साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४२ सम्पन्न

  • १० भाद्र २०८०, आईतवार ००:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बयालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०५/०७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४२[ बयालिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग:०१
    कति राम्रो मकै बारी रहेछ।
    मकैकाे त लामाे दारी रहेछ।
    नारी सजिएकि हरियाे बन्दै
    मान्छे जस्तै मकै घारी रहेछ।
    मकैकाे खाेस्टा झैं सारी रहेछ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    सजियौ चिटिक्क हरियो सारीमा तिमी।
    झनै सुन्दर त्यो पहेँलो पारीमा तिमी।
    मकै हो कि मान्छे उस्तैउस्तै लाग्ने भयौ,
    अप्सरा झैँ देखिन्छ्यौ मकै बारीमा तिमी।
    पार्वतीकै झल्को मेट्दिन्छ्यौ नारीमा तिमी।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३

    सजिएकी निकै हरियो सारीमा तिमी।
    जानु हुन्न थियो त यस्तो घारीमा तिमी।
    नारी घरको एक अभिन्न अंग मान्छन्,
    घर नबसी किन मकै बारीमा~~ तिमी।
    देख्छु खेतको गरा अनि टारीमा तिमी ।

    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०४

    परी हाे की सारी भन्छु छुट्याउन गाह्राे ।
    मकै हाे की घारी भन्छु छुट्याउन गाह्रो ।
    प्रविधिकाे दुनियाँमा भएको  विकास ,
    जुँघा हाे की दारी भन्छु छुट्याउन गाह्रो ।
    खेत हाे की टारी भन्छु छुट्याउन गाह्रो ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५

    हरियो बालीमा सुहाएकी हरियो सारीमा  हेर।
    दुधै दुधले  भरिपूर्ण हुने  मक‌ै   हारीमा   हेर।
    प्रकृति जननी हुन्  उत्पादन दिई  पाल्छिन सबै,
    जताततै सुहाउँछिन्  नारी  खुलेकी  बारीमा हेर।
    लाग्छ हिलो फाेहर मैया त्यो सारीकाे पारीमा हेर।

      रामप्रसाद पुरी बादेल, खाेटाङ ।

    पञ्चाङ्ग:०६
    घरमुनि मकै बारी रहेछ।
    मकै आकारमा नारी रहेछ।
    कति राम्रोसँग सजिएकी हुन्,
    मान्छे आकारको घारी रहेछ।
    मकैले बनेको सारी रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:०७

    सजिएकि छिन् नानी राम्रो हरियो सारीमा यहाँ।
    प्रकृतिसँगै रम्दै छिन्  नानी  मकै घारीमा यहाँ।
    नारी एक  अति अभिन्न अङ्ग हुन् घर घरको,
    अल्छि नगरी काममा जाने तिमी  बारीमा यहाँ।
    खेतमा भन्दा नि धेरै फल्ने मकै टारीमा यहाँ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:०८
    सुन्दर देखियो हरियो सारीमा हेर।
    चिटिक्क मकै सारी कस्तो बारीमा हेर।
    आहा सुन्दर मन मोहित दृष्य देखे,
    सुन्दरता झल्कियो त्यहाँ घारीमा हेर।
    सबैको मन गयो बरै पारीमा हेर।

    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:०९

    मकैको जुँगाको लामो लामो केश भएको।
    मकैको  पत्ताको  नै  हरियो  भेष  भएको।
    हरियो   साडीमा   परी  झैँ  सुन्दर  देखिने,
    बारी  परी  जस्ती सुन्दरी  को देश भएको।
    हरियो साडी पारी  गोरो त्यो फेस भएको।
                   बेदु न्यौपाने
                       काठमाडौँ ❤️

    पञ्चाङ्ग:१०
    उस्तै उस्तै देखिएको चित्र अचम्मको।
    बाहिरको  मिले पनि भित्र अचम्मको।
    मानिसले  प्रकृतिको  देखाबटी  गर्दा,
    बन्छन् दुई आपसका मित्र अचम्मको।
    बस्यो माया दुबैको पबित्र अचम्मको।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग;११
    नारी अनि प्रकृति दुवै उस्तै उस्तै लाग्यो मलाई।
    नारीले  प्रकृति  र  प्रकृतिले  नारी माग्यो मलाई।
    यी  दुइ  बीचको अन्तर्सम्बन्ध देखेर छक्क परें,
    मनमा अनेकौं प्रश्न र कौतुहल्ता जाग्यो मलाई।
    प्रश्न मनभित्रै रह्यो कौतुहल्ताले नाग्यो मलाई।
    पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१२

    लीला हुन्छ अपार याे प्रकृतिकाे देखिन्छ बाँचे यहाँ।
    मिल्ला खान फलेर अन्न जगमा पाकेर भाँचे यहाँ।
    देख्छाैँ केश समान निर्मित यहाँ याे अन्न बाली मकै,
    खाऊँ याे सबले र जे जति यहाँ बच्नेछ साँचे यहाँ।
    नारीकाे तनले उचाेँ हुन गए छैनन् नि ग्वाँचे यहाँ।

    ताेयानाथ सुवेदी
    काठमाडौं

    पञ्चाङ्ग:१३
    हरियो बस्त्रमा नारी खुलेकी कति।
    मकैबारीमा सुन्दरी झुलेकी कति।
    मकै,  नारीको सुन्दरता मिलेको छ,
    मकै सँगै ढकमक्क फुलेकी कति।
    प्रकृतिमा आफैलाई  भुलेकी कति।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१४
    सुहाएको हरियो साडीमा नारी।
    मकैझै ठडिएकी झाडीमा नारी।
    प्रकृति र नारी सौर्न्दर्यको खानी,
    पराइले समात्ला नाडीमा नारी।
    बिटुलेर फाल्देला गाडीमा नारी।

    देबकी के.सी.

    पन्चाङ्ग:१५
    नेपालको  हरियालीसँग सिमसिम  पानी छ।
    प्रकृतिमै  रमाउने नेपालीको राम्रो बानी छ ।
    मकैकाे सुत्ला कपाल  झैँ  हरियो छ है फरिया ,
    आकृती देखियाे बोट जस्तै   हरित भाे नानी छ ।
    सबैलाई     लोभ्याउने दृश्य पहिरन  खानी छ ।

    कमला देवकोटा,  पाल्पा

    पञ्चाङ्ग:१६
    आँखालाई आरामै  दिने त्यो हरियो सारीमा हेर।
    भोकलाई  बिरामै दिने मकै छन्  त्यो बारीमा हेर।
    दुवैजना प्रकृतिका सुन्दर सृष्टिहरु जसरी,
    छन् त दुवै गरामै कति सुन्दर छ घारीमा हेर।
    पहेलो छ जरामै मकै पहेलो छ पारीमा हेर।
    सुस्मिता पौडेल ( अधिकारी), काठमाडौँ

    पञ्चाङ्ग:१७

    सृष्टिको सम्पूर्ण रूप नारी हुन्।
    नरित्तिने मायाकी बारी हुन्।
    परेमा  सत्यताको  खडेरी,
    सुन्दरता झल्काउने सारी हुन्।
    घरकी मूल  देवता रानी  हुन् ।

    प्रभा

    पञ्चाङ्ग:१८
    मान्छेकाे जस्तै मकैकाे पनि कैलाे केश रहेछ।
    खाेस्टाकाे सपक्क पारी लगाएकाे भेष रहेछ।
    कला भए बन्दाेरहेछ मकै पनि मान्छे जस्तै,
    हरियाेले परी जस्तै चट्ट खुल्ने फेस रहेछ।
    प्रकृतिले भरिपुर्ण हराभरा देश रहेछ।
    उर्मिला के.शी
    धनकुटा

    Leave a Reply