साताका उत्कृष्ट झिल्काहरू- १

साताका उत्कृष्ट झिल्का कविता शृङ्खलाको सुरुवात गरिएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यसको प्रथम शृङ्खला शनिवार अपरान्ह सम्पन्न भएको छ । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकार ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १ का लागि झिल्काकार त्रय राजेशराज गड्तौला, राज कुमार राजभण्डारी “खाेटाङ्गे” र पृथक प्रकृतिका उत्कृष्ट झिल्काकाहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
[१] झिल्काकार राजेशराज गड्तौलाका उत्कृष्ट झिल्काहरू-
१)
साथमा हुन्नन् कोइ
सम्पत्ति नहुँदा बखत
अलग हुन्छन् जोईपोइ ।
२)
चाहिने सबैलाई धन
आफ्ना पनि छेउमै
सक्किए एक्लिन्छ मन ।
३)
सबैलाई दरबार चाहिने
झुप्रोको चाहना छैन
भगवान् छैनन् दाहिने ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ

[२] झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे”का उत्कृष्ट झिल्काहरू-
१)
राजनीति फाेहाेरी खेल
सत्ता प्राप्तिको लागि
नेताले गर्छन झेल ।
२)
शरीर आलस्य भयो
असहज परिस्थितिले गर्दा
रहर मरेर गयो ।
३)
गर्छन् मानिस ध्यान
हरेक दिन बिहानीपखमा
प्राप्त गर्न ज्ञान !
✍️
राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी ५ संगम काेलानी भक्तपुर
[३] झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्काहरू-
१)
हाँगाबाट झरेको फूल
चल्दैन पूजामा पनि
गर्नुहुँदैन है भूल ।
२)
ढुङ्गालाई देवता मानेर
मान्छे गर्छन् भेदभाव
आडम्बर दम्भ पालेर ।
३)
धर्म दर्शनका कुरा
बग्रेल्ती सुनाउँछन् हजुर,
नितान्त व्यवहारका भुरा
✍️
पृथक प्रकृति
झापा
It was great seeing how much work you put into it. The picture is nice, and your writing style is stylish, but you seem to be worrying that you should be presenting the next article. I’ll almost certainly be back to read more of your work if you take care of this hike.
Greetings, I admire your writing very much. We maintain a dialog further regarding your post on AOL. I am in need of an expert in this field to solve my problem. Perhaps you could be that individual. I look forward to seeing you.