“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठचालिसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०६/१८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४८[ अठचालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

चित्रमा पञ्चाङ्ग~~~~~~
पञ्चाङ्ग:०१
बिहानीको घाम टलक्क टल्किएको छ।
हेर्दा मनमोहक दृश्य झल्किएको छ।
प्राकृतिक लिला सुन्दर छ अनुपम,
मानिस प्राकृतिमा रम्न पल्किएको छ।
सूर्यको किरणले पानी भल्किएको छ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
अग्ला रुखको छाया पनि ढलक्क ढल्किएको छ।
लाग्छ हेर्ने जतिको मन यसैमा पल्किएको छ।
बिहानी पख सूर्यले लाली किरण छरे पछि,
आहा अति सुन्दर दृश्य टलक्क टल्किएको छ।
साँच्चै यही धर्तीमा नै राम्रो स्वर्ग झल्किएको छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०३
रविको किरण झल्केको छ।
मान्छे हेर्न त्यतै पल्केको छ।
प्राकृतिक स्वर्ग छ अनुपम,
बिहानी स्वर्ग बल्केको छ।
पानीभित्र सूर्य टल्केको छ।
ह्यारिस
पञ्चाङ्ग:०४
उघार्दै क्षितिज घुम्न आउँछ बिहानी।
तलाउको पानी चुम्न आउँछ बिहानी।
सुनौलो छ आकाश झलमल उज्यालो,
सूर्यका किरण छुम्न आउँछ बिहानी।
धर्तीको घरमा घुम्न आउँछ बिहानी।
होम प्रसाद नेउपाने
धरान,सुनसरी।
पञ्चाङ्ग:०५
बिहानीको सुन्दर दृश्य झल्कियो पानीमा।
रङ्गिन चम्किलो आकाश टल्कियो पानीमा।
प्राकृतिक सुन्दर दृष्य ईश्वरीय देन,
प्रकृतिसँगै सप्तरङ्ग छल्कियो पानीमा।
त्यो अनुपम सुन्दरता सल्कियो पानीमा।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०६
बिहानीकाे रवि देख्दा ।
प्रकृतिको छवि देख्दा ।
माटो सुगन्धित मेरो ,
धर्म कर्म हवि देख्दा ।
रङ्ग भर्ने कवि देख्दा ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०७
सुन्दर संसार हेरुँ हेरुँ लाग्ने रहेछ
रहर तुरुन्तै फेर्न मन जाग्ने रहेछ
सबैलाई सुन्दरता मन पर्ने हुनाले
सुन्दर दृष्यले दुःख पीर भाग्ने रहेछ
हेर्दाहेर्दै यो जिन्दगी पनि थाक्ने रहेछ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८
घामसङ्गै आकाश पनि लाल थियो।
धर्तीमा भने छुट्टै नीलो ताल थियो।
कहाँ किन अनि कहिलेको यो चित्र,
पहाडको मध्यमा खैरो पाल थियो।
समय त मिर्मिरे उषा काल थियो।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग०९
बिहानीको घामसङ्गै यो सुतेको धर्ती जाग्दैछ हेर
लाली किरण परेपछि अँधेरी रात भाग्दैछ हेर
डाली डाली चरीहरु चिरबिर गाउन थालिसके,
मलाई पनि चरीसित नै गाउँ गाउँ लाग्दैछ हेर
स्वयं प्रकृतिले मानवताको सिर्जना माग्दैछ हेर।
- पशपति राई खोटाङ
पञ्चाङ्ग:१०
उषाको किरण ट्ल्केको हिमाल।
बिहानीमा कति झल्केको हिमाल।
हाम्रो नेपाल स्वर्ग हो दृश्य हेर्न,
मुनाल डाँफेले ढल्केको हिमाल
पर्यटक सधैँ पल्कने हिमाल ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
पञ्चाङ्ग:११
सूर्यको किरण सङ्गै आउँछ बिहानी।
चराचुरुङ्गीको गीत गाउँछ बिहानी।
चारै तिर हरियाली वन जङगल,
प्रकृति स मीठो प्रित लाउँछ बिहानी।
सधैँ नै खुशी उमङ्ग छाउँछ बिहानी।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १२
प्रकृतिको मनोरम लालित्यमा हराउन मन लाग्यो
टाढा ती दृश्यले पृथ्वीकै तटमा झराउन मन लाग्यो
दृष्टिगत गरी अघाउने छैन मिर्मिरेको वास्तविक
भेडा बाख्रा बिहानी किरणसँगै चराउन मन लाग्यो
भर्दै आएको प्रकाश यतै मात्र छराउन मन लाग्यो
जमुना आचार्य सिन्धुपाल्चोक