
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
नखानुथ्यो खाइहालेँ गरेँ नुनको सोझो,
पचाउनै कठिन भयो बन्नपुग्यो बोझो ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
जता गयो उतै छाद्छौ, नहेरिकनै ठाउँ,
पदको गरिमा नराख्दा देख्यौ बल्ल बाउ ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[२]
मस्ती गरेको पैसाको खेलो,
मिलाउँदै छन् है मेसोमेलो ।
✍️
भेष कुमारी लामिछाने
रुपन्देही
[३]
मस्तै खाइयो पचाइयो गरियो हामीले चैन,
यस्तो रमाइलो त हजुर कसैलाई नि छैन।
✍️
नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[४]
हिउँदमा सुक्ने खहरे, वर्षातमा साँघु चाहियो तर्दा,
निल्नु न ओकल्नु भयो अहिले तातो खोले मुखमा पर्दा ।
✍️
उमा दाहाल
शुन्दर हरैँचा -१० मोरङ
[५]
यो पनि मै त्यो पनि मै गर्छु भनी तम्सिने हुँदा,
फसे आफैँ आएनन् कोही विगतमा एक्लै रुँदा।
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[६]
अलिनो कसरी खानु हजुर म त नुन खान्छु,
नुनको सोझो गर्दागर्दै उसकै घरमा जान्छु ।
✍️
गुणनिधि घिमिरे अमेरिका
[७]
मौका भएर पाइन्जेल खाए मैले धेरै,
कस्ले सक्छ निकाल्न अदालत सबै मेरै ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हाल:-अमेरिका,बोस्टन।
[८]
खाउँखाउँ लाग्दालाग्दै झिगो पर्छ भागमा,
भ्रष्टाचारको अन्त्य गरौँ यो पालि मागमा ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
[९]
खान यतिसम्म खाइयो, डकार आउने गरी खाइयो, मस्तले पचाइयो,
भ्रष्टाचारमा सामेल बनाइयो, आँखै नहेरीकन खुशियाली मनाइयो।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१०]
दालमा कालाे थियाे, शङ्का त पहिल्यै भयाे,
कति ठूलाे अपराधी रै’छ ज्यान नै गयो ।
✍️
प्रद्युम्न चालिसे
[११]
किन हो किन रित्तोझैँ लाग्छ गाउँ र सहर,
आँखामा हेर बग्दैछ आज पीडाको नहर !
✍️
आर्त अकुलीन
[१२]
खानुसम्म नै खायौ पहिले पचाउन भएछ गाह्रो,
नुनको सोझो गरेँ भन्छौ अब पचाउन भयो साह्रो ।
✍️
बेदु न्यौपाने 🇳🇵
[१३]
नुनको सोझो गर्छु भन्दै खाएको थिएँ टन्न,
बल्लतल्ल ज्यान जोगाएर हिँडेको छु धन्न ।
✍️
सरिता सेढाई धादिङ
[१४]
नखानु थियो खायौ भ्रष्टले, पेटमा के घोलौला
शल्यक्रिया गर्नु छ, सत्य अब कहिले खोलौला ?
✍️
प्रेम थापा “मन”बागलुङ
[१५]
खाऊ तिम्रै छ दिन खाएको पचाउन,
सकेनौँ आखिर आफ्नो देश बचाउन ।
✍️
हिमा आर सी
मेहेलकुना सुर्खेत
[१६]
लोभी आँखा स्वार्थी मन पापी पेट हजुर साथमा,
कामै गर्न मन लाउँदैन पैसा नपरे हातमा ।
✍️
शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
[१७]
मौका पर्दा हिरा फोर्यौ चुस्यौ मिठो रस,
बल्ल बुझ्यौ गाँठी कुरा कुना पसी बस ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१८]
नुनको सोझो गर्नैपर्यो नत्र हुन्छ हानी,
गाह्रो हुँदो रहेछ हेर्नुस् सत्य बोल्ने बानी ।
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
[१९]
के नै पाएँ जस्तो गरि हसुरेथ्यौ देखाई दुनियाँलाई जात्रा,
भन्दाभन्दै समाइहालेउ जसरी भए नि पार गर यात्रा ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[२०]
भ्रष्टाचारमा कमाएको पचाउने, अहिले गाह्रो भयो सुन पचाउन,
पहिले धेरैले साथ दिए, अहिले डराएर आएनन् कोही बचाउन ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[२१]
कति धेरै पो खान सक्छस् तैँले खानसम्म खानू,
एकदिन आँफै सकिन्छस् पाउँदैनस् केही लानु ।
✍️ समुद्र
[२२]
लोभले लाभ लाभले बिलाप भन्ने कुरा भुल्यौ,
त्यतिबेला घमण्डले कोही चाहिन्न भन्दै फुल्यौ ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौ
[२३]
खाएपछि हग्नै पर्यो कनिकुथी जसैगरी,
नुनको सोझो गर्नै पर्यो उस्कै शरण परी ।
✍️
विवश पारदर्शी
झापा,
[२४]
मौका पाए भ्रष्टाचार, नपाएपछि विरोध गर्छ,
नियतिले कोल्टे फेर्दा, मान्छे पनि नहेरेरै तर्छ।
✍️
एवाइ प्रभात
सहिदभुमि छेन्ताङ धनकुटा
[२५]
चाकरी चाटुकार पनि नाङ्गिन्छन् एकचोटि ,
नुनको सोझो गर्नेमा पनि हुन्छन् उच्चकोटि ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२६]
नुनको साेझाे गर्नेकाे त छैन खासै काम,
जसले छलकपट गर्याे उसकै नाम ।
✍️
राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[२७]
नुनको सोझो बनिरहे झन् धूर्त बन्दै,
विदेशमा बसेको छु सधैँ पैसो गन्दै ।
✍️
भगवती दवाडी , झापा
[२८]
समुद्ररहित यो देशमा निकाल्दैछन् नुन,
नुन निकाल्ने नेताहरूले थुपार्दैछन् सुन।
✍️
बि.कुलुङ
दार्जिलिङ रंगबुल
[२९]
नुनकै साेझाे गर्छु भनी दर्शन छाट्यौ,
डुबेर खुनमै, स्वजनलाई नै ढाट्याै ।
✍️
हरिगाेपाल प्रधान
बनेपा १४ साँगा बजार ।
[३०]
जो सोझो छ उसकै मुखमा घोचो,
बाठाहरू मिलाउँछन् चोचोमोचो !
✍️
पवन कुमार बुढाथोकी
[३१]
समस्या र आफ्नो शरीरको घाउ छोपी नराखे आफ्नैबाट रेटिन्छन्
नुनचुक बोक्ने आफन्त तमसुक बोक्ने ठग्ने साहु धेरै भेटिन्छन् ।
✍️
चुडामणी देबकोटा
चनपा १३ काठमाडौ हाल बारा सिमरा
[३२]
खानु माथि नि घिच्नु पाइयो नाची नाची खायौं ,
बाेक्रैसँग खाइयाे केरा नपाउनेले पायौं ।
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[३३]
यो कलीमा पाइदैन नुनको सोझो गर्नेहरू,
हार्दिक नमन,यस्तै खबर सुन्न पॅाऊ अरू ।
✍️
पुष्पा सुवेदी
नेपालगंज, बॅाके ।
[३४]
देश बिग्रिएता पनि धनको सोझो गरौँ,
नुनको सोझो भन्दै पापको घडा नभरौँ।
✍️
सुस्मिता अधिकारी ,काठमाडौँ
[३५]
भक्ति मेरो प्रभुको सलामी र गुलामीमा,
आउँछन् आउँन्नन् पछौटे मेरो मलामीमा।
✍️
प्रदीप के रिमाल
इटहरी सुनसरी।
[३६]
आँसु पिएर बसेको किन पाउँला नुन,
जतासुकै जे गरे नि देखिने छैन गुन ।
✍️
जमुना आचार्य सिन्धुपाल्चोक
[३७]
खुस्किगयो मुखबाट ,बोल्नै नहुने कुरो,
धक्का लाग्यो योजनामा हुनेभयो अपुरो।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी
[३८]
खानुसम्म खायौँ, देश डुब्यो लौ कति सताएका,
जन्मदै ऋणको भार थोपर्ने लाज पचाएका ।
✍️
यमुना प्रधानाङ्ग’मुना’
२०८०/०९/०७ शनिबार
वीरगञ्ज, पर्सा हाल: ललितपुर
[३९]
सोझो रुख नै काटिन्छ हेर , दुनियाँमा पहिले,
सकियो जमाना, नुनको सोझो गर्नेको अहिले ।
✍️
शुक्रराज कुँवर
धरान १०
[४०]
खान्न खान्न भन्दै खान हुन्न चारमाना,
जानुपर्ला यार खानै छोडी पाइखाना ।
✍️
बिके माकजू ,भक्तपुर ।
[४१]
नुनको सोझो गर्दा पनि लाग्न सक्छ पाप,
दाजुभाइको युद्ध गर्ने बसेको छ छाप ।
✍️
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
[४२]
नखाउन्जेल हो खाउ खाउ लाग्ने ,
खाएपछि अरूको आरिस जाग्ने ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो)
कनकाई ४ झापा
[४३]
देशलाई धितो राखेर खाए,
माटो ढुङ्गा रूख सबै पचाए ।
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[४४]
कसले सक्छ मेरो जस्तो पावर देखाउन,
आइलागेको खाएको मैले नाम लेखाउन ।
✍️
दुर्गा आचार्य
मोरङ
[४५]
आहा! सुन्दर देखिन्छ आमाको चोली,
सबैभन्दा मिठो लाग्छ आमाको बोली !
✍️:
कृष्ण धामी – बझाङ
[४६]
नुनको सोझो भन्दाभन्दै विदेशतिर गयौ
लम्पसारवादले देशै डुबाउने भयौ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[४७]
लोभको भाँडो भरिन्न त्यो कहिल्यै हेर,
श्रमिक जनको पसिना नजाओस् खेर ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[४८]
कमाउनु कमाए बगाए पैसाको खेलो,
देश नै सक्काउने गर्दैछन मेसो मेलो।
✍️
सहयात्री शोभा अर्याल
रुपन्देही , बुटवल
४८)
ढुकुटी नै रित्तिएछ नुनको सोझो गर्दागर्दै
हाँडी घोप्टे बनिएछ लोभको भाँडो भर्दाभर्दै l
✍️
बाबुराम गौतम, गुल्मी
[४९]
पाएपछि कसले छाेड्थ्याे लाएकाे त्याे बानी,
दिनेले जब दिन्छन् भने पाए जति हाे खानी।
✍️
भवानी पाेखरेल(बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[५०]
खाइयो भन्दैमा नगर्ने काम गर्नु हुन्नथ्यो,
गल्ती काम गर भन्दा नगरे खुसी मिल्दथ्यो ।
✍️
नन्दलाल आचार्य,
सिद्धार्थटोल, बेलका-२, गल्फडिया, उदयपुर ।
[५१]
नखाने कुरा भए गलगिद्ध खाऊ,
खाने कुरा भए परपरै पन्छाऊ ।
✍️
लक्ष्मी रिजाल
सप्तरी, रूपनगर, कञ्चनरूप~१२, मधेस, नेपाल ।
[५२]
मालिककाे पाउ पर्छु उसकै चाकरीमा बाेल्छु,
आफ्नो माैलिक संस्कारलाई आगाे लगाई पाेल्छु।
✍️
मित्र `उराठी´ गाैतम
तिलाेत्तमा न पा-२,रुपन्देही
[५३])
सोचे थिएँ पहिला त देशकै लागि लड्छु भनी,
सबले पिए सकिएनँ हेरी बस्न साधु बनी ।
✍️
पुष्पा राई, खोटाङ।
[५४]
देखेपछि खाउँखाउँ लाग्छ नखाउँ भने मन मान्दैन,
पैसा दिएर रिझाउनुछ आफन्त अनि खुट्टा तान्दैन ।
✍️
भुपेन्द्र राना मगर
धादिङ
[५५]
हसुर्दा जति नै पच्छ, अगस्ति बस्छ पेटमा,
न्याय मूर्छा परेको छ, अख्तियार छ सेटमा ।
✍️
रामशरण न्यौपाने, भक्तपुर
[५६]
मौका पाए भने सबैजना कुर्सीतिरै ताक्ने,
माखो मार्ने केही होइन तलबभत्ता पाक्ने ।
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
[५७]
झन्डा भनेको कलेजो हो मुटु हो बुझेमा,
अस्तित्व समाप्त बन्ने यही झन्डा झुकेमा ।
✍️
चूडा निर्भीक
[५८]
नुनकाे साेझाे गर्न खाेज्दा धेरै दुख गर्छ,
चतुर चढ्छ काँध माथि साेझाे ज्यूँदै मर्छ ।
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
[५९]
पाएको बेला खाइहाल्यौ लोभी बनेर,
सोचेनौ नि पछि तिर्नुपर्छ की भनेर ।
✍️
सुशीला शिखा
काठमाडौँ कागेश्वरी
[६०]
नभन्नुथ्याे भनिहाले, र त पासाे लाग्याे बाेली,
सहनै मुस्किल भयो र त कुरिरहेँ भाेलि ।
✍️
खुनराज काेईराला
सिद्दलेक -३ गरीगाउँ,धादिङ
[६१]
खान्छु सकेजति, नखाऊ नभन,
खाएँ त देशकै, नदुखाऊ मन ।
✍️
रचना शर्मा प्रतीक्षा , ललितपुर
[६२]
नुनको सोझो गर्दागर्दै, गयो जीवन सारा,
पाइनँ जस कतै, जुटाउनै कठिन चारा ।
✍️
नागेन्द्रप्रसाद यादव , दाङ