झिल्काकार बिके माकजूका सुन्दर झिल्का कविताहरू

  • २१ पुष २०८०, शनिबार २१:३० मा प्रकाशित
  • झिल्का कविता 
    १)
    नामै काफी छ
    ओछ्यान मुतुवा जड्याहा
    मुतिस् माफी छ ।
    २)
    घ्यम्पोमा गाडेर बस्
    जाँडको पुङ्गो मान्छे
    मर घिचेर हस् ।
    ३)
    लखरलखर नहिँड झल्लु
    अचेल खतरा छ
    रिङरोड स्वयम्भू डल्लु ।
    ४)
    जाँडेको छैन भर
    लाउनु हुँदैन काम
    मर्ने हुन्छ डर ।
    ५)
    जाँडको अचम्मको करामत
    विनाजानकारी हेर जाँडेको
    जीवन गर्छ बरामद ।
    ✍️
    बिके माकजू

    Leave a Reply