साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ को तयारी पूरा भएको छ।
नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबद्वारा आयोजित उक्त प्रतियोगितामा २१ टिम सहभागी रहने क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।
आउँदो शुक्रबार र शनिबार २१ र २२ अप्रिलमा हुने उक्त प्रतियोगिताको लागि प्रथम पुरस्कार राशी करिब १ लाख ७७ हजार बराबरको रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले ५१५१ साउदी रियल (नेपालि १ लाख ७७ हजार), ट्रफी, मेडल र प्रमाणपत्र र उप–बिजेता टिमले २५२५ साउदी रियाल (नेपालि ९० हजार), ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीहरूलाईसमेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ।
उक्त प्रतियोगिताको प्रायोजन संघीय लिम्बुवान सामाजिक मन्च , राफा मेडिकल सेन्टर ,वाईवाई चाउचाउ ,फ्रेन्डी मोबाइल लगायत कम्पनी तथा संघ संस्थाले गरेका छन् भने साथै
गैर आवासीय नेपाली संघ मध्य पुर्ब संयोजक राजेन्द्र अर्याल , समाजसेवी राजु सैयद ,श्री यावा लिम्बू ,जेन कुमार लामा ,कुबेर हुमागाई, उमेश भट्टराई र रामचन्द्र पौडेलल लगायत साउदी अरबमा रहि सामाजिक कार्यमा सक्रिय नेपालीले पनी उक्त प्रतियोगिताको लागि सहयोग रकम उपलब्ध गराईएको बताइएको छ ।