पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६९

  • २ मंसिर २०८०, शनिबार २०:५५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उन्नसत्रीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६९ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/२७ गते
    बुधबार बेलुका ०९ बजेसम्म तिहार विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ( शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना।)
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    दियो झैं गरि भाग्य बलिरहोस् सधैं।
    प्रगतिमा पाइला चलिरहोस् सधैं।
    दीपावलीको शुभकामना दिन्छु म,
    जल्नेहरुको मन जलिरहोस् सधैं।
    जिन्दगीका ती बाधा ढलिरहोस् सधैं।

    पञ्चाङ्ग:०२
    सबैकाे घरमा लक्ष्मीकाे बास हाेस्।
    दुख गरिबीको अन्त्यकाे आस हाेस् ।
    छ है दिपावलीको शुभकामना,
    उज्यालो तिहार बत्तीको रास हाेस्।
    रंगिन टीका निधारमा खास हाेस् ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३
    यसपालि पनि तिहारमा घर आउन पाइन आमा।
    दिदीको हातको मखमली माला लाउन पाइन आमा।
    दसैँ-तिहार सम्झेरै बित्यो परदेशमै यो साल पनि,
    साथीभाइ सँग रमाउदै भैलो गाउन पाइन आमा।
    तिम्रो मुहारमा नि कहिल्यै खुशी छाउन पाइन आमा।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    घर आँगनमा दियो बल्ने पर्व तिहार ।
    पाँच दिन सम्म यो चल्ने हो पर्व तिहार ।
    दाजु-भाइ दिदी-बहिनीको मिलन बिन्दु,
    देउसी भैलोमा पैसा फल्ने पर्व तिहार।
    अँध्यारोलाई हो सधै छल्ने पर्व तिहार ।
    ‌ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग :०५

    दियो झैँ भाग्यरेखा सधैँ चम्किरहोस्।
    प्रगतिपथमा पाइला लम्किरहोस् ।
    यो तिहारको धेरै नै शुभकामना,
    सुख र ऐश्वर्य धरामा गम्किरहोस् ।
    जीवनले अमृतधारा छम्किरहोस् ।
    ०६
    तिम्रै घरभित्र लक्ष्मीको बास रहोस्।
    दुःखीगरिबको तिमीमै आस रहोस् ।
    भसक्कै शुभकामना दीपावलीको,
    यसपालिको तिहार नै खास रहोस्।
    धनमान सुखसंवृद्धि रास रहोस् ।

    ✍श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०७
    घर घरमा लक्ष्मीले बास पाओस् सबैको।
    दु:खी र गरिबीको अन्त्य भै जाओस् सबैको।
    दीपावलीको शुभकामना व्यक्त गर्दछु ,
    उज्यालोको पर्व तिहारले छाओस् सबैको।
    सप्तरंगी टीका निधारमा लाओस् सबैको।
    ह्यारिस

    पञ्चाङ्ग०८

    ननिभोस् तिम्रो मनको दियो सल्कि रहोस्।
    संङ्लो मायाको पानी मनमा छल्कि रहोस्।
    दिपावलीको करोडौँ शुभकामना छ,
    जताततै तिम्रो नै प्रारुप झल्कि रहोस्।
    सौभाग्य श्रृङ्गार निधारमा टल्कि रहोस्।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग०९
    संसार डुलेर समाचार लिइ आयाे काग तिहारमा ।
    रङ्गी र बिरङ्गी फूल फुलेर रमायाे बाग तिहारमा ।
    माला लिइ बसेकी छ चेली परदेशी भाइलाई सम्झी,
    ठुलाे घात भयाे दिलमा लागेकाे घाउ दाग तिहारमा ।
    दिदीकाे हात खाली नहाेस् देवसँग छ माग तिहारमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग१०

    सप्तरङ्गी निधार माला गला भरिएर सदा
    दिर्घायु र सफलताले बसुन् जरिएर सदा
    कहिल्यै दुखपीडा भन्ने नहोस् दाजुभाइमा
    उठोस् सृजनाका मुहान नै छरिएर सदा
    उत्पन्न अटल स्वाभिमानमा दरिएर सदा

    जमुना आचार्य सिन्धुपाल्चोक

    Leave a Reply