
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी अशाढ ०३ गते अथार्त जुन १७मा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरूको निदानमा आधारित भएर जनचेतनामुलक कार्यक्रम गरिने बताइएको छ । जनरल फिजिसियन द्वारा प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ भने यो कार्यक्रम पिएनसीसीको आधिकारिक फेसबुक पेज लगायत साउदी अरब लगायत खाडी मुलुकमा अवस्थित नेपालीहरुलाई सुचनाको हकबाट सुसज्जित गर्दैआएको हिमालयन दृष्टि तथा मलेसिया लगायत आसपासका देशहरुमा नेपालीहरुमाझ परिचित हिमाल टाईम्स डटकमको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने भएको छ।
पछिल्ला दिनहरुमा प्रवासी नेपाली समन्वय समिति पि.एन.सी.सी द्वारा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी यस्ता किसिमका विभिन्न स्वास्थ्यसम्बन्धी विशेषज्ञ डाक्टरहरु द्वारा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिदै आएको छ। यसै श्रृंखलाको निरन्तरतास्वरुप आउँदो शुक्रबार पनि जनरल फिजिसियन द्वारा कार्यक्रम सञ्चालन गर्न लागेको यस कार्यक्रममा प्रवासमा रहेका नेपाली श्रमिक दाजुभाइ हरु प्रत्यक्षरुपमा लाभान्वित हुन सक्ने तथा कार्यक्रममा जुम माध्यमबाट सहभागीता जनाई डाक्टरद्वारा दिइने स्वास्थ्यसम्बन्धी सल्लाह सुझावको फाइदा लिन हुन पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom
आईडी 28 97414063 पासवर्ड:- pncc

