उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २२ असार २०७९, बुधबार ०७:४० मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    —————– … ✍️ आर्त अकुलीन
    १
    तलाउ
    अनेक जुका
    शोषणका विभिन्न खेमा !

    २
    बैशाख
    सुकेको खोला
    आखिर मानव चोला !

    ३
    दुस्मन
    प्रिय मानव
    देखाउँदै जीवन मार्ग !

    ४
    जीवन
    मौनताको पाठ
    चोरखोलाको अनेक पिर !

    ५
    पाइताला
    यात्राको सुरुवात
    जीवनको अनेक भोगाइ !

    ६
    असार
    किसानको सार
    शारदी सुनका बाला !

    ७
    आँधीखोला
    जीवनको पर्याय
    उर्लेर आएपछि सुक्ने !

    ८
    चट्टान
    फोडेर पानी
    पानी आखिर जिन्दगानी !

    ९
    घोडाघोडी
    रामसार क्षेत्र
    धार्मिक प्राकृतिक गन्तव्य !

    १०
    भारद्वाज
    महान ऋषि
    लोककल्याणकारी भावले पूर्ण !

    Leave a Reply