नियमित रीत : एउटा गीत !

  • १० भाद्र २०८०, आईतवार १८:३१ मा प्रकाशित
  • पहाडको लता छाडी, तिमी तराई झर्‍यौ !
    थाकथलो मै रमाएँ म, आज पराई भयौ !!

    गाऊँ बेशीको पिडालाई, तिम्ले भूल्न चाह्यौ !
    समथर भूमी सररर, तिम्ले डुल्न चाह्यौ !!
    भिडै भिडको तराई तिरै, तिमी हराई गयौ !
    थाकथलो मै रमाएँ म, आज पराई भयौ !!

    तिमिले रोज्यौ आफ्नो खुशी, रमाऊ तिमी उतै !
    पहाड तिरै रमाउँछु म, ठाउँ छ जता ततै !!
    नजाऊ तराई भन्दा ठूलो, स्वरले कराई गयौ !
    जब झ-र्यौ तराई तिमी, आज पराई भयौ !!

    सुशिल पराजुली
    हेटौंडा

    Leave a Reply