
पञ्चाङ्ग चित्रपट भाग :- २९
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०७९/१०/२० गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २९[उनन्तिसौ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन धादिङबाट
—————–
सरिता सेढाई

शुद्धीकरण
————–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
————-

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~~~~~~~
चित्रपय पञ्चाङ्ग [०१]
दौरा सुरुवाल कोट टोपी हाम्रो भेष हो रे ।
टिष्टा सतलज सम्म सबै हाम्रो देश हो रे ।
बावु बाजे पिता पूर्खा लागे देश बढाउन,
लडे भिडे रे देशको लागि ठूलो रेश हो रे ।
आजभोली हालत के भो मात्रै मधेश हो रे।
✍️गुणनिधि घिमिरे सूर्यविनायक ।
……………………………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
चार किल्लाभित्रको माटो रहेछ देश ।
हिॅडेर नसकिने बाटो रहेछ देश।
मुटुभित्र सॅगालेर राख्न सक्यौॅ भने,
बिहान र बेलुकाको आटो रहेछ देश।
स्वार्थ भन्दा फरक पाटो रहेछ देश।
✍️घनश्याम पौडेल, पोखरा ।
……………………………………………
चित्रपट पञ्चाङ्ग [०३]
टिष्टादेखि सतलज सीमा आफैँ खाेल्छ।
हिजो नेपाल ठूलो थियोे नक्साले बाेल्छ।
भूमि सानो भएपनि छैन मन सानो ,
मायाप्रीति लगातार दुनियाँमा घाेल्छ ।
शान्ति अनि मानवता छताछुल्ल ढाेल्छ ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
……………………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
सुन्दर अनि शान्तमा गनिन्छ हाम्रो देश नेपाल।
भेष भुषामा झपक्क बनिन्छ हाम्रो देश नेपाल।
चारै तिर हरियाली बन पाखा कल कल खोला,
पर्यटनको खानि हो भनिन्छ हाम्रो देश नेपाल।
सम्पदाको प्रतिकमा जनिन्छ हाम्रो देश नेपाल।
✍️दुर्गा आचार्य , मोरङ ।
……………………………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
मन सानो नहोस् देश यो सानो नहोस्।
हामी बस्ने घर अरुको छानो नहोस् ।
मातृ भूमि नेपालको होस् मानचित्र ,
रक्षा होस् सिमानाको सत्ता कानो नहोस्।
मायाले मुरी मुरी भरोस् मानो नहोस्।
✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी ।
………………………………………………………
चित्रपट पञ्चाङ्ग [०६]
हिजो थिए हाम्रा पू्र्खाहरू कहाँ आज हामी कता हेर यहाँ ।
यस्तो कारुणिक अवस्थादेखि चस्स दुख्छ मनमा धेर यहाँ।
सिमा रक्षा र तारवार छैन झगडा कुर्सी मै भै रहे पनि,
भोलि छिमेकीले सिङ्गै देश निल्न लाउदैन कत्ती बेर यहाँ ।
देश बचाउन करोड जनता जाग्नै पर्छ एक फेर यहाँ ।
✍️रुपा गौतम , निज्गढ बारा ।
……………………………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
टिष्टा देखुन सतलज सम्म विशाल थियो।
संसारमा गुलाम नभएको मिसाल थियो।
थर्कमान थिए गोर्खा विरहरूलाई देखी,
हाम्रो मस्त यो मधेश पहाड निसाल थियो।
विर जातिलाई देखी दुनियाँ रिसाल थियो।
✍️सुरेशकुमार पान्डे।
दाङ घोराही १८
……………………………………………………
चित्रपट पञ्चाङ्ग [०८]
राम्रो भूमि देख्नै हुन्न हडपेर लगि छाडेका छन्।
चारैतिरबाट भ्याएसम्म मस्त किल्ला गाडेका छन्।
किन राख्दथे यतैका पो नेतृत्व पनि मिलेपछि,
आफ्ना आर्जित जमिनहरु घटाएर बाँडेका छन्।
सिमानामा न त तारबार न तगारो फाँडेका छन् ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
…………………………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
दुइ ठुला देशको बिचमा सानो मेरो देश छ।
अरु देशको भन्दा भिन्न मेरो देशको भेष छ।
हिमाल पहाड तराई मिली बनेको छ देश,
खोला नाला ती वन जंगल हरियाली फेस छ।
जे जस्तो भयपनि मलाई मेरै देश बेस छ।
✍️सरिता सेढाई धादिङ
…………………………………………………………
पञ्चाङ्ग [१०]
तराई,पहाड, हिमालकाे देश हाम्रो।
जातीय विविधता भएको भेष हाम्रो।
आफ्नाे देश राम्रो देख्दा गर्व लाग्छ,
देश हिमालले सजिएको लेस राम्रो।
खाेलानाला, हरियाली डाँडा फेस राम्रो ।
✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
……………………………………………………
चित्रपट पञ्चाङ्ग [११]
सगरमाथाको देश हाम्रो सान हो ।
वीर गोर्खालीको यहि राम्रो मान हो।
विकास अनि समृद्धि हाम्रो चाहना ,
नेपाल र नेपालीको त यामान हो।
बुद्धले दिएको शान्ति ज्ञान दान हो ।
✍️तारा घिमिरे स्वेच्छा, सङ्खुवासभा ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [१२]
टिष्टादेखि सतलजसम्म हिजो हाम्रो देश । मेचीदेखि महाकालीसम्म आज राम्रो देश। सुगौली सन्धिलाई सम्झदा पनि मुटु दुख्छ, दुई छिमेकीको बिच चेपिएको दाम्रो देश । थाह छैन कहाँ पुग्ने हो भोलिको चाम्रो देश ।
✍️देबकी के.सी. , दक्षिणकाली ३,काठमाडौ ।
………………………………………………………
चित्रपट पञ्चाङ्ग [१३]
ग्रेटर नेपाल कल्पनामा मात्र सिमीत भयाे हाम्रो ।
पटके सन्धिमा सिध्याएर नेपाल यस्ताे गयो हाम्रो ।
अझै बाँध लगाउँदै पिल्लर सार्दछ छिमेकी ,
नेता आसन फेरेर गरेकाे शासन के बयो हाम्रो ।
गएकाे भूमी आउँदै नआउने विलय लयाे हाम्रो ।
✍️धन कुमारी रेग्मी, चितवन ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
सहिदको सपना पुरा गर्ने कोहि भइदिए हुने।
भ्रष्टाचारको भारी बोक्नेहरु चाडै गइदिए हुने।
बलात्कार ,हत्याहिंसा, अपराध बढाउनु भन्दा नि,
समय खर्चिलो पावन्धीलाई छोडि धोइदिए हुने।
कता टिष्टा सतलज चिनेर राष्ट्र रइदिए हुने।
✍️अम्विका अधिकारी, झापा विर्तामोड।
………………………………………………………
चित्रमा पञ्चाङ्ग [१५]
अभिभावक सरह हेर्न नासो राख्ने सरकार छ हामीलाई।
देश, जनताको हित् गर्ने सरकारको दरकार छ हामीलाई।
पुर्खाहरुको नासो, जनताहरूको उन्नति प्रगतिका खातिर,
आफ्नो सम्पत्ति नै संरक्षण गर्न नसक्ने अधार छ हामीलाई।
गर्न सके पुर्खाले आर्जित सम्पत्तिमा अपकार छ हामीलाई।
✍️रामप्रसाद पुरी बादेल, खोटाङ ।
………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
नेपाल बिशाल थियो रे।
कहि भारतले लियो रे।
मेची कालीमा सिमीत,
पुर्खाको श्राप पियो रे।
थियो त हाम्रो मियो रे।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
फर्केर आउ युवा परदेश छोडेर आउ।
देश जोगाउन तिमी त्यो मन मोडेर आउ।
पराइले मिच्दै छ सिमा देश रहन्न अब,
मेट बिदेशी तक्दिर पर्खाल फोडेर आउ।
मनमा देश छ काँधमा झण्डा बोकेर आउ।
✍️रतन बिष्ट_ आलिताल,डडेल्धुरा ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
हिमाल पाहाड तराई बाडिएकोछ मेरो देश।
हाम्रो सिमाना चारकिल्ला गाडिएकोछ मेरो देश।
हरियो वन् नेपालो धन् गित सुनेकै हौला हैन र।
लिपुन्लेक अधुरामा बैरी फाँक्यडिएकोछ मेरो देश।
यिनै भ्रष्टचारी ले धेरै माडिएकोछ मेरो देश।
✍️कमला पाण्डे पराजुली, झापा चारआलि ।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
हाम्रो देशको आफ्नै ठूलो शान छ।
विश्व सामु एतिहासिक मान छ।
गरिब भनेर कसैले नहेप्नु,
दुश्मनको जहिले लागि हान छ।
आत्मीयताको लागि भने दान छ।
✍️ह्यारिस काठमाडौं ।
…………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
प्रकृतिको यो धनी देश हाम्रो ।
अरु भन्दा फरक भेष हाम्रो ।
बिश्वमा चिनिने नेपाली भनी ,
शुद्धता नै मनको क्लेश हाम्रो ।
चुडेर रहेकोे याे शेष हाम्रो ।
✍️दुर्गा भट्टराई , मोरङ ।
…………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
पुर्व,पश्चिम चट्ट फैलिएकाे देश हाम्राे ।
दाैरा,सुरुवाल,काेट टाेपी हाे भेष हाम्राे।
पाैरखी र मिहनेती हामी सवैले जानाै,
परिश्रम गरी खाँदा लाग्दैन ठेस हाम्राे।
गाेर्खाली सन्तान हामी मिलकाे फेस हाम्राे।
✍️उर्मिला के.शी. , धनकुटा ।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
मेरो देशमा हीराको खानी छ हेर ।
चिन्न नसक्ने नराम्रो बानी छ हेर ।
सीप र श्रमको सही प्रयोग भए,
पाल्छ देशले निस्वार्थ दानी छ हेर ।
फुट्न छोडौँ जुध्दै आफ्नै हानी छ हेर ।
✍️प्रभा पोखरेल , अमेरिका ।
……………………………………………
चित्रपट पञ्चाङ्ग [२३]
हाम्रो देश कहाँसम्म छ नक्शाले बताउँछ यहाँ।
हेर्दा सारा नेपालीको रगत तताउँछ यहाँ।
हाम्रो देश कित्ता कित्तामा बिक्री हुँदै छ दिनहुँ,
हाम्रो देशको मायाले दैनिक सताउँछ यहाँ।
हाम्रो देश किन अरु देशले जताउँछ यहाँ।
✍️सुशीला पौडेल ।
………………………………………………………
चित्रपट पञ्चाङ्ग [२४]
देशलाई बचाउने नेता भएनन् ।
इतिहास रचाउने नेता भएनन् ।
दोहन गर्ने मात्र भए नेताले नै ,
हौसियत जचाउने नेता भएनन्।
राम्रोसँग मच्चाउने नेता भएनन् ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [२५]
स्वर्ग जस्तो जन्मभूमि नेपाल हाम्रो देश छ। नेपालीको छुट्टै चिन्न आफ्नै त्यो भुषा भेष छ। जन्मभूमि नेपाल जस्तो स्वर्ग नि प्यारो छैन , मेची काली तिब्बत नेपाल नक्साको रेस छ। वीर गोर्खाली सन्तान भन्ने हाम्रो फेस छ।
✍️बेदु न्यौपाने,काठमाडौ ✍️ । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२६]
नेपालको सिमाना मिच्ने छिमेकी छ ।
नेपालकै पानीले सिच्ने छिमेकी छ ।
सुस्ता लिपुलेक लिम्पेधुरा हाम्रो हो ,
दिनदिनै सिमाना किच्ने छिमेकी छ ।
नेपालको अस्तित्व घिच्ने छिमेकी छ ।
✍️कला ढकाल ,झापा ।
…………………………………………
चित्रपट पञ्चाङ्ग [२७]
विदेशीले नेतालाई नचाउने भयो ।
नेपालको धनमाल पचाउने भयो।
सिमाना दिनहुुँ सार्ने काम छिमेकी छ , चोर डाकालाईहरू बचाउने भयो।
लोभी हुँदै इतिहास रचाउने भयो ।
✍️गिता रिजाल , धरान ।
………………………………………
चित्रपट पञ्चाङ्ग [२८]
मलाई आस देशको ।
किन हो खास देशको ।
कपास सौम्य माटोमा ,
स्वादिष्ट गाँस देशको।
मेरो त बास देशको ।
✍️आर्त अकुलीन, कैलाली ।
………………………………
चित्रपट पञ्चाङ्ग [२९]
थोरै थोरै गर्दै देश साँघु-रीन थाल्यो।
राजनीति देख्दा किन लाग्न घिन थाल्यो ।
देशभक्ति ओँठे भन कहिलेसम्म ?
भ्रष्टाचार देशको बरु के दिन थाल्यो ।
गुमेका भूमी के नेपालले लिन थाल्यो ।
✍️तेजप्रसाद खनाल , लमही दाङ्ग ।
…………………………………………
चित्रपट पञ्चाङ्ग [३०]
कमिलाले माटो खन्दा घर बन्छ अरे ।
फलाम तताई पिट्दा शर बन्छ अरे ।
चलन यहाँ चल्दै छ स्वीकार्दै छौँ हामी ,
बिहे गरे छाेरीकाे नि थर बन्छ अरे ।
घाँस राम्ररी सुकेमा खर बन्छ अरे ।
✍️भवानी घिमिरे, सर्लाही ।
……………………………………………

