नेपाल सरकार ले विदेशमा रहेका कुटनीतिक नियोगहरु मार्फत पुन: श्रम स्विकृती दिने भएको छ।साउदी अरब स्थित नेपाली दुताबास र जेद्धा मा रहेको महावाणिज्य दूतावासबाट पुन:श्रम स्वीकृति दिन थालेको जनाएको छ।यसअघि विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।
श्रम: नवीकरणका लागि वैदेशिक रोजगार विभागको feims.dofe.gov.np मार्फत आवेदन दिन पर्छ ।आवेदन दिनका लागि पासपोर्ट को फोटोकपी,ईकामा को फोटोकपी, रि इन्ट्री भिसा(छुट्टीको कागज) भएकाले त्यस भिसाको प्रतिलिपि र बिदा सकिने अवधि खुलेको कागज र रि इन्ट्री भिसा नभएकाहरूले इकमाको म्याद खुलेको छाप वा ABSHER वाट ईकामाको म्याद देखिने गरी स्क्रिनसट गरिएको फोटो अपलोड गर्न पर्छ साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्रका साथै सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ ।
यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्ने दूतावासले जनाएको छ ।साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाहरूले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता(कफिलको आइडी)को परिचयपत्र, तलब, भत्ता लगायत अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र र स्वघोषणा पत्र पनि पेस गर्नुपर्छ ।
पुन: श्रम स्विकृति को लागी बैदेशिक रोजगार बोर्डमा भुक्तानी गर्नु पर्ने रकम ,इन्स्योरेन्स को रकम साथै सामाजिक सुरक्षा कोषमा गर्नु पर्ने योगदान को रकम भुक्तानी गरिएको रसिद आबेदन साथै दाखिला गर्नु पर्ने हुन्छ।रकम भुक्तानी अनलाईन मार्फत गर्न सकिने छ।
विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो जसको कारण लामो समयसम्म विदेशमा श्रम स्वीकृति बिनै बस्ने र यही बेला कुनै भवितव्य भयो भने सरकारी राहतबाटसमेत वञ्चित हुने अवस्था भएपछि सरकारले विदेशमा रहेका नेपाली दूतावासबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।
हाल नेपाल स्थित सबै स्थानीय निकायमा बैदेशिक रोजगार शाखा स्थापना गरिएको र बैदेशिक रोजगारीमा रहेकाहरु ले सो मार्फत समेत सहयोग लिन सकिने देखिन्छ साथै दुताबास ले साउदी अरबमा क्रियाशील संघ,संस्थाहरु लाई सहयोग गर्न समेत आग्रह गरेको छ।