‘जिन्दगी’ शीर्षक विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

  • १५ पुष २०८०, आईतवार १२:३९ मा प्रकाशित
  • झिल्का लेखन अभ्यासको पहिलो शृङ्खला शनिबार सम्पन्न भएको छ । जिन्दगी शीर्षकमा दिइएको उक्त शृङ्खलामा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । झिल्का साहित्य समाज, नेपालको आयोजनामा फेसबुक समूह मार्फत सञ्चालित उक्त शृङ्खलामा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूमा रहनुभएका ४० जना झिल्काकार/साहित्यकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू गरेर यसमा जम्मा ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    🌹झिल्का कविता लेखन अभ्यास शृङ्खला- १🌹

    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव 

    ~~~~~~~~~~~~~~~~~~

    [१]

    १)

    काेरिया जाने सपना

    समाप्त भयाे जिन्दगी,

    सरकार देखेँ थपना !

    २)

    बन्नुहुँदैन है बेताले

    नरक बन्छ जिन्दगी,

    घमण्ड रिस डाहाले !

    ३)

    जिन्दगीकाे निभ्याे दियाे 

    दैवले दिएकाे कर्म,

    भत्काउने आफैँ थियाे !

    ✍️ 

    तारा प्रसाद चापागाईँ

    धुनिबेसी

    ~~~~~~~~~~~~~~~~~~

    [२]

    १)

    रहनु सकारात्मक सम्झेर

    जीवनकाल बहुमुल्य हुन्छ,

    नबस्नु कहिल्यै गम्केर !

    २)

    माया खास हुन्छ 

    आमाकै आँचलमा हुर्किँदा,

    स्वर्गको आभास हुन्छ !

    ३)

    गाउँबेसी धाउँदैन नराेए 

    बेथितिले प्राण गयो,

    छोरो आउँदैन  नराेए !

    ४)

    घाँटीले हाड निल्दैन

    विचार पुर्‍याऊ साथी,

    जिन्दगी त्यसै मिल्दैन !

    ५)

    नसोच साथी कर

    सहज बनाउन सधैँ,

    जिन्दगीमा चाहिन्छ भर !

    ३)

    किताबको जस्तो गाता 

    एकार्काको बलियो सम्बन्ध,

    तोड्नहुन्न है नाता !

    ✍️

    प्रेम थापा “मन”बागलुङ

    ~~~~~~~~~~~~~~~~~~

    [३]

    १)

    गाउँदेखि जान्छ सहर

    यात्री बनेर पुग्छ,

    अनेकौँ बोकी रहर !

    २)

    तृष्णाको मात्र खानी

    जस्तोसुकै आओस् परिस्थिति,

    अघि बढ्ने बानी !

    ३)

    हार्दैन हिम्मत साथी

    ओझेल पार्छ तनाव,

    टेकेर दुःख माथि !

    ४)

    हिउँद अनि बर्खा

    सफर गरिरहन्छ मन,

    सङ्घर्षको चलाएर चर्खा !

    ५)

    औँसीको रात भुलेर

    जुनेली रातको पर्खाइमा,

    आशाको रङ्गमा  घुलेर !

    ६)

    छिचोल्छ आएको मरुभूमि

    दैवको उपहार सम्झेर,

    जिउँछु खुसीले झुमी !

    ७)

    आउँदा बाढी पहिरो 

    हरेस खाँदैन कहिले,

    लाग्दा चोट गहिरो !

    ✍️

    पृथक प्रकृति,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [४]

    १)

    जिन्दगी कर्कलाको पानी 

    क्षणिक छ भन्दाभन्दै,

    बित्दोरहेछ मान्छेको जवानी !

    २)

    गर्नुपर्छ सधैँ सत्कर्म 

    बिर्सनु हुँदैन कहिल्यै,

    मान्छेले आफ्नो धर्म !

    ३)

    शुद्ध हुनुपर्छ मन

    अरूको भलाइ गर्नेको,

    राम्रै हुन्छ जीवन !

    ✍️

    बाबुराम पाण्डे 

    शीतगंगा १० अर्घाखाँची

    ~~~~~~~~~~~~~~~~~~

    [५]

    लुकेर कुकर्म नगर्नू

    अन्याय सहेर बसेका,

    बोकेर पीडामा नभर्नू !

    २)

    कतिको हुँदैछ किचलो

    बाध्यता सहदै बसेका,

    गरियो उसैको खिचलो !

    ३)

    अवस्था नाजुक भएछ

    उत्तर दिशामा पुगेर,

    छातीमा गोली गएछ !

    ✍️

    अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ~~~~~~~~~~~~~~~~~~

    [६]

    १)

    दु:खका जङ्घार तरेर 

    बित्दैछ अभागी जिन्दगी,

    आँखामा सागर भरेर !

    २)

    सुखका  साथी  भेटिए

    जब दु:ख आइलाग्यो,

    नातासम्बन्ध सबै मेटिए !

    ३)

    रहेन भरोसा अब

    आफ्नै आँखाको अगाडि,

    मरे रहरहरू जब !

    ४)

    सोचेजस्तो रसिलो भएन

    जिन्दगी भयो बेस्वादको,

    केही स्वादै रहेन !

    ५)

    मरुभूमि सुख्खा खडेरीमा

    देखिँदैन कतै निकास,

    जिन्दगी बित्दैछ अँधेरीमा !

    ✍️

    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका-१४, दाङ

    २०८०/०९/१३

    ~~~~~~~~~~~~~~~~~~

    [७]

    १)

    जन्मकर्म र मरण

    शाश्वत सत्य जिन्दगीका,

     आत्मा देव शरण !

    २)

    पत्तो  पाए  जुनी

    मगमगाउने फूल सरी,

    नबुझेमा व्यर्थ हुनी !

    ३)

    कोहीको जीवन कर्मशील

    कोही  अल्छी   संसारमा,

    बनौँ  हामी धर्मशील !

    ✍️

    मनोहरी पौडेल

    गैडाकोट १

    २०८०/९/१३

    ~~~~~~~~~~~~~~~~~~

    [८]

    १)

    जिन्दगी जसोतसो चल्यो

    सुःखको खोजिमा हिँड्दा,

    दु:खकै रासमा ढल्यो !

    २)

    कसैले धिक्कारे मलाई

    उपहास गरे सधैँ,

    बसिनँ हरेस खाई !

    ३)

    सङ्घर्षमय जिवन भयो

    जन्मिएपछि त आफ्नै,

    सङ्घर्षमै दिन  गयो !

    ✍️

    सुरेशकुमार पाण्डे

    घोराही१८ दाङ

    ~~~~~~~~~~~~~~~~~~

    [९]

    १)

    कसैलाई जिन्दगी भारी

    जिउनुपर्छ हामीले सधैँ,

    दु:खलाई पर सारी !

    २)

    उच्च भावना लिएर 

    अगाडि  बढ्नुपर्छ जिवनमा,

    आदर सत्कार दिएर !

    ३)

    हाँसी खुशी बाँचौला 

    दुई दिनको जिन्दगीमा,

    मायाँ पिरती साँचौला !

    ✍️

    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ~~~~~~~~~~~~~~~~~~

    [१०]

    १)

    हिँड्दछ जिन्दगी लम्केर

    सजाउँदै मीठा सपनाहरू,

    आकाशकाे बिजुलीझैँ चम्केर !

    २)

    बाेकेर साथमा सकारात्मकता

    बढौँ प्रगतिको बाटाेमा,

    पारेर निमिट्यान्न नकारात्मकता !

    ३)

    गरेर जीवनमा लगानी 

    थपौँ उचाई प्रतिष्ठाकाे,

    बनाई सुन्दर कहानी !

    ✍️

    त्रिलाेचन भण्डारी 

    मेचीनगर,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [११]

    १)

    जिन्दगीको छैन भर

    आज हाेकी भाेली,

    लाग्छ धेरै डर !

    २)

    चुपचाप बसे आउँदैन 

    सुखकाे दिन जीवनमा,

    मनले शान्ति पाउँदैन !

    ३)

    हर्षकाे आँसु बगाई

    सफलताको शिखर चुम्नू,

    निराशा सबै  भगाई !

    ✍️

       राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [१२]

    १)

    जिन्दगीको झिल्के तारो,

    आकाशमा गएर फल्दछ,

    टिपेर    खानै     गारो !

    २)

    जिन्दगी रोएको देखिँदैन

    हिमाल चढेर ओर्लिन्छ,

    विमारी  भने  लेखिँदैन !

               ३.

    थाहा हुँदैन मरेको 

    रुखको पात जिन्दगी,

    फिरफिर गर्दै झरेको !

    ✍️

    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ~~~~~~~~~~~~~~~~~~

    [१३]

    १)

    उजाडियो सारा गाउँबस्ती 

    बाध्यता जिन्दगी कसैको,

    कसैलाई मस्तीमा मस्ती !

    २)

    पीडालाई छातीभित्र लुकाउनु

    असम्भव छैन दुनियाँमा,

    जिन्दगी काँडामा फुलाउनु !

    ३)

    जिन्दगी उधारो चल्दैन 

    सम्पत्ति नभए हिजोआज,

    चुल्होमा आगो बल्दैन !

    ✍️

    शरद प्रधानाङ्ग, विराटनगर – ७

    ~~~~~~~~~~~~~~~~~~

    [१४]

    १)

    गरौँ भनी रमाइलो 

    आसमा खोजेँ ठाउँ,

    कतै छैन घमाइलो !

    २)

    खोज्दै हिडेँ राप

    देखिनँ कतै बलेको,

    भन्छौ आगो ताप !

    ३)

    उर्लिएर आयो भेल

    पुल छैन जान,

    कसरी गर्ने मेल ?

    ✍️

    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ~~~~~~~~~~~~~~~~~~

    [१५]

    १)

    जिन्दगी गयो खेर

    विदेश जाने रहरमा,

    सधैँको लागि हेर !

    २)

    वैरी होइन घरकै

    बिद्रोह गर्छ देशमा,

    लास गन्छ करकै !

    ३)

    डर देखाए देशमा

    विदेश जाने मरेर,

    लगायो गरिब केसमा !

    ✍️

    एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    ~~~~~~~~~~~~~~~~~~

    [१६]

    १)

    चाहना मर्‍यो बाँच्ने

    दोधारे भयो मन,

    रङ्गमञ्चमा के नाँच्ने ।

    २)

    सरकार दिँदैन काम

    छैन अन्नको दाना,

    कहाँबाट लेराउँ दाम ।

    ३)

    बाँच कि मर

    कामविहीन ए ! मान्छे,

    जे गर्छस् गर !

    ✍️

    बिके माकजू , भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [१७]

    १)

    छैन कसैको भर

    जिन्दगीको लामो यात्रा,

    एक्लै  तय  गर !

    २)

    आउँदैन दुखको गन्ध

    सङ्घर्ष गरेमा जिन्दगीका,

    हुनेछन् पीडा तटबन्ध !

    ३)

    दुखसँग लगाऊ मित

    जिवन सबल बनाउन,

    आफ्नै मनलाई जित !

    ✍️

    बाबुराम गौतम, गुल्मी

    ~~~~~~~~~~~~~~~~~~

    [१८]

    १)

    जिम्मेवारी पुरा गर्ने 

    बनोस् अवस्था देशमा,

    जिन्दगी खुसीले भर्ने !

    २)

    सङ्घर्षको ताँती लाग्छ 

    कर्मतिर मन तम्सिँदा,

    आसा स्वयम् जाग्छ !

    ३)

    जीवन सुन्दर  फूल

    छरौँ सेवाको बासना,

    फूटाउ विकासको मुल !

    ✍️

    सुस्मिता अधिकारी ,काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [१९]

    १)

    जिन्दगीको भरोसा छैन

    थाहा हुँदाहुँदै पनि,

     भएन है चैन !

    २)

    आज,भोलि भन्दै 

    आफ्नै दिन गयो 

    जन्मका दिन गन्दै !

    ३)

    जिन्दगी एउटा यात्रा 

    दुःखहरू सँगसँगै बरोबर 

    मिलाउनु छ मात्रा !

    ✍️

    शोभा आचार्य गौतम 

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [२०]

    हातभरि  छन् ठेला 

    बुझ्दैन कसैले पनि,

    काम गर्ने  बेला !

    २) 

    जिन्दगीको छैन भर 

    परदेशमा कसैको पनि,

    कहाँ हुन्छ घर ?

    ३)

    जिन्दगीमा परिश्रम गरौँला

    हामीसँगै मिलेर यताउता,

    सफलतामा खुसी छरौँला !

    ४)

     जिन्दगीमा केही गर्नु 

    यो संसारमा एकदिन,

    सबैले  छ  मर्नु !

    ✍️

    कृष्ण धामी – बझाङ

    ~~~~~~~~~~~~~~~~~~

    [२१]

    १)

    मनको कस्तो चाह

    कसरी भनूँ कसलाई,

    कसरी भनूँ आह !

    २)

    सुनको यो रहर

    कसले देला अब,

    त्यो कस्तो पहर !

    ३)

    सुन्दरी रातकी रानी

    बनिँयो हेर पानी,

    बन्दैन जीवन नानी !

    ✍️

    नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

          भारत

    ~~~~~~~~~~~~~~~~~~

    [२२]

    १)

    सुन्दर हामी मानव

    मनुष्य योनी हाम्रो,

    किन बन्ने दानव ?

    २)

    किन गरिन्छ अभिमान ?

    होला ठूलो महल,

    राखौँ आफ्नो पहिचान !

    ३)

    जन्ममृत्यु नियतिको खेल

    आफै हामी खेलाडी,

    सजगतामा गर्नुपर्छ मेल !

    ✍️

    कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ~~~~~~~~~~~~~~~~~~

    [२३]

    यो मनको वह

    सहनु छ आफैँ

    लगाउनु छ तह !

    २)

    समयले पोलेको डाम

    गोली लागेर जिन्दगी,

    क्षणमै राम राम !

    ३)

    मुनाहरू मुना टिपी

    बिताउँला भन्छन् जिन्दगी,

    घरको सङ्घार लिपी !

    ४)

    नलेखौँ भन्छु कथा

    जिन्दगी कचल्टियो कतै,

    बुरुरु बल्झिन्छ व्यथा।

    ✍️

    मोती सुब्बा 

    दार्जिलिङ, भारत।

    ~~~~~~~~~~~~~~~~~~

    [२४]

    १)

    जीवन कर्कलाको पानी

    अल्सी नि:शुल्क खान्छ,

    सुतेरै बित्छ जवानी !

    २)

    जीवन कस्तो दमदार

    नदी या हिमनदी,

    आफ्नै दिमाग हतियार !

    ३)

    जीवन चाँदको घेरो

    नियालेर आफैँ हेर,

    हिरैहिरा छन् सेरोफेरो !

     ✍️

    म्यामराज राई, भोजपुर

    ~~~~~~~~~~~~~~~~~~

    [२५]

    १)

    आशाको दियो बालेर 

    बस्छु तिमीलाई पर्खेर, 

    मनमा  माया   पालेर !

    २)

    उडायो माया  हुरीले 

    निर्दयी तिमी निष्ठुरी,

    मुटुमा  रेट्यौ  छुरीले !

    ३)

    मलाई  पीडा  दिएर 

    गयौ तिमी बेइमानी,

    रुँदैछु आँसु  पिएर !

    ✍️

    नवशिला,

    बेलबारी-२,लालभित्ती,मोरङ।

    ~~~~~~~~~~~~~~~~~~

    [२६]

    १)

    भिरको उकालो बाटो

    आँखामा आँसुको सागर,

    सम्झेर नेपाली माटो !

    २)

    कसरी सकिन्छ सहन

    आफ्नै आँगन अगाडि,

    हेरेर हृदय दहन !

    ३)

    धरतीमा बगायौ रगत

    लगाम उनकै हातमा,

    आखिरी सम्झे फगत !

    ✍️

    आर्त अकुलीन

    ~~~~~~~~~~~~~~~~~~

    [२७]

    १)

    जन्ममृत्यु सत्य हुन्छ

    सधैँभरि यो संसारमा,

    सुखदुःखले नै छुन्छ !

    २)

    राम्रो गर्नु कर्म

    सत्यलाई अङ्गालेर सधैँ,

    बुझेर यो मर्म !

    ३)

    अँध्यारो रातपछिको रवि

    नमात्तिनु सधैँ सुखमा,

    अनिमात्र बन्छ छवि !

     ✍️

    धनुष न्यौपाने

    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    ~~~~~~~~~~~~~~~~~~

    [२८]

    १)

    छातीको शूल जिन्दगी

    तनावै तनावको महासागर,

    आँसुको  मूल जिन्दगी !

    २)

    उजाड जीवन बस्तीमा

    कसरी बिताउनु जिन्दगी,

    हरदम दु:खको गस्तीमा !

    ३)

    आत्महत्या  गर्दैछन्  रहर

    उजाड सुनसान जिन्दगी,

    जिउँदो लासहरूको सहर !

    ✍️

    Lumbini Sahitya Pratisthan

    ~~~~~~~~~~~~~~~~~~

    [२९]

    १)

    जिन्दगी चैतन्य चाेला

    गरेमा केही असल,

    सुकर्मले नाम हाेला !

    २)

    जिन्दगीमा कमाउनु खुसी 

    भरिँदैन लाेभकाे भाँडो,

    खुसीले रहनुपर्छ झुसी !

    ३)

    जिन्दगी पाएको खास

    जिउन छैन कठिनाइ,

    अथाह नगरी आस !

    ✍️

    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    ~~~~~~~~~~~~~~~~~~

    [३०]

    १)

    जिन्दगी यात्रा हो

    पर्छ लगातार हिँडिरहनु,

    धेरथोर मात्रा हो !

    २)

    जिन्दगी उज्यालो हो 

    साथै अँध्यारो पनि,

    सुखदुःखको टालो हो !

    ३)

    जिन्दगी बाँचुञ्जेल भार

    बेमतलवी कर्म गर्दै,

    मरेपछि हुन्छ लम्पसार !

    ✍️

    ध्रुव श्रेष्ठ 

    हाल काठमाडौ ।

    ~~~~~~~~~~~~~~~~~~

    [३१]

    १)

    दु:खमा खुशीले बाँच्नुपर्छ

    सङ्कट आउनसक्छ भोलि,

    थोरै जिन्सी साँच्नुपर्छ !

    २)

    जिन्दगी दुईदिने घामछायाँ

    घमण्ड नगरौँ बाँचुन्जेल,

    आपसमा बाँडौँ माया !

    ३)

    कर्कलाको पानीझैँ  ढलपल

    जीवन पोखिन्छ कहिले,

    सत्कर्ममा नगरौँ अलमल !

    ४)

    बाँचुन्जेल गरौँ हाँसखेल

    नबोलौँ  कटुवचन कसैलाई,

    नगरौँ कहिल्यै जालझेल !

    ✍️

    शान्ता पौडेल भट्टराई 

    टङ्कीसिनवारी, मोरङ

    ~~~~~~~~~~~~~~~~~~

    [३२]

    १)

    सन्तुष्टि जिन्दगीको महौषधि 

    दुख्दा खानेमात्र रहेछ,

    दु:खको त्यो औषधि !

    २)

    जिन्दगीमा धनको माला

    नभए आफन्त टेढा,

    जिन्दगी बन्छ नाला !

    ३)

    जिन्दगी यस्तो आजभोलि

    सरकार बहिरो अन्धो,

    जनतालाई वर्षाउछ गोली !

    ४)

    जिन्दगीमा नबोले जाती

    छैन भन्दियो रिसाउँछन्, 

    आफ्नो मान्छे कुठाराघाती !

    ५)

    बाटो उकालो हुन्छ

    फर्किंदै हेर्दै जानुस्,

    जिन्दगीमा मन रुन्छ !

    ✍️

    चुडामणी देबकोटा 

    चनपा १३ काठमाडौ

    हाल बारा सिमरा

    ~~~~~~~~~~~~~~~~~~

    [३३]

    १)

    मायाजालभित्र आफूलाई पारेर 

    चल्दैछ यो जिन्दगी,

    जिउँने रहर मारेर !

    २)

    भो    सानू    नरिसाऊ

    बाटो      छ      लामो,

    यत्तिकै यहाँ नबिसाऊ !

    ३)

    निर्णय      गर्न      साह्रो 

    दोबाटोमा ठेस लागेपछि,

    जीवन   बिताउन   गाह्रो !

    ✍️

    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧

    ~~~~~~~~~~~~~~~~~~

    [३४]

    १)

    जिम्मेवारीको भारी बोकेर 

    अविरल बग्दछ जिन्दगी,

    रोकिन्न कहिल्यै रोकेर !

    २)

    उज्ज्वल ताराजस्तै चम्क 

    एकबारको जिन्दगी हो,

    प्रगतिपथमा अघि लम्क !

    ३)

    बस्नुहुन्न त्यत्तिकै रोएर 

    जिन्दगीको पीर व्यथा,

    कसैगरी जानेछैन धोएर !

    ✍️

    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    ~~~~~~~~~~~~~~~~~~

    [३५]

    १)

    अर्थ अनेक लाउँछन् 

    यहाँ एउटा जिन्दगीको,

    भोगाइ अनुसार पाउँछन् !

    २)

    लाग्छ अचम्मै जस्तो 

    मान्छेको यो जिन्दगी,

    बिचित्रको छ कस्तो !

    ३)

    अनगिन्ती ठक्कर खानुपर्ने 

    मनुष्यको दुईदिने चोलामा,

     छाडेर दुनियाँबाट जानुपर्ने !

    ✍️

    वि.वि.याक्खा

    पाँचखपन नगरपालिका – ६ 

    संखुवासभा।

    ~~~~~~~~~~~~~~~~~~

    [३६]

    १)

    जनतालाई बन्दुककाे गलपासाे 

    गणतन्त्रकाे प्रिय नासाे,

    समाजलाई भएन चासाे !

    २)

    जागिर खाेज्नेलाई गाेली 

    ए  ! हुतिहारा सरकार,

    भिराइदे बरू झाेेली !

    ३)

    कानुनी राज्यकाे भित्र 

    मान्छेकाे इहलीला समाप्त,

    पापिष्ठलाई जेल मित्र !

    ✍️

    प्रद्युम्न चालिसे 

    ~~~~~~~~~~~~~~~~~~

    [३७]

    १)

    कसलाई के हुन्छ ?

    भोलि आउॅंने कुरा,

    बिग्रदा मन रुन्छ !

    २)

    कोही अमर छैन

    धेरै घमण्ड नगरौँ

    बाँचुन्जेल गरौँ चैन !

    ३)

    अप्ठ्यारोमा साथ दिनु

    यत्तिकै कसलाई पुग्छ,

    कहिलेकाहीँ पर्छ लिनु !

    ४)

    अर्काको कामको चासो

    व्यर्थमा लिदाखेरि हेर,

    बन्ला गलाको पासो !

    ✍️

    अर्जुन प्रसाद चौलागाई💕

    ~~~~~~~~~~~~~~~~~~

    [३८]

    १)

    छैन केही कथा

    जीवनमा छु दु:खी,

    टन्न पीडा व्यथा !

    २)

    जिन्दगीको छैन भर

    आज या भोलि,

    मर्ने किन डर ?

    ३)

    जिन्दगी व्यथाले भरिएको

    सुख थाहा पाइएन,

    चारैतिर दु:ख छरिएको !

    ✍️

    राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    ~~~~~~~~~~~~~~~~~~

    [३९]

    १)

     चल्छ गाेली जहाँ

    माग राखेर युवा,

    मर्छ उहीँ त्यहाँ !

    २) 

    उम्कन खाेज्छाै किन

    गल्ति गर्छाै दिनदिन,

    स्विकार गर्दैनौ किन ?

    ३)

     सजिएका हुन्छन् सपनाहरू

     राति निद्रामा पनि,

    मेटिन्छ्न् मनका तिर्सनाहरू !

    ✍️

    रवि पौडेल 

    ~~~~~~~~~~~~~~~~~~

    [४०]

    १)

    भन्छन् कर्कलोको पानी

    म त भन्छु,

     नहिँड अजम्बरी ठानी !

    २)

    लाग्छ  एक जात्रा 

    कहिले  पुग्ने तराई,

    कहिले हिमालको यात्रा ?

    ३)

    प्रक्रिया निरन्तर चल्ने

    बच्चा, युवा, बुढो,

    हुँदै आखिरमा ढल्ने !

    ✍️

    दीपा गुरुङ्ग (समभाव)

    बुनपा-१२ कपन काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    Leave a Reply