
झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू-
[१]
दुःखले लगाएपछि पार
तब मात्र जीवनले
पाउँछ होला सार ।
[२]
जीवन कर्कलाको पानी
अडिन मान्दैन कठै
बगेर कता जानी ।
[३]
मायाको बन्धनले बाँध
प्रिय नपार बिचल्ली
प्रेमिल विश्वासले साँध ।
[४]
उमेर ढल्किँदै गयो
हरेस खान्छ मनले
अस्ताउँदो घाम भयो ।
[५]
छोराछोरी साथ भए
कति हुन्थ्यो आनन्द
सबै परदेश गए ।
✍️
सरिता सेढाईं