायाले कहिल्यै हुँदैन
चोटिलो शब्द आओस्
भ्रष्टलाई चानचुनेले छॅंुदैन । - चुडामणी देबकोटा, चनपा १३ काठमाडौं ।
…………………………..
१,
कुहिरो उधुमै बढियो
काँप्न थाल्यो शरिर
बेसरी चिसो गाडियो।१।
२,
नुहाउँन सक्दिन चिसापानीमा
मौसमले च्यालेन्ज गर्यो
तातोपानी उमाल्छु बिहानीमा।२। - हरिनारायण चौधरी, सुन्दर हरैंचा नगरपालिका- १, मोरङ
…………………………..
१//
पीडा थप्न आयो
लीला बुझ्ने मान्छे
राजा हुन पायो ।
२//
दिन त्यसै टरेछ
सास नफेर्ने मान्छेको
अल्छी अलपत्र परेछ ।
- नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
…………………………..
१.
मौसमले चुनौती दियो
त्रिपाल मुनिको बास
ठिहिरोले ज्यान लियो ।
२.
अभागी यो कर्म
सरकार आफ्नै धुनमा
कसले बुझिदिने मर्म । - मन्दिरा सेढाई, मलेखु,धादिङ
…………………………..
१)
किन हिँड्छौ तर्केर
सानोतिनो ती कुरामा
आउने गर फर्केर ।
२)
सुनाऊ मनको कुरा
सुखदु:खका ती सबै
गरौँला मिली पूरा ।
३)
जब टाढा हुन्छ
मनको मान्छे सम्झिँदा
रोएको कसले सुन्छ ? - सहयात्री शोभा अर्याल, रुपन्देही , बुटवल
…………………………..
१
बादलको पर्यो दृष्टि
धन्य भयो आकाश
गराई धर्तीमा आवृष्टि।
२
रमाइन् सुख्खा धर्ती
उब्जाई अन्नको भण्डार
दिन्छिन् कर्मको अर्ती
३
प्रकृति निहाल्दै कवि
गर्छन् सुन्दर रचना
डुब्दैन वास्तवमा रवि। - सुस्मिता अधिकारी ,काठमाडौँ
…………………………..
१,
गयौ तिमी तर्केर
चिप्लो कुरा गर्दै
नआऊ फेरि फर्केर ।
२,
चिसो बढ्यो उखपात
साँझ पर्ने बित्तिकै
खाऔॅं तातो दालभात । - ध्रुव श्रेष्ठ, खोटाङ (हाल काठमाडौँ )
…………………………..
१,
मेहेनत गर्नेको कुलो
बगेर आउॅंछ सधैँ
संसारमै श्रम ठुलो ।
२,
भाषण मात्रै ठुला
देशभक्तिको छ खडेरी
हिॅंड्दा खुट्टा लुला ।
३,
कापी कलमको साथमा
अब चस्मा थपियो
उमेरमा लाग्यो कमा । - पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके ।
…………………………..
(१)
उद्देश्य उच्च बोकेर
युवा सागर लम्केको
विदेशको नारा घोकेर ।
(२)
नेपाली युवा शक्तिको
उपेक्षा गर्ने नेतृत्व
गुलाम गर्छ भक्तिको । - पद्मा काश्यप पाण्डे, मोरङ**
…………………………..
१,
म मरेको छैन
तिमी किन रुन्छौ?
सहिद कहिल्यै मर्दैन ।
२,
घामको पहिलो झुल्का
कसिङ्गर पर्यो आँखामा
सपना भयो उल्का ।
३,
साँझको टुकी बालेर
मौनतामा बसेकी आमा
भित्ताको तस्बिर हेर । - जी कुमार गौतम, भद्रपुर -१, झापा, नेपाल
…………………………..
१.
शिखरले लाली पोत्यो
धर्तीमा सुन फलाउन
किसानले खेत जोत्यो ।
२.
देख्दा अजङ्गका पहरा
पहराबाट छङ्छङ गर्दै
झर्छन् सुन्दर छहरा ।
३.
नरोऊ प्रिया धर्केर
मुग्लान बस्दिन सधैँ
आउँछु एकदिन फर्केर । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
…………………………..
१.
सबै विदेश गए
आमाको चोलो फेर्न
गाउँघर खाली भए ।
२.
कर्म गर अब
भएर हुँदैन अल्छी
खुसी हुन्छौ तब ।
३.
एउटा सानो घर
आफ्नै कमाइले बनाएको
छैन कसैको डर । - धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४ बिगारे जुम्ला
……………………………
१.
देशको विकास गर्न
नल्याऊ विदेशिएका युवालाई
सरकारी गोलीले मर्न ।
२.
सरकार गोली हान्छ
गरिबको सपना तुहाएर
होटलमा डिनर खान्छ ।
३.
हावामा हानेको गोली
गरिबको छातीमा लागेर
सरकार फेर्छ बोली । - राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
…………………………..
१ ,
चिसो जाडो याम
ताप्न पाए जाती
तातो न्यानो घाम ।
२ ,
राम्रो गरौँ काम
हामी सबै मिली
उच्च राखौँ नाम। - हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक बनेपा – १४, साँगा बजार
…………………………..
१)
देश बिग्रियो बोले
तरिका ठिक भएन
मनको कुरा खोले ।
२)
देश बचाउनु पर्छ
नउठे अब सबै
देशको अवस्था गिर्छ ।
३)
हुन्छ जनताको जित
मिलेर सबै गए
गाँउछौ नेपाली गित । - रबि पौडेल, दक्षिण भारत पाण्डेचरि ।
…………………………..
१/
जाडो अति सतायो
यस्तो पौषमा थिएन
माघ मासले बतायो ।
२/
चिसो बाट बच्ने
तातो तातो खाएर
झिल्का कविता रच्ने ।
३/
तापक्रम छ घट्दो
हिमाली भेगमा झन्
चिसो कति बढ्दो ।
शोभा आचार्य गौतम, काठमाडौँ
…………………………..
१.
नेपाल राम्रो देश
जोगाएर राख्नुपर्छ अब
भेष लगाउने परिवेश ।
२.
शीतलहर छ चलेको
जाडोले थर थर
कापेर शरीर गलेको ।
३.
कुहिरो लाग्यो कस्तरी
आगो बालेर तापेको
अब नआतिनु यसरी । - दुर्गा आचार्य, मोरङ
…………………………..
१,
प्रभातले निशा चिर्यो
धूमिल थिइन् वसुन्धरा
क्षितिजबाट रश्मि छिर्यो ।
२,
अचाक्ली छ ठन्डी
तनको थुरथुर हराएन
ओढे पनि मन्डी l
३,
मधुरो छ ताप
त्यसै माथि पवनले
थप्यो उच्च चाप l - बाबुराम गौतम, गुल्मी
::::::::जय झिल्का साहित्य ! ::::::::::
The amount of effort that you put into it was very impressive to observe. However, despite the fact that the layout is appealing and the wording is elegant, it appears that you are having difficulty with it. It is my opinion that you should make an effort to send the subsequent article. In the event that you do not safeguard this hike, I will most certainly return for more of the same.
I was recommended this website by my cousin I am not sure whether this post is written by him as nobody else know such detailed about my difficulty You are wonderful Thanks
What i do not understood is in truth how you are not actually a lot more smartlyliked than you may be now You are very intelligent You realize therefore significantly in the case of this topic produced me individually imagine it from numerous numerous angles Its like men and women dont seem to be fascinated until it is one thing to do with Woman gaga Your own stuffs nice All the time care for it up