“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्साठीमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-५९[ उनान्साठी]
——————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०५/१८गते
भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१
धन सम्पत्तिमा जो सुकै पनि फस्छन् कुनै दिन।
सबै राम्रो राम्रो चीजमा आँखा बस्छन् कुनै दिन।
आफूले आफैलाई महान् ठान्दै घमण्ड गर्नेको,
अहंकार उम्लिएर धर्तीमा खस्छन् कुनै दिन।
लिइ जान्छन् के अन्त्यमा खरानी घस्छन् कुनै दिन ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
परको त के कुरा, घरमै शत्रु बसेपछि यहाँ।
मन मुटु मिलाएर मस्तिष्कमा पसेपछि यहाँ।
खुसीका लहर निमेक लगाएर टोक्नेले अब,
उमङ्ग जलाएर अन्धकारमा खसेपछि यहाँ
जिउँदै मरिने भो अडकाउमा फसेपछि यहाँ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३
म सित जे थिएन त्यही चिज हेर्यो सबैले।
यौटाले हैन दुइटाले हैन घेर्यो सबैले।
म सङ्ग त्यही चिज बाहेक धेरै चिज थियो,
तर मलाई नभाकै चिजले बेर्यो सबैले।
भएको चिज चाहिँ नलेखेर केर्यो सबैले।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग:०४
अक्षर-१५
गरिबलाई जहाँ गए पनि बास छैन।
भाडामा अन्न हुन्न मुख खाली गाँस छैन।
सड्कको पेटीमा मसंगै सुतेको साथीको,
उस्को बिहानै उठेर हेर्दा त सास छैन।
त्यसैले सधैँदर्द कुनै दिन खास छैन।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०५
हाम्रै अगाडि छिमेकी चन्द्र छुन पुगेका छन् ।
तिनिहरू अब चन्दबासी हुन पुगेका छन् ।
हामीले त नेपाल बिगार्न तल्लिन भए छौँ,
स्वतन्त्रता माग्न आँसु झार्दै रुन पुगेका छन् ।
नेताहरू भारतीको पाउ धुन पुगेका छन् ।
सोमनाथ लुइँटेल
पञ्चाङ्ग:०६
तीज आयो बाबाको आगनीमा घुर्घुर घुर्छ मलायो हेर।
माइतीघरमा जान पाईँदैन मुटु मेरो जलायो हेर।
चेलीबेटी टाढाहुँदा माइती लाई के भ्यालु हुन्छ तीजको,
बेंसी फाँट घुम्न गएथ्यौँ सँगी साथी जलुको पलायो हेर।
खेतीबाट कृषकले मुरी रोपी धान कति फलायो हेर।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:०७
अरुले हैन आफुलाई आफै जाँच्ने गर सधै ।
इशारामा होइन मन देखि नाँच्ने गर सधै ।
आफ्नो जीवनको मालिक तिमी आफुनै हौ बुझ ,
हृदयको पानाभरी पिरती साँच्ने गर सधै ।
निस्फिक्री आफ्नै तरिकाले तिमी बाँच्ने गर सधै ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
पञ्चाङ्ग:०८
अरु देशको विकास ट्वाल्ल हेरेर भएन।
नेपाल बन्द संघ नामले घेरेर भएन।
पूर्वाधारको विकासले पूर्ण छोएको कहाँ ?
छैन अझै खै निर्यात पथ फेरेर भएन।
माकुराको जालो जस्तो देश बेरेर भएन।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०९
भन्नेले भन्दै गरून् फरक नपर्ला।
खन्नेले खन्दै गरून् फरक नपर्ला।
आफ्नो जिन्दगी आफै हो चलाउने,
खराब गन्दै गरून् फरक नपर्ला।
मलाई बन्दै गरून् फरक नपर्ला।
ह्यारिस
पञ्चाङ्ग:१०
तिजमा दुखीलाई कुनै खास छैन।
काम नगरीकन खान अास छैन।
पर्व अाओस या नआअोस उस्तै छ,
बस्ने गतिलो कतै कुनै बास छैन
दुः ख नगरेको खै कुनै मास छैन।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:११
माया उस्तै थियो बानीले पराई भयौ आज।
यात्रा संगै थियो लक्ष्यले हराई गयौ आज।
सोच मेरो देश बनाउने तिमी आफू बन्ने ,
सफल भयौ ठग्न घाऊ भराई लयौ आज।
जिउने जीवन त हो लाग्छ युग सयौ आज।
सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:१२
मौरीले मेहनत गर्याे गाेलाे बनायो ।
किसानले चउर खन्दै काेलाे बनायो ।
श्रम,सीप ,एकतामा हुँदा धेरै बल ,
थाेपा थाेपा पानीले यहाँ खाेलाे बनायो ।
सद्दे लुगा काटेर हेर चाेलाे बनायो ।
भवानी घिमिरे
सर्लाही ।