पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६१

  • ५ आश्विन २०८०, शुक्रबार २१:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसाठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६१ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/०१गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………

    पञ्चाङ्ग:०१
    आज छमछमी नाच्ने हो।
    बारुले कम्मर भाच्ने हो।
    तीजको शुभकामना छ,
    प्रियको दीर्घायु साँच्ने हो।
    लामो आयुसम्म बाँच्ने हो।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    हिजो दर खाइयाे आज मजाले नाच्ने हाे ।
    मादलु तालमा बारुले कम्मर भाच्ने हाे ।
    दुई दिने चाेलामा भाेलि गरौंला नभनी ,
    साथी संगिनी हाँस्दै खेल्दै खुसीमा बाँच्ने हाे ।
    धर्म संस्कार संस्कृति आफूले नै साँच्ने हाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३

    व्रत उपासनाले मन पवित्र बनाउनु छ।
    सोह्रशृङ्गार गरी सौभाग्यशाली जनाउनु छ।
    शिवालय पुगेर दिनभर भक्ति भावनाले,
    पञ्चमीमा अपमार्गसँगै जल खनाउनु छ।
    तडक भडक बिना राम्रो तिज मनाउनु छ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    माइतीमा गएर नाॅच चेली मजाले।
    हुर्किएको घरमा हाॅसीखेली मजाले।
    दुई दिनमात्रै बाॅकी रह्यो तीजलाई,
    ब्रत बस्नु पर्दा नगरे झेली मजाले।
    नखानु है पतिको ऑखा छेली मजाले।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०५

    महान पर्व तीज पनि गयो बरी लै
    यो मन् त अति खल्लो हुने भयो बरी लै ।
    वर्ष दिन को चाडमा साथी सँगी भेटी,
    दरको मीठो तिर्सना त रह्यो बरी लै।
    कामको सिकाइ त्यतिकै लयो बरी लै।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग;०६

    तिजको दिन खाएर दर नाचियो उफ्रियो
    भेला भएर वर र पर नाचियो उफ्रियो
    दुधको तर ढकने खिर तिजको भोजन
    टमक्क खाई गएर घर नाचियो उफ्रियो
    माईती घर भएन डर नाचियो उफ्रियो ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०७
    वर्ष दिनको तीजमा चेली आउनु माइतमा।
    सात समुद्र खोली तरेर धाउनु माइतमा।
    वर्ष दिनको पर्व मान्ने हो सबै जम्मा भएर,
    सबै चेली भई तीज गीत गाउनु माइतमा।
    दाजुभाइ र चेलीको प्रेम लाउनु माइतमा
    ह्यारिस

    पञ्चाङ्ग:०८

    यसपाली तिज पनि गयो सरर खस्ने भयो।
    दु:खी चेलीको आँखामा आँसु बरर खस्ने भयो
    छैनन् मेरा आफन्त भित्र भित्रै रुकोछु एकान्तमा,
    लर्क्यो सारी नाच्नेको पसिना फरर खस्ने भयो।
    लुक्न सकेन आँसु त छल्क्यो तरर खस्ने भयो।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०९
    देखावटी चलन संस्कार त भूल्नुपर्छ हामीले।
    पहाड टाकुरा चुचुरासँगै खुल्नुपर्छ हामीले।
    भएको रहेको उपयोगमा साटासाट भावना,
    पर्व ,मेला ,जात्रा र रीतिसँगै घुल्नुपर्छ हामीले।
    देशका हरेक कुना कुनामा डुल्नुपर्छ हामीले।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:१०

    वर्ष दिनको माहान चाँड तीजमा आउँदैछु म।
    मिठो भाका मिलाउँदै तिजको गित गाउँदैछु म।
    यहाँ मेरा दाजुभाइ नै नभएर होला सायद,
    यही वरिपरी घरमा रमाउँदै धाउँदैछु म।
    आज मेरो पालो भन्दै सबैलाई सघाउँदैछु म।।

    कमला पाण्डे पराजुलि झापा चारआली

    पञ्चाङ्ग:११

    धनीको सुनिन्छ गरिबको कुरा नै खाइदैन यहाँ।
    भएको संबिधान अनुसार न्याय पाइदैन यहाँ।
    संबिधान मूल कानुन व्यवहारमा उतारौ अब ,
    राजा बिनाको नेतामुखी गणतन्त्र चाइदैन यहाँ।
    नेपाली हित नभएको गीत अब गाइदैन यहाँ ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:१२

    दुःख पिडा झेलेर नि, न बाँची भाछैन।

    लुुकाएर दुःख माया,न साची भा´ छैन।

    नखाई नखाई व्रत हो, स्वामी राजाको,

    दिदी बैनी भेट भयौँ न नाची भा छैन।
    बारुले कम्मर मेरो न भाँची भा`छैन।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    Leave a Reply