जजिरा एयरवेजले साउदी अरेबियाको रियाद, जेद्दा, मदिना, ताईफ र हायल शहरबाट कुवेत ट्रान्जिट हुदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी ०८ मार्च २०२३ देखि पुन: उडान सञ्चालन गर्ने भएको छ।
यस अघि जजिरा एयरलाइन्सले मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने बताएको थियो । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।