
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
मूल्याङ्कन
आफूले आफूलाई
रहोस् निरन्तर जारी !
- वसन्त अनुभव
[२]
आफ्नो
परिचय सत्यमा
नबनोस् कहिले हत्यामा !
- जमुना कायस्थ, पोखरा
[३]
आफ्नो
परिचय खोज्दै
आखिर आफैसँग सोध्दै !
- सरिता सेढाइ, धादिङ
[४]
खबरदारी
दिमागी खेललाई
मर्नुहुन्न है मानवता !
- गोपेन्द्र रिजाल, पाँचथर
[५]
हेर्नुस्
आफैँले आफैँलाई
धित मारेर जुनीभर !
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३, काभ्रे
[६]
परिचय
खोजेमा आफ्नै
बनिन्छ पक्कै सफल !
- प्रेम थापा “मन”, बागलुङ
[७]
खबरदारी
पहिले आफैँलाई
एउटा उदाहरण संसारलाई !
- नवराज भट्ट, कञ्चनपुर
[८]
अनुहार
आफ्नो हेरे
बित्थामा अर्काेलाई नगरे !
- निरज कोइराला
[९]
हेरेको
आँखाले देखेको
आफूले मात्रै भेटेको !
- सविता के.सी.
[१०]
अनुहार
सत्य दर्पण
अरूमा खोज्नु बेकार !
- म्यामराज राई, भोजपुर
[११]
आश्चर्य
पर्यो छक्क
आफैँलाई हेरेर दङ्ग !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१२]
ऐना
आफ्नो व्यवहार
अघि बढ्ने आधार !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१३]
बिगारे
अरू दोषी
आफूलाई बनाउने सहासी !
- भगवती दवाडी, झापा
[१४]
खोपडी
प्रयोग जानेमा
ब्रह्माण्ड छ यसमा !
- शारदा गौतम आचार्य
ललितपुर
[१५]
ऐना
समतल सतहमा
सारा जीवनको प्रतिबिम्ब !
- आर्त अकुलीन
[१६]
खबरदारी
आफैँले आफैँलाई
सचेत गराउन खाेज्दै !
- राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१७]
मानव
व्यवहारमा दानव
देखाउँदै आफैँले तान्डव!
- टीकाराम पुन टिपु, सल्यान
[१८]
आत्मानुशासन
जीवन खेल
मनुष्य बन्ने परीक्षा !
- नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
[१९]
मस्तिष्क
अनियन्त्रित विचार
उपचार आफ्नै हातमा ।
- प्रभादेवी पौडेल
भरतपुर-९, चितवन
[२०]
अनुहार
आफ्नो आफैँ
हेर्दैमा हुने दिक्क !
- चक्र शाही, लम्की ,कैलाली
[२१]
आलोचना
आत्मको समीक्षा
जीवन्त आफ्नै विवेचना !
- कमला देवकोटा, पाल्पा
[२२]
मस्तिष्क
जीवनकाे चालक
चलाउन नजाने बाधक !
- भवानी घिमिरे, सर्लाही
[२३]
मान्छे
ऐना हेर
अरूलाई नजिस्काऊ धेर !
- पशपती राई, खोटाङ
[२४]
दुष्कर्मी
अतृप्त देह
हाँक छेदित शिरलाई !
- कण्ठराज गिरी
[२५]
अनुहार
आफ्नै हेरौँ
अरुलाई केही नभनौँ !
- पं ज्यो तोयनाथ सुवेदी
हेटौडा-८, कमाने
[२६]
आत्ममूल्याङ्कन
गर्नुपर्ने झन्
आफूले आफैँलाई जान !
- सरिता काफ्ले, कोहलपुर-८, बाँके
[२७]
म
आफ्नै दूरबिन
आफैँलाई हकार्छु हरदिन !
- मधुसुदन शर्मा
[२८]
ऐना
देखियो प्रतिबिम्ब
कर्तुत भयो छर्लङ्ग !
- धनमाया चौधरी, कैलाली
[२९]
खोज्दै
आफ्नो परिचय
आफूभित्र आफैँ सोध्दै !
- दुर्गा आचार्य, मोरङ
[३०]
विश्लेषण
स्वयम्को जरुरी
अनि हुँदैन मजबुरी !
- पृथक प्रकृति, झापा
[३१]
हेर
आफैँ सोच
जीवनको कटु सत्य !
-धर्मी शाक्य, बुटवल, रुपन्देही
[३२]
फर्केर
नहेरी आफूलाई
पर्नुहुन्न गमक्क बरिलै !
- तेजप्रसाद खनाल, दाङ
[३३]
खबरदार
स्वयम् पहरेदार
सुख सुस्वास्थ्य स्वउद्दार !
- तोया घिमिरे, शङ्खमूल, काठमाडौँ
[३४]
सुझाव
अरूको सुनेर
निर्णय आफैँलाई सोधेर !
- कल्पना पहाडी, सिन्धुली
[३५]
मनाेभावमा
अन्तरमनकाे ऐना
मानव सभ्यताकाे परिचय !
- राेशन पराजुली, धरान
[३६]
हात
मुर्कट्टाको साथ
तर्साउने खबरदारी गरेर !
- मङ्गला उपाध्याय, बारा
[३७]
सतह
परिचय खोज्दै!
अनि आफैँसँग सोध्दै !
- बेदु न्यौपाने, काठमाडौँ
[३८]
सावधान
मस्तिष्क दर्पण
असाधारण जीवन धन !
- विवश पारदर्शी, झापा
[३९]
चिनौँ
पहिला आफू
अनि चिनिन्छ अरू !
- बीके माकाजु
[४०]
खबरदारी
आन्तरिक द्वन्द्व
आफ्नै अन्तर्मनकाे प्रतिबिम्ब !
- श्रद्धा आचार्य, पोखरा
[४१]
हरबखत
आफूभित्र नियाल
कर्मेन्द्रियकाे विवेकको सन्तुलन !
- टीकाराम जाेशी, इमाडाेल
[४२]
पहिले
आफूलाई हेर्नू
अनिमात्र सङ्गत फेर्नू !
- घनश्याम पौडेल, पोखरा
[४३]
आदेश
हेरेकाे परमादेश
कति नाङ्गै भएको !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४४]
स्वमुल्याङ्कन
गर्दै आत्मसम्मान
विवेकले पूर्ण जिन्दगी !
- तोयानाथ चापागाईं
दमक, झापा, नेपाल
[४५]
मानव
कस्तो चोला
तेरोमेरो किन होला ?
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[४६]
मान्छे
आफूलाई बिर्सेर
नियाल्छ टाउको छिनेर !
- मिलन के. सी.(थापा), पोखरा
[४७]
टाउको
जिल्ल पर्दै
हृदय प्रश्न गर्दै !
- समुन्द्रा शर्मा, सुनसरी
[४८]
ऐना
अनुहार हेर
इज्जतको काम गर !
- त्रिलोक रामदाम
[४९]
भ्रम
मस्तिष्कको चाल
आफैँलाई नचिन्दा बेहाल !
- सरस्वती वली, बर्दिया
[५०]
खोजी
मूल्याङ्कन तरीका
रोजी हरेक थरीका !
- जमुना आचार्य, सिन्धुपाल्चोक
[५१]
मानव
अमुल्य चोला
पृथ्वीको अनुपम रचना !
- तिला लेकाली
[५२]
खोज्दै
आफ्नो परिचय
आफूभित्र आफैँ सोध्दै !
- दुर्गा आचार्य, मोरङ
[५३]
मानिस
सजीव प्राणी
भित्री ज्ञानको खोजी !
- कविता आचार्य, कैलाली
[५४]
टाउको
नसोच्नु जाउको
भार हुँदैन साउको !
- अच्युत घिमिरे, भुटान
[५५]
प्रतिबिम्ब
गरेको भ्रष्टाचार
आफैँले आफैँलाई खबरदार !
- अम्विका अधिकारी
झापा, विर्तामोड
[५६]
मूल्याङ्कन
खोज आफैँमा
बचाएर आफ्नै स्वाभिमान !
- इन्दिरा देवकोटा
कपिलवस्तु न.पा.-३
[५७]
अनुहार
आफ्नै प्रतिबिम्ब
हेर्न गर्नुहुन्न विलम्ब !
- बाबुराम आचार्य