“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यालिसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०६/०४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४६[ छ्यालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग~~~~~~
पञ्चाङ्ग:०१
रुखमा फल रातै लागेका छन्।
मानिस त्यतै तिर भागेका छन्।
हरियो रुखमा रातै देखियो,
यही हेर्न कति त जागेका छन्।
रमणिय प्रकृति मागेका छन्।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
यो के फलेको हेर।
झण्डै गलेको हेर ।
फल धेरै भएर,
रुखै ढलेको हेर।
हावा चलेको हेर।
गुणनिधि घिमिरे
पञ्चाङ्ग:०३
जब रुखले उचित मल जल पाउँछ।
आफू विकसित हुन राम्रो थल पाउँछ।
ढुङ्गामा पनि पिपल उम्रिने देश हो यो,
मालीले लटरम्म फलेका फल पाउँछ।
मिठामिठा फल खाएपछि बल पाउँछ।
श्रीकृष्ण शर्मा पोखरा
पन्चाङ्ग:०४
मल बीउ उन्नत पाए के फल्दैन र नेपालमा।
धरा यो कोरौं बाटौं गरे के गल्दैन र नेपालमा।
काम भन्दा कुरा धेरै गर्ने जन्ताको फुर्तीले पो त,
आपसी एकता भए चुल्हो बल्दैन र नेपालमा।
दर्हो गणतन्त्र भएमा के चल्दैन र नेपालमा!
कमला देवकोटा , पाल्पा
पञ्चाङ्ग:०५
फल फल्याे रुखमा लट्टाे खाने कसले हाेला?
किसान आज दुःखी छ नाफामा पसले हाेला ।
फलेको हाँगो झुकेको हुन्थ्याे ठाडै किन भयाे
प्रविधि भित्रियो कृषिमा यसैको जसले हाेला ।
झुप्पाे दाना राताे पहेँलो पक्कै रसले हाेला ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०६
ज्ञानीले झुक्ने हैन डट्नु पर्छ अब।
सत्कर्मी लुक्ने हैन खट्नु पर्छ अब।
नेपाली हात खँदिलो फलले भर्न ,
अन्याय फुक्ने हैन हट्नु पर्छ अब ।
विवेक ढुक्ने हैन रट्नु पर्छ अब।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०७
अर्काकाे हित गर्न मात्र जहिल्यै जानेर आयाै तिमी।
जे भन्छन् जसले भने जति कुरा मानेर आयाै तिमी।
पहिला फूल फूलाउँदै नि त्यहीँ राख्छाै बढाइ फल,
आफैँ वृद्धि हुँदै मीठाे पनि हुने ठानेर आयाै तिमी।
पाक्दा खान भनेर ती फल टिपे तानेर आयाै तिमी।
ताेयानाथ सुवेदी
काँडाघारी
पञ्चाङ्ग:०८
मेहनत गरेमा अवस्य हुन्छ फल प्राप्त।
बिरुवाले नि दिन्छ फल, भएमा जल प्राप्त।
मेहनत गरेमा हामी के पाईदैन यहाँ,
फल दिन बिरुवाकाे, हुनुपर्छ मल प्राप्त।
फलकाे सेवनबाट धेरै मिल्छ बल प्राप्त।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०९
मीठो फल फलेको देखेर हेर्न आयौँ भान पार्दै।
हेर्न लाई रातो सुन्दर रहेछ धायौँ भान पार्दै।
प्रकृतिले मानव सन्तुष्ट लागि वृक्ष फल दिए।
भोकको बेला फलहरूदेखेर खायौँ भान पार्दै।
हरियो रुखको ती स्वादिलोफल पायौँ भान पार्दै।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:१०
श्रम गरेपछि घरमा बल मिल्छ।
मिहिनेतले हामीलाई फल मिल्छ।
कर्म नगरि फलको आस नगर्नु,
झुटो असत्य भए त्यहा छल मिल्छ।
सोचेर काम गरेमा नै हल मिल्छ ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:११
के को रुख हो त फलेको त्यस्तो।
घरहरू पनि छलेको त्यस्तो।
बोटले नथाम्ने लटरम्म छ,
कसले होला नी मलेको त्यस्तो।
कि चित्रमा रङ दलेको त्यस्तो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:१२
रातो राम्रो मात्र होला,जानेर खाने हो।
खान योग्य छकि छैन,छानेर खाने हो।
राता फल सबै मीठा हुन्छन् भन्ने छैन,
मीठा रहेछन् भने त,तानेर खाने हो।
जस्तै भएपनि मीठो, मानेर खाने हो।
होम प्रसाद नेउपाने
धरान,सुनसरी।
पञ्चाङ्ग:१३
रुखमा फल फलेको छ।
मान्छेको मन ढलेको छ।
रातो फल देखियो राम्रो,
पाकेको फल गलेको छ।
कतिको आँखा छलेको छ।
ह्यारिस
पञ्चाङ्ग:१४
मिहिनेत गरेपछि फल पनि लाग्दाे रहेछ।
केही लाभ हुन्छ कि भन्ने पाे आशा जाग्दाे रहेछ।
परिश्रमले नै गर्छ सफल हुन सहयोग,
हातमुख जाेड्न जाेहाे हुँदा दुख भाग्दाे रहेछ।
दुई छाक खाने,लाउने समस्या टार्दाे रहेछ।
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:१५
रुखमा फल फल्यो खाने कसले हो अब।
बजारमा नि बेच्न लाने कसले हो अब।
फलेको हाँगो नझुकेको कहाँ छ र यहाँ ,
भारी बोकी बजार जाने कसले हो अब।
रक्सी बनाए चार पाने कसले हो अब ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग
फलको साथमा खुशीको पल हुन्छ ।
कर्मको माथमा साहसी बल हुन्छ ।
कर्तव्यले आत्मबोध बढाउनेछ ,
सेवाभाव खुलाऊँ प्राप्त फल हुन्छ ।
लिने म दिने तिमी कहाँ छल हुन्छ ।
जमुना आचार्य सिन्धुपाल्चोक