
१
बदलिने
उमेर अनुसार
मान्छे गन्तव्य विचार !
२
मित्रता
एक आपस
अनन्त जीवन साथ !
३
समय
सुर जिन्दगी
हिम्मत हौसला शैली !
४
माटो
भर ढुङ्गा
अभिन्न तीन अपाङ्ग !
५
सङ्गत
सुधार्ने व्यक्ति
फसाउने अन्धा भक्ति !
६
खुसी
देख्ने चाहना
दु:ख अनेक बहाना !
७
झिँगा
भन्किने सधैँ
असल बिगार्ने जस्तै !
८
जीवन
मोड घुम्ती
हराउने खोजी शान्ति !
९
साथ
सङ्गत असल
सदा स्वस्थ्य कुशल !
१०
दुष्ट्याइँ
धुर्त फटाहा
झुटको ओइरो हटा !
- जमुना कायस्थ, पोखरा


धन्यवाद हिमालय ड्रिस्टि.कम
आभार सर!
Thanks a lot Himalayan dristi.com