
९ सेप्टेम्बर २०२३, अल कासिम साउदी अरब गैरआवासीस नेपाली संघ, क्षेत्रिय समन्वय समिती, अल कासिमले ८ सेप्टेम्वर २०२३ शुक्रबारका दिन अल कासिमको साल्मिया स्थित रोम सिसा कम्पनी “ श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण” कार्यक्रम सम्पन्न गरेको छ ।

साउदीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण गरि श्रमिकहरुलाइ आवाश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित उक्त स्वास्थ्य शिबिरमा डा. माजिद द्धारा सोही कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिईएको कुरा संस्थाका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

उक्त शिबिरमा श्रमिकहरुको उच्च रक्तचाप, मधुमेह (Blood pressure, Sugar) को परिक्षण गरिएको थियो । परिक्षण गरिएका श्रमिक हरु मध्ये मधुमेह र उक्तरक्तचापबाट अधिक जोखिम भएका बिरामीलाई तत्काल नियमीत स्वस्थ्य परिक्षण र नियमित औषधी खान र आफ्नो काम, खानपानमा उच्च सतर्कता अपनाउन डा. माजिदले सल्लाह दिएका थिए ।
नेपाली राजदुताबास रियादका “लेवर काउन्सलर” देबेन्द्र राज कार्कीको विषेश उपस्थिती तथा गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनीधी बिशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव ध्रुबराज कटुवाल लगायत एनसीसी तथा आरसीसी पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठले यस्तो कार्यक्रम निकै राम्रो रहेको र भबिष्यमा पनि यस्तो कार्यक्रम हरु अझै प्रभाबकारी र धेरै श्रमिकलाई सेवा बिस्तार गर्दै जाजु पर्ने बताए भने एनसीसी सचिव ध्रुबराज कटुवालले यस्ता श्रमिकजन्य कार्यक्रमका लागि आफ्नो साथ सहयोगको प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारी ले कार्यक्रम सोचेभन्दा राम्रो रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने डाक्टर तथा सबैलाई र उपस्थित सबै श्रमिक दाजुभाइहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा स्रोत साधनले भ्याए सम्म यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।



