झिल्काकार अर्जुन प्रसाद चौलागाईका सुन्दर झिल्काहरू

  • २० पुष २०८०, शुक्रबार २२:४२ मा प्रकाशित
  • १)
    थालियो झिल्कालाई शुरू
    समयले साथ दिएसम्म
    अघि बढ्नेछु खुरुखुरु।
    २)
    जन्म्यौँ कस्तो देशमा ?
    नेतृत्व भए बेइमान
    देखिन्छन् नक्कली भेषमा ।
    ३)
    सबैले गर्छन् गुनासो
    सत्ताधारी मोज गर्ने
    छैन जनताको चासो ।
    ४)
    भइरहन्छ यस्तो कहिलेसम्म
    जनताको शक्ति उदाओस्
    पाइयोस् भोजन टम्म ।
    ५)
    गणतन्त्र कस्तो देखियो
    सयौँ राजा भए
    भएको गतिविधि लेखियो ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई

    Leave a Reply