पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष झिल्का लेखन शृङ्खला- ४ सम्पन्न

  • १ माघ २०८०, सोमबार १५:०६ मा प्रकाशित
  • झिल्का कविता लेखन अभ्यासको चौथो शृङ्खला सम्पन्न भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर झिल्का साहित्य समाज, नेपालले उक्त कार्यक्रमको गरेको थियोे । कार्यक्रममा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ४ दर्जन बढी झिल्काकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ४ (पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता  दिवस विशेष)
    
    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव
    ~~~~~~~~~~~~~~~~~~
    [१]
    युद्ध चरण चरण 
    गरेरै पृथ्वीनारायण शाहले
    गरे नेपाल एकीकरण !
    १)
    पसिना  यही  माटोमा
    बगाए  अगाडि  बढ्दछ
    देश प्रगतिको बाटोमा ।
    २)
    खाइ नखाइ गरेर
    लडे देशभक्त युवाहरू
    कति गए मरेर ।
    ३)
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    २०८०/९/२७
    ~~~~<•>~~~~
    [२]
    रह्नेछ पृथ्वीमा नाम
    इतिहास बन्ने यहाँ
    गरेर जनहित काम ।
    १)
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    [३]
    उदय वंशको शाह
    पृथ्वीनारायण शाहबाटै सुरु
    नेपालको एकिकरण वाह !
    १)
    पृथ्वीनारायणलाई गरौँ सह्रनी
    एकताको लागि उनले
    कतिलाई गरे अह्रनी ।
    २)
    पृथक पृथक गरेर
    बन्यो उनैबाट नेपाल 
    गए योद्धा मरेर ।
    ३)
    अहिलेको नेताको पारा
    अरूको अगाडि लम्पसार
    भए साह्रै हुतिहारा ।
    ४)
    सारा जन मिल्दाखेरि
    देश अघि बढ्थ्यो
    भएन केही हत्तेरी ।
    ५)
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    [४]
    अखण्ड देशका लागि
    एकता यो बनिरहोस्
    सङ्घर्ष गरौँ नभागी ।
    १)
    पृथ्वी दिवस मनाऊँ
    एकता बलियो सन्तान
    देशभक्ति गित गाऊँ ।
    २)
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    [५]
    ज्यानको बाजी लगाई
    एउटै देश बनाए
    पृथ्वीनारायणले पसिना बगाई ।
    १)
    टुक्रा राज्य जोडेर 
    एउटै घर बनाए
    दुश्मनकाे शक्ति तोडेर ।
    २)
    कुटनैतिक चाल गरेकाे
    सिङ्गो राज्य बनाउन
    थियोे बैरीसँग लड्नुपरेकाे ।
    ३)
    पृथ्वीनारायणले युद्ध गरे
    एउटै देश बनाउन
    युवाहरू कति मरे ।
    ४)
    राज्य बिस्तार गरे 
    इतिहासमा नाम लेखाउँदै
    एकताको सन्देश छरे ।
    ५)
    ✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~<•>~~~~
    [६]
    टुक्रा राज्य एकीकरण
    गरे पृथ्वीनारायण शाहले,
    लडेर  हरेक  चरण।
    १)
    शाहसी  एक  थिए 
    गोर्खाली पहिचान बनाई 
    राष्ट्रलाई योगदान दिए ।
    २)
    इतिहासमा नाम राखे
    राष्ट्र  निर्माण  गर्दा,
    जोखिममा आफूलाई जाके ।
    ३)
    पुष्पा राई, खाेटाङ।
    २०८०।०९।२७।
    ~~~~<•>~~~~
    [७]
    एकीकरणको सुत्रपात गरेर
    नेपाल सिँङ्गो बनाउँदै
    पृथ्वी  गए  मरेर ।
    १)
    मेटिँदैन इतिहास उनको
    पृथ्वी जयन्ती मनाऔँ
    सम्झना राखौँ गुनको ।
    २)
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी
    ~~~~<•>~~~~
    [८]
    अनेकतामा एकता खोज्दै
    मान्छे भौँतारिएर हिँडिरहेछ
    एकतामा अनेकता रोज्दै ।
    १)
    ✍️ धुर्व श्रेष्ठ 
    ~~~~<•>~~~~
    [९]
    मिलाएर सबै प्रबन्ध
    एकताको मालामा पृथ्वी
    छरेका माटोको सुगन्ध !
    १)
    बिहानी पूर्वको लाली
    गाउँघर भएको उज्यालो
    सुन्दर मेची महाकाली !
    २)
    भयो हाम्रो एकीकरण
    अनेकतामा एकताको पाठ
    ठुलो बन्यो समिकरण !
    ३)
    मनको कालो  हटाएर
    एकतामा भावमा सधैँ
    देशको प्रेम जगाएर !
    ४)
    मलिलो देशको माटो
    पृथ्वीको सौम्य सपना
    सुन्दर गाउँघरको बाटो  !
    ५)
    ✍️ आर्त अकुलीन
    ~~~~<•>~~~~
    [१०]
    तिमीले चालेका पाइला
    छाडेका सफलता पाएर 
    पृथ्वीको हातै दाहिना ।
    १)
    टुक्रिएका राज्यको रचना
    नेपाल एउटै मालामा
    बनायौ देशको संरचना ।
    २)
    आधार सिङ्गो देशले
    हरेक लडाइ जितेर
    पृथ्वी खोज्छ परिवेशले ।
    ३)
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    [११]
    झिल्का अगुल्टो बन्नुपर्छ
    साथ भरोसा लेखकको
    भ्रष्टाचारको खोइरो खन्नुपर्छ ।
    १)
    तातेताते हिँड्दैछ झिल्का
    हात समातेर तान्नुपर्छ
    भ्रष्टलाई सम्झेर छिल्का ।
    २)
    देशका लागि लड्नेहरू
    चरण चरणमा मारिए
    उचाइमा पुराउन चड्नेहरू । 
    ३)
    पुर्खाहरूको एकता दिवस
    कोही रेटिए मारिए
    लड्नैपर्ने मिली आपस ।
    ४)
    ✍️ चुडामणी देबकोटा 
    चनपा १३ काठमाण्डौ
    ~~~~<•>~~~~
    [१२]
    एकताको माला गाँसेर
    इतिहासमा उदाहरणीय बने
    खण्ड खण्ड मासेर ।
    १)
    सिङ्गो राज्यको बिस्तार
    नेपाल नेपालीको चिनारी
    बनाएर छाडे सार ।
    २)
    कस्तो सरकार अहिले
    जनताको वास्ता नगर्ने,
    बुझ्दैनन् पिर कहिले ।
    ३)
    नितान्त जोखिम मोलेर
    पृथ्वीनारायण शाहले गरे
    एकीकरण हृदय खोलेर ।
    ४)
    लड्दै जितेका थिए
    राष्ट्रको हित सोचेर 
    उनले दिव्योपदेश दिए ।
    ५)
    गर्छन् किन जालझेल
    केवल अपारदर्शी नीति,
    नबुझिने राजनीति खेल ।
    ६)
    नमूना हाम्रो नेपाल
    प्राकृतिक स्रोतको धनी
    छन् सुन्दर हिमाल ।
    ७)
    ✍️ पृथक प्रकृति, झापा
    ~~~~<•>~~~~
    [१३]
    राष्ट्रनिर्माता देशका हाम्रा
    पृथ्वीनारायण  शाहले गरे
    एकताको  सन्देश  राम्रा ।
    १)
    राज्य बिस्तार गरेर
    इतिहासमा नाम राखे
    गए अमर भएर ।
    २)
    पौष सत्ताइस मनाऊँ
    सारा देशभक्त जनता
    शान्तिको सन्देश गुन्जाऊँ ।
    ३)
    टुक्रे राज्य  जोडेर
    एकताको  सुत्र उनी
    गए संसार छोडेर ।
    ४)
    ✍️ कला ढकाल
    झापा दमक।
    ~~~~<•>~~~~
    [१४]
    शिसाझैँ हेर फुटेर
    टुक्रा टुक्रामा टुक्रिए
    लैजाला देश लुटेर ।
    १)
    नगरौँ भाइ अबेर
    एकता बल हो
    कमिलाको दल हेर ।
    २)
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    ~~~~<•>~~~~
    [१५]
    इतिहासको पाना हेरेर
    पृथ्वी पृथक देखिए
    यही माटोमा जन्मेर ।
    १)
    हरेक चरणमा लडेर
    टुक्रिएको राज्य एकीकरण
    स्वागत दिल खोलेर ।
    २)
    एकतामा बढेर अस्तायो
    त्यो वीर पृथ्वीनारायण 
    झगडा नगर्न खटायो ।
    ३)
    नेपाल एकीकरण गरी
    तिमी परलोक गयौ
    एकताको सन्देश छरी ।
    ४)
    एवाइ प्रभात
    धनकुटा सहिदभुमि -३,कोड्लाङ
    ~~~~<•>~~~~
    [१६]
    गरेर फरक काम 
    देश जनताको लागि 
    राख्यौ आफ्नो नाम ।
    १)
    लगायौ ज्यानको बाजी
    देश एकीकरण गर्‍यौ
    बनाई जनता राजी ।
    २)
    ✍️ रुना कर्माचार्य दाहाल 
    चितवन
    ~~~~<•>~~~~
    [१७]
    जुटेर अगाडि सरौँ
    सबैलाई देशको माया
    अब खुसीले भरौँ ।
    १)
    देशले चिनारी दियो
    सबैलाई अब चिनाऊ
    यसैको हामी थियो ।
    २)
    उन्नति विकास भराऊ
    हामी यही देशका
    एकताको परिचय गराऊ ।
    ३)
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~<•>~~~~
    [१८]
    लिन सकाैँ ज्ञान
    बल हुन्छ एकतामा
    दिए सबले ध्यान ।
    १)
    मानेर ठुलाे गर्व
    देशभर सबले मनाऔँ
    राष्ट्रिय एकताको पर्व ।
    २)
    स्वार्थभन्दा माथि उठेर
    उचालाैँ सान देशकाे
    एकसाथ हामी जुटेर ।
    ३)
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    ~~~~<•>~~~~
    [१९] 
    विचार आएर  सुपुत्रमा 
    खण्डित यो देशलाई 
    रचे एकताको सूत्रमा ।
    १)
    सयौँ भाषा जाति 
    एकतामा बाँधिए मात्रै 
    चर्किन्न नेपालको छाती ।
    २)
    तराई पहाड हिमाल 
    सबै जुट्न सकेमा 
    बन्छ सुन्दर नेपाल ।
    ३)
    ✍️ बाबुराम पाण्डे 
    अर्घाखाँची
    ~~~~<•>~~~~
    [२०]     
    शब्दमा मात्र नहोस् 
    राष्ट्रको राष्ट्रिय एकता 
    सबैको काममा रहोस् ।
    १)
    राष्ट्रको स्वाभिमान खातिर 
    चेतना, विकास, समृद्धि 
    एकताले हुनेछ आखिर ।
    २)
    ✍️ प्रेम थापा "मन"बागलुङ
    ~~~~<•>~~~~
    [२१]
    बगाए पसिना माटोमा
    हरेक दिन हिँडेर
    देशको  पवित्र बाटोमा !
    १)
    हुनुपर्छ देशमा एकता 
    पृथ्वीनारायणको जस्तै अहम् 
    साहस अनि प्रतिबद्धता ।
    २)
    पृथ्वीको जस्तो चाहना 
    होस् हामी सबैको
    यही छ शुभकामना !
    ३)
    ✍️ श्रीकृष्ण  धामी - बझाङ
    ~~~~<•>~~~~
    [२२]
    राष्ट्रनिमार्ण भन्नै लाज
    कार्यशैली उल्टाे भयो 
    स्वाभिमान खोइ आज ।
    १)
    ✍️ जि.बि.चिन्तन 
    ~~~~<•>~~~~
    [२३]
    साना राज्य जोडेर 
    बनाए सिङ्गो घर
    वैरीको सेखी तोडेर !
    १)
    प्रजा हर्षित थिए
    एउटै डालीमा राख्दा
    सबै दुश्मन देखिए ।
    २)
    टुक्रा राज्य सगाल्न
    कुटिनीतिको चाल चले
    राज्य बिस्तार थाल्न ।
    ३)
    गर्जिन्थे शेर बनेर
    घर बिगार्ने वैरीको 
    टाउको काट्थे गनेर ।
    ४)
    ✍️ सीमा कार्की समर्पण
    झिल्का कविता लेखन अभ्यास 
    ~~~~<•>~~~~
    [२४]
    टुक्रा टुक्रा थियो
    सिङ्गो राष्ट्र बनाए
    जनतामा बालेर दियो ।
    १)
    पूरा गरे रहर
    बसेर जनताको मनमा
    बनाए ठुलो सहर ।
    २)
    उच्च पारौँ शिर
    जिवनमा आज्ञाकारी भई
    मानेर उनलाई वीर ।
    ३)
    ✍️ अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    [२५]
    पृथ्वीनारायणको सम्झेर चरण 
    आत्मादेखि नै गरौँ
    राष्ट्रनिर्मातालाई सधैँ  स्मरण !
    १)
    बल बुद्धि धन 
    उनेर एउटै मालामा 
    सम्पुर्ण नेपाली मन !
    २)
    हिमाल पहाड तराई
    राखौँ उच्च विचार 
    नसम्झी कोही  पराइ !
    ३)
    समभावको मन्त्र  गुनेर 
    सम्पूर्ण नेपाली जनलाई 
    एउटै मालामा उनेर !
    ४)
    विविधतामा एकताको मलजल 
    शान्त देश बुद्धको
    रहोस् सदा अटल !
    ५)
    छाया परे महामानव
    हावी भए यहाँ 
    मानव रूपी दानव !
    ६)
    डुब्नै लाग्यो देश 
    महामानव आऊ फेरि  
    बदलेर रूप भेश !
    ७)
    ✍️ दीपा गुरुङ 
    ~~~~<•>~~~~
    [२६]
    भिन्न भिन्न जातभित्र
    पृथ्वीको शासन अघि
    थियो अर्कै मानचित्र ।
    १)
    देशमा अशान्ति थियो
    पृथ्वीनारायण शाहको कारणले
    सबैमा एकता दियो ।
    २)
    आपसमै युद्ध हुन्थ्यो
    एकीकरण अघिका देश
    एकअर्काको कहाँ सुन्थ्यो ?
    ३)
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~~~<•>~~~~
    [२७]
    छरिएका फूल उनेर 
    एउटा माला बनाए 
    अस्तित्व रहन्छ भनेर । 
    १)
    देशको शिर उठाए 
    भविष्य पहिल्यै सोचेर 
    आफ्ना सैनिक पठाए । 
    २)
    नेपाल भन्न पायौ 
    वीरको रगतले कोरेको 
    नेपाली गीत गायौ । 
    ३)
    ✍️ सुस्मिता अधिकारी,काठमाडौँ
    ~~~~<•>~~~~
    [२८]
    नेपालविना त हामी
    कहाँ, कसरी हुन्थ्यो
    पहिचान नेपाली नामी । 
    १)
    पृथ्वीको अटल सान
    नेपाल देश हो
    सबै नेपालीले जान ।
    २)
    हाम्रा पृथ्वीनारायण शाह
    जयहोस् तिम्रो सदा
    देश नेपाल वाह ! 
    ३)
    ✍️ बिके माकजू , भक्तपुर ।
    ~~~~<•>~~~~
    [२९] 
    आउनू आज एकफेर
    सहिदको गुणगान गरौँला
    गाउँ धरा बसेर ।
    १)
    म पुज्छु धर्तीलाई
    दिन्छ मलाई प्राण
    आउन सम्पूर्ण दाजुभाइ ।
    २)
     ✍️ मुक्ति कफ्ले
    भारत, असम (कोक्रझार)
    ~~~~<•>~~~~
    [३०]
    कुटनैतिक खाडल खन्यो
    पृथ्वीनारायण शाहकै अगुवामा
    सिङ्गो नेपाल बन्यो ।
    १)
    शाह गोरखाबाट उदाए
    गरेर जनताको हित
    नुवाकोटको देवघाटमा अस्ताए
    २)
    ✍️ भुपेन्द्र राना मगर 
    धादिङ
    ~~~~<•>~~~~
    [३१]
    एकीकरण पृथ्वीले आँटेका
    विशाल   बनाई   नेपाल 
    एकताको सुत्रमा बाँधेका ।
    १)
    निस्वार्थ  थियो  एकता 
    बिखण्डनवादीले जे भन
    पाइन्न यस्तो जतातता ।
    २)
    एकता  हुन्छ  मायाले 
    मुटुमा  राखेर  माटो 
    बस्नुपर्छ देशको छायाले ।
    ३)
    फूलबारी  हो  बहुजातकाे
    नेपाल   साझा   घर 
    परिचय आपतमा ओैकातकाे ।
    ४)
    प्रतिबद्ध बनौँ एकतामा
    हामी  जातै  नेपाली 
    विश्वास नगराैँ जडतामा ।
    ५)
    ✍️ रामप्रसाद पुरी ,बादेल, खाेटाङ ।
    ~~~~<•>~~~~
    [३२]
    फुटेर हैन जुटेर
    राष्ट्रियता तब बाच्ला
    नत्र लैजाला लुटेर ।
    १)
    स्वाधीनताले  उठ्दछ गर्व
    विविधतामा थियो  एकता
    जुटेर सबै वर्ग ।
    २)
    भाइ भाइमा फुट
    राष्ट्रघात यहीँ  हो
    गर्छ वैरी ब्रह्मलुट ।
    ३)
    किन चेतना गिर्‍यो
    नेपाली  जन जनको
    यसैले आमालाई  पिर्‍यो ।
    ४)
    विन्ती नाम नाममा
    फुटेर नगुमाऊ  अस्तित्व
    जुटौँ एकताको काममा ।
    ५)
    ✍️ मनोहरी पौडेल 
    गैडाकोट १
    २०८०/९/२७
    ~~~~<•>~~~~
    [३३]
    पुर्खाको रगतले बनेको
    हाम्रो स्वाभिमान नेपाल
    विश्वमा सगरमाथा सजेको ।
    १)
    हिमाल पहाड तराई 
    गोर्खालीको यो सान
    कोही छैन पराइ ।
    २)
    उत्तर हिमाल टल्किन्छ
    नेपाल देश प्यारो
    तराई समथर झल्किन्छ ।
    ३)
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर -७
    ~~~~<•>~~~~
    [३४]
    पृथ्वीनारायण एक गरे
    अहिले नेता भ्रष्ट 
    के हुन्छ भरे ?
    १)
    अनेक फूल जोड्यौ
    देशको एउटै माला
    बनाई तिमी छोड्यौ ।
    २)
    राष्ट्रिय गहना थियौँ 
    भारेभुरे थिए राज्य
    एक बनाई दियौँ !
    ३)
    ✍️ शोभा आचार्य गौतम 
    काठमाडौँ
    ~~~~<•>~~~~
    [३५]
    योजना बोकेर ताजा
    सपना एकीकरणको महत्त्वाकाङ्क्षी
    पृथ्वी गोरखाका राजा ।
    १)
    विशाल नेपालको निर्माता
    थरी थरी फूलहरू
    ओढाए एउटै छाता ।
    २)
    ✍️ म्यामराज राई, भोजपुर ।
    ~~~~<•>~~~~
    [३६]
    हरेक राज्यलाई बुन्यौ
    उन्यौ यौटै मालामा 
    सयौँ शब्दहरू गुन्यौ ।
    १)
    तिमीले आर्जेको देश
    आजकाल राक्षसको भेषमा
    देशमा विदेशीको प्रवेश ।
    २)
    एक राजनेता थियौ
    साँच्चिकै होनहार राजा
    नेपालीलाई नेपाल दियौ ।
    ३)
    ✍️ शशी आचार्य 
    ~~~~<•>~~~~
    [३७]
    एकतामा एक दियो
    हुँदा पृथ्वीनारायण शाह
    स्वर्गको देश थियो ।
    १)
    ✍️ कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~~~<•>~~~~
    [३८]
    आऊ एता उठेर 
    सफाइ गराैँ देशको
    नरनारी सब जुटेर ।
    १)
    टुक्रा  राज्य जाेडेर
    पृथ्वी नामका राजाले
    गए नासाे छाेडेर ।
    २)
    ज्यानको  बाजी  लगाए
    राजा पृथ्वीनारायणले हेर
    सैतान टाढा  भगाए।
    ३)
    ✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~<•>~~~~
    [३९]
    बोकेर मन्त्र एकीकरणको
    उदाए  पृथ्वी  ध्रुवतारा
    सारा गणराज्य समीकरणको ।
    १)
    जुटौँ जनता सकसको
    गाऔँ सुरिलो गीत
    राष्ट्रीय एकता दिवसको ।
    २)
    नबाचौँ हामी फूटेर
    अपसकुन बन्छ जातिको
    अघि  बढौँ जुटेर ।
    ३)
    ✍️ मोती सुब्बा 
    दार्जिलिङ, भारत।
    ~~~~<•>~~~~
    [४०]
    एक भएर मनाऔँ
    राष्ट्रिय एकता दिवस
    अखण्ड नेपाल बनाओैँ । 
    १)
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी 
    (२७ पुस २०८०)
    ~~~~<•>~~~~
    [४१]
    एउटै मालामा उनेर 
    चारवर्ण छत्तिस जातलाई 
    साझा चौतारी चुनेर 
    १)
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    [४२]
    एकता हुनुपर्छ मनको
    वर्गीय एकतामा मात्र
    भलाइ यावत् जनको ।
    १)
    मुठ्ठी कस्नुको प्रतिफल
    समान मजबुत किल्ला
    बनाउँछ सशक्त सबल ।
    २)
    ✍️ कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    [४३]
    पृथ्वी थिए बडामहाराजा
    देशमा एकता बनाउने
     नेपाली जनताका साझा ।
    १)
    नेपालका राष्ट्रिय विभूति 
    एकीकरण गरे टुक्रिएकोमा
    दलबल बनाई राउती ।
    २)
    ✍️ भगवती दवाडी ,झापा
    ~~~~<•>~~~~
    [४४]
    विदेशी शक्तिको हरण
    लगाएर ठुलो जुक्ति
    गरे नेपालको एकीकरण ।
    १)
    दिव्य उपदेश राम्रा
    नेपाल एक बनाउने
    नायक पृथ्वीनारायण हाम्रा ।
    २)
    टुक्रा टुक्रा जोडेर
    नेपाल एउटै बनाए
    दुश्मनका गर्धन तोडेर ।
    ३)
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~~~~<•>~~~~
    [४५]
    राष्ट्रिय एकता दिवस
    विवश आनाकानी गर्नेहरू 
    नगरी कुनै बहस l
    १)
    बाँधे देशलाई एकसूत्रमा
    जनमन माझ भिजेर
    कहलाए सच्चा राष्ट्रपुत्रमा  l
     २)
    राष्ट्रका हुन् हिरा
    बनाए अखण्ड राज्य
    जोडेर कैयन् चिरा l
    ३)
    लडेर वीरताको समर
    सिङ्गो नेपाल बनाई
    बने युगपुरुष अमर l
    ४)
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    [४६]
    नेपाल एकिकरण गरे
    बडामहाराजाधिराजले तर आज
    देश विदेशीले  भरे ।
    १)
    नेपाल नामाकरण गरेर
    जिम्मा दिए सन्ततिलाई 
    गए दिव्याेपदेश छरेर ।
    २)
    टुक्राटुक्रा राज्य उनेर
    विशाल नेपाल बनाए 
    सबैकाे सल्लाह गुनेर ।
    ३)
    ✍️ प्रद्यम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    ~~~~<•>~~~~
    [४७]
    टुक्रिएको राज्य एकीकरण
    गर्दा  पृथ्वीनारायण शाहले
    छोएनन् कसैको चरण l
    १)
    पृथ्वीनारायण एक थिए
    टुक्रिएकाे राज्यलाई बनाई
    राष्ट्रलाई याेगदान दिए ।
    २)
    ज्यान जाेखिममा राखी
    विशाल  देश बनाए
    भक्तलाई च्यापेर काखी ।
    ३)
    ✍️ सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    ~~~~<•>~~~~
    [४८]
    एउटै फूलमालामा  गाँसेर 
    वीर साहसमा लड्दै 
    पृथ्वीनारायण गए हाँसेर ।
    १)
    पूर्खाले आर्जेकाे नेपाल 
    आहा ! रमणीय लाग्ने 
    सुन्दर देश विशाल ।
    २)
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ~~~~<•>~~~~
    [४९]
    इतिहास बनायौ राम्रो 
    गरेर सङ्घर्ष धेरै
    बचायौ स्वाभिमान हाम्रो ।
    १)
    एकतामा हुन्छ शक्ति
    गरेर मिहेनत हेर
    कर्तव्य हो भक्ति ।
    २)
    अखण्ड नेपाल बनायौ
    पछि राखेर चुनौति
    वीर गोर्खाली कहलायौ ।
    ३)
    ✍️ दिपा तिम्सना पौडेल-ईलाम
    ~~~~<•>~~~~
    [५०]
    पृथ्वीको सन्देश देशभक्ति
    अनुशरण गरे सबैले
    एकतामा हुन्छ शक्ति 
    १)
    जोगाउन यो देश
    सबै बढौँ अगाडि
    आफ्नाे भाषा भेश । 
    २)
    कहाँ गयो स्वाभिमान ?
    अब हाम्रो पालो
    जोगाउनु पर्छ अभिमान ।
    ३)
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~~~~<•>~~~~
    [५१]
    राष्ट्रका गहना थिए
    पृथ्वी सबैले बुझौँ
    सिङ्गो राष्ट्र दिए ।
    [१]
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~<•>~~~~
    [५२]
    सबै एक भयो
    टुक्रा भएको राज्य
    माला बन्दै गयो ।
    १)
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    ~~~~<•>~~~~
    [५३]
    अत्यन्त दुरदर्शी पहरेदार 
    शान्ति   सम्वृद्धि  एकता
    श्रद्धासिक्त भक्ति बारम्बार !
    १)
    गर्न सकेमा पालना
    उनका ती दिव्योपदेशहरूको 
    राष्ट्र विकासको सम्भावना ।
    २)
    स्वदेशी कपडा लगाऊ
    उपदेशहरू दिव्य थिए 
    स्वदेशमै उब्जाएर खाऊ ।
    ३)
    एउटै फूलबारी सबको
    सबै वर्ण जातजाति
    भन्थे राजा जगको ।
    ४)
    अर्पण गर्दछु श्रद्धाभक्ति
    पृथ्वी जयन्ती विशेष
    सर्वमान्य एकता शक्ति ।
    ५) 
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    ~~~~<•>~~~~

    Leave a Reply