
काठमाण्डाै – साउदी अरेबियाकाे क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमकाे प्रस्ताव गरेकाे छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नाे क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङकाे प्रस्ताव गरेकाे हाे ।
२४ वर्षीय फ्रान्सका कप्तानकाे पीएसजीसँगकाे अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानकाे प्रि–सिजन भ्रमणका लागि नछानेकाे भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।
पीएसजी एम्बाप्लेलाई आउँदाे गर्मीयाममा त्यसै गएकाे भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।
सन् २०१७ मा नेयमार बार्सिलाेनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हाे ।