ठगीको आरोपमा एक साउदी नागरिक सहित १० विदेशी कामदारलाई सात लाख बिस हजार जरिवाना सहित जेल सजाय ।

  • २२ असार २०७९, बुधबार ०९:२८ मा प्रकाशित
  • प्रतिकात्मक फोटो

    दमाम -साउदी अरबको वाणिज्य मन्त्रालय अन्तर्गत पूर्वी प्रान्तको एक अदालतले व्यावसायिक ठगीको आरोपमा एक साउदी नागरिक सहित १० विदेशी कामदारलाई सात लाख बिस हजार जरिवाना सहित अधिकतम एक वर्षको जेल सजाय सुनाएको छ

    दमामको फौजदारी अदालतले उक्त अवैध फ्याक्ट्रीका मालिकलाई एक वर्षको जेल सजाय सुनाएको छ भने १० भारतीय र बंगलादेशी नागरिकलाई छ महिनाको जेल सजाय सुनाइएको छ।

    दोषीहरू विरुद्ध कुल साउदी रियाल सात लाख बिस हजार जरिवाना गरिएको थियो। अदालतले व्यावसायिक ठगीमा संलग्न उनीहरूको प्लान्ट बन्द गर्न र बरामद नक्कली उत्पादनहरू जफत र नष्ट गर्न पनि आदेश दिएको छ।

    कातिफ गभर्नोरेटको एक निजी फार्ममा सञ्चालित इजाजत विनाको प्लान्टमा मिसावटयुक्त सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री गर्ने कारखाना सञ्चालन गरेको आरोपमा ती नागरिक र विदेशीहरूलाई दोषी ठहर गरिएको थियो।

    सुर्ती र गुड़को मिश्रण तयार गरी स्थानीय बजारमा बिक्री गर्न भ्रामक व्यापारिक तथ्याङ्क राखेर प्याकेजिङ गरी व्यवसायिक तथ्याङ्क लुकाएर ठगी गर्ने, उद्योगका मालिक र त्यस कार्यमा संलग्न बिदेशी कामदार अरुलाई समेत दोषी ठहर गरिएको छ।

    यस्ता ठगी विरुद्धको कानुनमा तीन वर्षसम्म कैद र १० लाख रियालसम्म जरिवाना वा दुवै सजाय, तथा दुईवटा स्थानीय पत्रपत्रिकामा दोषीहरु ko नाम सार्वजनिक गरिने र उक्त कार्यमा लागिने खर्च दोषी बाटै असुलउपर गरिने र विदेशीलाई देश निकाला गर्ने व्यवस्था छ।

    Leave a Reply