झिल्का कविता लेखन अभ्यास शृङ्खला- ३

  • २६ पुष २०८०, बिहीबार १९:५१ मा प्रकाशित
  • झिल्का कविता लेखन अभ्यासको तेस्रो शृङ्खला सोमवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज, नेपालको आयोजनामा आयोजित उक्त शृङ्खलामा थुप्रै झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ५ दर्जन झिल्काकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ३
               विषय- स्वतन्त्र
    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव
    ~~~~~~~~~~~~~~~~~~~
    [१]
    १)
    दु:खमा मिलेन साथ
    बढाएर के गर्छौ ?
    खाली सुखमा हाथ ।
    २)
    मुटुमा  दिएर  चोट
    एकाएक गयो निष्ठुरी
    लगाई अमिट खोट ।
    ३)
    आँखा ओछ्याएर हरपल
    बसिरहेछु तिम्रै प्रतीक्षामा
    यहाँ   तड्पिएर   पलपल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~~~~~<•>~~~~~~
    [२]
    १)
    चुपचाप तिमी बसेर
    मनमा पीडाले जलाउँदा
    सितल आँसु खसेर ।
    २)
    हिमाली छाँया हेरेर
    रमेर बाँच्न सकेकी
    सुखको सास फेरेर ।
    ३)
    मधेसी पहाडी हिमाली
    झुक्नुहुन्न वैरीको सामु
    कहिल्यै हामी नेपाली ।
    ४)
    नाम देवको गर्छ
    पापै पापले भरिएर
    राक्षस बनेर मर्छ ।
    ५)
    धर्म गर मानव
    मन्दिर धाएर के ?
    जब बन्दछौ दानव ।
    ६)
    प्राणी  हित धर्म
    जानुछ सबै छोडेर
    लैजाने केवल कर्म ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    ~~~~~~<•>~~~~~~
    [३]
    १)
    अमूल्य खुसी मनको
    जीवनमा सन्तोष मिल्नेछ
    त्यागौँ  मोह  धनको ।
    २)
    मुहार आफ्नै भुलेछन्
    बिर्सेर राष्ट्रको सेवा
    भ्रष्टहरू तालमै घुलेछन् ।
    ३)
    आशाको बिउँ  रोपौँला
    देशको विकास गर्नुछ
    समय मौका छोपौँला ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    [४]
    १)
    हाँस्नुमा खुसी हैन
    हाँस्छ दुखमा त्यसरी
    संयोग सजिलो छैन ।
    २)
    देशको विकास गर्नेछु
    एकदिन पक्कै पनि
    डलरले देश भर्नेछु ।
    ३)
    सिमाना मिचेको हेर्दैन
    सरकारमा बस्ने नेताहरूले
    आफ्नो कुरा टेर्दैन।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा हाल मोरङ
    ~~~~~~<•>~~~~~~
    [५]
    १)
    सङ्घर्ष हो जिवन
    जारी राख्नुपर्छ लडाइँ
    समस्या हो इन्धन ।
    २)
    आफ्नो देश समाज
    निरन्तर गरौँ हामी
    देशको हितमा काज ।
    ३)
    विधा जुनसुकै पनि
    बनाऔँ प्रगतिशिल सबै
    मिलेर गरिब धनी ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~~~<•>~~~~~~
    [६]
    १)
    वेगमा मुटु धड्कन्छ
    भुलेर सारा थकानहरू
    आमाको सास अड्कन्छ ।
    २)
    मनमा सम्झना आइदिन्छ
    अत्यन्तै बलियो माया
    मुटुले धड्कनसँगै बताइदिन्छ ।
    ३)
    दुई आँखाका नानी
    जीवनभर लम्बाउनु छ
    सम्झन लायक कहानी ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    ~~~~~~<•>~~~~~~
    [७]
    १)
    लान्छु अर्को साल
    नमरी बाँचेमा प्यारी
    नआइदेओस् है काल ।
    २)
    पर्खि बस सानू
    आउँला लिन छिट्टै
    पर्छ सँगै जानू ।
    ३)
    खोइ त हाँसेको ?
    रुवाउनलाई होइन प्यारी
    मैले प्रीति गाँसेको ।
    ४)
    पर्ख दुई वर्ष
    विवाह पश्चात् हौँला
    प्रफुल्ल र हर्ष ।
    ५)
    मान्छे औधी ज्ञानी
    मैले दिएको कुरा
    मीठो मानी खानी ।
    ६)
    लगन जुरेको बेला
    आउँला तिम्रो घर
    भर्न विवाह मेला ।
    ✍️
    बिके माकजू
    ~~~~~~<•>~~~~~~
    [८]
    १)
    आयाे झिल्काकाे समय
    मिलेर    तपाईँ     हामी
    मनाऔँ    यसकाे  जय ।
    २)
    समयले साथ दिएपछि
    लेख्नुस् झिल्का कविता
    आउँछ कति कति ।
    ३)
    बाल्नुस् साहित्यकाे दियाे
    साथमा झिल्का लिएर
    बनाऊँ यसैलाई मियाे ।
    ४)
    साहित्यकाे एउटा पाटाे
    झिल्कालाई साथ लिएर
    हिडाैँ नयाँ बाटाे ।
    ५)
    सक्यौँ भने रमाउन
    साहित्यमा छ मजा
    हेर इष्टमित्र कमाउन ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर  कपिलवस्तु
    ~~~~~~<•>~~~~~~
    [९]
    १)
    आज विगत भुल्नेले
    भोलि झल्यास्स ब्युँझिनेछ
    पराइको साथमा डुल्नेले ।
    २)
    जीवनमा कसैलाई नरुवाउँनु
    पालो आउँछ सबैको
    बिनसित्ति हण्डर नखुवाउँनु ।
    ३)
    हिजोको उ करोडपति
    विपरित हावा चल्यो
    व्यवहार बिग्रिएर रोडपति ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ । हाल बारा सिमरा
    ~~~~~~<•>~~~~~~
    [१०]
    १)
    गाजलले लठ्ठै बनाउने
    सन्सार हेर्ने तिम्रो आँखा
    पहिलो भेटमै मख्खै बनाउने ।
    २)
    गोलीले सहिद भयो
    जल्यो मन्त्रीको गाडी
    विनाकारण युवा गयो ।
    ३)
    देश लुटिँदै छ
    मौन छन् जनता
    युवा भुटिँदै छ ।
    ✍️
    प्रेम शर्मा " एकान्त प्रेमी "
    कालेबुङ , भारत
    ~~~~~~<•>~~~~~~
    [११]
    १)
    दिएन  भाग्यले   साथ
    पसिना बेदाममा बिक्दा
    रहरहरू  भए  अनाथ l
    २)
    च्यातिए मुटुका पाना
    बताइदेऊ न   निष्ठुरी
    सिलाउने त्यो दबाइखाना l
    ३)
    हुँदैन  कुनै  चमत्कार
    रहेसम्म दुष्ट  नेता
    पीडा दिन्छन् बारम्बार l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~~<•>~~~~~~
    [१२]
    १)
    कस्तो अचम्म लाग्छ
    मेरो विचारमा माया
    भनेपछि उसै भाग्छ ।
    २)
    यो मनको रहर
    हजुर हुँदैन नि
    कसैले भनेर ठहर ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~~~<•>~~~~~~
    [१३]
    १)
    भन्थे मिलेको जाेडी
    जाेरीपारी छन् सबैको
    निर्माेहीले मायाजाल ताेडी ।
    २)
    भगवान् हुँदा दाइनाे
    कसैको केही लाग्दैन
    मिलेर जाेडेकाे साइनो  ।
    ३)
    गाेडाैँ आफ्नो फूलबारी
    हामी फुट्दा हाँस्ने
    छन् हाम्रा जाेरीपारी ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल ,खाेटाङ
    ~~~~~~<•>~~~~~~
    [१४]
    १)
    अधुरो माया साटेर
    अपुरो भयो जिन्दगी
    कोसेली मुटु काटेर ।
    २)
    जिन्दगी उधारो चल्दैन
    साथमा पैसा नभएपछि
    चुल्होमा आगो बल्दैन ।
    ३)
    भिन्न पाटो आभासमा
    शङ्का स्वार्थ पलेपछि
    पर्छ मुटु आघातमा ।
    ४)
    घनिष्ठ मित्र बनेर
    पोखिन्छ समय आएपछि
    आँखामा भित्र सजेर ।
    ५)
    बनुँला सारथि तेल
    अत्यास नहुनु कहिले
    बन्छु परेलीको भेल।
    ✍️
    शरद प्रधानाङ्ग
    विराटनगर - ७
    ~~~~~~<•>~~~~~~
    [१५]
    १)
    दिन भयो धमिलो
    घाम नदेखेर आकाशमा
    मन भयो अमिलो ।
    [२]
    कक्रियो मन उसैगरि
    फूल्न सकिन हिउँदमा
    पीरले छोप्छ मनभरि ।
    ३)
    गाउँछन् गीत स्वतन्त्रको
    समस्याले छोपी बेस्सरी
    जीवन बित्दैछ परतन्त्रको।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ, भारत।
    ~~~~~~<•>~~~~~~
    [१६]
    १)
    पाैषकाे तिख्खर जाडाेमा
    घाम लाग्दा घमाइलाे
    बस्न मज्जा डाँडाेमा ।
    २)
    खबर राम्राे हालकाे
    कामना मीठाे गराैँला
    आउने नयाँ सालकाे ।
    ३)
    सपना मीठा देखेर
    मनकाे तिर्सना मेटाैँला
    काव्य साहित्य लेखेर ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~~~~~~<•>~~~~~~
    [१७]
    १)
    गर्भमै ऋण बोकेर
    स्वतन्त्र हुँदैन कोही
    फगत पाठ घोकेर ।
    २)
    पाइन्न स्वतन्त्रता मागेर
    काँधमा काँध मिलाउँदै
    सङ्घर्ष गर्नुपर्छ जागेर ।
    ३)
    झाँगियो झनै अमित्रता
    व्यवहारिक छैन शासक
    देखाउँछ खाली दुष्टता ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~~~<•>~~~~~~
    [१८]
    मदिरा बेसरी पिउँछु
    छैन कसैको डरभर
    स्वतन्त्र भई जिउँछु ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~~~~~<•>~~~~~~
    [१९]
    १)
    मनपर्छ राताे फूल
    मेरो मायाले दिए
    हुँदैन कहिल्यै भुल ।
    २)
    मनमा माया हुन्छ
    सधैंँ तिम्रो माझमा
    यादले झन छुन्छ ।
    ३)
    कस्तो रहेछ माया
    सधैँभरि उसले मात्रै
    दिन्छ सितल छायाँ ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही, बुटवल
    ~~~~~~<•>~~~~~~
    [२०]
    १)
    वीर गाेर्खे नेपाली
    बैरीको सामु झुक्दैन
    नेपालकाे झन्डा उचाली ।
    २)
    अन्यायको विराेध गरेर
    नारीलाई मुक्ति गरौँला
    क्रान्तिकाे सन्देश छरेर ।
    ३)
    महिला  हिंसा अति
    कति चुपचाप बस्छौ ?
    देशलाई भयाे खति ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~~~<•>~~~~~~
    [२१]
    अनेक मोहमा बाँचेका
    नखाई नखाई रोगमा
    कस्लाई भनेर साँचेका
    २)
    हिमाल चम्किलो हिउँले
    बसेका रमाई रमाई
    तराई धानको बिउँले ।
    ३)
    धनीको घमण्ड धनले
    नभए खान लाउन
    गरिबले माग्छ मनले ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~~~<•>~~~~~~
    [२२]
    १)
    मानवीय धर्म होस्
    देखिन्छ महोदय भोलि
    आडम्बर डाँडा कटोस् ।
    २)
    जिम्मेवारी बोझ मान्नेले
    सम्बन्ध गाँस्न हुँदैन
    मनोमानी विकास ठान्नेले ।
    ३)
    विश्वमा परिचित नेपाली
    संस्कृति जोगाउन सकौँ,
    हामी हौँ गोर्खाली ।
    ४)
    केही होइन वचन
    कसैका लागि साथी
    देखावटीका मात्र सज्जन ।
    ५)
    समान हुँदा आँखाहरू
    नजर हुन्छ्न् बेग्लाबेग्लै
    हाम्रो मिल्दैनन् भाखाहरू ।
    ६)
    निहित राष्ट्रिय परम्परा
    मासिँदैन हत्तपत्त हजुर
    गाडिएर असहिष्णुताको जरा ।
    ७)
    फूलसँग काँडा हुन्छ
    सौँदर्य वासना रुँचाउने,
    घोच्छ भन्दै रुन्छ ।
    ✍️
    पृथक प्रकृति
    झापा
    ~~~~~~<•>~~~~~~
    [२३]
    १)
    यहाँ न्याय पाउन
    पर्दाेरहेछ हेर हामीले
    सेतो कात्रो लाउन ।
    २)
    हुने आखिर मानहानि
    न्याय माग्दा खेरी
    प्राण खोसेर खानी ।
    ३)
    देशको लागि मर्छु
    बैरीले दखल दिएमा
    त्यसको प्राण हर्छु ।
    ✍️
    सीमा कार्की समर्पण
    ~~~~~~<•>~~~~~~
    [२४]
    १)
    दलका नेता तगडा
    भ्रमकाे खेतीमा विकास
    कुर्सीमा मात्र झगडा ।
    २)
    भागबण्डामा राम्राे विकास
    देशकाे गिर्दो साख
    गणतन्त्रकाे मुख्य निकास ।
    ३)
    भ्रष्टकाे ठूलै लर्काे
    बाँच्न कठिन भयाे
    बजार भाउ चर्काे ।
    ✍️
    प्रद्युम्न चालिसे
    ~~~~~~<•>~~~~~~
    [२५]
    १)
    नराखाैँ मनमा पाप
    मिजासले भइन्छ राम्राे
    छाेड्नुपर्छ समाजमा छाप ।
    २)
    पिरकाे भारी बाेकेर
    शिर उठाउन गाह्राे
    बसाैँ कहाँ राेकेर ।
    ३)
    सबैलाई उस्तै देखेँ
    दु:खकाे भुमरीमा बाँचेकाे
    त्यसैले कहानी लेखेँ ।
    ✍️
    सन्दीप विश्वकर्मा
      प्यूठान (हाल:पाल्पा)
    ~~~~~~<•>~~~~~~
    [२६]
    १)
    सबैका आफ्नै कथा
    फरक हुन्न केही
    निस्कन्छ उस्तै व्यथा ।
    २)
    आफैँ  बाँधिने नीति
    मान्छे  बनाउन सकोस्
    बल्ल बस्नेछ थिति ।
    ३)
    खति शक्ति  अति
    जो महत्वाकाङ्क्षी  छ
    आखिर बिग्रन्छ मति ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/९/९ साँझ -:५:५६
    ~~~~~~<•>~~~~~~
    [२७]
    १)
    भन्छौ सुखमा बसौँला
    अफ्नो बस्ती  छोडेर
    कुन सहरमा पसौला ?
    २)
    अल्छी कतै बस्दैन
    जता चहारे पनि
    मुखमा माड पस्दैन ।
    ✍️
    उमा दाहाल
    सुन्दरहरैँचा-१० मोरङ
    ~~~~~~<•>~~~~~~
    [२८]
    १)
    तनमनले गीत गायाे
    लौ कस्ताे अचम्म
    मथिङ्गल नै जलायाे ।
    २)
    देश हाँक्ने भन्छन्
    उँभाे लगाउने भन्दै
    मात्र खाल्डो खन्छन् ।
    ३)
    भन्ने बेला प्रजातन्त्र
    सिकाउछ कान फुक्दै
    देश डुबाउने मन्त्र ।
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा बजार।
    ~~~~~~<•>~~~~~~
    [२९]
    १)
    झिल्का नयाँ कविता
    हामी सबै मिलेर
    लेखौँ भन्छिन् बबिता ।
    २)
    देशको माया बोकेर
    विदेशमा भइयो अहिले
    छातीमा किला ठोकेर।
    ३)
    समस्याका हुरी कति
    जुध्न सिकौँ सबैले
    बाधा रहन्नन् रति ।
    ४)
    मनमा अत्यन्त  खुसी
    स्वच्छ वातावरण होओस्
    जीवनमा नआओस् ढुसी।
    ५)
    आउँछन् बाधा जीवनमा
    पन्छाउन सिकौँ सबैले
    रहन्नन् बाँकि जनमा ।
    ६)
    समयको यो खेल
    साना जहिल्यै चेपुवामा
    भैदिए हुन्थ्यो मेल ।
    ७)
    दशमा सुन्ना सय
    जाओस् शान बढ्दै
    झिल्काको होस् जय ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~~~<•>~~~~~~
    [३०]
    १)
    किन हिँड्छौ तर्केर
    बसेकी छौ तिमी
    आखिर मृत्यु पर्खेर ।
    २)
    रोकिन्न नदी बहन्छ
    सागरलाई भेट्न उसले
    जस्तै झमेला  सहन्छ ।
    ३)
    दिएर अरूलाई दुख
    पाउन्नौ तिमीले कहिल्यै
    यस जुनिमा सुख ।
    ✍️
    धुर्व श्रेष्ठ
    ~~~~~~<•>~~~~~~
    [३१]
    १)
    गर साथि कर्म
    सफल जीवन बनाउने
    सङ्घर्ष हो धर्म ।
    २)
    मन्दिरमा छन् मुर्ति
    खुट्टा टेक्न सक्दैन
    किन ठूलो फुर्ती
    ३)
    समय भयो कोल्टो
    जसले सक्छ लुट्न
    उसकै ठूलो पोल्टो ।
    ✍️
    दीपा तिम्सना पौडेल- ईलाम
    ~~~~~~<•>~~~~~~
    [३३]
    १)
    ठाेक गाेली जनतालाई
    कुम्ल्याऊ सम्पत्ति राष्ट्रकाे
    बचाउँछन् छिमेकी आई ।
    २)
    मान्छे अज्ञानी भएर
    मूर्ख बन्छ घरिघरी
    सिमा नाघ्दै गएर ।
    ३)
    बेइमानी भन्छाै किन
    इमानी छु जहिल्यै
    बुझाैला कुनै दिन ।
    ✍️
    तारा प्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~~<•>~~~~~~
    [३४]
    १)
    महल देखिन्छ सहरमा
    बैङ्कभित्र  छन् पैसा
    बाध्यता हाेइन रहरमा ।
    २)
    आमाको सुन्दर चोली
    सधैँभरि सुन्न पाउँ
    मिठो  मिठो   बोली ।
    ३)
    चुनावको बेला टाेली
    नेता आएपछि गाउँमा
    बोल्छन् अनेकन बोली ।
    ✍️
    श्री कृष्ण धामी
    बझाङ
    ~~~~~~<•>~~~~~~
    [३५]
    १)
    धुलै उडेको माटो
    विकासको पर्खाइमा जनता
    कहिल्यै बन्दैन बाटो ।
    २)
    चिसोले गरिबलाई सतायो
    वर्षैपिच्छे आउने मौसमी
    पवनले तुवाँलो हटायो ।
    ३)
    दिनको सुनौलो बिहानी
    रोजगारी गरेर हरपल
    बित्न पाओस् जिन्दगानी ।
    ४)
    दान जानी नजानी
    दयाले हुनेछ  कल्याण
    जिन्दगी हुनेछ खरानी ।
    ✍️
    भगवती दवाडी, झापा
    ~~~~~~<•>~~~~~~
    [३६]
    १)
    मन्त्रीलाई नमस्कार भन्यो
    झुक्यो सलाम गर्‍यो
    देश कहाँ बन्यो ?
    २)
    परदेश गएर नमर्नु
    देशमै नेता बनेर
    खुब उन्नति गर्नु।
    ३)
    कमाए मान्छे गन्छ
    कुकुर हजुर नकमाए
    विदेशिनु बाध्यता बन्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~~~~~<•>~~~~~~
    [३७]
    १)
    काम गरेर देखाउँ
    असल बाटो हिँडेर
    समाजमा नाम लेखाउँ ।
    २)
    समाजमा चेतना जगाउँ
    परोकार पुण्य कर्मको
    सेवामा मन लगाउँ  ।
    ३)
    छोटो जीवनको चोला
    अविरल बग्दछ पानी
    ओरालो झर्दछ होला ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ~~~~~~<•>~~~~~~
    [३८]
    १)
    झेल्दै बेरोजगारी कहर
    पलायन हुँदैछन् युवाहरू
    देश विदेशको सहर ।
    २)
    विनागुरुको शिक्षा ज्ञान
    गर्न सकिन्छ कसरी
    लगाए पनि ध्यान ।
    ३)
    आउँछ नयाँ साल
    फेरिन्छ पुनः भित्तेपात्रो
    फेरिँदैन गरिबको हाल ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ, भारत।
    ~~~~~~<•>~~~~~~
    [३९]
    संसार सुन्दर सृष्टि
    स्नेह माया ममता
    गर्ने वात्सल्य वृष्टि ।
    २)
    कोमल कञ्चन मन
    ममत्व दिने आमा
    नरित्तिने स्नेही धन ।
    ३)
    आमा प्रथम गुरू
    तोते बोली भाषा
    शिक्षा घरबाट शुरू ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~<•>~~~~~~
    [४०]
    १)
    गन्तव्यको भयङ्कर आकार
    कहिले होला युवाहरूको
    सुनौलो सपना साकार ।
    २)
    हरघडी गर्नुपर्छ काम
    परदेशी मेसिन हो
    त्यत्तिकै पाइन्न दाम ।
    ३)
    के हुँदैछ ? जगत
    जताततै छ अशान्ति
    दिनदिनै बग्दछ रगत ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~~~<•>~~~~~~
    [४१]
    १)
    मनमा   माया   पालेर
    कुरेर   बस्छु   पियारा
    आशाको दियो बालेर ।
    २)
    आँखामा  तिमी  बसेछौ
    मायाको भारी बिसाउन
    सुटुक्कै दिलमा  पसेछौ ।
    ३)
    छातीमा   टाँस   मलाई
    नजाऊ   छाडी   कहिल्यै
    हृदय     मेरो     जलाई ।
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ~~~~~~<•>~~~~~~
    [४२]
    १)
    विश्वलाई चिनाउने सगरमाथा
    बसेको   छ    हृदयभरि
    बोकेर अनमोल गाथा ।
    २)
    म एक्लै जान्थेँ
    त्यो पारी वनमा
    काफल टिपी खान्थेँ ।
    ३)
    वरिपरि हरियो वन
    देखेर खुशी छायो
    रमायो झन् मन ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    ~~~~~~<•>~~~~~~
    [४२]
    १)
    अल्छिपना कतै चल्दैन
    मिहिनेत आवश्यक जहाँसुकै
    पैसा रुखमा फल्दैन ।
    २)
    बाआमाको मन हुरुक्क
    सबै होइनन् कतिपय
    देश छोड्दा फुरुक्क ।
    ३)
    यहीँ फल्छ सुन
    चाहिन्छ मिहिनेत कडा
    मनमा कुरा गुन ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~~~<•>~~~~~~
    [४३]
    १)
    आसिन पिँजडाको भित्र
    कल्पिएर सुन्दर कथा
    कोरिन्छ खुल्ला चित्र ।
    २)
    कड्किएर दिन्छ आदेश
    कुल्चिएर भान फुक्काको
    यताउति नगरेकै वेश !
    ३)
    कहेर समृद्धिको मन्त्र
    पारिन्छ भिमकाय पल्टा
    रहन सदावहार स्वतन्त्र ।
    ✍️
    रानाजी, काठमाडौँ
    २०८०।०९।२१
    ~~~~~~<•>~~~~~~
    [४४]
    १)
    लागेपछि इमानको खडेरी
    मान्छेलाई सकिँदो रहेनछ
    सुधार्न बनेपछि अटेरी  ।
    २)
    आफ्नाले ठग्छन् आफ्नैलाई
    हरायो मान्छेमा आज
    आफन्त अनि दाजुभाइ ।
    ३)
    नदेखाऊ मित्र अहङ्कार
    सबैले गर्छन् मूल्याङ्कन
    बन बरु इमानदार ।
    ✍️
    बाबुराम पाण्डे
    शितगंगा अर्घाखाँची
    ~~~~~~<•>~~~~~~
    [४५]
    १)
    सोझो सिधा ठाने
    भनेको माने सबै
    गलहत्तिएर भएँ जाने ।
    २)
    खुल्ला छ दिल
    चिलबिल हुन्न पार्नु
    अनि पाउँछौ श्लील।
    ३)
    नयनमा हराउँने गर्छु
    लुटपुट लुटपुट गर्दै
    तिम्रै भर पर्छु ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ~~~~~~<•>~~~~~~
    [४६]
    १)
    अहिंसा मानव धर्ममा
    सफलता मिल्नेछ अवश्य
    विश्वास   गर  कर्ममा ।
    २)
    मेहनती शिखर चड्दछ
    नतर्स  असफल   हुँदैमा
    घोडा   चढ्ने   लड्दछ ।
    ३)
    आँखामा सपना पालेर
    निरन्तर बढ्नोस् लक्ष्यमा
    कदम कदम सम्हालेर ।
    ✍️
    Lumbini Sahitya Pratisthan
    ~~~~~~<•>~~~~~~
    [४७]
    १)
    मनमा आँधी चल्दैछ
    बुझ्ने साथी नहुँदा
    पीडाले छाती जल्दैछ।
    २)
    देवी द्याैता भाकेर
    यात्राको थालनी गरियो
    छातीमा ढुङ्गा राखेर ।
    ३)
    पैसामा चासो गर्दैछन्
    पराई मुलुक पुगी
    नेपाली कयाैँ मर्दैछन् ।
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~~~<•>~~~~~~
    [४८]
    १)
    चल्दैछ सुगन्धको लहर
    घुम्न मन भयो
    मायालुको सुन्दर सहर ।
    २)
    कायामा अल्झेको माया
    त्यसैले भेटेपछि  तिमीलाई
    लाग्छ आफ्नै छाँया ।
    ३)
    दिनरात हर प्रहर
    त्यही मनको मन्दिरमा
    बस्न जाग्यो रहर ।
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    बुनपा१२ काठमाडौ
    ~~~~~~<•>~~~~~~
    [४९]
    १)
    बिरालो चोर पल्केको
    घरमा भयो आतङ्क
    भुसको आगो सल्केको ।
    २)
    फाटेर आकाश खुलेछ
    आखिर फ्याउरो करायो
    बारीमा बाँस फुलेछ ।
    ३)
    हेर मसानघाट जाग्यो
    देखेर मुर्दाहरू अगाडि
    सबैलाई डर लाग्यो ।
    ✍️
    आर्त अकुलीन
    ~~~~~~<•>~~~~~~
    [५०]
    १)
    तारा उदाउँदा राति
    कति राम्रो देखिन्छ
    पिँढीमा कमिलाकाे ताँति ।
    २)
    सिक्दै जाउँ झिल्का
    मान्ने होइन गाह्रो
    फाल्न कुसंस्कारको छिल्का ।
    ३)
    छैन खबर मेराे
    व्यर्थै तेराेमेराे किन ?
    पारेर मुहार अँधेराे ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ~~~~~~<•>~~~~~~
    [५०]
    १)
    रहिछौ तिमी काली
    राम्री देखिएकी लगाउँदा
    ओठमा रातो लाली ।
    २)
    आउ दिलमा बस
    मनमा सजाउँला तिमीलाई
    मायाले मलाई कस ।
    ३)
    सुन्दर सपना सजाई
    घरबार हामी जोडौँला
    पिरतीको गीत गाई ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)
    कनकाई ४ झापा
    ~~~~~~<•>~~~~~~
    [५१]
    १)
    सपनाको एक उडान
    आराम सुख दिने
    बनाउॅंछु रङ्गीन बगान ।
    २)
    रोजगारी मागेको बोली
    कठै ! मेरो देश
    सरकारले सोचेछ गोली ।
    ३)
    देशलाई चाहिने युवा
    देशमा निराशा बढ्यो
    नेतृत्वको जताततै खुवा ।
    ✍️
    म्यामराज राई
    ~~~~~~<•>~~~~~~
    [५२]
    १)
    मनमा माया जाग्यो
    सम्झिदा सधैँ उसलाई
    थकान पनि लाग्यो ।
    २)
    आँखामा आँसु हुन्छ
    बिर्सन सक्दिनँ उसलाई
    सम्झिएर मन रुन्छ ।
    ३)
    आगो नै उकेल्नुपर्छ
    जिन्दगी खेल हो
    अनेक तिकडम गर्छ ।
    ४)
    लिएर लक्ष्य मनमा
    परिवर्तन हुनुपर्छ हामी
    एकपल्ट आफ्नै जीवनमा ।
    ✍️
    चेतन खनाल (दाह्रीवाला)
    बंगलाचुली १ दाङ।
    ~~~~~~<•>~~~~~~
    [५३]
    १)
    कुहिरोले घाम  लुकायो
    न्यानो कपडा चाहिने
    महङ्गीले नेटो कटायो ।
    २)
    थरथर मुटु कमाउने
    पारिलो घामको आशमा
    न्यानो कपडा सुकाउने ।
    ३)
    शितलहर चल्दैछ तराईमा
    सदा होसियार रहौँ
    हिमपात बढ्दैछ हिमालमा ।
    ✍️
    सुर्य रेग्मी
    ~~~~~~<•>~~~~~~
    [५४]
    १)
    स्वभाव देखायो तुच्छ
    वरिष्ठ ठान्छ मान्छे
    व्यहोरा पशुको पुच्छ ।
    २)
    सर्वाधिकार लेखकमा हुने
    सर्वस्व गुमाई छपायो
    कुनामा बसेर रुने ।
    ३)
    आक्रोशमा रिस देखायो
    थियो अव्यक्त भाव
    शत्रुमा नाम लेखायो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    [५५]
    १)
    हाँस्न मन लाग्छ
    तिम्रो छेउमा बस्दा
    दुःख पीडा भाग्छ ।
    २)
    तिमीलाई अप्ठ्यारो पर्दा
    सदा साथ दिन्छु
    तिम्रो आँसु झर्दा ।
    ३)
    तिमीलाई त सुटुक्क
    याे मुटुमा राख्दा
    माया लाग्छ कुटुक्क ।
    ✍️
    उर्मिला के.शी.
    धनकुटा
    ~~~~~~<•>~~~~~~
    [५६]
    १)
    बिरानो ठाउँ रहेछ
    साथ दिन आउँ
    ऊ एक्लै भएछ ।
    २)
    कान्छी पनि आइछ
    बोकेर सुन्दर फूलमाला 
    चौतर्फी उधुमै छाइछ ।
    ३)
    मायाको चिनो ल्याएँ
    पाएँ तिमीमा खुसी
    त्यसैले तिमीसँगै आएँ ।
    ✍️
    शशिश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    [५७]
    १)
    स्वतन्त्र भई बाँच्नुपर्छ
    आफ्नो कर्म गरेर
    हक आधिकार साँच्नुपर्छ ।
    २)
    अधिकार भन्दै गन्छौ
    कर्तव्य निर्वाह नगरेर
    स्वतन्त्र भएन भन्छौ ।
    ३)
    चाहना धेरै थिए
    गर्ने अनुपम कर्म
    केहीमा हत्कडी लगाइदिए ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    Leave a Reply