पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६७

  • १७ कार्तिक २०८०, शुक्रबार ०६:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६७ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/१२ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफूखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मुखले अगाडि ठिक्क पार्ने धेरै छन् यहाँ।
    पछाडि छुरा हानेर मार्ने धेरै छन् यहाँ।
    काम गरेर भन्दा बोलेर छन् देखाउने,
    आफू ठूलो बनी तल झार्ने धेरै छन् यहाँ।
    भोलि भोलि भन्दै पछि सार्ने धेरै छन् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    कतै फुटेको देखिन्छ ।
    कतै जुटेको देखिन्छ ।
    शक्तिको हाेडबाजीमा ,
    नीति छुटेको देखिन्छ ।
    लुट्नु लुटेको देखिन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    फुटे पनि जुटे पनि लुट्न जानेका छन्।
    नबोल्ने यो देशलाई खै के ठानेका छन्।
    न विकास गर्न सक्छन् न निकास दिन्छन्,
    चुस्ताचुस्तै रित्तो भयो अझै तानेका छन्।
    सोझासाझा जनहरू त्यसै मानेका छन्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४

    तालुमा कतै फलेको छ आलु।
    सडेर कतै गलेको छ आलु।
    दाँजेर हेर त जिन्दगी सँग,
    सस्तो मै कतै चलेको छ आलु।
    देखेर भाग्य छलेको छ आलु।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०५

    जहाँ पनि चोरचोर जुटेको देखिन्छ।
    देखाउनलाई मात्रै फुटेको देखिन्छ।
    गम्भीर भई हेर न नेपालीहरू हो,
    हाँडीका मकैझैँ जन भुटेको देखिन्छ।
    कालेकाले मिली भाले लुटेको देखिन्छ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग०६
    मान्छेले आफ्नो धर्म बिर्सेर अर्काको अस्तित्व हरिरहेछ।
    सर्वश्रेष्ठ भन्ने मान्छे आज पशु भन्दा नि तल झरिरहेछ ।
    दया नै धर्म हो बाँच र बाँच्न देऊ यही नै धर्मको सार हो,
    तर किन मान्छे त धर्मकै नाम लिएर युद्ध गरिरहेछ
    धर्मको नाममा मान्छे मारेर पाप गर्दै भ्रम छरिरहेछ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    मेरो पछाडि जहिले भुक्नु तिमी।
    म माथि हुँदा डाहले झुक्नु तिमी।
    गरेको राम्रो काम नदेखे पछि,
    सामान्य कुरा लिएर ढुक्नु तिमी।
    मलाई हटाउन नचुक्नु तिमी।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    लुट्नु लुटे अब गमक्क फुलेका छन्।
    उनकै सिको गर्दै धेरै झुलेका छन्।
    कस्तो हुन्छ होला लुटेरा मात्र भए ,
    नेपालीका सामु ऐनामा खुलेका छन्।
    रोक्न भनी भ्रष्टाचारमै घुलेका छन्।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    Leave a Reply