साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२५

  • २७ आश्विन २०८०, शनिबार २०:४२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    नियति
    देशको खम्बा
    आयात बाख्रा थुम्बा !

    • वसन्त अनुभव
      [२]
      आयात
      कमसल मियाँ
      निर्यात हीराको धनसार !
    • कमला भण्डारी ढकाल
      रुपन्देही, तिलोत्तमा-९
      [३]
      निर्यात
      युवाको लर्को
      बाख्राको दाम चर्को !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [४]
      आयात
      भेडा बाख्रा
      निर्यात युवा राेजगार !
    • राेशन पराजुली, धरान
      [५]
      भरियो
      भेडा बाख्राले
      देशको शक्ति बाहिर !
    • गुणनिधि घिमिरे, अमेरिका
      [६]
      निर्यात
      युवाको जमात
      आयात खस्किँदो भविष्य !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [७]
      निर्यात
      युवा शक्ति
      आयात भेडा बाख्राकाे !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [८]
      देश
      काट्नु काटे
      चौपायसँग दोपाए साटे !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [९]
      वैदेशिक
      यात्रामा दसैँ
      बाजा बजाएर आउने !
    • जमुना कायस्थ, पोखरा
      [१०]
      निर्यात
      स्वदेशको जन
      आयात सासको धन !
    • पृथक प्रकृति, झापा
      [११]
      निर्यात
      देशका जनशक्ति
      आयात भगौरे भेडा !
    • धनमाया चौधरी, कैलाली
      [१२]
      युवा
      छोड्दै देश
      जनशक्तिमा बाख्राको भेष !
    • दुर्गा आचार्य, मोरङ
      [१३]
      सपना
      सजाएर तमाम
      परदेशीयो युवाको लाम !
      चेतन खनाल ‘दाह्रीवाला’, दाङ्ग
      [१४]
      सम्झाैता
      वैदेशिक राेजगारीकाे
      सत्ता छाती फुलाउँदै ।
    • प्रद्युम्न चालिसे
      [१५]
      लोकतन्त्र
      भेडाबाख्रा महँगो
      युवा अति सस्तो !
    • पशपती राई, खोटाङ
      [१६]
      निर्यात
      मानव जवान
      आयात खसीको बथान !
      जिज्ञासु पन्त, लमजुङ
      [१७]
      दसैँ
      युवा बेचेर
      बाख्रा किन्दैछ देश !
    • सरिता सेढाइ, धादिङ
      [१८]
      मस्ति
      पैसाकाे आशक्ति
      पशुसँग साटेर जनशक्ति !
    • निरज कोइराला, इटहरी
      [१९]
      गरिबी
      सामना गर्नुपर्ने
      वैदेशिक बन्धनमा बाँध्नुपर्ने !
    • सम्झना थापा मगर, स्याङ्जा
      [२०]
      भविष्य
      देश बाहिर
      कुबुद्धि भित्राउँदै सरकार !
    • डुकछिरिङ लेपचा
      मिरिक, डुपटिन
      [२१]
      बाध्यता
      हाम्रो कस्तो
      भयो भेडाबाख्रा जस्तो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२२]
      आयात
      असमान् सम्झौता
      लाजै मान्दैनन् निर्यातकर्ता !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [२३]
      नेताजी
      भेडाहरू स्याहार
      हामी विदेश लाग्यौँ !
    • राम उदित
      चन्द्रपुर नपा-४, रौतहत
      [२४]
      बेरोजगारी
      देशको समस्या
      युवा विदेशिन बाध्य !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [२५]
      दसैँ
      शून्य गाउँघर
      गर्दै भेडाको व्यापार !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२६]
      जनावर
      निर्यात गर्ने
      युवाले एयरपोट भर्ने !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नगरपालिका-३
      [२७]
      हालत
      बाठोपन देखियो
      जनशक्तिसित भेडा साटियो !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [२८]
      लकडबुद्धि
      आयात वर्जक
      निर्यात कुसल आर्जक !
    • अगस्टीन राई, पूर्व सिक्किम, भारत
      [२९]
      विडम्बना
      देशकै दूर्भाग्य
      बन्यो दानवी राज्य !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३०]
      बेथिति
      युवा निर्यात
      भेडा बाख्रा आयात !
      -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३,काभ्रे
      [३१]
      भवितव्य
      युवा निर्यात
      देशले भोगेर आघात !
    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ
      [३२]
      लर्को
      विदेशिने मानिस
      पेट पाल्नेहरूको झर्को !
    • चक्र शाही, लम्की, कैलाली
      [३३]
      निर्यात
      बहुमूल्य युवा
      अनुत्पादक आयात अनौठो !
    • प्रेम थापा “मन”, बागलुङ
      [३४]
      कर्णधार
      देशका युवाहरू
      बन्दैछन् भोलिका सपनाहरू !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      बेरोजगार
      युवा परदेशिँदै
      चाडपर्व नजिकिँदै आँगनमा !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई ४ झापा
      [३६]
      साटासाट
      मुटु कलेजो
      एक धार्नी भुँडी !
    • टीकाराम जाेशी, टीकापुर
      [३७]
      अनमोल
      युवाको भाउ
      भेँडा बाख्राको मोल !
    • विवश पारदर्शी, झापा
      [३८]
      निर्यात
      देशको शक्ति
      फर्कियो प्रभु भक्ति !
    • नन्दलाल आचार्य, उदयपुर
      [३९]
      दुर्दशा
      देशको अवस्था
      निकम्मा राज्य व्यवस्था !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४०]
      भविष्य
      होनहार युवाको
      खसी बाख्राको जस्तै !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४१]
      दसैँ
      आयो लर्केर
      खसीतिर नहेर फर्केर !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४२]
      आयात
      हरेक वस्तु
      विदेशीन बाध्य युवा !
    • समुन्द्रा शर्मा
      इटहरी, सुनसरी
      [४३]
      अमूल्य
      माटोको माया
      सुनको खोजीमा परदेश !
    • आर्त अकुलीन, कैलाली
      [४४]
      दुर्दशा
      युवा विदेश
      दसैँमा बाख्रा स्वदेश !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४५]
      डसिया
      गरिबके घर
      सुनसान हुइल बसिया !
    • सागर कुस्मी, कैलाली
      [४६]
      नेपाली
      दैनिक निर्यात
      दसैँ न तिहार !
    • गोपाल प्रसाद पौड्याल
      [४७]
      चाडपर्व
      बढ्दो महङ्गीले
      युवा विदेश पलायन !
    • मङ्गला उपाध्याय, बारा
      [४८]
      सरकार
      गर्दै व्यापार
      किन मानव ओसारपसार ?
    • बालकृष्ण खनाल
      [४९]
      विडम्बना
      युवायुवती निर्यात
      पशुपन्छी जस्तै मानव !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: काठमाडौ
      [५०]
      आह्वान
      नेपाली जमान
      गरे विदेशमा चलान !
      -:सरस्वती श्रेष्ठ, इटहरी
      [५१]
      सन्तुलन
      पैठारी निकासीमा
      देश कठिन कसीमा !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५२]
      सपना
      सुख समृद्धिमा
      युवा शक्ति विदेशमा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, कैलाली
      [५३]
      निर्यात
      युवा खाडी
      जनावर आयात बराबरी !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३
      [५४]
      श्रेष्ठ
      माटोको माया
      आखिर बन्दै घामछाया !
    • कविता आचार्य, कैलाली
      [५५]
      आयात
      भेडाको बथान
      युवा विदेश गमन !
    • कमला देवकोटा, पाल्पा
      [५६]
      बाहिरिए
      सुखको लालसामा
      उर्जावान कर्मठ युवाहरू !
    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    One thought on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२५

    Leave a Reply