पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खलाको तेत्तीसौँ भाग सम्पन्न

  • २१ जेष्ठ २०७९, शनिबार ०९:४१ मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/ ०२/०१७
    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला
                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================

    अनुप्रास:- हाल ताल खाल छाल फाल काल साल जाल झाल अादि मिल्दो जुल्दो राख्ने ।

    स्थायी :- ईच्छाअनुसार

    अक्षर संख्या :- १६

    =======

    पञ्चान्ङ्ग १

    विनाश होकि के हो? अचम्म चाल आयो किन ?
    विकृति र विसंगतिको ठुलै छाल आयो किन ?
    हुनेखानेलाई पुगेकै छ नहुने मर्नेछन्
    सामन्तीले गर्दा गरिबको खाल आयो किन?
    धनिवर्गलाई बचाउन ढाल आयो किन?

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग  २

    गर्नेछु भाेलि भनेर कति बिते काल यहाँ । 
    दिन मास गर्दै गए युगौँ धेरै साल यहाँ ।
    बनाउँछु स्वर्गकाे सिढी भन्दै मर्याे रावण ,
    गर्ने काम केही नगरी अनेकौं  जाल यहाँ ।
    आशामा छ देश नहाेस् पहिले कै हाल यहाँ । 

    💢भवानी घिमिरे
          सर्लाही

    पञ्चाङ्ग ३

    पार्टिकाे अहिलेकाे हाल खराब भएकाे छ।
    जे जति गरे पनि जाल खराब भएकाे छ।
    धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारले जिते
    के गर्नु आपसमा ताल खराब भएकाे छ
    बाक्सा नै लुटाैँ भने साल खराब भएकाेछ ।

    💢मधुसूदन प्रसाद घिमिरे

    पञ्चाङ्ग ४

    आफ्नैले आफ्ना फसाउँन हान्छ्न् जाल अहिले
    विश्वास   गरेको  मान्छेले  पार्छ बेहाल अहिले
    जमानाको दोष भनौं कि वा मान्छेनै हो खराब
    सुक्दैन  नयन  भित्र आँसुको छ ताल अहिले
    आफ्नै त आउछन् मान्छेको बनेर काल अहिले ।

    💢तारा घिमिरे सङ्खुवासभा

    पञ्चाङ्ग ५
    ———
    विकास कार्य गर्दछु भन्ने ताल अनौठो छ ।
    ती भिर पाखा जो कोही भन्छन् जाल अनौठो छ ।
    समय पनि दुषित पार्ने आखिर तिनै हुन् ,
    गरिब घर चुहिने छानो पाल अनौठो छ ।
    एउटा भन्ने पृथक गर्ने चाल अनौठो छ ।

    💢आर्त अकुलीन, कैलाली।

    पञ्चाङ्ग ६

    भात पाकेर के गर्नु उता दालको अभाव
    कचौराले मात्र टर्दैन त थालको अभाव
    प्रकृतिको हो कि व्यवहारको हो कि यो नीति
    टारी छ खेत र बारी सबै नालको अभाव
    गुम्सिएको व्यवहार सधैँ चालको अभाव  ।

    💢सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग    ७

    राम्रो  चिताई  सहयोग  गर्नेलाई  गाल  छ
    जोड  घटाउ  हिसाब  गर्नेबाट  पर्खाल  छ
    तिम्रो जिन्दगी कस्तो छ भनी मलाई सोधेमा
    हरेक कोणबाट हेर्‍यौं भने आँखी झ्याल छ
    यहाँ जो पनि  जानेको भन्छ  र त बेहाल छ ।

    💢प्रेम थापा “मन”बागलुङ

    पञ्चाङ्ग   ८

    भन्ने कस्लाई  देशको हाल यस्तै छ हजुर
    नेतादेखि कर्मचारी चाल यस्तै छ हजुर
    जताततै दलालि र भ्रष्टाचार मात्र देख्छु
    बुझ्नै नसक्ने यिनका जाल यस्तै छ हजुर
    लिन आएन हाम्लाई काल यस्तै छ हजुर ।

    💢सिर्जनरामुगुरुङ्ग, बाग्लुङ्ग

    पञ्चाङ्ग   ०९

    अनाहकमा मान्छे मरेका छन्
    जहाज खसेर ती झरेका छन्।
    प्रकृतिसँग   नसकिने रहेछ
    लास त यत्र तत्र छरेका छन्।
    यसमा सबै लागि परेका छन्।

    💢नवराज भट्ट, महेन्द्रनगर

    पञ्चाङ्ग   १०

    तिमीलाई के थाहा होला मेरो कस्तो हाल छ
    प्रगतिको गति देख्दैछु खरायोको चाल छ
    मनको   व्यथा  सुनाउँ  भने  वैरी  धेरै हुने
    लाग्छ मलाई  मेरो प्यास मेटाउने  ताल छ
    शत्रु मात्र होइनन् यहाँ मित्रुको नि खाल छ ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक

    पञ्चाङ्ग   ११

    माछाहरू मर्छन् सबै सुकेपछि ताल हजुर
    यता सबै राम्रो छहै के छ तिम्रो हाल हजुर
    सञ्चै छौ कि बिसञ्चो छौ मेसेञ्जर्मा बोल्दै गर है
    बेरोज्गार नबस्नु है काम गर्न थाल हजुर
    फर्किएर आए पछि भेटौं अर्को साल हजुर ।

    💢गुणनिधि धिमिरे

    पञ्चाङ्ग १२

    बिगार्नलाई  धुर्तले  निकृष्ट  छाल  थापिए
    पवित्र साैम्य दृष्टिमा कुकृत्य  ताल थापिए
    सतर्क  बन्नु   दुष्टले  फणा  उठाउँदा  तिमी
    हरेक  पाइला  उठी विषाक्त झाल थापिए
    उधारिदेऊ   दायरा  अदम्य   जाल  थापिए ।

    💢सुरेश चन्द्र घिमिरे,, लमजुङ ।

    पञ्चाङ्ग १३

    सत् कर्मको बाटो हो भने तालमा छोडिदेऊ
    नमान्नेलाई नै  जुवाको    खालम छोडिदेऊ
    सबैको हेला भएपछी बाँचु पनि कसरी
    दु:ख गरेर  बस्नेलाई पालमा छोडिदेऊ
    माया नगर्नेले हो भने कालमा छोडिदेऊ ।

    💢देवकी के.सी. हाल बिरगंज ।

    पञ्चाङ्ग १४

    अब देशको हाल सुध्रिएलाकी
    काम रोक्नेको चाल सुध्रिएलाकी
    देशको नेतृत्व फेरिएको दख्दा
    अब कामको ताल सुध्रिएलाकी
    अब देशको साल सुध्रिएलाकी

    💢सुमित्रा पोखरेल काठमाडौं ।

    पञ्चाङ्ग  १५

    भन्दिन म  कसैलाई कस्तो छ हाल मेराे
    बनाएर खेले जिन्दगी जुवाकाे खाल मेराे
    न धन न सम्पत्ति खालि एउटा मन थियो
    त्यहि मनमा उर्लियाे समुन्द्रकाे छाल मेराे
    सकिएन बाँच्न अाएहुन्याे बरू काल मेराे ।

    💢रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    Leave a Reply