
४ जुन २०२२, साउदी अरब ! गैर आवसिय नेपाली संघ अंतराष्ट्रीय समन्वय परिषद अंतर्गत रहेको महिला विभागको पहिलो बैठक मिति २ जून २०२२ को दिन एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा सम्पन्न भएको छ ।
आइसिसीकि अध्यक्ष रबिना थापाको प्रमुख आतिथ्यमा बसेको उक्त बैठकमा IES का महिला पदाधिकारीहरु सचिब टिका गुरुंग , महिला सहकोषाध्यक्षद्वय यमुना भट्टराई , अमृता कंचन थापाको साथमा महिला संयोजकद्वय संगीत मरहट्टा र विमला सापकोटाको साथै विभिन्न क्षेत्रका महिला क्षेत्रीय संयोजक तथा उपसंयोजकहरु क्रमशः तृष्णा काफ़्ले शर्मा अमेरिकाज़ ,उषाकिरण बारिया ओसेनिया , शांति अधिकारी एशिया प्याशिफ़िक ,पारू मल्ल यूरोप क्षेत्र , डाक्टर इंदिरा तिवारी साउथ कोरिया,इंदिरा त्रिपाठी अमेरिकाज़ समेतहरुको उपस्थिति रहेको थियो ।
परिचयात्मक तथा सम्पूर्ण नव निर्वाचित महिला पदाधिकारी हरु लाई बधाई तथा शुभकामना कार्यक्रम बाट शुरू भएको उक्त बैठकमा कार्यकाल २१-२३ का निमित्त महिला तथा बालबालिकाको क्षेत्रमा बिशेष गरि महिला स्वास्थ्य र बालबालिका हरुको शिक्षाको परियोजना बारेमा विस्तृत छलफल गर्दै अन्य तह तप्कामा रहनु भएका महिला पदाधिकारीहरु सँगको बृहत छलफल पछि कस्तो परियोजना अघि सार्ने भन्ने बारे समेत निर्णय गरिएको कुरा उपाध्यक्ष यास्मिन बेगम ले जानकारी दिनु भयो ।
सचिब टिका गुरुङद्वारा संचालित उक्त बैठक अति नै मिठासपूर्ण अनी सभ्य तवरमा महत्त्वपूर्ण बिषयहरुमा छलफल गरि सम्पन्न भएको उपाध्यक्ष बेगमले जानकारी दिनु भयो ।

