उदक यात्री डा.देवी पन्थीका उत्कृष्ट ५ उदकहरू

  • ४ पुष २०८०, बुधबार ०७:१७ मा प्रकाशित
  • उदक यात्री डा.देवी पन्थीका उत्कृष्ट ५ उदकहरू

    १//
    आकाश
    नीलो हुँदा
    मधेस तात्न थाल्छ !

    २//
    बादल
    बनेर पानीले
    बगायो देशको आँगन !

    ३//
    सरकार
    भगवान भरोसा
    आफैँ चलेको छ !

    ४//
    विश्वविद्यालय
    राजनीति गर्ने
    नि:शुल्क अखडा भए !

    ५//
    खहरे
    खोलाले बगायो
    देख्दादेख्दै समुद्रमा हरायो !

    ✍️
    डा.देवी पन्थी //////

    Leave a Reply