भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मङ्गलवार सम्पन्न

  • ४ माघ २०८०, बिहीबार २३:२७ मा प्रकाशित
  • भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मंगलवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वभरका लगभग ४ दर्जन बढी साहित्यप्रेमी झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    पछिल्लो समय लामा लामा विधाले भन्दा छोटा छोटा अर्थात् लघुतम विधाहरूले सर्जक एवम् पाठकहरूको मन जित्ने गरेको देखिन्छ । एकै बसाइँमा लेख्न र पढ्न सकिने भएकोले पनि छोटा विधाहरू सर्जक र पाठकको रोजाइ बन्न पुगेको हो भन्दा अत्युक्ति नहोला ।

    ती तमाम लघुतम विधाहरू मध्ये झिल्का कविता पनि एक हो । यो नेपाली माटोमा उम्रिएको मौलिक एवम् नवीनतम प्रयोगवादी कविता हो । यसलाई विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गरेर चोटिलो पाराले ३ हरफमा लेख्ने गरिन्छ । जसका प्रत्येक हरफमा तीन तीन शब्दहरू रहेका हुन्छन् । एउटा कवितामा जम्माजम्मी ९ शब्दहरू हुनेभएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनै पर्ने हुन्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ५ (भुइँचालो सुरक्षा विशेष)

    सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव

    ~~~~~~
    [१]
    १)
    हल्लाउँदै  धर्तीको  टालो
    कहाँबाट आउँछ जान्छ
    विनाशकारी यो भुइँचालो ।
    २)
    सानोठुलो  भन्दिन हेर
    हाँस्दछ अट्टहास गर्दै 
    धनजनको गराउँदै खेर ।
    ३)
    भूकम्प मिल्दैन रोक्न 
    न सकिन्छ तालिकामा
    यसको समय तोक्न ।
    ४)
    सहर अनि गाउँ
    जहाँतहीँ विध्वंस ल्याउँछ
    हुन्न तोकिएको ठाउँ ।
    ५)
    हरहमेसा सजग बनौँ
    भूकम्पबाट जोगिने उपाय
    सारा जनलाई भनौँ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~~~<•>~~~~
    [२]
    १)
    भुइँचालो आउने सम्भावना 
    सबैमा सतर्कताको सन्देश
    सुरक्षित रहन शुभकामना ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~~~<•>~~~~
    [३]
    १)
    पीडादायी बिपत्ति रोपेर 
    भूकम्प आउँछ अन्जानमै
    सबैको मुटु खोपेर !
    २) 
    च्यात्दै सुरक्षाको जालो 
    धर्ती लगलगी कमाउँदै 
    कहाँबाट आउँछ भुइँचालो ।
    ३)
    बलियो बनाई घर 
    भूकम्पबाट जोगिऔँ भन्दै 
    सचेतना दिलाऔँ वरपर ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~<•>~~~~
    [४]
    १)
    डगमग धर्तीको जालो 
    जहिले, जहाँ पनि 
    आउनसक्छ है भुइँचालो‌ ।
    २)
    हिमाल पहाड तराईं
    केही भन्दैन भूकम्प ।
    ३)
    कतिबेला आउने भूकम्प
    निद लाग्दैन त्रासले 
    मनले गर्दछ जम्प ।
    ✍️
    गोकर्ण दयाल गौरव
    मेलौली नगरपालिका ७ बैतडी
    ~~~~<•>~~~~
    [५]
    १)
    आउॅंदा पिडादायी हुन्छ
    भूकम्पले सखाप पार्दा 
    सबैको मन रुन्छ ।
    २)
    आउने सम्भावना बढी
    सतकर्ता अपनाऔँ सबैले
    हुन्न रुखमा चढी ।
    ३)
    च्याती धरतीको जालो
    सबैलाई अत्यास पार्दै
    कहाँबाट आउँछ भुइँचालो ?
    ४)
    बनाऔँ प्रतिरोधात्मक घर
    जोगिऔँ भूकम्पबाट भन्दै
    बसेर नमानी डर ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    [६]
    १)
    भुइँचालाे तिम्रो नाम
    पृथ्वीको गर्भमा बसी
    जमिन हल्लाउने काम ।
    २)
    प्रकृतिको सुन्दर सृष्टि 
    बनाइदिन्छ पुरै तहसनहस
    भूकम्पकाे पर्दा दृष्टि ।
    ३)
    आउँछ कम्पन गरेर
    धर्ती उथलपुथल बनाई
    प्राण लिन्छ हरेर ।
    ४)
    भुइँचालाेकाे छैन भर
    आउँछ जान्छ कतिबेला
    मनमा सधैँभरि डर ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~<•>~~~~
    [७]
    १)
    भूकम्प हामीलाई चाहिँदैन 
    कुनबेला आउँछ हल्लाउँछ
    खोज्न हिँड्यो  पाइँदैन ।
    २)
    ज्वालामुखी भुकम्प चाहिँदैन
    अनुसन्धान हुँदैछ विश्वमा
    कतै बसेको पाइँदैन ।
    ३)
     विश्वमा नै हल्लाउँछ
    फेल वैज्ञानिक नासा
    आलिसान महल सुताउँछ ।
    ४)
    भूकम्पले नभत्कने बनाऔँ
    विगत जस्तो छैन
    समयमै बुद्धि पुराऔँ ।
    ✍️
    चुडामणी देवकोटा 
    चनपा १३ काठमाडौँ
    ~~~~<•>~~~~
    [८]
    १)
    नेपालमा भूकम्पको धक्का
    प्रतिरोधात्मक घर बनाऔँ
    ज्यान जोगिन्छ पक्का ।
    ✍️
    मन्दिरा सेढाईं
    मलेखु,धादिङ
    ~~~~<•>~~~~
    [९]
    १)
    जब आउँछ भुइँचालो
    मन आत्तिएर हुन्छ
    अनुहार निलो कालो ।
    २)
    यो मनले गुन्छ
    विनाशकारी भूकम्पको झड्का
    कहिल्यै नआए हुन्छ ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    ~~~~<•>~~~~
    [१०]
    १)
    आतङ्क मच्चाउँछ मनको
    आउँछ अनि हल्लाउँछ
    क्षति गर्छ धनजनको ।
     २)
     जस्तो पनि  पाउने 
    अचम्मको शक्ति बाबै !
    नसोधेरै अपर्झट आउने ।
    ✍️
    उमा दाहाल 
    सुन्दरहरैँचा -१० मोरङ
    ~~~~<•>~~~~
    [११]
    १)
    प्रकृतिको एउटा खेल
    समान व्यवहार सबैलाई
    गर्दैन यसले जालझेल ।
    २)
    भुइँचालो त आउँनुपर्छ
    हल्लाउनुपर्छ सारा जगत
    यी अयसीलाई रुवाउँनुपर्छ ।
    ३)
    करोडपतिलाई पुर्‍याउँछ रोडमा
    रोटीको लाइनमा उभ्याउँछ
    सबैलाई समान मोडमा ।
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ
    ~~~~<•>~~~~
    [१२]
    १)
    डर त्रास दिएर 
    झुल्कन्छ थाहै नदिई
    भुइँचालो विनाश लिएर । 
    २)
    सकिन्न हामीले फेक्न
    उपाय गरौँ पहिल्यै  
    निम्तिने विनाश  छेक्न। 
    ३)
    माटो परिक्षण गरौँ 
    बसोबास गर्ने स्थलमा 
    संरचना सोचेर भरौँ । 
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ~~~~<•>~~~~
    [१३]
    १)
    भुइँचालो आयो हल्लायो
    गरायो जनधनको क्षति
    घरबार सबै ढलायो ।
    २)
    चकमन्न मन डरायो
    अदृश्य उल्लेख नसोधी 
    फट्केर कता हरायो ।
    ३)
    नबुझी नबोल भनेका
    के होला सम्झाएर 
    भ्रष्टले पैसा गनेका ।
    ४)
    बनेका छैनन् महल
    भूकम्प गएको बेलामा
    सुरक्षित रहने पहल ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    [१४]
    १)
    भुइँचालोको मानी डर
    भत्किन नदिन संरचना
    उपाय बेलैमा गर ।
    २)
    हाम्रो खुशी हरायो 
    भुइँचालो आउँदा हेर
    धनजन नष्ट गरायो ।
    ३)
    आउँछ कम्पन छरेर
    रोक्न सक्दैनौँ हामी
    बस्छौँ आँखा तरेर ।
    ✍️
    सीमा कार्की समर्पण
    ~~~~<•>~~~~
    [१५]
    १)
    थाहा हुँदैन कसैलाई 
    कहिले आउँछ भूकम्प
    आउँदैन बाजा बजाई ।
    २)
    भुइँचालो आउँछ भनी
    बलियो संरचना बनाए
    प्रतिरोधात्मक हुन्छ पनि ।
    ३)
    बस्ती बसाल्दा सोच्नुपर्छ
    गर्न दिनुहुँदैन जथाभावी 
    संरचनाले थिचिएर मर्छ ।
     ४)
    हल्लियो जमिन थरथर
    भूकम्प प्रतिरोधी नहुँदा
    छिनमै सखाप गाउँघर ।
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    [१६]
    १)
    आउँछ हल्लाउँछ जान्छ
    देखिदैन  कतै  पनि
    सबैले भूकम्प मान्छ ।
    २)
    आयो भने भुइँचालो
    आत्तिएर नबस्नु घरमा
    भनी मेरै पालो ।
    ३)
    सचेत रहौँ अगाडि
    भुल भयो मबाट
    भन्न नपरोस् पछाडि ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँच खपन नपा - ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    [१७]
    १)
    ठाउँ सुरक्षित खोज्नू
    भूकम्प प्रतिराेधी संरचना
    पर्दछ हामीले रोज्नू ।
    २)
    खाट मुनि बस्नु
    चाहिने सामान ठिक्क
    भिर्ने झोलामा कस्नु ।
    ३)
    प्रकोप कहाँ टर्दछ ?
    प्रभुको एउटा लीला 
    जीवन अघि सर्दछ।
    ✍️ 
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    [१८]
    १)
    गएको थाहा हुने
    पत्तै नहुने आएको
    भूकम्पले पार्छ रुने ।
    २)
    डर त्रास भयो 
    भूकम्पले सुन्दर सहर 
    नाम निशानै गयो ।
    ३)
    हामीमै कमजोरी रहेछ
    हजुर ! प्रकृतिलाई नचिन्दा
    लाग्छ यस्तो भएछ ।
    ✍️
    शशी आचार्य 
    ~~~~<•>~~~~
    [१९]
    १)
    भुइँचालो जब आउँछ
    घर हैन साथी
    मनमुटु शिर हल्लाउँछ ।
    २)
    जीवनको भुइँचालो पनि
    जमिन हल्लिएपछि सँगै
    आउँछ केही नभनी ।
    ३)
    कुन होला संसारमा
    कम्पन नभोग्ने प्राणी
    अप्ठ्यारोमा अनि मारमा ।
    ✍️ 
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर  ।
    ~~~~<•>~~~~
    [२०]
    १)
    प्राकृतिक प्रकोप ठुलो
    गर्छ विनाश यसले
    नठान्नू कसैलाई मुलो ।
    २)
    कहाँबाट आयो देखिन्न
    भत्काएर जान्छ संरचना
    छेक्न हुन्थ्यो भेटिन्न ।
    ३)
    सकेसम्म सचेत बनौँ
    बचौँ अनि बचाऔँ
    विज्ञलाई सिकाउन भनौँ
    ✍️
    दीपा तिम्सना पौडेल
    ईलाम
    ~~~~<•>~~~~
    [२१]
    १)
    कहिले कसको पालो
    थाहै नदिएर आउँछ
    सङ्कट यो भुइँचालो ।
    २)
    प्रकृति प्रकोप भुइँचालो
    डर अनि त्रास
    बनेर आउँछ कालो ।
    ३) 
    समयममा सतर्क बनौँ
    कसलाई थाहा भोलि
    सतर्कता अपनाउन भनौँ ।
    ✍️
    शरद प्रधानाङ्ग
    विराटनगर - ७
    ~~~~<•>~~~~
    [२२]
    १)
    प्राकृतिक प्रकोप भूकम्प
    लोकको एक विनाशकारी
    विनायोजना तानिएको पम्प ।
    २)
    भूकम्प प्रतिरोधी घर
    रोकथाम मानवीय क्षति
    खेप्न पर्दैन कहर ।
    ✍️
    म्यामराज राई
    भोजपुर 
    ~~~~<•>~~~~
    [२३]
    १)
    आउँछ बेला बेला,
    हुन्छ धेरै क्षति 
    नगरौँ है खेला ।
    २)
    भूकम्पले लान्छ ज्यान
    बच्ने पो कसरी 
    सोचौँ बेलैमा समाधान ।
    ३)
    बस्ती धेरै भयो 
    थेग्न गाह्राे जमिनले 
    प्रकृति डराई गयो ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    ~~~~<•>~~~~
    [२४]
    १)
    आयो भूकम्प तर्साउँदै
    ज्यानको सुरक्षा गर्नुपर्छ
    जाला लास बर्साउँदै ।
    २)
    हरेक वर्ष आइरहन्छ
    भूकम्प ज्यान मार्ने
    सधैँ धनजन खाइरहन्छ ।
    ३)
    अपनाऔँ सुरक्षाका नीति
    ठुला भवन बनाउने
    छोडौँ अब रीति ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~<•>~~~~
    [२५]
    १)
    पूरै मथिङ्गल हल्लाउँछ 
    मन पनि चिसो ,
    सम्पूर्ण रूपमा गलाउँछ।
    २)
    स्तब्ध बनाएर जान्छ
    सायद अघोरी होला
    सिकार सम्झेर खान्छ ।
    ३)
    ध्वस्त बनाउँछ संसार
    भौतिक चिजबिजको क्षति
    देश विदेशमा समाचार ।
    ४)
    प्राकृतिक प्रकोपको गति
    गरेर छाड्छ विनाश
    विभत्स रूप अति ।
    ५)
    कहालीलाग्दो रूप हुन्छ
    घर भग्नावेश बनाइदिँदा
    पीडित जन रुन्छ ।
    ६)
    हलचल मच्चाएर गयो
    रुवायो धेरै जन,
    भूकम्प क्रूर भयो ।
    ७)
    केवल विक्षिप्त पार्‍यो
    पीडितको पीडित मान्छे
    बसाइँ पनि सार्‍यो ।
    ✍️
    पृथक प्रकृति, झापा
    ~~~~<•>~~~~
    [२६]
    १)
    भुइँचालाे जमिन मुनि
    नसाेचे बेलैमा हामीले 
    मिट्छ मानिसकाे जुनी ।
    २)
    बिर्सेर फेरि भुइँचालाे
    आयो शत्रु भएर
    बोकेर कालको जालो ।
    ३)
    आफैँ हुने सचेत
    उपाय खोज बच्ने 
    नभई हेर अचेत ।
    ४)
    भुइँचालाे आउनु भवितव्य
    सुझाव दियाैँ सबैलाई 
    बच्नलाई  बनाैँ  भव्य ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    ~~~~<•>~~~~
    [२७]
    १)
    हल्लिन्छ तलमाथि दायाँबायाँ 
    मुनि  म्याग्मा  तातो
    यमराजको कालो छायाँ ।
    २)
    रोज हुने ठाउँ
    पृथ्वीका सकल जन
    पार सुरक्षित गाउँ । 
    ३)
    खतरा खर्चालु बस्ती
    भूकम्प आई तहसनहस
    अकस्मात् उडाउँछ मस्ती ।
    ४)
    सरल सुलभ सामानले,
    घर बनाऔँ साथीभाइ
    जीवन हलुका कामनाले ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/१०/२
    ~~~~<•>~~~~
    [२८]
    १)
    बिना भय डर 
    गरौँ जीवनयापन आनन्दको 
    भूकम्प प्रतिरोधात्मक घर ।
    २)
    पृथ्वी थर्थर कमाई
    दिन्छ भुइँचालोले त्रास 
    प्राणीहरूको मन गलाई ।
    ३)
    भुइँचालो गएको आजै 
    नब्बेको माघ दुई
    जनजनमा छ ताजै ।
    ✍️
    बिके माकजू, भक्तपुर ।
    ~~~~<•>~~~~
    [२९]
    १)
    हुनपर्छ बेलैमा सचेत
    ज्यान लिन्छ भुइँचालोले 
    हुँदा यदि अचेत ।
    २)
    पत्तो हुन्न कहिले 
    आउँछ जान्छ भुइँचालो 
    ढुकढुक पारी जहिले ।
    ३)
    विनाश गर्छ जनको
    झार्छ सेखी यसले 
    बुद्धि बल धनको ।
    ४)
    घमण्ड अहङ्कार फाल
    भुइँचालोको बेलामा बस्ने
    ठुलो घरमा काल ।
    ५)
    बनाउँ सानो घर 
    यसरी जिन्दगीलाई सबैले 
    दिनुपर्छ है भर ।
    ६)
    चाल चिन्तन चरीत्र 
    शुद्ध गर्दै हिँडेमा 
    बन्छ प्रकृति पवित्र ।
    ७)
    सोचविचार गरेर कर्ममा 
    भर पर्दछ भविष्य 
    भाव व्यवहार धर्ममा ।
    ✍️
    दीपा गुरुङ्ग(समभाव)
    बुनपा-१२, काठमाडौँ
    ~~~~<•>~~~~
    [३०]
    १)
    भूकम्प यसको नाम
    छैन अन्त्य आदि 
    धरा हल्लाउँने काम ।
    २)
    कालको रूपमा आउँछ
    क्षति, दुःख, गरिबी
    यमराजको नाम पाउँछ ।
    ३)
    सबै सचेत बन
    बलिया घर बनाई
    ढुक्क बनाऊ मन ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    ~~~~<•>~~~~
    [३१]
    १)
    भूकम्पको आए  धक्का 
    बेला  बेला आउँछ 
    ज्यान जोगाउनु पक्का ।
    २)
     भूकम्पले  लिन्छ ज्यान 
     आउँछ कति बेला 
    सबैले दिनुपर्ने ध्यान ।
    ✍️
    श्री कृष्ण धामी - बझाङ
    ~~~~<•>~~~~
    [३२]
    १ )
    भूकम्पले बस्ती खायाे
    जनधनकाे भयो बिचल्ली
    सारा मानव रूवायाे ।
    २)
    भत्केकाे अवशेष पन्छाउँदै 
    कति सुस्केरा हाल्ने ?
    विरही गीत गाउँदै ।
    ३)
    बाँच्नै मुस्किल हरे !
    जिन्दगी चलाउने कसरी ? 
    आशा सबै मरे ।
     ✍️
    हरिगाेपाल प्रधान 
    काभ्रे पलाञ्चाेक, बनेपा १४ साँगा बजार
    ~~~~<•>~~~~
    [३३]
    १)
    अचानक देखा परेर 
    मच्चाउँछ तहल्का ठुलो
    धनजनको क्षति गरेर ।
    २)
    विनाशको छैन सिमाना
    हुन्न थाहा कसैलाई
    को बन्छ निसाना ?
    ३)
    भूकम्प प्रतिरोधक घर
    उपाय सुरक्षित रहने
    पर्दैन मान्नु डर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ~~~~<•>~~~~
    [३४]
    १)
    आज भूकम्प दिवस 
    भूकम्प पीडित जनता
    भोग्दै पालमा सकस ।
    २)
    पीडित पाल मुनि
    दिवस केवल नाटक
    गर्दै नाेटकाे धुनी ।
    ✍️
    प्रद्युम्न चालिसे 
    भक्तपुर कटुञ्जे ।
    ~~~~<•>~~~~
    [३५]
    १)
    हेर्दा पनि देखिदैँन 
    भएपछि कम्पन यहाँ 
    कहीँ कतै छेकिदैँन
    २)
    जति आउँछ ठूलाे
    कसैको हुन्न वशमा 
    उति पारिदिन्छ धुलाे ।
    ३)
    नदेखिए पनि आवरण
    हाेसियारी सदा अपनाऔँ
    जगाउँदै सबैमा जागरण ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा
    ~~~~<•>~~~~
    [३६]
    १)
    भूकम्पले बनाउँछ वित्रास  
    प्रकृति प्रकोप हो 
    हुँदैन कसैको खास ।  
    २)
    दुनियाँ हल्लाउँछ जान्छ
    राख्दैन केही पनि 
    अकालमा ज्यान लान्छ । 
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    [३७]
    १)
    आज भूकम्प दिवस
     त्रिपाल मुनिका पीडित 
    भोकै  बस्न  सकस ।
    २)
    जब आउँछ भुइँचालो
    कहिल्यै पुर्न  नसकिने
    पारेर जान्छ भड्खालो l
    ३)
    झाङ्गिएको कङ्क्रिट वनमा
    आँखा  लाउँछ भुइँचालोले
    जन   अनि  धनमा l
    ४)
    बदलौँ अब मति
    प्रतिरोधी संरचना नभएमा
    भूकम्पले गर्दछ क्षति  l
    ५)
    चेतनामूलक सन्देश छरौँ
    जोखिम न्यूनीकरण गर्न
    मिलिजुली लागि  परौँ l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    [३८]
    १)
    छल्कियो पानी तालको
    हल्लायो बेस्सरी भूकम्पले
    मुखमा पार्‍यो कालको ।
    २)
    बनाउँछ भूकम्पले केन्द्रविन्दु
    छुटाएर राख्दैन कसैलाई
    जाति मुसलमान हिन्दु ।
    ३)
    आउँछ भूकम्प कहिले
    सार्छ पाइला कसरी
    सतर्क रहनुपर्छ पहिले ।
    ✍️
    मोती सुब्बा 
    दार्जिलिङ, भारत।
    ~~~~<•>~~~~
    [३९]
    १)
    डर त्रास भराउँछ
    विनाशकारी हुन्छ भुइँचालो 
    धर्ती चिरा बनाउँछ ।
    २)
    हल्लाउँछ आफू हराउँछ
    पापी हुन्छ भुइँचालो 
    जनधन क्षति गराउँछ । 
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~<•>~~~~
    [४०]
    १) 
    भूकम्पले सङ्केत दिँदैन 
    सबैजना सचेत भए
    यसले ज्यान लिँदैन ।
    २)
    ठुलो सानाे चिन्दैन 
    सुटुक्क आउँछ धर्तीमा
    धनी गरिब बिन्दैन 
    ३) 
    धेरै भुकम्प आए 
    जनताले राहतको नाउँमा
    खोइ के पाए ?
    ✍️
    उर्मिला के.शी.
    धनकुटा
    ~~~~<•>~~~~
    [४१]
    १)
    संसार हल्लाउँदै आउँछ 
    विनाशकारी भूकम्प त्यो
    मनमा त्रास छाउँछ ।
    २)
    बलियाे बनाउँ संरचना
    भूकम्पले क्षति नहुने
    गराैँ आजै याेजना ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~<•>~~~~
    [४२]
    १)
    भूकम्प  दिवस मनाऔँ
    सबैले सजग भएर
    घर निर्माण  गराऔँ ।
    २)
    सानो  घर बनाऔँ
    झुपडीमा  नै बसेर
    परिवार सबै रमाऔँ ।
    ३)
    भूकम्प  आयो  सुटुक्क 
    घर गोठ भत्कायो
    मन भयो  कुटुक्क ।
    ४)
    हुनुपर्छ सबै सचेत 
    घर निर्माण गर्दा
    नभई यसै अचेत ।
    ५)
    हेर्न नसकिने रहेछ
    कस्तो  अचम्मको  होला
    कसरी आएर गएछ ।
    ✍️
    कला ढकाल
    झापा दमक।
    ~~~~<•>~~~~
    [४३]
    १)
    पुर्‍याऔँ निर्माणमा ध्यान
    होइन हजुर भूकम्पले
    संरचनाले लिन्छ जान ।
    २)
    त्राही त्राही बनाउँछ
    थाहा हुँदैन त्यो
    कति बेला आउँछ ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~<•>~~~~
    [४४]
    १)
    भुइँचालाेकाे लाग्छ डर 
    महान विनाशकारी हाे 
    ज्यानको रहन्न भर ।
    २)
    भत्काउँछ ठुलठुला घर 
    राेकथाम गर्न यसलाई
    उपाय सबैले गर ।
    ३)
     मनमा लागेको पीर 
    विनाशकारी भुइँचालाे आउँदा 
    जनताहरू छैनन् धीर ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम । हाल भारतबाट 
    ~~~~<•>~~~~
    [४५]
    १)
    वनको विनाशले गर्दा
    भूकम्पको झड्का लाग्छ
    जथाभावी बसाइँ सर्दा ।
    २)
    काममा डर भगाए
    हराभरा हुन्छ हेर
    सबैले बोट लगाए ।
    ३)
    जनको घनत्व बढेको
    भूकम्प जाने खतरा
    धेरैले छैनन् पढेको ।
    ✍️
    आर्त अकुलीन
    ~~~~<•>~~~~
    [४६]
    १)
    दैवीप्रकोप यो विश्वभरि
    प्रकृतिको मानव संहार 
    नरोकिने भयो हरि ।
    २)
    डर देखाएर गयो
    महान प्राकृतिक प्रकोपले
    मनुष्य चेतनाहीन भयो ।
    ३)
    नब्बे सालको भूकम्प 
    सुनिन्छ अझै डरलाग्दो
    प्रकृतिको यो पम्प ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    
    ~~~~<•>~~~~
    [४७]
     १)
    हल्लिँदा जमिन थर्थर
    मन डरायो देखी
    भूकम्पको सधैँ बर्बर ।
    २) 
    भत्क्याे घर गाेठ
    पुरिए बस्तु सबै
    काम्याे थर्थर ओठ ।
    ३)
     दाेष थिएन कसैकाे
     गुम्याे सबै रहर 
    भयो सत्यानास सबैको ।
    ४)
     हल्लायाे जमिनसँग घर
     दगुर्दै खाली मैदानमा
     मनमा लागेर डर ।
    ५)
    आधा शरीर पुरियाे
    रुँदै आँंखाभरि आँसु
    पुरै रात कुरियाे ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~~~<•>~~~~
    [४८]
    १)
    जमिन चल्दा आपत
    भयो नाश जनधनको 
    सबैमा हुनुपर्छ अवगत ।
    २)
    उत्खनन् रोकौँ हामी
    प्रकृति प्रकोप रोक्न
    वृक्ष लगाऔँ दामी ।
    ३)
    चल्दा सकेसम्म जमिन
    जाऔँ खाली ठाउँमा
    सुरक्षाको गरी एकिन ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    [४९]
    जगत भयो रुवाबास
    काल बनेर आयो
    गर्‍यो धेरैको सर्वनास ।
    ✍️
    मोती पोखरेल 
    ~~~~<•>~~~~
    

    5 thoughts on “भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मङ्गलवार सम्पन्न

    1. I loved even more than you will get done right here. The overall look is nice, and the writing is stylish, but there’s something off about the way you write that makes me think that you should be careful what you say next. I will definitely be back again and again if you protect this hike.

    2. I loved even more than you will get done right here. The overall look is nice, and the writing is stylish, but there’s something off about the way you write that makes me think that you should be careful what you say next. I will definitely be back again and again if you protect this hike.

    3. I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my mission

    Leave a Reply