
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २४ [चौबिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/१२ गते समय :- साँझ ८ बजे
…………………………………………
प्रशिक्षक:-
——-
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी
अनुप्रास :- आफुखुसी
स्थायी :- आफुखुसी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
—————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना
अरूको भरमा जीवन धान्नु पनि बेकार रहेछ[०१]
अनि पराईलाई आफ्नो मान्नु पनि बेकार रहेछ[०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
यस्तो अस्थिर अवस्थामा जीवन चलिरहन्छ सधैँ[०३]
…………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
कुनै बेलाको प्रेम आफ्नै ठान्नु पनि बेकार रहेछ[०४]
को आफ्नाे काे पराइ भनी जान्नु पनि बेकार रहेछ[०५]
……………………………………………………………………
उदाहरण पञ्चाङ्ग
अरूको भरमा जीवन धान्नु पनि बेकार रहेछ[०१]
अनि पराईलाई आफ्नो मान्नु पनि बेकार रहेछ[०२]
यस्तो अस्थिर अवस्थामा जीवन चलिरहन्छ सधैँ[०३]
कुनै बेलाको प्रेम आफ्नै ठान्नु पनि बेकार रहेछ[०४]
को आफ्नाे काे पराइ भनी जान्नु पनि बेकार रहेछ[०५]
……………………………………………………
पञ्चाङ्गहरू
………………………………
पञ्चाङ्ग [०१]
अरूको भरमा जीवन धान्नु पनि बेकार रहेछ।
अनि पराईलाई आफ्नो मान्नु पनि बेकार रहेछ।
यस्तो अस्थिर अवस्थामा जीवन चलिरहन्छ सधैँ,
कुनै बेलाको प्रेम आफ्नै ठान्नु पनि बेकार रहेछ।
को आफ्नाे काे पराई भनी जान्नु पनि बेकार रहेछ।
✍️सुशीला पौडेल ।
……………………………………………………
सम पञ्चाङ्ग [०२]
जीवन एउटा मेल तानेर जिउनु।
दायाँबायाँ सबै थोक जानेर जिउनु।
सहमत भए सजिलो हुन्छ जिउन,
खुशीका लहर सबै छानेर जिउनु।
प्रकृतिको यो कोसेली मानेर जिउनु।
जीवनलाई भावले बानेर जिउनु।
नकरात्मक जति छन् हानेर जिउनु।
सारो गारो जे जस्तो भए जिउनै पर्छ,
यथार्थमा परिणत झानेर जिउनु।
साधनले काम कार्य धानेर जिउनु।
✍️अच्युत घिमिरे, भुटानबाट ।
……………………………………………
पञ्चाङ्ग [०३]
बगैँचाभरि फूल फुलेको राम्रो देखिन्छ।
वरिपरि भँमरा डुलेको राम्रो देखिन्छ।
प्रेम जोडीहरू रमाउँछन् बगानभित्र ,
दुबैको मन्द हाँसो घुलेको राम्रो देखिन्छ ।
प्रेमिल संसारमा भुलेको राम्रो देखिन्छ ।
✍️बिना रोका, घोराही दाङ ।
……………………………………………………
पञ्चाङ्ग [०४]
तिमी कसैको आँखाबाट झर्नु नपरोस् ।
अरुलाई झैँ गाली पनि गर्नु नपरोस् ।
नेपालीको दुःख पीडा बुझ्छौ भने अब ,
आमाको गर्भ मै छोरीले मर्नु नपरोस् ।
अनि तुइनबाट खोला तर्नु नपरोस् ।
✍️पुष्पा नेपाल(सुवेदी ),इलाम ।
…………………………………………
पञ्चाङ्ग [०५]
दिलमा किलो ठोकी ठान्छौ के भयो ।
औँला भाँचेर अझै लान्छौ के भयो ।
बिस्मात देउवालाई हर्ष के.पि. ,
जितको बेला कस्तो तान्छौ के भयो।
गल्ती त भयो भयो मान्छौ के भयो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
………………………………………………
पञ्चाङ्ग [०६]
जले पनि मुटु जल्न सकिएन ।
हिउँ जस्तै गरी गल्न सकिएन ।
जीवनको यात्रा लामो छ कहानी,
खुसीको फलझैँ फल्न सकिएन ।
वर्षाको रूखझैँ ढल्न सकिएन ।
✍️आर्त अकुलीन, कैलाली
………………………………………………………
पञ्चाङ्ग [०७]
तिम्रै नामको सिन्दुर र चुरा होस् ।
कहिल्यै नसकिने मिठा कुरा होस्।
बाबा आमा बन्ने रहर मनैमा छ ,
फूलैफूलको सोम रस सुरा होस्।
एक वर्षमै घोर्ले घोर्ली भुरा होस्।
✍️धनमाया चौधरी, कैलाली ।
……………………………………………
पञ्चाङ्ग [०८]
बोली र व्यवहार फरक हुनेसँग।
छिन छिनमा प्यार फरक हुनेसँग।
खासमा दोस्ती नगरेकै राम्रो हजुर,
जीवनको आधार फरक हुनेसँग।
जिउनुको नै सार फरक हुनेसँग ।
✍️ वसन्त अनुभव, घोराही दाङ ।
……………………………………………
पञ्चाङ्ग [०९]
ज्ञान सिकाइका त आफ्नै आफ्नै ताल हुने गर्छन् ।
हर व्यक्ति नै पिच्छे रचनाका खाल हुने गर्छन् ।
अनुभवले बटुल्छ सापेक्षता प्रयोग गर्न ,
परिवर्तनमा सादृश्यताको चाल हुने गर्छन् ।
मन्त्रमुग्ध गराउने कसैमा छाल हुने गर्छन् ।
✍️जमुना आचार्य,सिन्धुपाल्चोक ।
………………………………………………
पञ्चाङ्ग [१०]
बोली तिम्रो कति मीठो सधैँ सुनी रहुँ झैँ लाग्ने।
श्रद्धाले तिम्रो बानी मनमा गुनी रहुँ झैँ लाग्ने।
सुन्दर फूल तिमी, श्रृङ्गार बिना सजिएकी म,
दिनहुँ जसो सुन्दर माला उनी रहुँ झैँ लाग्ने।
तिम्रो मुखले प्रेमिल कथा सुनी रहुँ झैँ लाग्ने।
✍️दुर्गा आचार्य, मोरङ ।
………………………………………………
पञ्चाङ्ग [११]
जलाउँछन मेरो मन किन हो ?
पोलेेछ सधैँभरि तन किन हो ।
आफन्त भनेर कसी लाए पनि,
परायझैँ बनेको झन किन हो ?
मानिस भन्दा ठुलो धन किन हो ?
✍️शन्जना शर्मा, लमही दाङ।
……………………………………………
पञ्चाङ्ग [१२]
[०१]
वासना फूलको दिन्छ ।
संस्कार कुलले दिन्छ ।
शुरुआत गर्ने एक ,
तागत हुलले दिन्छ ।
पीडा नि शूलले दिन्छ ।
[०२]
समीपमा म आउँदा, खुशी रहे तिमी सदा ।
बगानमा म गाउँदा, खुशी रहे तिमी सदा ।
पहाडमा चढे सबै, यसै झरे खुशी हुदै,
गुमाउँदा र पाउँदा, खुशी रहे तिमी सदा ।
बहार झैँ म धाउँदा खुशी रहे तिमी सदा ।
✍️भवानी घिमिरे,सर्लाही ।
………………………………
पञ्चाङ्ग [१३]
रहस्यमय हत्याकाण्डका खाेल्नेछन् राज ती।
निर्धक्क भएका अपराधी बाेल्नेछन् राज ती।
आशा भराेसा ठूलो न्याय पाउन् ती पीडितले,
प्रहरी प्रशासन चुस्त भै छाेल्नेछन् राज ती।
जनता सुशासनमा रही पाेल्नेछन् राज ती।
✍️टिकाराम जोशी, टिकापुर कैलाली ।
………………………………………………………………
पञ्चाङ्ग [१४]
फूल फुलेको बगैंचामा भ्रमर पुतली डुलेका छन् ।
बगैंचाको भ्रमर पुतली हेर्दै मानव भुलेका छन् ।
बगैँचा फुलमा सुहाउने यि भ्रमर पुतली त हुन् ,
यिनै प्रेम जोडीहरू बगैंचा भित्र राम्रो खुलेका छन्।
सुन्दर बागमा यी दुवै को प्रेमिल हाँसो घुलेका छन्।
✍️बेदु न्यौपाने, काठमाडौ ।
……………………………………………………………………
पञ्चाङ्ग [१५]
हटाइ देउ रिस राग अब राम्रो चलाउ देश भुलेर।
जस्तोसुकै परिस्थिति आएपनि नफेर हो भेष भुलेर।
जातजाति भाषा धर्म र संस्कृति पहिचान है बुझिराख्नु,
छक्कापञ्जाको जन्जालमा नखेल्नु होला फेरि चेस भुलेर ।
जनतालाई झुक्याउन खोजे लड्नुपर्ला नि केश भुलेर ।
✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
…………………………………………………………………
पञ्चाङ्ग [१६]
नेता देशको राम्रा भएन।
राजनीतिमा हाम्रा भएन।
देश विकासमा छैन चासो,
सिद्धान्तमा ऊ चाम्रा भएन।
खुशीमा झनै दाम्रा भएन।
✍️भगवती दवाडी ,झापा ।
……………………………………………………
पञ्चाङ्ग [१७]
हेर साथी हो अब त म बाँचेको छु बरै।
पाटीमा गएर कम्मर भाँचेको छु बरै।
म पनि त मान्छे हुँ मेरो पनि मन हुन्छ,
हो त्यसैले चोखो पिरती साँचेको छु बरै।
यी पल सम्झेर खुसीले हाँसेको छु बरै।
✍️कमला पाण्डे पराजुली, झापा ।
……………………………………………………
पञ्चाङ्ग [१८]
अकस्मात सम्भावना चाँदीको घेरा बनेर आएकोछ ठिकै भयो।
निराश हाम्रो राष्ट्रले कानो भएपनि मामा पाएकोछ ठिकै भयो।
जतासुकै लथालिङ्ग थियो अनि अर्थतन्त्र ध्वस्त पारिएको थियोे,
एकाएक शेयर कारोबारमा उछालनै छाएकोछ ठिकै भयो।
निन्द्राबाट ब्युँझिदै बूढो गोरुले बल्ल मुख वायकोछ ठिकै भयो।
✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
…………………………………………………………………
पञ्चाङ्ग राइ [१९]
पहिला त आफैं खुशी हुन सिक्नुपर्छ ।
मनको मैलो त आफैं धुन सिक्नुपर्छ ।
धोएर टिलिक्क भएको मनले मात्रै ,
गरीब दुखीको मन छुन सिक्नु पर्छ ।
उनीहरूकै दु:खमा रुन सिक्नुपर्छ ।
✍️पशपती राई खोटाङ ।
…………………………………………
पञ्चाङ्ग [२०]
दिनरात मन मुटुमा छाउने गर्छौ।
सपनामा कतै तिमी धाउने गर्छाै।
मेरो नजिक नआउ है तिमी भन्दै ,
कहिले कहीँ साउति लाउने गर्छाैं ।
सधैँ आँखा वरिपरि आउने गर्छौ ।
✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
……………………………………………
पञ्चाङ्ग [२१]
बेहालै बेहाल छ यहाँ हाल नसोध ।
गतिहीन छ जिन्दगी चाल नसोध ।
मान सम्मान सबै गुमेको बेला छ यो,
विर्सेर पनि कुनै तौर ताल नसोध।
सम्झेर वर्तमान विगतका साल नसोध ।
✍️त्रिलोचन भण्डारी, मेचीनगर, झापा ।
………………………………………………
पञ्चाङ्ग [२२]
पुस महिनामा बिस्तारामा सरियो नी।
शरिर लिएर दुःखकष्ट परियो नी।
मनुष्य शरिर धारण गरेपछि पिडा,
भगवानको नामले पिडा हरियो नी।
सत कर्मले नै भवसागर तरियो नी।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
……………………………………………
पञ्चाङ्ग [२३]
किन जलाउँछाै मेरो मन प्यारा।
छट्पटी रहन्छ खाली तन प्यारा।
आफन्त कहिलै पनि आफ्नो हुँदैन ,
पराई झै बन्छाै तिमी झन प्यारा।
कमाउँन सकिएन धन प्यारा ।
✍️सहयात्री शोभा अर्याल, १४ बुटवल रुपन्देही ।
…………………………………………………………
पञ्चाङ्ग [२४]
दिलभित्र बस्ने जाली भएर गयो।
रित्तो आँखा अब खाली भएर गयो।
सबै भन्छन् आफ्नै पराई कोही छैन,
जोत्न गरु नाङ्गो फाली भएर गयो।
काम गर्दागर्दै माली भएर गयो।
✍️कला ढकाल, झापा ।
……………………………………………
पञ्चाङ्ग [२५]
माया गर्दा अस्मिता नै लुटाएर गयो।
दुइजनाको मित्रता फुटाएर गयो।
मायामा शत्रुता राखेर पिलायौ विष,
मान्छे लगाएर निकै कुटाएर गयो।
अखिर समाजलाई जुटाएर गयो।
✍️संगिता शर्मा, सिन्धुली ।
……………………………………………
पञ्चाङ्ग [२६]
नेपालमा राणा शासन गयो हेर ।
कालान्तरमा तिनैको भय भयो हेर ।
जनताले दु:ख सास्ती पाएकै छन् यहाँ ,
अवशेष बाकी उस्तै उस्तै रह्यो हेर ।
नेता खराव हुनाले दु:ख पर्यो हेर ।
✍️जानुका गौतम , काठमाडौं ।
………………………………………………
पन्चाङ्ग [२७]
तिमी आउँछाैै नै भन्ने छ आस मारेकी छैन ।
हिँडेर आउँने गाेरेटाे बाटाे बारेकी छैन।
याे मुटुमा तिमीलाइ नै सजाएकी छु हेर,
अहिले नि माया उस्तै छ अन्त सारेकी छैन।
हृदयबाट तिमीलाई कतै झारेकी छैन।
✍️उर्मिला के.शी. ,धनकुटा ।
……………………………………………
पञचाङ्ग [२८]
हरेक रात तिमी आउने बाटो कुरेको हुन्छु।
सपनीमा आउने गाँउको माटो कुरेको हुन्छु।
पछिबाट आई झझल्को लाउँछ बोलाछौ कि?
दु:खद दिनको भन्दा पैँचो पाटो कुरेको हुन्छु।
तिम्रै यादमा राम्रो गर्ने साटो कुरेको हुन्छु।
✍️सरिता सेढाई, चरौंदी धादिङ ।
………………………………………………
पञ्चाङ्ग [२९]
जिन्दगीलाई नै जेलिएको बनाउ कसरी ।
जीवन तनावमा बित्दैछ मनाउ कसरी ।
तनावै तनावमा बाँच्दैछ सम्झन सकिनँ,
पीडा आफैँमा छ अरुलाई जनाउ कसरी ।
सबैजना टाढा भए रिस खनाउ कसरी ।
✍️गिता रिजाल, धनकुटा ।
……………………………………………………
पञ्चाङ्ग [३०]
देश भित्रभित्रै खोक्रो भयो जानेर के गर्नु।
सगरमाथाको देश त हो ठानेर के गर्नु।
मैले मेरै देशमा बाँच्न नमिल्ने भए पछी,
लेण्डुप ढेडुलाईनै नेता छानेर के गर्नु।
अनि हामी गरिवले दु:ख मानेर के गर्नु।
✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार
बिर्तामोड झापा ।
………………………………………………
पञ्चाङ्ग [३१]
आँसुमा आँसुमा डुबेर जाला र यो जिन्दगी ।
सधैँ कति हन्डर मात्रै खाला र यो जिन्दगी ।
दिन–पछि रात जस्तै रात–पछि दिन होला,
सम्झिरहन्छु खोँचजस्ता गाला र यो जिन्दगी ।
मात्रै बाँकी छ अब हाड, छाला र यो जिन्दगी ।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
……………………………………………………
पञ्चाङ [३२]
रमाईलो हुदैछ यात्रा पनि।
हुनेछ लेखनको मात्रा पनि।
धेर थोर सबैमा हुन्छ होला,
पहिलो हुन्छिन नि छात्रा पनि।
देखियो राम्रोसँग जात्रा पनि।
✍️सीता शर्मा , बिरगंज ।
……………………………………


सम्पूर्ण पञ्चाङ्ग अनुरागीमा हार्दिक बधाई साथै पञ्चाङ्गलाई सहयोग गर्नु हुने आदरणीय श्री वसन्त अनुभव सर प्रती हार्दिक आभार म र हाम्रो पञ्चाङ्ग पतिवारले गर्दछौँ ।