झिल्काकार बाबुराम गौतमका चोटिला झिल्काहरू

  • १९ पुष २०८०, बिहीबार ००:१२ मा प्रकाशित
  • झिल्का (नौ शब्दको कविता)
    १)
    जीवमा श्रेष्ठ नर
    स्वार्थमा लिप्त हुँदा
    हरायो आपसी भर l
    २)
    वाध्यताको पर्दा भित्र
    विलीन छन् दुखिया
    ठान्छन् आँसुलाई मित्र l
    ३)
    माला अनि टिका
    भिरेर उड्छन् युवा
    बनाई मुहार फिका l
    ४)
    सङ्गत गुनाको फल
    होश नपाई चाखेमा
    खस्लान् अश्रु भल l
    ५)
    खुर्केर बेथितिका छिल्का
    स्वस्थ समाज बनाऔँ
    कोरेर अश्रान्त झिल्का l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    Leave a Reply